रत्न सर (रत्नप्रसाद काफ्ले) को २०७९ कात्तिक १५ गते साँझ देहावसान भएको जानकारी भोलिपल्ट सामाजिक सञ्जालमा देखें । तिहारको समयमा उहाँलाई अस्पतालबाट उदयपुरगढी गाउँपालिकाको नेपालटारस्थित घर फर्काइएको थियो र त्यो समयमा म नेपालटारमै रहेको हुनाले उहाँलाई भेट्न सकेको थिएँ । मित्र बालकृष्णजी र सरका छोराहरू सन्तोष र प्रसन्नका अनुसार उहाँको मिर्गौला र मुटुमा गम्भीर समस्या थियो । उहाँमा होश थिएन । नाकमा लगाइने नलीबाट उहाँलाई झोल खुवाउने गरिएको थियो । उहाँ कोमाको अवस्थामा हुनुहुन्थ्यो । त्यसैले उहाँको देहावसान अकल्पनीय त कसरी भनौं र तर दुःखदायी भने निस्सन्देह नै रह्यो । उहाँका व्यक्तित्वका निश्चय नै अनेक आयाम थिए तर मेरो लागि उहाँ पञ्चावती माध्यमिक विद्यालयको साह्रै प्रेरणादायी र प्रतिबद्ध शिक्षक र साहित्यक प्रतिभा हुनुहुन्थ्यो । त्यही विद्यालयमा मैले कक्षा १ देखि कक्षा १० सम्म पढेको थिएँ । सुरूका केही कक्षा पढेको म राम्रो सम्झन सक्दिन तर जबदेखि सम्झन्छु रत्न सरलाई आफ्नो गुरुको रूपमा पाउँछु । रत्न सरले पिटी (फिजिकल ट्रेनिङ) गराउनु भएको, कक्षागत गीत गाउन सिकाउनु भएको, अंग्रेजीको उच्चारण र फोनेटिक ट्रान्सक्रिप्सन पढाउनु भएको, अंग्रेजी पाठ्यपुस्तकमा दिइएका संवादको अभ्यास गराउनु भएको सम्झना छ । हामी २०३९ सालमा कक्षा १० मा पढ्दा अंग्रेजी उहाँले नै पढाउनु भएको थियो । त्यस समयमा थप शैक्षिक योग्यता हासिल गर्न उहाँ आफैं प्रयत्शील हुनुहुँदो रहेछ तर
के दलहरू हामी सोचे झैं फरक छन् ?
नेपालको राजनीति अहिले चुनावको सँघारमा छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने गरी मिति तोकिएको छ । चुनावी राजनीति सत्ता गठबन्धन र नेकपा (एमाले) नेतृत्त्वको विपक्षी गठबन्धन गरी दुई केन्द्रमा ध्रुवीकृत भएको देखिन्छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चा गरी पाँच दल समावेश छन् भने विपक्षी गठबन्धनमा नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), राप्रपा, राप्रपा नेपाल, नेपाली कांग्रेस (बिपी) समावेश भएका छन् । सत्ता र विपक्षी गठबन्धनमा रहेका दलहरूको विगतलाई हेर्ने हो भने यी नितान्त फरक पृष्ठभूमि र सिद्धान्तका आधारमा विकसित भएका दलहरू हुन् । नेपाली कांग्रेस प्रजातन्त्रप्रति प्रतिबद्ध दल हो । संवैधानिक राजतन्त्रको हिमायती यस दलले २०६२/६३ को दोस्रो जनआन्दोलनपछि गणतन्त्र स्वीकार गरेको हो । यसको दस्तावेजमा प्रजातान्त्रिक समाजवाद पनि लेखिएको छ तर व्यवहारमा खुला र बजार अर्थतन्त्रको अभ्यास गरिरहेको छ । नेकपा (माओवादी) ले जनयुद्ध सुरू गर्दा यही दल सरकारमा थियो र माओवादी नेताहरूको टाउकाको मोल पनि यही दलको सरकारले तोकेको थियो । नेकपा (एमाले) को गठन २०३५ सालतिर भएको भए पनि यसले आफूलाई मुलुकको कम्युनिष्ट धारको मूल प्रवाह भएको दावा गर्छ । यसको पृष्ठभूमिमा २०२८ सालतिरको नक्सलवादी आन्दोलन छ । त्यसपछि नौलो जनवादको राजनीतिक सिद्धान्त लिएको यस दलले मदन भण्डारीको आगमनपछि जनताको बहुदलीय जनवाद
आज संविधान दिवस !
आउनुस्, संविधान दिवसमा मेरो मनमा उठेका कुराहरू कतै तपाईंको मनमा पनि थिए कि भनेर जाँचबुझ गर्नुस् ! संविधानमा नलेख्दा पनि हुने जति सबै लेखिएछ र लेख्नुपर्ने जति छुटेछ । राज्यका नीति निर्देशक सिद्धान्त लोक सेवा आयोगको परीक्षामा प्रश्न सोध्न र उत्तर लेख्न त काम लाग्ला अरू केही काम देखिन । थोरै भए पुग्थ्यो, आकास पाताल जोड्नुपर्ने थिएन । अनेकन आयोगले कार्यकर्तालाई जागिर खुवाउने बाहेक के काम गरे र ? उता प्रतिनिधिसभाको आयुको बारेमा भने संविधानमा पाँच वर्ष भनेर छोडिएको रहेछ, गणनाविधि रहेन छ । बच्चाको गिजभित्र दूधे र स्थायी दाँतका दुई लहर भए जस्तै नेपालमा पनि जाँदो र आउँदो प्रतिनिधिसभाको दुई लहर हुनै लागेको थियो । धन्न राप्रपाका राजेन्द्र लिङदेनले कडा कदम चाले र त्यो रोकियो । राजनीतिक दल र जननिर्वाचित संसदको संसदीय दल वा सरकारको बिचको सम्बन्ध सधैं विवादमा रहेको छ । पार्टीका नेताले पार्टीको सरकार भएकाले पार्टीले भनेको मान्नु पर्छ भन्ने, सरकारमा जानेहरू जननिर्वाचित भएकाले पार्टीको कुरो मान्नु पर्छ भन्ने नठान्ने । २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालादेखिको विवाद हो यो । यसका बारेमा संविधान मौन छ । संसदीय दलको ह्विप र जनप्रतिनिधिको विवेकको सीमा नतोक्दा संसद भेडीगोठ भएको छ । ह्विपको सीमा र संसदको विवेकको शक्तिको खोजी हुन सकेन । राजनीतिक स्थिरता खोजियो । राजनीतिक स्थिरता
हामी सब पत्याउँछौं
अली हजाजीका छोरा बिरामी थिए । उनको गाउँका बुढापाकाहरूले उनको उपचारको लागि एउटा सल्लाह दिए- एउटा लामो लठ्ठीको एउटा छेउमा आगो सल्काउनु, अर्को छेउ बिरामी छोराको छातीमा लगाउनु र छोराको शरीरबाट सबै रोगब्याध हटाइदिनू । यो काम गरिसकेपछि हजाजीले न्युयोर्क टाइम्ससँग भने- तपाईंसँग पैसा नभएको अवस्थामा तपाईंको छोरो बिरामी पर्यो भने तपाईं जे पनि पत्याउनु हुन्छ । मोर्गेन हाउजलको ‘द साइकोलोजी अफ मनी’ पढ्दै गर्दा माथिका पङ्क्ति (भावानुवाद) पढेपछि म अगाडि बढ्न सकिन । छोरा निको हुन्छ भनेर हजाजीले अविश्वसनीय कुरामाथि विश्वास गरिरहेका थिए । निरीह मानिसको मनोविज्ञानलाई अति छोटो भनाइमा साह्रै मार्मिक ढङ्गले योभन्दा राम्ररी कसरी व्यक्त गर्न सकिन्छ, मलाई थाहा छैन । विद्रोहको शक्ति र विकल्पको साधन नभएपछि मानिस हिलोमा गाडेको किलो हुँदो रहेछ, जसले हल्लाउँदा पनि हल्लिने, जसले उखेले पनि उखेलिने । अहिलेको सूचना र प्रविधिको युग, विकास र वैभवको युग, प्रजातन्त्र र स्वतन्त्रताको युगमा पनि मानिस जसले जे भने पनि पत्याउने कमजोर मनस्थिति लिएर बाँचिरहेको होला र, जस्तो पनि लाग्छ । वर्तमान साक्षी छ र इतिहास प्रमाण छ, मानिसले यही नियति भोगेको छ, भोगिरहेको छ । हामी आफैं आफूलाई नै हेरौं न ! हामीलाई विकास चाहिएको छ र विकासको गति सुस्त छ । यसले नेपाली आकांक्षा त परै जाओस्, न्यूनतम आवश्यकता पनि पूरा गर्न सकेको छैन
यौन व्यवहार र नेपालको कानुन
अहिले यौन सम्बन्धी कसुर चर्चामा छ । अहिले पहिला एक जना कलाकार र हालै एक जना खेलाडीमाथि उमेर नपुगेकी बालिकासँग यौन सम्बन्ध कायम राखेको आरोप लागेको छ । नाबालिकासँगको यौन सम्बन्धको कुरा भएपछि यसमा कानुन अनुसार सहमति/असहमतिको कुनै प्रश्न नै उठ्दैन किनभने नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी किशोरीसँगको यौन सम्पर्कलाई जबर्जस्ती नै मानेको छ । नेपालको कानुनमा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ भनेर लेखिएको छ । यस व्यवस्थमा यौन महिला वा बालिकामाथि अरू कसैले गर्ने कार्यको रूपमा चित्रण गरिएको छ । यौनमा महिलाको भूमिका निष्क्रिय हुन्छ भन्ने कानुन निर्माताहरूको मान्यता रहेको देखिन्छ । शारीरिक रूपमा परिपक्व भएका तर कानुनी रूपमा उमेर नपुगेका किशोरीहरूको अग्रसरतामा यौन सम्बन्ध हुने सम्भावनालाई कानुनले अनदेखा गरको छ । किशोरीको अग्रसरतामा भएको यौन सम्पर्कलाई कानुनमा उल्लेख नगरिएको कारण त्यो कार्य फौजदारी अपराधको घेराबाट बाहिर पर्नसक्ने देखिन्छ तर यसलाई कसरी प्रमाणित गर्ने र अदालतको व्याख्या के हुने भन्ने टुङ्गो छैन । त्यति मात्र होइन, परिपक्व महिलाले कुनै शारीरिक रूपमा उमेर पुगेको तर कानुनी रूपमा नाबालक केटासँग यौन सम्बन्ध राखेमा के हुने भन्ने प्रश्नमा पनि कानुन मौन रहेकाे देख्छु । जबर्जस्ती
नागरिकता विधेयकको सम्बन्धमा
नागरिकतासम्बन्धी कानुन लामो समयदेखि नै चर्चा र चासोको केन्द्रमा रहेको छ । केपी ओली सरकारले अध्यादेशको रूपमा जारी गर्दा, सर्वोच्च अदालतबाट सो अध्यादेश खारेज हुँदा, देउवा सरकारले संसदमा छलफल गराउँदा, संसदबाट फिर्ता लिँदा र पुनः पेश गर्दा, संसदबाट पारित भई राष्ट्रपति समक्ष पेश हुँदा, राष्ट्रपतिबाट फिर्ता हुँदा र अहिले संसदको दुवै सदनबाट जस्ताको तस्तै पास हुँदा पनि यसले आम नेपालीको ध्यान आकृष्ट गरिरहेको छ । यससम्बन्धमा मलाई लागेका दुईचार कुरा राख्न खोजिरहेको छु । २०४६ साल लगायत त्यसपछिका सबै आन्दोलन र राजनीतिक परिवर्तन विदेशी भूमि र शक्तिको संलग्नतामा भएको छ । उनीहरूको चासो नेपालको उदार नागरिकता नीतिमा छ । सबै राजनीतिक परिवर्तनपछि नयाँ नागरिकता ऐन आएको छ र नागरिकता वितरण अभियान चलाइएको छ । अब नेपालले अनुदारवादी अर्थात विदेशी उत्पत्ति र सरोकार भएका मानिसलाई नागरिकता नदिने, ढिलो दिने वा अंगीकृत नागरिकताको रूपमा कम शक्तिशाली नागरिकता प्रदान गर्ने नीति अख्तियार गर्न सक्दैन । राष्ट्रपतिले अध्यादेश फिर्ता पठाउँदा कतिपय कोणबाट यस किसिमको अध्यादेश अब परास्त हुने आशयको कुरा सुनिएको थियो । त्यो सम्भव छैन । अब यो कसैले रोकेर रोकिने अवस्थामा छैन । नेपालको संविधान, २०७२ कै कतिपय प्रावधानका कारण यो रोक्न सकिने देख्दिन । विदेशमा उद्यम, इलम र व्यवसाय गरेर बसेका गैरआवासीय नेपालीले पनि राजनीतिक बाहेक अन्य अधिकार पाउने गरी नेपाली
पुँजीवादको मानव ढाल
नेपालमा माओवादीले ‘जनयुद्ध’ को समयमा सर्वसाधारणको उपयोग गरेको चर्चा सुनिन्थ्यो । सानासाना बालबालिकालाई सेना वा प्रहरी आए नआएको जानकारी दिन सुराकी राख्थे रे । उनीहरूलाई सूचना आदानप्रदानको माध्यम पनि बनाउँथे रे । लडाइँको मैदानमा पनि सर्वसाधारण गाउँले, महिला, शिक्षक, विद्यार्थी आदिलाई अघिल्लो मोर्चामा राख्थे रे । लडाइँमा अरूलाई अघि लगाएपछि सेना प्रहरीलाई मनोवैज्ञानिक दबाब पनि भयो । गोली नहानौ हारको जोखिम हुन्छ । गोली हानौ, सुरक्षाकर्मीबाट सर्वसाधारणमाथि गोली प्रहार भन्ने खबर आउँछ र राज्ययन्त्रकै बदनामी हुन्छ । सर्वसाधारणको यस किसिमको उपयोगलाई युद्धको भाषामा मानव ढाल भनिदो रहेछ । यस विधिलाई अरू किसिमका युद्धमा पनि प्रयोग गरिदो रहेछ । के मानव ढालको प्रयोग कम्युनिस्टहरूले मात्र गर्छन् ? के युद्धमा मात्र मानव ढालको प्रयोग हुन्छ ? के मानव ढालको प्रयोग भए नभएको कुरा नाङ्गो आँखाले छुट्याउन सकिन्छ ? के मानव ढालको सबै किसिमको प्रयोग रोक्न सजिलो छ ? आउनुस्, एकछिन यसै विषयमा चर्चा गरौं ! अहिले (२०७९ को भदौको दोस्रो सातामा यो ब्लग लेख्दैछु) बालेन शाह (काठमाडौं महानगरपालिकाका प्रमुख) कानुनविपरीत बनेका संरचना भत्काउँदै र तोकिएभन्दा फरक तरिकाले प्रयोग भएका संरचनालाई तोकिए बमोजिम नै प्रयोग गर्न दबाब दिंदै हिंडिरहेका छन् । यस क्रममा केही अवैध घरटहरा भत्काइएका छन् र पार्किङमा व्यपार व्यवसाय गर्नेलाई हटाइएको छ । यसरी अवैध संरचना भत्काउँदा वा फरक प्रयोजनका
मैले बालाई भेटें
केही दिन आफू कार्यरत विद्यालयमा स्थानीय बिदा हुने भएकाले रसुवाको सिमबन्दी प्राथमिक विद्यालयका हामी चार जना शिक्षक बिदा बिताउने आआफ्नो तयारीमा व्यस्त र मस्त थियौं । महानन्द दाइ र लक्ष्मी दिदी काठमाडौं जाने, लीला जिबजिबेको आफ्नो घर जाने र म भने लोक सेवा आयाेगले लिने दुर्गमको खरिदारको परीक्षाको लागि धुन्चे जाने भएका थियौं । गएको भदौमा दिएको परीक्षामा असफल भए पनि र माघमा दिएको परीक्षाको नतिजा जेजस्तो भए पनि दुर्गमको लागि निर्धारित खरिदार पदको परीक्षा त पास गर्छु होला जस्तो लागेको थियो, मलाई । भदौमा परीक्षा दिँदाका कतिपय अज्ञानता र कमजोरी मैले थाहा पाइसकेको थिएँ र तिनलाई सच्याउन लागिपरेको थिएँ । यही उत्साहले मेरो यात्रालाई निकै रमाइलो बनाएको थियो । मेरो उत्साहलाई मौसमले पनि साथ दिइरहेको थियो । हिउँदको चिसो सिरेटो कम हुँदै गएको थियो । उत्तरायणतिर लागेका चैत महिनाका घामले क्रमशः शक्ति आर्जन गरिरहेका थिए । सिम्बन्दीकाे खोंचबाट देखिने साँघुरो आकासमा टुपुल्किने घामलाई हरदम ढाकिरहने बादल त्यो दिन खै कता गएको थियो ? घामको प्रकाश ढुङ्गाको गाह्रो र काठको छाना भएका घर, गोठ र बारीमा एकछत्र परेको थियो । सिम्बन्दीको त्यो बिहान निकै घमाइलो थियो । मेरो मन पनि छ्याङ्ग थियाे। हामी चार जनाको गन्तव्य एकै नभए पनि कालीकास्थानसम्म त बाटो एउटै पर्थ्यो । जिबजिबे पनि कालिकास्थानको छेवैमा थियो
श्रद्धेय प्रदीप गिरिको नाममा
श्रद्धेय प्रदीप गिरि अनन्त यात्रामा निस्कनु भयो (२०७९ भदौ ४ गते राति ९:३०) । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्छु । परिवारजन, नेपाली कांग्रेस परिवार र समस्त शुभचिन्तकहरूप्रति समवेदना ! राष्ट्रले नै प्रखर विद्वान, गहन चिन्तक र मुखर व्यक्तित्व गुमाएको छ । म पनि पत्रिकामा र टेलिभिजनमा उहाँलाई भरसक छुटाउँदिन थिएँ । अब अखबारको पाता र टेलिभिजनको पर्दा मेरा लागि पनि केही अधुरो र अपूरो पक्कै हुनेछ । संसद पनि अब चोटिलो आवाज नपाएर सुनसान हुनेछ । तैपनि विधिको मानिने यस विधानप्रति मेरो भन्नु केही छैन । सबै पालोमा लामबद्ध छौं । उसो त इहलोक र परलोक अनि आत्मा र परमात्मावाला कुराप्रति मलाई उति विश्वास छैन (मेरो जानकारी अनुसार उहाँमा पनि थिएन) । यदि त्यो सत्य हो भने उहाँ जहाँ पुग्नु हुनेछ, त्यो असल ठाउँ नै हुनेछ भन्ने मलाई विश्वास छ । मृत्युमाथि हाकाहाकी बहस गर्न सक्ने र जीवनको अन्त्य हैन, अन्तिम पन्ना मात्र मान्ने उहाँले मृत्युलाई पनि सहज वरण गर्नुभयो होला भनेर आफ्नो मनलाई केही आश्वस्त पार्न समेत खोज्दैछु । मैले उहाँलाई दुईतीन पटक प्रत्यक्षरूपले देख्न र सुन्न पाएको थिएँ । त्यही अवसरमा मेरो मनमा उहाँको नमेटिने छाप परेको थियो । उहाँको देहावसान भए पनि मेरो मन मष्तिष्कमा उहाँ जीवित नै रहनुहुनेछ । शोकको यस घडीमा म तिनै सम्झनाका पलहरूलाई
उम्मेदवारलाई सुझाव
तपाईंले विगतमा समेत चुनाव जितेर सन्तोषजनकरूपमा देश र जनताको सेवा गर्नु भएको थियो भने तपाईं बधाईको पात्र हुनुहुन्छ । देशले तपाईंमाथि गौरव गर्नेछ र जनता तपाईंको योगदानप्रति कृतज्ञ रहने छन् । तपाईंले गर्नसक्ने गर्नुभयो । तपाईं राजनीतिको शिखरमा पुगिसक्नु भयो । शिखरमा पुग्न सकिन्छ तर त्यहाँ अनन्त कालसम्म बस्न सकिन्न । शिखरमा अरूलाई पनि पुग्ने मौका दिनुस् । तेन्जिङ र हिलारी सगरमाथामा चढेर नओर्लिई त्यहीं बसिरहेको भए अरू गएर विभिन्न रेकर्ड राख्न कसरी सक्थे होलान् र ? माओत्सेतुङ महान थिए, तर देङले चीनकाे रूपान्तरण गरे । चीनले देङका लागि माओको मृत्यु कुर्नु नपरेको भए चीन अलि छिटो प्रगतिको बाटोमा अघि बढ्थ्यो कि ? नेहरू अद्वितीय थिए, तर मनमोहन सिंहले राजनीति अनुकूलको अर्थनीति अपनाए र भारतलाई आधुनिक अर्थतन्त्र दिए । यो अजब संसारमा हरेकको विकल्प छ, हुनैपर्छ । मृत्युपछि खोजिने विकल्प अलि भावुक किसिमको हुन्छ, त्यसले नोक्सानमा पार्छ । इन्दिराको मृत्युपछि भावुक कांग्रेसले छोरालाई अध्यक्ष बनायो । त्यसपछि भने पार्टी व्यवहारिक भयो र पी.भी. नरसिंह राव अध्यक्ष बने । फेरि राजीवको हत्यापछि पार्टीले अर्को भावुक निर्णय गर्यो । त्यसको फल आँखा अगाडि छ । राजनीतिमा भावनाको महत्त्व नभएको चैं हैन । मदनको देहावसानपछि एमालेले चुनाव जित्नु, इन्दिरा र राजीवको मृत्युपछि कांग्रेस आईले चुनाव जित्नु भावनाका प्रतिफल हुन् । यस्तो अन्यत्र पनि
