निराशाको खाल्डोमा

आई. ए. पास गर्ने बित्तिकै दिएको नेपाल राष्ट्र बैंकको प्रधान सहायक पदको परीक्षा पास भएकाले मेरो खुट्टो भुइँमा थिएन । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा सहलेखापाल रहेको समयमा नै मैले त्यो परीक्षा पास गरेको थिएँ । सहलेखापालको चार्ज बुझाई जागिरबाट राजीनामा दिएर काठमाडौं प्रस्थान गर्दाको उत्साह अहिले लेख्न नै सक्दिन । सहलेखापाल खरिदार तहको पद थियो, म अब राष्ट्र बैंकमा नायव सुब्बा सरहको पदमा जाँदै थिएँ । सहलेखापाल छँदा तलब, दुर्गम भत्ता, लेखाभत्ता गरेर जम्मा नौसय बैसठ्ठी रुपैयाँ पचास पैसा तलब हुन्थ्यो, अब नेपाल राष्ट्र बैंकले त करिब चौध सय रुपैयाँ दिनेवाला थियो । मैले आई. ए. प्राइभेट जाँच दिएर पास गरेको थिएँ । मलाई क्याम्पसको मुख हेर्न मन थियो । त्यसैले सहलेखापाल छँदा नै मैले पढाइलाई अगाडि बढाउन काठमाडौं सरुवा मागेको थिएँ । महालेखा नियन्त्रक कार्यालयका हाकिमले साह्रै नमिठो मुखले मेरो आग्रहलाई तिरस्कार गरेका थिए । अब मेरो त्यो माग शानदार तरिकाले पूरा हुँदै थियो । काठमाडौंमा त गाउँका दाइहरू हुनुहुन्थ्यो, भेट्न पाउँथे, कुरा गर्न पाउँथे । यो अर्को राम्रो कुरा थियो । नेपाल राष्ट्र बैंक, बैंकिङ कार्यालय, थापाथलीमा हाजिर हुन काठमाडौं आएँ । नियुक्ति त पहिला नै लिएको थिएँ । बरबुझारथ गर्न र राजीनामा दिन बाँकी रहेकोले हाजिर भएको थिइनँ । केन्द्रीय सरकार भन्ने फाँट रहेछ । त्यही काम

गरीखाने मान्छे

तिहार सकिएको थियो तर मलाई अलिकति भएको करेसाबारी खनेर साग रोप्ने जाँगर आएको थिएन । यो त्यही डेंगी भएको साल पनि हुनसक्छ वा अरू कुनै साल । जे भए पनि म कमजोर भएको थिएँ जस्तो लाग्छ । कोदालो बिंड सम्झन मन लागिरहेको थिएन । बरन्डामा उभिएर हेर्दा बारीको झारले मलाई खिज्याउँथ्यो, म खिस्स हाँसेर टारिदिन्थें । झार मौलाइरहेका थिए, मेरो जाँगर मुर्झाइरहेको थियो । दिन त्यसैगरी दिन बितिरहेको थियो । “बहिनी, कोदालो दिनु त !” घरको भुइँतलामा बस्ने दिदीले मुना (पत्नी) सँग कोदालो माग्नु भयो । म त ओछ्यानबाट उठेको पनि थिइँन । “किन चाहियो कोदालो ?” कोदालो दिँदै उनले सोधेकी थिइन् । “गाउँबाट एक जना बहिनी आएकी छिन् । यो बारी खन्दिन्छु भन्दैछिन् ।“ पाहुनालाई कहाँ बारी खन्न दिनु त ! मेरो मनमा यो कुरो आएको थियो । मुखले चैं भनिन कि जस्तो लाग्छ । “खन्छु भनेकी छन्, खन्छिन् । गाउँको मिल्ने साथी हुन् । चिन्ता गर्नुपर्दैन ।“ मुनाको मुखमा पनि केही अस्पष्टता झल्किएको थियो क्यारे । त्यसलाई सम्बोधन गर्न दिदीले थप्नु भयो । म ओछ्यानमा बसेर सोचिरहेको थिएँ – को हुन् यी देवदूत ! हाम्रो बारी खन्न स्वर्गबाट आएकी ! मेरो जिन्दगीमा ओछ्यानबाट उठ्ने प्रेरणाको अभाव छ । जागिरबाट अवकाश पाइसकेको छु । अब साढे आठमा भात खाएर