नेपालमा माओवादीले ‘जनयुद्ध’ को समयमा सर्वसाधारणको उपयोग गरेको चर्चा सुनिन्थ्यो । सानासाना बालबालिकालाई सेना वा प्रहरी आए नआएको जानकारी दिन सुराकी राख्थे रे । उनीहरूलाई सूचना आदानप्रदानको माध्यम पनि बनाउँथे रे । लडाइँको मैदानमा पनि सर्वसाधारण गाउँले, महिला, शिक्षक, विद्यार्थी आदिलाई अघिल्लो मोर्चामा राख्थे रे । लडाइँमा अरूलाई अघि लगाएपछि सेना प्रहरीलाई मनोवैज्ञानिक दबाब पनि भयो । गोली नहानौ हारको जोखिम हुन्छ । गोली हानौ, सुरक्षाकर्मीबाट सर्वसाधारणमाथि गोली प्रहार भन्ने खबर आउँछ र राज्ययन्त्रकै बदनामी हुन्छ । सर्वसाधारणको यस किसिमको उपयोगलाई युद्धको भाषामा मानव ढाल भनिदो रहेछ । यस विधिलाई अरू किसिमका युद्धमा पनि प्रयोग गरिदो रहेछ । के मानव ढालको प्रयोग कम्युनिस्टहरूले मात्र गर्छन् ? के युद्धमा मात्र मानव ढालको प्रयोग हुन्छ ? के मानव ढालको प्रयोग भए नभएको कुरा नाङ्गो आँखाले छुट्याउन सकिन्छ ? के मानव ढालको सबै किसिमको प्रयोग रोक्न सजिलो छ ? आउनुस्, एकछिन यसै विषयमा चर्चा गरौं ! अहिले (२०७९ को भदौको दोस्रो सातामा यो ब्लग लेख्दैछु) बालेन शाह (काठमाडौं महानगरपालिकाका प्रमुख) कानुनविपरीत बनेका संरचना भत्काउँदै र तोकिएभन्दा फरक तरिकाले प्रयोग भएका संरचनालाई तोकिए बमोजिम नै प्रयोग गर्न दबाब दिंदै हिंडिरहेका छन् । यस क्रममा केही अवैध घरटहरा भत्काइएका छन् र पार्किङमा व्यपार व्यवसाय गर्नेलाई हटाइएको छ । यसरी अवैध संरचना भत्काउँदा वा फरक प्रयोजनका
Month: August 2022
मैले बालाई भेटें
केही दिन आफू कार्यरत विद्यालयमा स्थानीय बिदा हुने भएकाले रसुवाको सिमबन्दी प्राथमिक विद्यालयका हामी चार जना शिक्षक बिदा बिताउने आआफ्नो तयारीमा व्यस्त र मस्त थियौं । महानन्द दाइ र लक्ष्मी दिदी काठमाडौं जाने, लीला जिबजिबेको आफ्नो घर जाने र म भने लोक सेवा आयाेगले लिने दुर्गमको खरिदारको परीक्षाको लागि धुन्चे जाने भएका थियौं । गएको भदौमा दिएको परीक्षामा असफल भए पनि र माघमा दिएको परीक्षाको नतिजा जेजस्तो भए पनि दुर्गमको लागि निर्धारित खरिदार पदको परीक्षा त पास गर्छु होला जस्तो लागेको थियो, मलाई । भदौमा परीक्षा दिँदाका कतिपय अज्ञानता र कमजोरी मैले थाहा पाइसकेको थिएँ र तिनलाई सच्याउन लागिपरेको थिएँ । यही उत्साहले मेरो यात्रालाई निकै रमाइलो बनाएको थियो । मेरो उत्साहलाई मौसमले पनि साथ दिइरहेको थियो । हिउँदको चिसो सिरेटो कम हुँदै गएको थियो । उत्तरायणतिर लागेका चैत महिनाका घामले क्रमशः शक्ति आर्जन गरिरहेका थिए । सिम्बन्दीकाे खोंचबाट देखिने साँघुरो आकासमा टुपुल्किने घामलाई हरदम ढाकिरहने बादल त्यो दिन खै कता गएको थियो ? घामको प्रकाश ढुङ्गाको गाह्रो र काठको छाना भएका घर, गोठ र बारीमा एकछत्र परेको थियो । सिम्बन्दीको त्यो बिहान निकै घमाइलो थियो । मेरो मन पनि छ्याङ्ग थियाे। हामी चार जनाको गन्तव्य एकै नभए पनि कालीकास्थानसम्म त बाटो एउटै पर्थ्यो । जिबजिबे पनि कालिकास्थानको छेवैमा थियो
श्रद्धेय प्रदीप गिरिको नाममा
श्रद्धेय प्रदीप गिरि अनन्त यात्रामा निस्कनु भयो (२०७९ भदौ ४ गते राति ९:३०) । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्छु । परिवारजन, नेपाली कांग्रेस परिवार र समस्त शुभचिन्तकहरूप्रति समवेदना ! राष्ट्रले नै प्रखर विद्वान, गहन चिन्तक र मुखर व्यक्तित्व गुमाएको छ । म पनि पत्रिकामा र टेलिभिजनमा उहाँलाई भरसक छुटाउँदिन थिएँ । अब अखबारको पाता र टेलिभिजनको पर्दा मेरा लागि पनि केही अधुरो र अपूरो पक्कै हुनेछ । संसद पनि अब चोटिलो आवाज नपाएर सुनसान हुनेछ । तैपनि विधिको मानिने यस विधानप्रति मेरो भन्नु केही छैन । सबै पालोमा लामबद्ध छौं । उसो त इहलोक र परलोक अनि आत्मा र परमात्मावाला कुराप्रति मलाई उति विश्वास छैन (मेरो जानकारी अनुसार उहाँमा पनि थिएन) । यदि त्यो सत्य हो भने उहाँ जहाँ पुग्नु हुनेछ, त्यो असल ठाउँ नै हुनेछ भन्ने मलाई विश्वास छ । मृत्युमाथि हाकाहाकी बहस गर्न सक्ने र जीवनको अन्त्य हैन, अन्तिम पन्ना मात्र मान्ने उहाँले मृत्युलाई पनि सहज वरण गर्नुभयो होला भनेर आफ्नो मनलाई केही आश्वस्त पार्न समेत खोज्दैछु । मैले उहाँलाई दुईतीन पटक प्रत्यक्षरूपले देख्न र सुन्न पाएको थिएँ । त्यही अवसरमा मेरो मनमा उहाँको नमेटिने छाप परेको थियो । उहाँको देहावसान भए पनि मेरो मन मष्तिष्कमा उहाँ जीवित नै रहनुहुनेछ । शोकको यस घडीमा म तिनै सम्झनाका पलहरूलाई
उम्मेदवारलाई सुझाव
तपाईंले विगतमा समेत चुनाव जितेर सन्तोषजनकरूपमा देश र जनताको सेवा गर्नु भएको थियो भने तपाईं बधाईको पात्र हुनुहुन्छ । देशले तपाईंमाथि गौरव गर्नेछ र जनता तपाईंको योगदानप्रति कृतज्ञ रहने छन् । तपाईंले गर्नसक्ने गर्नुभयो । तपाईं राजनीतिको शिखरमा पुगिसक्नु भयो । शिखरमा पुग्न सकिन्छ तर त्यहाँ अनन्त कालसम्म बस्न सकिन्न । शिखरमा अरूलाई पनि पुग्ने मौका दिनुस् । तेन्जिङ र हिलारी सगरमाथामा चढेर नओर्लिई त्यहीं बसिरहेको भए अरू गएर विभिन्न रेकर्ड राख्न कसरी सक्थे होलान् र ? माओत्सेतुङ महान थिए, तर देङले चीनकाे रूपान्तरण गरे । चीनले देङका लागि माओको मृत्यु कुर्नु नपरेको भए चीन अलि छिटो प्रगतिको बाटोमा अघि बढ्थ्यो कि ? नेहरू अद्वितीय थिए, तर मनमोहन सिंहले राजनीति अनुकूलको अर्थनीति अपनाए र भारतलाई आधुनिक अर्थतन्त्र दिए । यो अजब संसारमा हरेकको विकल्प छ, हुनैपर्छ । मृत्युपछि खोजिने विकल्प अलि भावुक किसिमको हुन्छ, त्यसले नोक्सानमा पार्छ । इन्दिराको मृत्युपछि भावुक कांग्रेसले छोरालाई अध्यक्ष बनायो । त्यसपछि भने पार्टी व्यवहारिक भयो र पी.भी. नरसिंह राव अध्यक्ष बने । फेरि राजीवको हत्यापछि पार्टीले अर्को भावुक निर्णय गर्यो । त्यसको फल आँखा अगाडि छ । राजनीतिमा भावनाको महत्त्व नभएको चैं हैन । मदनको देहावसानपछि एमालेले चुनाव जित्नु, इन्दिरा र राजीवको मृत्युपछि कांग्रेस आईले चुनाव जित्नु भावनाका प्रतिफल हुन् । यस्तो अन्यत्र पनि
