स्मृतिग्रन्थभित्रका डा. पन्त

२०६५ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव समारोहमा बीस वर्षे सेवा पदक लिन सहभागी हु“दा पूर्व गभर्नर डा. यादवप्रसाद पन्तको सम्झनामा एक मिनट मौन धारण गरियो । काठमाडौ बस्दा अग्रणीहरुको मुखबाट बाक्लै सुनिएको र विराटनगर आएपछि उस्तो सुन्न छोडिएको यो नाममा श्रद्धाञ्जली दि“दा मन भारी भयो । उहा“को देहावसानको समाचार त पहिला पनि सुनेको थिए“ तर आफुले नाम सुनिरहका मानिस अब हामीबीच छैनन् भन्ने भावनाको तीव्र अनुभूति त त्यतिबेला पो भयो । २०६४ कार्तिक २८ गते डा. यादवप्रसाद पन्तको स्वर्गारोहण भइसकेको थियो ।२०६६ साल माघतिर फेरि म डा. पन्तको सम्झनास“ग जोडिन पुगे“, डा. भुबनेश पन्तस“गको सान्निध्यले । डा. भुबनेश पन्त विराटनगर कार्यालयमा मुख्य व्यवस्थापक (कार्यालय प्रमुख) बनेर सो समयमा आउनु भएको थियो । डा. भुबनेश पन्त डा. यादवप्रसाद पन्तका माहिला छोरा हुनुहु“दो रहेछ । अत्यन्त अल्पभाषी डा. भुबनेश पन्तस“ग उहा“का पिताजी स्व. डा. यादवप्रसाद पन्तका बारेमा कुरा त हुन्थ्यो, तर कहिलेका“ही मात्र त्यो पनि अत्यन्त छोटो । एकदिन उहा“ले पिताको सम्झनामा छापिएको स्मृतिग्रन्थ विमोचन कार्यक्रममा सरीक हुन काठमाडौं जाने कुरा बताउनु भयो र सो ग्रन्थ हेर्ने मेरो लालसालाई पूरा गर्न एक प्रति दिने आश्वासन पनि दिनुभयो । त्यसको केही समयपछि सो ग्रन्थ हात लाग्यो पनि ।पुस्तकको प्रारम्भमा डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानकी अध्यक्ष मीरा अर्याल (स्व.

अनुभव र अवसर

समाजमा विभिन्न किसिमका मानिसहरू रहन्छन् । समाजमा रहेका मानिसलाई विभिन्न तरिकाले विभाजन एवं वर्गीकरण गर्नु र तिनलाई विभिन्न खेमामा सङ्गठित गर्नु नै सायद राजनीति हो । राजनीति विभाजनको खेल हो । नेपालमा पनि विभाजनका विभिन्न शृंखला चलिरहेका छन् । वर्ग विभाजनका शृंखला, जात, धर्म, वर्ण, क्षेत्र, लिङ्गका आधारमा विभाजनका शृंखला र अहिले आएर नयाँ र पुरानाबिचको विभाजनको शृंखला । नयाँ दल तथा शक्तिहरू एकातिर संगठित र एकीकृत हुँदैछन्, अर्कातिर पुराना दलहरू पनि नयाँ रणनीति अख्तियार गर्दैछन् । पुराना दलमा पनि नयाँ व्यक्तिलाई अवसर दिने, नयाँ नेतृत्त्व छान्ने लहर चलिरहेको छ । जेन-जी आन्दोलनपछि पुरानाले केही गर्न सकेनन्, अब पालो नयाँको भन्ने भाष्य जोडतोडले अगाडि बढिरहेको छ । दोस्रो जनआन्दोलन र नयाँ संविधान निर्माणपछि जनतामा छरिएको विकासको आशा पूरा हुन नसकेको हुनाले यो भाष्यको सिर्जना भएको हो । निरपेक्षरूपमा हेर्दा हामी विकासको बाटोमा छौं । बाटाघाटा, अस्पताल, स्कुल बनेका छन् । सापेक्षरूपमा हेर्ने हो भने हामी आफ्ना समकक्षीहरूभन्दा तल खस्केका छौं । कुनै समयमा भारत र चीनसँग तुलना हुने हाम्रो आर्थिक अवस्था अहिले तुलना हुन नसक्ने स्थितिमा पुगिसकेको छ । हाम्रो इतिहासको गौरव र हाम्रो प्राकृतिक सम्पदाको महिमा गानमा मग्न भएर बसिरहेका छौं, हाम्रा आफ्ना पौरखका गीत रच्न सकेका छैनौं । तीव्र गतिमा अगाडि बढिरहेको विश्वको तुलनामा हाम्रो गति सुस्त छ,

मतदानका लागि रूदाने चेकलिस्ट

रूदाने हामी कसैका लागि नयाँ नाम होइन । वि.सं. २०५६ सालमा यस धरतीबाट विदा भएका रूदाने (रूपचन्द्र बिष्ट) ले २०१५ सालको चुनावदेखि सायद आखिरी चुनावसम्ममा भाग लिए (सबैमा होइन) । स्नातकतर्फ र जनताबाट निर्वाचित राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनले पञ्चायत र राजतन्त्रविरूद्ध दुन्दुभी बजाएका थिए । उनी प्रधानपञ्च बनेर गाउँको विकास गरे, प्रधानाध्यापक बनेर शिक्षाको ज्योति फैलाए । समाज सुधारका अनेक प्रयोग र प्रयास गरे । थाहा आन्दोलन चलाएर उनले नेपाली समाजको तल्लो तहमा समेत चेतना फैलाएका थिए । रूदानेले नेपालको राजनीतिमा केही मानकहरूको स्थापना गरेका छन् । उनका सफलता र असफलताहरूलाई एकातर्फ राखेर हेर्दा पनि जनताको हित र चेतनाको विकासप्रतिको प्रतिबद्धता, सम्झौताहीन संघर्ष र विशिष्ट जीवनशैलीका आधारमा उनको काम कारवाहीलाई अनुकरणीय मान्नैपर्छ । आफूले चुनेर पठाएका नेताहरूले नै जनताहरूलाई एक वा अर्को प्रकारले धोका दिएको अनुभूति कतिपय जनतामा विद्यमान छ । देशले विकासको गति लिन नसकेको बरू भ्रष्टाचार र कुशासनको जगजगी भएको सोच आम नेपाली जनमानसमा छ । यही सोचको पृष्ठभूमिमा नै जेन-जी आन्दोलन भएको थियो । जेन-जी आन्दोलनका विभिन्न सीमा र कमजोरी हुँदाहुँदै पनि यही आन्दोलनको कारण नेपालमा चाँडै अर्को चुनाव भइरहेको छ । यो चुनावमा असल नेता छान्न सघाउ पुग्ला भनेर मैले रूदानेको राजनैतिक दर्शन र व्यवहारमा आधारित भएर केही बुँदा सुझाएको छु । सायद सही उम्मेदवारलाई

अदृश्य हातहरूको खोजी

भदौ २३ गते काठमाडौं र २४ गते सिङ्गो नेपाल आन्दोलनको चपेटामा रह्यो । त्यस क्रममा अहिलेसम्म ७२ जनाले मृत्युवरण गर्नुपरेको छ (म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु), घाइतेको संख्या ५०० भन्दा बढी छ (म शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु) । सार्वजनिक, सरकारी, निजी सम्पत्तिको अपार नोक्सान भएको छ । त्यही आन्दोलनको जोडमा श्री सुशीला कार्की (पूर्वप्रधानन्यायाधीश) को नेतृत्वमा नयाँ सरकार गठन भएको छ । संसद विघटन भएको छ र आउँदो फागुन २१ गते नयाँ निर्वाचन तोकिएको छ । संविधानका केही धाराहरू निस्तेज भएका छन् । सार्वजनिक जीवनका चर्चित व्यक्तिहरू अहिले ‘भूमिगत’ भएका छन् । दुई दिन चलेको आन्दोलनले नेपालमा ठुलो फेरबदल ल्याइएदिएको छ । यो आन्दोलन जेन-जी पुस्ता (सन् १९९७ देखि सन् २०१२ भित्र जन्मिएका युवाहरू) ले आह्वान गरेको थियो । उनीहरूले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूतिको माग राखेर आन्दोलन गरेका थिए । उनीहरूले सत्ता र शक्तिको आडमा नेताका सन्तानहरूले बिताइरहेको बिलासी जीवनशैलीको विरोधमा सामाजिक सञ्जालमा ‘नेपोबेबी’ आन्दोलन चलाइरहेका थिए । त्यही समयमा सरकारले फेसबुक, एक्स (ट्वीटर), युट्युव, ह्वाट्स्एप लगायतका सामाजिक सञ्जालमा लगायो (भदौ १८ देखि) । सरकारले सर्वोच्च अदालतको आदेशका कारण यी सामाजिक सञ्जालमा रोक लगाएको भनिरहेको थियो तर सरकारका काम कारवाहीका बारेमा यी सञ्जालमार्फत हुने आलोचना रोक्न यसो गरिएको आम बुझाइ थियो । सामाजिक सञ्जाल नियमन गर्ने कानुन (ऐन)

कुण्ठाग्रस्त गुरु, युद्धरत चेला

महाभारतको युद्धमा भारतवर्षको सबै वैभव विनाश भयो । ज्ञान र विज्ञानका शाखा प्रशाखाहरू पनि धूमिल भएर गए । एक से एक राजामहाराजा, वीर महापुरूष, गुरु र आचार्यहरू त्यो युद्धमा मारिए । युद्धको केही समयपछि यदुवंशीको पनि पतन भयो । श्रीकृष्ण पनि मारिए । द्वापर युगको अन्त्य भयो र कलिको प्रारम्भ भयो । यति भयावह युद्धको कारण के थियो ? धृतराष्ट्रलाई राजा नबनाएर उनका भाइ पाण्डुलाई राजा बनाउने समयमा भएको चतुर्‍याइँ ? आखिर पाण्डुको निधनपछि त उनै धृतराष्ट्र राजा हुन योग्य भए त ! पाण्डुको असामयिक मृत्युले निम्त्याएको दरबारी षडयन्त्र ? धृतराष्ट्र राजा भएपछि त स्वाभाविक रूपमा दुर्योधनलाई युवराज घोषित गरिनुपर्ने हो नि ! किन र कसरी युधिष्ठिर युवराज घोषित भए ? शकुनीको कपट र उनको मायावी पाशा ? द्रौपदीको अद्भूत सौन्दर्य र उनको कठोर वचन ? आफ्ना फुपूका छोराहरू हस्तिनापुरका राजा हुन् भन्ने श्रीकृष्णका स्वार्थ ? अनेक कुरा हाम्रो मनमा आउँछन् । हुन पनि कुनै पनि घटनाका पछाडि अनेक कारण हुन्छन् – तात्कालीक कारण, दीर्घकालीक कारण, आर्थिक कारण, सामाजिक कारण, मनोवैज्ञानिक कारण आदि । एउटा हातले ताली बज्दैन पनि । कतै महाभारत युद्धको कारण हस्तिनापुर दरबारमा दिइएको शिक्षा त थिएन ? यसको अन्तरकुन्तरमा गुरु द्रोणाचार्य र उनको शिक्षादीक्षाको भूमिका त थिएन ? म यस ब्लगमा त्यसका सम्भाव्यताबारे केही चर्चा गर्नेछु

आँसु खसाल्ने ठाउँ

कामका लागि विदेश जानु, उता कमाउनु, नेपाल पठाउनु र परिवार चलाउनु अहिलेको नेपालको मुख्य आर्थिक प्रवृत्ति भइसकेको छ। यसरी काममा जाँदा नेपालीहरूले पैसा कमाएका मात्र छैनन्, अनेकन दुःख, झन्झट, पीडा र अपमानको सामना गरेका छन्। ज्यान सलामत नेपाल आइपुगे भाग्य मान्नु परेको छ। केही विदेशको मोह, केही आफ्नै बाध्यताले वैध मात्र हैन अवैध यात्रा, बसोबास र कामकाजमा नेपालीहरू संलग्न भइरहेका छन्। यसै क्रममा लुकीछिपी अमेरिका पुगेका केही नेपाली पुगेकै दिनबाट कैदमा बसी निष्कासनमा परी भरखरै नेपाल आइपुगे।सुनौला सपनाको फुको खरानी टेक्दै उनीहरू नेपाल आइपुगेका थिए। ती प्रकारान्तरले मानव बेचबिखनका पीडित थिए।ती मानव बेचबिखनको कसूरबाट पीडित नेपाली नागरिकको पीडाको कारक तत्त्व पत्ता लगाउन नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले विमानस्थमा नै एउटा टिम पठाएको रहेछ। तर कुनै पीडितले पनि आफूलाई विदेश पठउने एजेन्टको नाम भन्न चाहेनछन्, कुनै दुःखको कुरा पनि गरेनछन्।उजरी दर्ता गर्न पछि आउँछौं भनेर विदा भई उनीहरू आफ्नो सामान बोकेर बाहिरिएछन्। बाहिर ‘तपाईंहरूको फोटो खिच्न मानिस बसेका छन्, यो बोरामा जरूरी र महत्त्वपूर्ण सामान छैन भने यो बोरा नलैजानुस्’ भनेर सुझाव दिँदा पनि पुरानो लुगा र टिस्युपेपर भएको बोरा बोकेरै बाहिर निस्केछन्। तर पछि पनि उनीहरू कुनै निकायमा उजुरीका लागि गएनछन्। सरकारवादी फौजदारी अभियोगमा पीडितलाई सरकारबाट धेरै सहयोग र सुरक्षा हुन्छ। पीडितले जाहेरी र अदालतमा बयान गरे पुग्छ। कसूरको

सेयर बजारको मँहगो यात्रा

सेयर बजार भन्ने बित्तिकै सबैको कान ठाडो हुन्छ । सेयरहरूको मूल्य बढोस् र फाइदा होस् भन्ने सबैको चाहना हुन्छ । सेयर बजारको विकासको लागि समग्र अर्थतन्त्रमा सुधार र भविष्यप्रति आशावादी हुन सकिने अवस्था आवश्यक हुन्छ । लगानी गर्न आवश्यक वित्तीय साधन पनि बजारमा उपलब्ध हुनुपर्छ । सेयरमा लगानी गर्न सुपथ र सजिलो प्रक्रिया हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ । नेपालको सेयर बजारमा कारोबार गर्न कति शुल्क लाग्छ, यो शुल्क उपयुक्त स्तरमा छ/छैन भन्ने कुराको विश्लेषण गर्दै लगानीकर्ताको हितको लागि शुल्कको परिमार्जन किन आवश्यक छ भन्ने कुरा यस लेखमा प्रस्तुत गरिएको छ । नेपालको सेयर बजारमा १०० रुपियाँ दरका १०० कित्ता सेयर किन्नको लागि १०,०६२/५० पैसा खर्च हुन्छ अर्थात् रु. ६२/५० थप महसुल र शुल्क तिर्नुपर्छ । यसमध्ये २५ रुपियाँ डिपोजिटरी पार्टिसिपेन्ट अर्थात् नेपाल सिडिएस एन्ड क्लियरिङ लिमिटेडले पाउँछ । नेपाल धितोपत्र बोर्डले रु. १/५० र रु. ०/२२ क्रमशः शुल्क र नियामकीय शुल्क बापत पाउँछ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रु. ७/२० लैजान्छ । ब्रोकर एजेन्टहरूले रु. २८/५८ पाउँछन् । र, बेच्दा पनि यही तरिकाले शुल्क तिर्नुपर्छ । नाफा भयो भने सरकारले पुँजीगत लाभकर पनि पाउँछ । एक वर्षभन्दा कम अवधिभित्र किनबेच भई नाफा भएमा पुँजीगत लाभकर ७.५ प्रतिशतका दरले तिर्नुपर्छ भने एक वर्षभन्दा बढी अवधिमा कारोबार भएमा ५ प्रतिशत

नेपालमा कर्जाः कम भयो कि बढी गयो ?

नेपालमा अहिले आर्थिक गतिहीनता छ र यसको कारणको रूपमा कर्जा प्रवाह कम हुनुलाई लिइएको छ । बैंकहरूमा कर्जा दिन सकिने पैसा धेरै छ तर कर्जा त्यही मात्रामा प्रवाह हुन सकेको छैन । बैंकहरूले ऋणीलाई दिन चाहेका र ऋणीमार्फत बजारमा आउनुपर्ने पैसा तरलता प्रशोचनको माध्यमबाट केन्द्रीय बैंकमा फर्किरहेको छ । पैसाको बाटो परिवर्तन गर्नमा सबै लागिरहेका देखिन्छन् । पहिले ब्याजदर बढी थियो । दश प्रतिशतभन्दा बढी ब्याजदर भएको अवस्थामा ब्याज तिर्न नसक्ने भएर कर्जाको माग नबढेको विश्लेषण गरिएको थियो । हुन त दश प्रतिशत वरिपरीको ब्याजदर नेपालको बैंकिङ प्रणालीमा लामो समय चलेको थियो र केही वर्षअघि त्यही ब्याजदरमा कर्जा पाउन पनि कठिन थियो । तर कोरोनाकालमा पुनर्कर्जा नीतिका कारण ब्याजदर घटेको थियो र त्यसले इतिहास बिर्साइदिएको थियो । फेरि सेयर कारोबारमा जाने कर्जामा सिलिङ लाग्नु र चालू कर्जा निर्देशिका जारी हुनु पनि कर्जा नबढ्नुको कारण मान्न थालियो । अहिले ब्याजदर पनि कम छ, सेयर बजारतिर जाने कर्जाको सिलिङ पनि करिब हटिसकेको छ र चालू पुँजी कर्जा निर्देशिकामा परिमार्जन पनि भइसकेको छ तर कर्जा गएको छैन । कर्जा प्रवाह बढाउनु पर्ने माग र आवश्यकताको बारेमा नेपाली समाज र जनजीवनतिर फर्केर हेर्दा म त नेपाली समाज कर्जामा डुबेको देख्छु । गाउँगाउँका साना किसान र श्रमजीवी वर्ग लघुवित्त र सहकारीको ऋणमा डुबेका छन् ।

रणबहादुरको साँढे र नेपालको अर्थतन्त्र

राजा रणबहादुर शाह साँढेका सोखिन थिए । साँढेका नाममा गुठी र हेरचाहका लागि मान्छे राखेका थिए । उनी आफैं पनि साँढेको सह्यार गर्थे । एकपटक उनको एउटा प्रिय साँढे बिरामी परेछ । दरबारको प्राङ्गणमा नै त्यो साँढेलाई राखिएछ र उपचारका लागि वैद्यहरू बोलाइएछ । वैद्यहरू पनि साँढेको उपचारका लागि त्यहीं बसेर अहोरात्र खटेछन् । एकएक घण्टामा साँढेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिन राजासमक्ष पुग्नुपर्ने आदेश रहेछ र त्यसको लागि वैद्यहरू पालैपालो जाँदा रहेछन् । साँढे निको हुने अवस्थामा थिएन तर राजालाई साँचो कुरा सुनाउन सकिने कुरा पनि थिएन । ‘अवस्था स्थिर छ’, ‘खासै बिग्रन दिएका छैनौ’, ‘उपचारमा कुनै कसर बाँकी राखेका छैनौ’, ‘ म बाँचुन्जेल साँढेलाई केही हुँदैन’ जस्ता आश्वासनका कुराहरू भनेर वैद्यहरू फर्कंदा रहेछन् । यस्तैमा साँढे मरेछ । अब साँढे मरेको जानकारी लिएर राजाकहाँ कसरी जाने ? उनले तत्काल मृत्युदण्डको आदेश दिँदैनन् भन्ने आधार केही थिएन । उनको व्यवहार कसैले अनुमान गर्न सक्दैनथ्यो । रणबहादुरका काम र व्यवहारलाई हेरेर कतिपय इतिहासकारहरूले उनलाई लहडी भनेका छन् । राजा भएकाले लहडी कहलाइए, जनता भएका भए त बौलाहा ठानिन्थे होलान्  । तैपनि कसैले त जानै पर्थ्यो । जुन वैद्यको जानकारी दिने पालो परेको थियो उनी आफ्नो ज्यान माया मारेर राजाकहाँ पुगेछन् । राजालाई उनले भन्न सुरू गरेछन् – साँढेको आँखा, मुख,

बाउले राखेको लोटा र हाम्रो देशका मुद्दा

यो कुरा भने घरमा धारा र वास बेसिनको जन्म हुनुभन्दा अघिको हो । खाना खानुअघि हात धुन लोटामा पानी दिइन्थ्यो र खानापछि मुख चुठ्न पनि लोटामा पानी लिएरै बाहिर आइन्थ्यो । हात धोएर वा मुख चुठेर खाली भएको लोटा कता राख्ने भन्ने ठाउँ निश्चित हुँदैनथ्यो । आफूले उपयुक्त देखेको कुनै पनि ठाउँमा राख्न सकिन्थ्यो । त्यसरी राखेको लोटा भित्र र बाहिर ओहोरदोहोर गर्ने बाटोमा पर्‍यो भने चाहिं मानिस लोटामा अल्झिने र ठेस लाग्ने हुनसक्थ्यो । एक पटक छोराले राखेको लोटामा बाउ चाहिं अल्झिएछन् । अनि उनले छोरालाई गाली गरेछन्, ‘बाटोमा लोटा किन राखेको ?’ भनेर । भोलिपल्ट फेरि बाउले नै त्यही ठाउँमा लोटा राखेछन् र त्यसमा यो पल्ट चैं छोरो अल्झेछ । बाउले आफूले गलत ठाउँमा लोटा राखेको भनी गल्ती स्वीकार गर्लान् कि भन्ने छोरालाई लागेको रहेछ । हो पनि, अघिल्लो दिन त्यहीं लोटा राख्दा उसले गाली खाएको थियो । बाउले भने उल्टै ‘आँखा हेरेर हिंड्नु पर्दैन ?’ भनेर छोरालाई गाली गरेछन् । लोटा राख्दा पनि गाली, त्यही ठाउँमा अरूले राखेको लोटामा अल्झिँदा पनि गाली । अनि बाउले चाहिँ जहाँ लोटा राखे पनि उनकै डाको ठुलो । भनिरहनु नपर्ला, यस कथामा बाउ शक्तिमा रहेको पक्ष हो भने छोरो शक्तिहीन पक्ष । अचेल कसले गरेको काम गल्ती हो र कसले गरेको