सत्यवतीको छुटेको रेल

लकडाउनको समयमा म महाभारत टेलिभिजन श्रृंखला हेर्दैछु । छोरा देवव्रतलाई लिएर पत्नी गङ्गा स्वर्ग फर्केपछि शान्तनु एक्लै हुन्छन् । यसैबीचमा गङ्गाले युवा र शिक्षादीक्षा प्राप्त गरेका देवव्रत शान्तनुलाई फर्काउँछिन् तर आफू पूर्ववत् शान्तनुको पत्नी भएर बस्न अस्वीकार गर्छिन् । छोरा देवव्रत प्राप्त भए पनि शान्तनुकी रानी भने हुन्नन् । शान्तनुले देवव्रतलाई युवराज समेत घोषित गर्छन् । यसैबीचमा एक दिन सिकार खेल्न जाँदा एक जना सुन्दरी नाविक युवतीसँग शान्तनुको भेट हुन्छ । उनी सत्यवती हुन्छिन् । परासर ऋषिसँगको संसर्गपछि शरीरबाट माछाको गन्धको ठाउँमा एक योजनसम्म सुगन्ध फैलाउने ती युवतीले अधवैंशे एक्ला राजालाई मोहित पार्छिन् । राजा शान्तनु लामो हिचकिचाहटपछि सत्यवतीलाई विवाहको प्रस्ताव राख्छन् । तर ती युवती आफ्नो विवाहको निर्णय गर्ने जिम्मा आफ्नो बुवासँग रहेको भनेर निर्णय दिनबाट पन्छिन्छिन् । राजा सुन्दरीको बुवा दासराजको घरमा जान्छन् । तर राजा आफ्नी छोरीको छोरा राजा हुनुपर्ने सर्त राख्छन् । हुनेवाला ससुराको कुरा सुनेर राजा शान्तनुको सातो उड्छ । जेठी पत्नी गङ्गातर्फ लक्का जवान छोरा भएका र तिनलाई युवराज पनि घोषित गरिसकिएको अवस्थामा अब विवाह हुने रानीबाट जन्मने बच्चोलाई राजा बनाउने सर्तमा विवाह गर्नु उचित थिएन । उनी त्यहाँबाट फनक्क फर्कन्छन् अनि सिकार क्याम्पमा झोक्राएर उनको दिन बित्न थाल्छ । आफ्नो बाबुको चिन्ताको कारण पत्ता लगाउन देवव्रतलाई सकस नै पर्‍यो । तर बाबु शान्तनुको

त्यो ताँती, यो पङ्क्ति

मुटु गाउँमा छोडेर सहर आएकाहरू, अहिले गाउँ फर्कंदैछन् काम र माम बन्द भएपछि सहरमा, पुरानो टुङ्गोमा फर्कंदैछन् बाटो बन्द भएर हण्डर खाएका छन्, चक्रव्युहका अभिमन्यु जस्तै हरेक दिन अनन्त दुःखका, नयाँ श्रृंखला भोगिरहेका छन् । विना विश्राम र आराम अनवरत अघि बढिरहेका छन् हजारौं कोसको यात्रा पैदल नै पूरा गरेका छन् कसले भन्छ खाना चाहिन्छ बाँच्नका लागि बस् भावनाको शक्तिनै पर्याप्त ठानिरहेका छन् । सहर सधैं झैं निष्ठुर छ र बस् आदेश फर्माइरहेको छ सहर सधैं झैं क्रुर छ र कठोर लाठी बर्साइरहेको छ सहर सधैं झैं लोभी छ र केवल बहाना खोजिरहेछ सहर सधैं झैं स्वार्थी छ र ढोका बन्द गरिसकेको छ । यो वैभव यति गरिब होला जस्तो लागेको थिएन यो संस्कृति यति नीच होला जस्तो लागेको थिएन यो सभ्यताको इतिहास तिम्रो भोक देखेर लज्जित भएको छ यो वर्तमानको बाचा तिम्रो पीर देखेर खण्डित भएको छ । तिम्रो नाङ्गो खुट्टाको घाउ छातीभित्र दुखिरहेछ मेरो तिम्रो असीम दुःख आँखामा बगिरेहेको छ मेरो यात्राको त्यो ताँतीलाई बस् पङ्कति बनाइरहेको छु म विवश बन्दी बनेको छु, यसरी अभिशप्त छु म । जाऊ आफ्नो गन्तव्यमा सुरक्षित पुग्न सक साथी आफ्ना लालाबालासँग भावना साट्न सक साथी कठोर जिन्दगीका भोगाइबाट नसिक क्रुरताको पाठ दुनियाँलाई मानवताको निकै खाँचो रैछ साथी । ShareTweet0 Shares

अविजित मृत्यु, अजेय मान्छे

कोरोना भाइरसबाट मानिसमा लाग्ने कोभिड-१९ नाम दिइएको रोगका कारण अहिले विश्व संत्रस्त छ । वैशाख ३ गते बिहान यो ब्लग लेखिरहँदा १९,९७,९०६ संक्रमित भएका छन् जसमध्ये १,२६,६०० को मृत्यु भइसकेको छ । ४,७८,५५७ भने निको भएर घर फर्केका छन् । यसरी हेर्दा १३,९२,७४९ जना अहिले कोभिड-१९ सँग जीवनमृत्युको युद्ध लडिरहेका छन् । विश्वभर संक्रमण फैलँदो छ, मृतकको संख्या बढिरहेको छ । यसको खोप र विश्वसनीय उपचार पत्ता लागेको छैन । खोप पत्ता नलगाई यस रोगलाई रोक्न नसकिने कुरा विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । स्वास्थ्य उपकरणको अभाव भएको कारण आवश्यक चिकित्सकीय सेवा पुर्‍याउन सकिएको छैन । सरुवा रोग भएकाले यसलाई फैलन नदिन लकडाउनको नीति करिब विश्वभर अवलम्बन गरिएको छ । कोभिड-१९ को कारक रहेको भाइरसको उत्पत्तिको कारण जे भए पनि, निदान जसरी र जहिले पत्ता लागे पनि यसले अहिले सारा दुनियाँलाई मृत्युको भयबाट संत्रस्त पारिरहेको छ । जन्मपछि मृत्यु अनिवार्य छ । तर यही मृत्युको डर हरेक जीवको लागि सबैभन्दा ठुलो डर देखिएको छ । मनिसको जीवनमा पनि यही सत्य हुनुपर्छ । त्यसैले त हिंसा सबैभन्दा ठुलो अपराध हो, मृत्यु दण्ड सबैभन्दा ठुलो दण्ड । बोध विक्रम अधिकारीले सम्पादन गरेका दन्त्यकथाहरू सम्झन खोज्छु । पात्रको नाम र कथानकको श्रृंखला त बिर्सेछु तर केही मूल प्रवृत्ति सम्झन्छु । राजकुमारहरू वीर र

नयाँ वर्ष २०७७

आज सूर्य उदाएको छ निस्तेज, चन्द्रमा बिना मोहिनी हेरिरहेछ धरा निष्प्राण झैं चुप छ, आकाश रित्तो लागिरहेछ बसन्तले रङ पखालेको छ, बसुन्धराको यस पटक समय निकै फरक बनेर आएको छ । चैतको यो शीतल हावामा कामुकता हैन, भय छ कोइलीको निष्कपट सोधाइमा कुतूहल हैन, विरह छ रुखका हरेक हाँगामा मुना ओइलाएको छ यस पटक भयको बादलमुनि सिर्जना त्रस्त भएको छ । मौसम तात्दै गए पनि मुटु अझै चिसो नै छ दिन लामो भए पनि समय छोटो लागेको छ सुवास र सौरभ गुमाएका छन्, फूलहरूले यस पटक फेरिइन् प्रकृति कि, मेरो चेतना बदलिएको छ ? हरेक ध्वनिमा हाहाकार सुन्न अभ्यस्त भएको छ, कान घडीको हर टिकटिकले समय सकिएको जनाउ दिएको छ सुसेलीहरू सुस्केरामा बदलिएका छन् यस पटक अनायास ओठबाट गीत खोसिएको छ । विज्ञानको बाकसबाट निस्केको विष हो कि मदहोश मस्तीमाथि युगले दिएको सास्ती हो कि प्रकृतिको दया क्रुरतामा बदलिएको छ यस पटक विष बनेर अमृत जीवनमा घोलिएको छ । बन्द गरेर आफैंलाई ढोकाभित्र र बाँधेर गोडाहरू सबैको साथ छोडेर अनि लिएर विचलित मनहरू एउटा अर्थहीन यात्रामा निस्कनु परिरहेको छ यस पटक जीवनको उद्देश्य बाँच्नुमा सीमित भएको छ । आशिर्वादहरू शब्दहीन भएका छन् शुभकामनाहरू अर्थहीन भएका छन् फेरि पनि आशाको दियो बलिरहेको छ हुरीको बिरुवा जस्तै काँपेर हरेक आई.सी.यु.मा, आइसोलेसनमा र

गुर्जोको लहरा

‘केदार सर, तपाईंलाई गुर्जोको लहरो बारे थाहा छ ?’ दुर्गा परियारले फोन गर्नु भयो । उहाँ मेरो कक्षासाथी विष्णु परियारकी पत्नी हुनुहुन्छ । कपडासम्बन्धी व्यवसाय छ । संविधान सभाको एक कार्यकाल समानुपातिकतर्फबाट संविधानसभा सदस्य पनि हुनुहुन्थो । हाम्रो सम्बन्धचाहिँ छिमेकीको रूपमा छ । यसो गर्दा मैले बढी औपचारिक पनि हुनु परेन । हुन पनि उदयपुरमा हाम्रो घर नजिक नै थियो। जडिबुटीमै बस्नुभएको हुनाले अहिले पनि भेट भइरहन्छ, कोठामा आउजाउ पनि छ । यस वाक्यलाई त भूतकालमा पो लेख्‍नुपर्थ्यो होला । लकडाउनको कारण अहिले त के भेटघाट हुनु ? के आउजाउ हुनु ? यो संवाद चैं म्यासेन्जरको भ्वाइसकलमार्फत भएको थियो । ‘छैन त, गाउँतिरै यसो सुनेकोसम्म हो ।’ हुन त मलाई गुर्जोको लहरोका बारेमा थाहै नभएको होइन । गुर्जोलाई हिन्दीमा गिलोय भनिदो रहेछ र गुडुची पनि यसको नाम रहेछ भन्ने मलाई केही समय पहिला थाहा भएको थियो । त्यसैले आयुर्वेदिक औषधि पसलेलाई ‘कोरोनाको औषधि दिनुस् न’ भन्दा उसले यही सुझाएको थियो र गुडुचीको दुई बट्टा आयुर्वेदिक औषधि पसलबाट दुई पटकगरी किनेर ल्याएको थिएँ । कोरोना भाइरसको महामारीपछि यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने भनी चर्चा पनि भएको थियो । र, त्यो सपरिवार खाँदै थियौं । ‘गुर्जो त कोरोना भाइरसबाट हुने संक्रमण रोक्नका लागि निकै फाइदाजनक छ नि ! पुष्कर खरेलजीको घरमा त्यसको