महाकालीको तिरैतिर

अहिलेको कुरा १६ कार्तिक २०७६ (२ नोभेम्बर २०१९) मा भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गर्‍यो । त्यो नक्सामा नेपालले दावा गरिरहेको लिम्पियाधुरा, लिपुलेक र निर्विवाद रूपमा नेपाली स्वामित्वमा रहेको (नेपालको मौखिक स्वीकृति लिएर भारतीय सेना सन् १९६२ देखि बसिरहेको) कालापानी समेत भारतमा सामावेश गरिएको थियो । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालले दाबी गरिरहेको र त्यस क्षेत्रको सीमा विवाद नटुङ्गिएको अवस्थामा भारतले चालेको त्यस कदमका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भयो । त्यो बैठकले कालापानी क्षेत्र नेपालकै भएको दाबीलाई पुनः दोहोर्‍यायो र त्यो क्षेत्र नेपालमा नै कायम राख्‍न कूटनैतिक प्रयास थाल्न सरकारलाई सुझाव दियो । सरकारले पनि यसमा तीव्र प्रतिक्रिया जनायो, २० नोभेम्बर २०१९ मा कूटनैतिक नोट पठाएर । यस विषयलाई वार्ताबाट हल गर्ने कुरामा कुनै प्रगति नभएकै अवस्थामा २६ वैशाख २०७७ मा विवादित जमिन हुँदै पिथौरागढबाट कैलास मानसरोवर जाने सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्‍घाटन गर्नुभयो । यसले नेपालीको धैर्यको बाँध फुटायो । नेपालको परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएर कूटनैतिक नोट दियो । भारतीय राजदूतले पनि नेपाललाई कूटनैतिक नोट दिनुभयो । भारतले जस्तै एकपक्षीय रूपमा नक्सा जारी गर्न जनताले दिएको दबाब झेलिरहेको सरकारले २०७७-७८ को लागि २ जेठ २०७७ जारी नीति तथा कार्यक्रममा नेपालको पुरानो नक्सामा छुटेको भूमिसहित नयाँ नक्सा जारी गर्ने घोषणा

डिजिटल विभेदः भोलिको चुनौती

पञ्चावती सद्‍भाव समाजले लकडाउनको समयमा पनि केही सक्रियता देखायो । यो पञ्चावती माध्यमिक विद्यालय, उदयपुरगढीसँग जोडिएका व्यक्तिहरूको संस्था हो । लकडाउनका अवधिमा संस्थासँग आबद्ध केही व्यक्तिहरूले उदयपुरगढी गाउँपालिकाबाट काठमाडौं आएका व्यक्तिहरू लकडाउनका कारण संकटमा परेका छन् भने तिनलाई सहयोग गर्ने निर्णय गर्‍यौं । यो सल्लाह अनलाइन भिडियो च्याटबाट गरिएको थियो । फेसबुकमा सूचना राखियो । मेसेन्जरमा संस्था सम्बद्ध मानिसलाई सन्देश पठाएर कोही आपतमा भए खबर गर्न अनुरोध गरियो । केही सूचना आए, केहीलाई सहयोग गरियो । म आफैं फिल्डमा जान नसके पनि फिल्डमा जान सक्ने साथीको बैंक खातामा अनलाइनबाट पैसा ट्रान्सफर गरिदिएँ । आफ्नो क्षमता अनुसारको सहयोग गरियो । तर प्रश्न छ, हामीले फेसबुकमा राखेको सूचना सहयोग अति आवश्यक पर्ने वर्ग वा समुदायले पाउन सक्ने अवस्था थियो ? लकडाउनमा खान नपाउने समूहका मानिस हातमा स्मार्ट फोन लिएर, डाटा वा इन्टरनेट सेवा किनेर फेसबुक हेरेर बसेका थिए होलान् र ! भारतले गाउँबाट सहर आएका लकडाउनका समयमा गाउँ पर्कन चाहने व्यक्तिहरूका लाग अनलाइन रजिष्ट्रेसन पोर्टल बनायो र यसमा रजिस्ट्रेसन गरेको आधारमा यातायातको साधनको व्यवस्था गरी मानिस गाउँ फर्कायो । नेपालमा पनि केही समयअघि मानिसलाई उपत्यका बाहिर पठाउने क्रममा त्यसको नेतृत्व गर्ने पक्षले पनि फेसबुक, भाइबर, म्यासेन्जर जस्ता प्रविधिको प्रयोग गरे होलान्, सूचना प्रसारणका लागि । तर सयौं किलोमिटर पैदल नै गाउँमा फर्किरहेका

फोक्सोः एक चिन्तन

कोरोना भाइरसको सन्त्रास बढिरहेको अहिलेको समयमा फोक्सो फेरि मेरो मनसचर्चाको ज्वलन्त विषय भएको छ । यस अघि आएका स्वाइन फ्लु, बर्ड फ्लू, सार्स, मार्स जस्तै कोरोना भाइरसले नोक्सान पार्ने मुख्य अङ्ग फोक्सो नै रहेछ । उसो त सबै खाले रूघाखोकीदेखि न्यूमोनिया, ब्रोङ्काइटिस, क्षयरोग र दमले पनि त्यतै घर बनाइरहेका थिए । हामीले पनि धुमपान गरेर त्यहीँ चोट पुर्‍याइरहेका थियौं । कोरोना भाइरसको त आक्रमणको पहिलो केन्द्र नै त्यहीं रहेछ । हामीलाई प्राणवायु दिएर जीवित राख्ने फोक्सोमा नै कोरोना संक्रमणले हानि पुर्‍याउने रहेछ । यो महामारीको पृष्ठभूमिमा म मनमनै मेरो फोक्सोलाई छाम्छु । यो अलि कमजोर छ । सानामा न्युमोनियाले हिर्काएर हो, युवामा चिसोले कठ्याङ्ग्रिएर हो वा समयमै यसमा परेका असरका संकेतलाई बुझी उपचार नगरेर हो, यो सबुत रहेको छैन । अरूले सास लिन सक्ने हावामा पनि यो निस्सासिन्छ । समय समयमा डाक्टरलाई देखाएर र नियमित औषधि लिएर मैले यसबाटै काम चलाइराखेको छु । यो कमजोर भएकाले आफ्नै अन्तप्रेरणाले काम गर्न सक्दैन । यसलाई बाहिरबाट प्रेरणा चाहिन्छ । आज धेरै देशले सीमित सार्वभौमसत्ताको अभ्यास गरिरहेका छन् र बाह्य प्रेरणाले काम गरिरहेका छन् भन्ने सुनेको छु । मेरो फोक्सोले पनि त्यस्तै सीमित सार्वभौमसत्ताको अभ्यास गरेको छ । अलिअलि आफैं सास फेर्छ । अलिअलि बाहिरी प्रभाव पारेर बलजफ्ती सास फेराउनु पर्छ । कहिलेकाहीं

सल्लाहकारको कानेखुशी

सल्लाहकारले बिगारे । हामीले दैनिक जसो सुनिरहेको टिप्पणी हो यो । के सल्लाहकारले बिगारैकै हुन् त ? के तिनीहरूले बिगार्न सक्छन् ? के बिग्रनुमा जिम्मेबार तिनलाई बनाउन सकिन्छ ? कस्ता हुन्छन् सल्लाहकार ? मनमा अनेक तर्कनाहरू आइरहे । महाभारत श्रृंखला हेर्दै र कहिलेकाँही किताब पनि पल्टाउँदै समय कटाउने क्रममा भेटिएको सल्लाहकार सम्बन्धी एउटा प्रसंग मलाई रोचक लागेकोले यहाँ उल्लेख गर्ने जमर्को गरेको छु । त्यसका आधारमा केही धारणा पनि अघि सारेको छु । वरणावतको लाक्ष्यागृहबाट बचेर निस्केका पाण्डवहरू द्रोपदीसँग बिहे गरेपछि पाञ्चालबाट हस्तिनापुर फर्के । सानामा विष खुवाएर भीमलाई र अहिले लाक्ष्यागृहमा आगो लगाएर कुन्तीसमेत पाँचै भाइलाई मार्न असफल षडयन्त्र गरेको हुनाले कौरवपक्ष अपराध बोध र डरले आक्रान्त थिए । त्यसैले धृतराष्ट्रले पाण्डवलाई थामथुम पार्न आधा राज्य दिई खाण्डवप्रस्थमा बस्न भने । त्यसपछि पाण्डव खाण्डवप्रस्थलाई इन्द्रप्रस्थ नामकरण गरी त्यहीं रहिरहेका थिए । एक दिन नारद पाण्डवसमक्ष आए र राजसूय यज्ञ गर्न सुझाव दिए । स्वर्गमा राजा हरिश्चन्द्र पुगेका तर छोरा युधिष्ठिरले राजसूय यज्ञ नगरेका कारण पाण्डु स्वर्ग जान नसकेको कारण नारदले यो सुझाव दिएका थिए । नारदको सुझाव पाएपछि राजसूय यज्ञ गर्नका लागि युधिष्ठिरले मन्त्री र भाइहरूलाई बोलाए सल्लाह माग्छन् । सबैले ‘यो एकदम राम्रो कुरा हो, यसमा विचार गर्नै पर्दैन’ भनी सल्लाह दिन्छन् । व्याससँग पनि युधिष्ठिरले परामर्श लिन्छन्