शोधनान्तर घाटाको दलदल

सादा जीवन, उच्च विचारको आदर्श अवलम्बन गरी विलासी जीवनप्रति लुब्ध नवधनाढ्यहरुलाई लाजमर्दो बनाउनुपर्ने अभिभारा बोकेका समाजका नेतृत्ववर्ग एक वा अर्को बाहानामा विलासी जीवनशैलीको अनुकरणमा लीन छन् ।

मेरा तीन स्वर्ण पदकः प्रसंग ३

त्यो समयमा म नेपाल राष्ट्र बैंक विराटनगरको बिल्स फाँटमा थिएँ । बिल्स फाँटको काममध्ये एउटा काम अवकाशप्राप्त निजामती कर्मचारी, शिक्षक, सेना र प्रहरीलाई पेन्सन भुक्तानी गर्नु थियो । हरेक महिनाको सोह्र गते कार्यालयमा भीड लाग्थ्यो । सबैलाई नियमानुसारको रकम भुक्तानी दिन्थ्यौं । तलब बढेको वेलामा पेन्सन रकम पनि बढ्थ्यो । यस्तो वेलामा थप रकम भुक्तानी दिन अलि मेहनत गर्नुपथ्र्यो । शिक्षा सहायता, असाधारण पारिवारिक वृत्ति, पारिवारिक पेन्सन जस्ता विभिन्न पेन्सन योजना थिए जसका बारेमा म त्यति जानकार थिइन । कुनै तालिम पनि लिने मौका मिलेको थिएन । निजामती सेवा ऐन पढेर केही अवधारणा बनाउन त खोजेको थिएँ तर सबै विषयमा म स्पष्ट भएको थिइन । फाँटमा काम गरिरहेका अनुभवी साथीहरु, पेन्सन लिन मानिसको भनाइ र दाबी, शोधभर्ना पाउने क्रममा प्राप्त भएका कैफियत र सुझावका भरमा काम परिमार्जन गर्दै गएका थियौं । स्पष्ट जानकारीको अभाव र सोह्र गतेपछिका दुईचार दिन हुने भीडका कारण ग्राहकलाई राम्रो सुझाव र सल्लाह दिन सकिने अवस्था पनि थिएन । हुन त सबैलाई विशेष सुझाव र सल्लाह चाहिने पनि होइन ।एक पटक महिनावारी पेन्सन लिनेको भीड नहुने समयमा एक जना महिला पेन्सन लिन आइन् । साथीहरुले चिनेकी महिला हुनाले साथीहरुले किन ढिला आउनु भयो त भनेर सोधे । उनी आफन्त बिरामी भएर हो कि के कारणले हो

पञ्चावती सद्भाव समाजबाट पुरस्कार वितरण कार्यक्रम सम्पन्न

(श्री पञ्चावती माध्यमिक विद्यालय र माध्यमिक विद्यालय भलायडाँडाका विद्यार्थी पुरस्कृत) पञ्चावती सद्भाव समाजले यही कात्तिक १६ गते श्री पञ्चावती माध्यमिक विद्यालय, उदयपुर गढी र माध्यमिक विद्यालय, भलायडाँडा, खाटडाँडामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी विभिन्न विद्यार्थीहरुलाई विभिन्न पुरस्कार वितरण ग¥यो । ती पुरस्कारहरु विभिन्न महानुभावले अक्षय कोष राखी पञ्चावती सद्भाव समाजको संयोजकत्वमा स्थापना गर्नु भएको हो । श्री पञ्चावती माध्यमिक विद्यालयमा आयोजित पुरस्कार वितरण समारोहको अध्यक्षता समाजका अध्यक्ष श्री मधुरमण आचार्यले गर्नु भएको थियो भने प्रमुख अतिथि उदयपुरगढी गाउँपालिकाका अध्यक्ष श्री मानबहादुर केप्छाकी मगर हुनुहुन्थ्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री धनबहादुर कार्की, पञ्चावती सद्भाव समाजका पूर्वअध्यक्ष श्री ओमबहादुर राउत, प्रा.डा. गीता शर्मा आचार्य, विद्यालयका प्रधानाध्यापक श्री भोला के.सी.,  स्थानीय नेता तथा बुद्धिजीवी श्री बोधकुमार घिमिरे, शिक्षा र सामाजिक समिति संयोजक श्री संगीता वि.क. समेतले मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा स्थानीय प्रबुद्ध व्यक्तिहरु, विद्यालयका शिक्षक र विद्यार्थीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । समारोहका अध्यक्ष श्री मधुरमण आचार्य, गाउँपालिकाका अध्यक्ष श्री मानबहादुर केप्छाकी मगर लगायतका अतिथिहरुले पुरस्कृत विद्यार्थीलाई पुरस्कार वितरण गर्नु भएको थियो । वितरित पुरस्कार र पुरस्कृत विद्यार्थीको विवरण यस प्रकार रहेको छः १. स्व. अनुज स्मृति पुरस्कार स्व. अनुज निरौलाको स्मृतिमा उहाँका पिता श्री टीकादत्त निरौलाद्वारा स्थापित एस.एल.सी.(प्रवेशिका) परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने पञ्चावती माध्यमिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिने २०७१ साल

देवकोटाको सम्झनामा

(देवकोटाको जन्मजयन्ती सन्दर्भ) दिन र रात, जाडो र गर्मी, हिउँद र वर्षा गरी समयको पाँग्रा घुम्दै जान्छ । यसरी घुमेको समयको पाँग्रा दसैंमा आइपुग्छ, तिहारमा आइपुग्छ र  आइपुग्छ अरु चाडपर्व र सन्र्भहरुमा । यस्तै समयक्रमले सालिन्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६—२०१६) को जन्मजयन्ती पनि आउँछ । हरेक वर्ष लक्ष्मीपूजाको दिन मनाइने देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा देवकोटालाई पढेकाले फेरि पढ्छन्, देवकोटालाई सुनेकाले फेरि सुन्छन्, देवकोटाबारे लेखेकाले फेरि लेख्छन्, बोलेकाले फेरि   बोल्छन् । भर्खर चेतना खुलेका किशोरहरुले पनि देवकोटाको व्यक्तित्व र कृतित्वको विराटस्वरुपको आभास पाउँछन् । देवकोटा नेपाली जनमनमा फेरि एकपटक आँधी, बिजुली र बाढी बनेर पस्छन् अनि नेपाली जनमानसलाई देवकोटामय बनाएर जान्छन् । घरमा अहोरात्र ट्युसन पढाउने देवकोटा परिवारका लागि सुनको फुल पार्ने कुखुरी थिए । उनले अहिले पनि पुस्तकको रोयल्टी कमाइरहेका छन । तर उनको घर मृत्योपरान्त उनको नामको देवकोटा संग्राहलयमा रुपान्तरित हुन सकेन । जहानियाँ शासनका विरुद्ध जन्मन लागेको नेपाली क्रान्तिको सुडेनी बन्न उनी वनारस गए । वनारसमा चारआनामा चारवटाका दरले कविता बेचे, चना खाएर गुजारा गरे । साहित्य अनुरागीका लागि उनी कविता लेख्ने मेसिन थिए । चुरोट कोसेलीमा कविता लेखेर उनले आफ्ना कैयौ आशामुखीहरुलाई सन्तुष्ट पारे । राजा महेन्द्रले उनलाई मन्त्री बनाए, करिब तीन महिना । घरमा बसेर पनि व्यवहारिक हुन नसक्नु, क्रान्तिका लागि घरबार त्यागे पनि क्रान्तिकारी नमानिनु, सत्तामा पुगे पनि शासकको कोपभाजन हुनु, प्रतिभासम्पन्न भए पनि पागल ठानिनु उनका