जगरेटार स्कूलः मेरो पहिलो पाठशाला

जगरेटार मेरो घरबाट करीव दस मिनटको दूरीमा रहेको साह्रै नजिकको टोल भए पनि यो टोल मलाई अत्यन्त रहस्यमय लाग्छ । मेरो बूढो मावली टोल भएकाले दसैंको टीका थाप्न वर्षमा एक दिन त अवश्य जगरेटार गइन्थ्यो तर अरु बेला पटक्कै आउजाउ नहुने । दसैंमा गएको बेला पनि त्यहाँको बाक्ला घर, थुप्रा केटाकेटी र फरक बनोटको सम्म परेको बारी मलाई अचम्मका लाग्थे । अरु तिरका भन्दा अग्ला र राम्रा घर त्यस टोलमा थिए । शायद क्यारेम बोर्ड मैले त्यहीँ देखेको थिएँ । यही अचम्मको भावनाले मनमा अत्यास ल्याएर होला त्यस टोलको पुछारमा रहेको जगरेटार प्राथमिक विद्यालयमा एक कक्षामा भर्ना हुँदा म हरेक दिन रुन्थेँ रे । केही दिन जगरेटार स्कूल गएपछि पनि रुने बानीमा सुधार नआएपछि म उदयपुर गढीस्थित पञ्चावती माध्यमिक विद्यालयमा एक कक्षामा पढ्न गएँ । तर जगरेटारको प्राथमिक विद्यालयसँगको निकटता मेरो भाग्यमा बाँकी नै रहेछ ।एसएलसी पास गरेपछि म पढ्न क्याम्पस गइन । मेरो थप अध्ययन बारेमा घरमा कुरा नै भएन । राजविराजको क्याम्पसमा गएर पढाउने खर्च घरले धान्न नसक्ने कुरामा म ढुक्क थिएँ । मैले बुवालाई म पढ्न जान्छु भन्नसम्म पनि सकिन । घरमा रुपियाँपैसा राख्ने ट्याङ्काको साँचो मैले पनि चलाउन थालिसकेको थिएँ र त्यसमा के कति छ भन्ने मलाई थाहा थियो । बुवा बिरामी पर्न थाल्नु भएको थियो

भियतनाम यात्राः हानोईमा तीन दिन

‌ओल्ड क्वाटरको साँझ दानाङबाट साढे एघार बजेका लागि निर्धारित हानोई जाने प्लेन एक घण्टा ढिलो भएकाले हामी हानोईको होटलमा पुग्दा तीन बजिसकेको थियो । होटलमा पगेर त्यही दिन अपरान्ह हानोइको नजिकैको इलाका घुमाउन लैजाने गाइडसँग सम्पर्क गरें । उनले पाँच बजेका लागि समय दिए। पाँच बजेसम्मको समय सदुपयोग गर्न हामी बाहिर निस्कियौं । एयरपोर्टबाट आउँदा नै हाम्रो होटल वरिपरी पनि बजार छ भन्ने थाहा भइसकेको थियो । यसो मेड इन भियतनाम लेखेको पसलमा गएर पातलो ज्याकेट र चप्पल किनें । मोलमोलाइ पनि चल्दो रहेछ । यसरी नजिकको बजारको एक चक्कर लगाएर पाँच बजेअघि नै होटलमा फर्कियौं । गाइड होटलको लबीमा आइसकेका रहेछन् । हाम्रो होटल भएको ओल्ड क्वाटर एरियामा उनले पैदलै घुमाउने रहेछन्। पुरानो सहर, घडेरीको सडकतिरको मुख धेरै भयो भने धेरै कर तिर्नुपर्ने कुनै जमानाको नियमको कारणले सडकतिर सानो गल्ली राखेर लामो गल्लीको भित्र बनाएका घरहरू, रेस्टुराँ,  होटल र पसलहरू, लोकल मार्केट, इतिहासको कुनै कालखण्डमा  बिचभागबाट राजा मात्र हिँड्न पाउने चारवटा गेटमध्ये युद्धमा नष्ट हुन बाँकी एउटा गेट, होआन केयम तलाउ पुगियो । बिचबिचमा खत्र्याङमत्र्याङ किनमेल गर्ने कामले निरन्तरता पाइरह्यो । थप पैसा पनि यही घुमफिरको क्रममा साटें । (Hoan Kiem Lake) उनले घुमाउँदै ट्रेन स्ट्रिट पनि पु¥याए । हामी त्यहाँ करिब साँझको ७ बजे पुगेका थियौं । साढे

भियतनाम यात्राः दानाङमा दुई दिन

सिङ्गापुरको लामो ट्रान्जिट माघ ५ गते राति ११ बजेतिर उडेको सिङ्गापुर एयरलाइन्सको प्लेन भोलिपल्ट बिहान ४ बजे (स्थानीय समय) मा सिङ्गापुरमा ओर्लियो । हामीले भियतनामको दानाङ शहरका लागि दिउँसो ३ बजेतिर प्लेन चढ्नुपर्ने थियो । यो करिब ११ घण्टाको समय हाम्रालागि चुनौती थियो ।न सिङ्गापुर एयरपोर्टबाट बाहिर निस्केर घुम्ने पर्याप्त समय र सुराक हामीसँग थियो न यो एघार घण्टा बिताउने सजिलो तरिका । एयरपोर्टको झिलिमिली र त्यहाँ उपलब्ध फ्री वाइफाइ मात्र हाम्रो समय बिताउने साधन थियो । हामी टर्मिनल २ मा उत्रिएका थियौं ।मोबाइलले दानाङ जाने प्लेन टर्मिनल १ मा आउने जानकारी दियो । हामी बिस्तारै अलमलिँदै हिँडिरहेका थियौं ।फूल सजाइएका ठाउँहरूमा फोटो पनि खिचिरहेका थियौं । टर्मिनलहरू बिच ओहोरदोहोर गर्न ट्रेनको व्यवस्था रहेछ।हामी ट्रेन चढेर १ नम्बर टर्मिनल तिर लाग्यौं । एक नम्बर टर्मिनलमा पुगेर हामी बस्ने ठाउँ खोज्यौं र बस्यौं । कोही ब्याग सिरानी लगाएर भुइँमै मस्त सुतिरहेका थिए । हामीलाई ट्राभल एजेन्सीवालाले भनेकी थिइन्, ‘एयरपोर्टको महँगो खानेकुरामा पैसा खर्च नगर्नुस् । खानेकुरा घरबाटै लिएर जानुस् । चिया/कफीको धूलो र थर्मस बोकेर जानुस् । एयरपोर्टमा तातो पानी पाइन्छ, आफैं चियाकफी बनाएर खानुस् ।’ हामीले थर्मस बोकेका थियौं । तातो पानी खोजेर चिया बनायौं र बिस्कुट पनि खायौं । । समय धेरै भएकाले हाम्रो उडानसम्बन्धी सूचना प्रकाशित भएको थिएन । हामी टर्मिनल १ मा नै ओहोरदोहोर गरिरहेका

भियतनाम यात्राः तारतम्य र तयारी

विदेश यात्रा मजस्ता मानिसको लागि सजिलो कुरा होइन । पहिलो त  यो महँगो छ । घरका दुई जना एक हप्तामात्र विदेश घुम्न चाहिने पैसाले करिब वर्षदिन खान पुग्छ । यो चानचुने खर्च होइन । फेरि रिटायर भएर बसेको अवस्थामा आम्दानीको स्रोत केही छैन । दोस्रो, हामीलाई भिसा दिन हत्पति कोही तयार हुँदैन । अमेरिका र युरोपको भिसा पाउनु दुर्लभ प्रायः छ । एशियाका पनि सम्पन्न देशहरूले निकै कडाइँ गरेका छन् । नेपालीहरूले अक्सर घुम्ने थाइल्यान्ड र युएई (दुबई) मा पनि भदौमा भएको आन्दोलनपछि भिसामा कडाइ भएको बुझिन्छ । यसका अतिरिक्त खानपान नमिल्ने जस्ता समस्या पनि हुनसक्छन् । यस्तो परिस्थितिमा विदेश यात्राको तारतम्य मिलाउनु मेरा लागि सजिलो थिएन, छैन । जागिरबाट अवकाश पाएको र अवकाशको पत्रसँगै केही रकम पनि हात परेको अवसरमा हामी दुई जनाले पहिलो पटक विदेश यात्रा गरेका थियौ‌ । मलेसिया, सिं‌गापुर र इन्डोनेसियाको केही दिने भ्रमण गरेका थियौं । त्यो रमाइलो भ्रमणको समाप्तिमा  दुईचार वर्षको अन्तरालमा भए पनि यस्तो भ्रमण जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थियौं । तर त्यो पूरा हुनु सजिलो थिएन । पैसा सकिँदै गयो । समय तानिदै गयो । भारतका तीर्थहरू घुम्ने मौका मिले पनि ठुलो प्लेन चढ्ने चाँजोपाँजो चाहिँ मिलेन । त्यसपछि त झन् घर बनाउने काम आइलाग्यो । त्यसमा पनि एक वर्षभन्दा बढी समय

नो, आई क्यान्ट स्पिक इङ्लिस !

म भरखर नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेको थिएँ । थापाथलीमा रहेको बैंकिङ कार्यालयमा काम गर्थें । आई. ए. पास गरेको थिएँ र सायद रत्नराज्य कलेजमा बिहानीको सत्रमा बी. ए. पढ्दै थिएँ । नयाँ जागिर थियो, त्यो पनि सबैले राम्रो मानेको कार्यालयमा । त्यसअघि सिन्धुपाल्चोलको चौतारास्थित जिल्ला प्रशासन कार्यालयमा सह-लेखापाल थिएँ । अब काठमाडौंमा बसेर जागिर खाने मौका मिलेको थियो । पढाइलाई अघि बढाउन पाएको थिएँ । खुशी र उत्साहले म भरपूर थिएँ । एक दिन कार्यालयबाट अनुमति लिएर बाहिर निस्केको थिएँ । मलाई रत्नपार्कसम्म पुगेर आउनु थियो । म बैंकिङ कारोबार गर्ने नभई रेकर्ड राख्ने र बैंक स्टेटमेन्ट तयार पार्ने काममा रहेको हुनाले केही समय बाहिर निस्कन गाह्रो थिएन तर आफ्नो काम सक्नु नै पर्थ्यो । कार्यालयबाट बाहिर निस्केर राम भण्डार कट्नासाथै एक जना बिदेशीले मलाई रोके र सोधे, ‘क्यान यु स्पिक इङ्लिस् ?’ मैले उनको प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिएँ, ‘नो, आइ क्यान्ट स्पिक इङ्लिस !’ यति भनेर म आफूभन्दा अग्ला र बलिया ती विदेशीलाई उछिनेर फटाफट अगाडि बढें । केही कदम हिँडेपछि मलाई गल्ती महसुस भयो । मैले अंग्रेजी भाषामा सोधिएको प्रश्न भलिभाँती बुझेर अंग्रेजी भाषामा नै अंग्रेजी भाषा जान्दिन भन्ने जवाफ दिएको थिएँ । म जस्तो अप्ठेरो मानिस को हुन सक्थ्यो ? मैले त्यति वेलासम्ममा

कठिन प्रश्नको मौन सामना

नागरिकता बनाउन खोज्दा आइपरेका प्रशासनिक झमेला सहन गर्न नसकी बर्दियामा एक विवाहित महिलाले आत्महत्या गरिन् । केही समयपछि उनका पिताले पनि आत्महत्या गरे । मुलुकमा एकातिर जनमुखी प्रशासन, मुस्कानसहितको सेवा, गाउँगाउँमा सिंहदरबार  जस्ता नारा गुञ्जिरहेको छ, अर्कोतिर जनताको यो हदसम्मको बिजोक छ । हुन पनि नेपालमा यस्ता सामाजिक समस्या र प्रशासनिक जटिलता छन् जसको उत्तर पाउन हरकोहीलाई कठिन छ । म पनि आज आफूले देखेको जटिलता प्रस्तुत गर्दैछु । म त्यो समयमा विराटनगरको नेपाल राष्ट्र बैंकमा कार्यरत थिएँ । मेरो काम पुराना, च्यातिएका र जलेका नोटहरूको सटही स्वीकृति दिनु पनि थियो । सामान्य तरिकाले पुराना भएका नोट त काउन्टरबाटै साटिन्थे । विवादास्पद नोटहरूको बारेमा मैले टुङ्गो लगाउनु पर्थ्यो । म क्यासियरको कोठामा बै‌कबाट आएको पैसा व्यवस्थापनको काम गरिरहेको थिएँ । मलाई कार्यकक्षमा आउन भनेर कसैले खबर ग¥यो । म आफ्नो काम छिटो सकेर कार्यकक्षमा पुग्दा एक जना महिला मलाई पर्खेर बसिरहेकी रहिछन् । ‘के थियो तपाईको ?’ मैले सोधें । ‘पैसा साट्नुपर्ने थियो ।’ उनले भनिन् र प्लास्टिकको थैलो अगाडि बढाइन् । खोलेर हेर्दा एक हजार र पाँच सयका अधकल्चा नोटहरू थैलोमा थिए । फाटेका नोटहरू सटहीका लागि ल्याउँदा सिङ्गो नोट बराबरको खाली कागज नोटको पछाडि टाँस्नुपर्छ भनेर कसैले भनिसकेको रहेछ । ती नोटमा कागज टाँसिएका थिए । ‘पैसा त

बाको पोस्टमार्टम रिपोर्ट

आजभन्दा उनन्चालिस वर्षअघि बाको देहावसान हुँदा म अठार वर्षको थिएँ । त्यति वेलासम्म घरको सारा जिम्मेवारी बाले नै सम्हालिरहनुभएको थियो । खेतीपाती र गाईवस्तुको कामचाहिँ  उहाँले केही वर्षअघिबाट छोड्नुभएको थियो । किनमेल गर्न लाहान जान पनि छोड्नुभएको थियो । तर घरको रिनधन उहाँकै थाप्लोमा थियो, परिवारको अन्तिम जिम्मेवारी उहाँकै काँधमा थियो । लाहानको कपडा व्यापारीसँग भएको उधारो खातामा पनि उहाँकै नाम थियो होला । उहाँ जति कमजोर हुनुभएको भए पनि हाम्रो लागि उहाँ दरिलो भर हुनुहुन्थ्यो । बालाई गुमाउनु पर्दा  स्वाभाविकरूपमा नै हामी सबै पिरमा थियौं, चिन्तित बन्यौं, रोयौं, करायौं ।  बालाई गुमाएको केही समयपछि हामीले चित्त पनि बुझायौं । “बा पहिलादेखि नै कमजोर हुनुहुन्थ्यो, बुढो हुनुभयो, बिरामी पर्नुभयो, जानुभयो” भन्ने सोच्यौं । आज सम्झन्छु, त्यहाँ चित्त बुझाउने ठाउँ नै रहेनछ, बा बुढो हुनुभएको रहेनछ । आज म करिबकरिब बा स्वर्गवासी हुनुभएको उमेरमा छु र अझै समय छ भनेर सोचिरहेको छु । मेरो के कुरा, म भन्दा बीसपच्चिस वर्ष जेठा मानिसहरू हामी बुढा भएका छैनौ भनेर रेडियो टेलिभिजनमा बोलिरहेका छन् । बाको त के उमेर भएको रहेछ र ! उचित सह्यारबिनाको बाल्यकाल, संघर्षपूर्ण युवावय, कृषिकर्मका कहिले नसकिने परिश्रमले गाँजेको गृहस्थी ! यिनै अप्ठेरा र असजिलाहरूले बालाई असमयमा नै बुढो बनाइदिएको रहेछ । उसो त, सानो बच्चालाई त आफूभन्दा जेठो जति

अनि मैले घर बेचेँ

त्यो मैले सानो दुःखले बनाएको घर थिएन । ठुलो छोरा तीन वर्षको भइसकेको थियो र कान्छाले पनि यस धरामा पदार्पण गर्ने प्रतिज्ञा गरिसकेको थियो । काख र कोखमा रहेका दुइटै साना सन्तानलाई डेरामा हुर्काउनु पर्ने स्थितिमा हामी थियौँ । हामीलाई छोराछोरी डेरामा हुर्काउनु सजिलो भने लागेको थिएन । साना केटाकेटी भएको परिवारलाई घाम, पानी, खुला ठाउँ भएको डेरा उपयुक्त हुने तर ती सबै कुरा भएको डेरा पाउन साह्रै गाह्रो । साना साना छोराछोरी बोकेर डेरा खोज्दा हत्तपत्त स्वागत नपाइने । केटाकेटी भएका मान्छेलाई भाडामा घर दिएपछि फोहोर हुन्छ, चकचके केटाकेटीले नोक्सान गर्छन्, च्याँच्याँ र चुँचुँले हल्ला हुन्छ यस्तै यस्तै कुरा मनमा राखेर घरवालाहरु एक वा अर्को बहाना बनाएर डेरा दिन मन नगर्ने । अनेकन तारतम्य मिलाएर पाएको कोठामा पनि साना छोराछोरी लिएर बस्दा ढुक्क हुन नसकिने । छोराछोरी हिँडे भने गाली गर्नुपर्ने, कुदे भने कुट्नु पर्ने । त्यति नगरे छोराछोरीलाई वास्ता गरेको नमानिने । अरुले मुखले केही नभने पनि उनीहरुको मनोभावना बुझी आफैंले केटाकेटीको गतिविधिमा बढी नै नियन्त्रण गर्नुपर्ने । आफू नेपालटार र उदयपुर गढीका रनबन डुलेर हुर्केको मान्छे, आफूले गर्नुपर्ने त्यस्तो व्यवहार आफैंलाई चित्त नबुझ्ने । त्यसमाथि एक जना साथीले ‘केदारजी भाडामा बस्दा अरु समस्या त छँदैछ, हाम्रा छोराछोरीका लँगौटिया साथी पनि नहुने भए, आज यता भोलि उता, अनि

जगरेटार स्कूलः मेरो पहिलो पाठशाला

जगरेटार मेरो घरबाट करीव दस मिनटको दूरीमा रहेको साह्रै नजिकको टोल भए पनि यो टोल मलाई अत्यन्त रहस्यमय लाग्छ । मेरो बूढो मावली टोल भएकाले दसैंको टीका थाप्न वर्षमा एक दिन त अवश्य जगरेटार गइन्थ्यो तर अरु बेला पटक्कै आउजाउ नहुने । दसैंमा गएको बेला पनि त्यहाँको बाक्ला घर, थुप्रा केटाकेटी र फरक बनोटको सम्म परेको बारी मलाई अचम्मका लाग्थे । अरु तिरका भन्दा अग्ला र राम्रा घर त्यस टोलमा थिए । शायद क्यारेम बोर्ड मैले त्यहीँ देखेको थिएँ । यही अचम्मको भावनाले मनमा अत्यास ल्याएर होला त्यस टोलको पुछारमा रहेको जगरेटार प्राथमिक विद्यालयमा एक कक्षामा भर्ना हुँदा म हरेक दिन रुन्थेँ रे । केही दिन जगरेटार स्कूल गएपछि पनि रुने बानीमा सुधार नआएपछि म उदयपुर गढीस्थित पञ्चावती माध्यमिक विद्यालयमा एक कक्षामा पढ्न गएँ । तर जगरेटारको प्राथमिक विद्यालयसँगको निकटता मेरो भाग्यमा बाँकी नै रहेछ ।एसएलसी पास गरेपछि म पढ्न क्याम्पस गइन । मेरो थप अध्ययन बारेमा घरमा कुरा नै भएन । राजविराजको क्याम्पसमा गएर पढाउने खर्च घरले धान्न नसक्ने कुरामा म ढुक्क थिएँ । मैले बुवालाई म पढ्न जान्छु भन्नसम्म पनि सकिन । घरमा रुपियाँपैसा राख्ने ट्याङ्काको साँचो मैले पनि चलाउन थालिसकेको थिएँ र त्यसमा के कति छ भन्ने मलाई थाहा थियो । बुवा बिरामी पर्न थाल्नु भएको थियो

बेइजिङमा अलमलिँदा

२०७४ सालको हिउँद सुरू हुन लागिसकेको थियो । अफिसबाट दक्षिण कोरियामा हुने तालिमका लागि मेरो मनोनयन भएको रहेछ । मनोनयन भएका अरू सहकर्मीहरूसँग तालिम सकिएपछि नेपाल फर्कने क्रममा बेइजिङ र साङ्घाईको एक नजर लगाउने सल्लाह भयो । यसरी तालिमको मनोनयनमा थप ठाउँ घुम्दा बिदा र लाग्ने खर्च त आफ्नो हुन्थ्यो नै, हवाइजहाजको भाडा सोझै काठमाडौं फर्कंदा लाग्नेभन्दा बढी लाग्ने भएमा त्यो थप भाडा पनि तिर्नुपथ्र्याे । तैपनि, तालिमको लागि गएको बेला बाटोमा पर्ने ठाउँहरू घुम्नु फाइदाजनक नै हुन्थ्यो ।अघिल्लो दिन बेइजिङको तियानमेन स्क्वाएर, पुरानो दरबार इलाका र ग्रेटवाल घुमेर भोलिपल्ट साङ्घाई जाने तयारीमा थियांै हामी तीन जना, तेज बहादुर राना, धन बहादुर श्रेष्ठ र म । निकै बिहान (सायद ६ बजे) को रेल भएकाले हामी सबेरै होटलबाट निस्केका थियौं । बाहिर चिसो सिरेटो चलिरहेको थियो, मन रेलको यात्रा र साङ्घाईको कल्पनाले रोमाञ्चित भइरहेको थियो । हाम्रा ड्राइभरले हामीलाई रेल स्टेसनको मुख्य द्वारमा उतारे अनि हाम्रो बाटोतर्फ संकेत गरे । उनको काम सकिएको थियो । अब साङ्घाईसम्मको यात्राको चाँजोपाँजो हामी आफैंले पथप्रदर्शक विना नै मिलाउनु पर्ने थियो ।आफ्नो देशमा रेल, मेट्रो जस्ता पूर्वधार नभएको हुनाले यिनको कार्यप्रणाली अक्सर नेपालीलाई जानकारी हुँदैन । त्यसै हुनाले विदेशमा जाँदा पनि त्यहाँ उपलब्ध त्यस्ता सुविधाको भरपुर सदुपयोग गर्न सकिंदैन । हामीलाई बेइजिङको रेल स्टेसनको काउन्टरमा