राजीनामा

१काठमाडौको नयाँ सडकमा रहेको प्रधान कार्यालयबाट नेपाल बैंक लिमिटेड, सटी अफिस विराटनगरमा पनि हल्ला आइपुग्यो — पच्चीस वर्ष नोकरी अवधि पुगेका कर्मचारीलाई जागिरबाट हटाउन स्वेच्छिक अवकाश योजना ल्याउने रे । स्वेच्छिक अवकाश योजना अर्थात भीआरएस (भोलेन्टियर रिटायरमेन्ट स्कीम) को यो हल्ला बैंकको प्रत्येक कोठा, कोठाका प्रत्येक कुर्सी र कुर्सीका प्रत्येक कानमा एकै छिनमा पुग्यो । सबै कर्मचारीे भीआरएस आउने भयो भनी एकअर्कालाई सुनाउनमा मस्त र व्यस्त भए । हातमा चेक र रकम जम्मा गर्ने भौचर बोकेका ग्राहक पनि आफ्नो काम बिर्सेर त्यसै हल्लाको खोजीनितीमा लागे ।यो हल्लापछि केही कर्मचारी मलिन भए, केही उत्साहित भए, कतिमा जिज्ञासा मात्र रह्यो । भीआरएस बारे कर्मचारीहरुले विस्तारै आफ्नो धारणा राख्न पनि सुरु गरे ।“म त अब जागिर छोडेर धर्मकर्मतिर लाग्छु ।”“म व्यापार गर्छु ।”“म त गाउँ फर्कन्छु र उतै कुनै व्यवसाय गर्छु ।”“मेरो त समय नै भएको छैन । नत्र .. …. . .।”“नयाँ कर्मचारीलाई राम्रो भयो । खाली पदमा चाँडै प्रमोशन पाउँछन् ।”“कर्मचारी हटाउन त यो नियम ल्याएको हो । के प्रमोशन होला ?”“म अर्को कम्पनीमा काम गर्छु ।”“म …. गर्छु ।”यी आवाजहरु कानमा ठोक्किरहँदा सुधीरका आँखामा आफ्ना अतीतका तस्वीरहरु घुम्न थाले । बिस वर्षको लक्का जवानमा ऊ यो जागिरमा आएको थियो । कलिलो उमेरमै जागिरमा लागेकोमा उसका बाबुआमा कति खुशी भएका थिए

फुली

“अब त्यो पनि त्यस्तो निस्क्यो । हरे शिव ! मेरो भाग्य खोटो ।” कोइराल्नी बज्यै भुतभुताई रहेकी थिइन“के भएर भाग्य खोटो भयो ? म मरेँ ?” कोइराला बाजे पनि रन्किए ।“त्यसो नभन्नुस आमा, त्यस्तो नराम्रो नमान्नुस् । केही त भएको छैन । सबैलाई राम्रै त छ ।” छोरी रमिलाले सम्झाइन् । उनी पनि भरखरै माइत आइपुगेकी थिइन् ।“तँलाई पहिला नै यो कुरा थाहा रहेछ त । मलाई अलि पहिला भन्नु पर्दैन ?” उनी छोरीसँग पनि झर्किन् ।“पहिला भनेको थिएँ नि । तपाईंले छेउ पर्न दिनु भएन । त्यसपछिका कुरा त मलाई पनि के थाहा र ?” उनले सफाइ दिइन् ।कोइराल्नी बज्यैको कानमा रमिलाले यस कुराको भनक पहिला पनि पारेकी थिइन् । ‘आमा, हाम्रो रमेशको त सँगै पढ्ने नेवार केटीसँग पो हिमचिम छ रे त !’ भनेर । कोइराल्नी बज्यैले सुरुमा ‘हाम्रो रमेश त्यस्तो छैन, उडन्ते कुरा होला, छोरी’ भनिन् । एकछिन पछि ‘अल्लारे उमेर छ, सँगै पढ्ने केटीसँग यसो बोल्यो होला, जोरीपारीले त्यही कुरा काटेका होलान नि !’ भनिन् । अनि लामो सास तानेर ‘अजातकी केटीसँग बिहे ग¥यो भने त त्यसको खुट्टा भाँच्छु’ पनि थपिन् । ‘त्यसो नभन्नुस है आमा ! जुग जमाना खराब छ । तपाईंका पालाको समय छैन ।’ भनेर रमिलाले त्यतिबेला आमालाई अलिकता हच्काएकी थिइन् पनि ।तर

अवकाश

तीन बज्यो ।आज अफिसपछि विवाहको पार्टीमा जानुछ । दुई बजे बोलाएका थिए ।एक मनले सोच्छु, हाकिमलाई सोधेर अलि चाँडै जाऊ कि ? अर्को मनले सोच्छु, पार्टीमा चाँडो जाने कामका लागि पनि के हाकिमको स्वीकृति लिने झन्झट गरिरहनु ? आखिर अफिस छुट्टी भएपछि गए पनि पुगिहालिन्छ । आखिर अब यो अफिस आउनु र पाँच बजेसम्म रुङ्न नै पो कति छ र ! अब एक हप्तापछि त रिटायर नै हुँदैछु । फेरि, चाँडै पार्टीमा जानु भनेको चाँडै जम्न सुरु गर्नु र बढी पिउनु त हो । दुई बजे बोलाए पनि सबै जना साँझ नै त आउँछन् । म चुपचाप काममै व्यस्त हुन्छु ।यो व्यक्तिगत र सामाजिक काम अनि अफिसको कामबीचको तानातान अब यही एक हप्ता त हो । त्यसपछि त एक हिसाबले आनन्दै हुन्छ । न दशको बन्धन, न पाँचको प्रतीक्षा । समय आफ्नो, जिन्दगी आफ्नो । समयको तानातान भएको वेला अवकाश हुन पाए त ढुक्क हुन्थ्यो जस्तो हुन्छ । हो पनि, यही अफिसको कारण न आफन्तको मलाम जान पाइएको छ, न स्नेहीको विवाहमा जन्त । समाजमा बसेर पनि समाजबाटै बहिष्कृत जस्तो भइन्छ कतिपय अवस्थामा त । कथमंकदाचित कतै पुगियो भने पनि फर्कन हतार । रिटायर भएपछिलाई नै भनेर पनि कति कुरा त मनमा साँचेर राखेको छु ।अर्को मनले सोच्छ, कुरा यति

कथा: अवकाश

तीन बज्यो । आज अफिसपछि विवाहको पार्टीमा जानुछ । दुई बजे बोलाएका थिए । एक मनले सोच्छु, हाकिमलाई सोधेर अलि चाँडै जाऊ कि ? अर्को मनले सोच्छु, पार्टीमा चाँडो जाने कामका लागि पनि के हाकिमको स्वीकृति लिने झन्झट गरिरहनु ? आखिर अफिस छुट्टी भएपछि गए पनि पुगिहालिन्छ । आखिर अब यो अफिस आउनु र पाँच बजेसम्म रुङ्न नै पो कति छ र ! अब एक हप्तापछि त रिटायर नै हुँदैछु । फेरि, चाँडै पार्टीमा जानु भनेको चाँडै जम्न सुरु गर्नु र बढी पिउनु त हो । दुई बजे बोलाए पनि सबै जना साँझ नै त आउँछन् । म चुपचाप काममै व्यस्त हुन्छु । यो व्यक्तिगत र सामाजिक काम अनि अफिसको कामबीचको तानातान अब यही एक हप्ता त हो । त्यसपछि त एक हिसाबले आनन्दै हुन्छ । न दशको बन्धन, न पाँचको प्रतीक्षा । समय आफ्नो, जिन्दगी आफ्नो । समयको तानातान भएको वेला अवकाश हुन पाए त ढुक्क हुन्थ्यो जस्तो हुन्छ । हो पनि, यही अफिसको कारण न आफन्तको मलाम जान पाइएको छ, न स्नेहीको विवाहमा जन्त । समाजमा बसेर पनि समाजबाटै बहिष्कृत जस्तो भइन्छ कतिपय अवस्थामा त । कथमंकदाचित कतै पुगियो भने पनि फर्कन हतार । रिटायर भएपछिलाई नै भनेर पनि कति कुरा त मनमा साँचेर राखेको छु । अर्को