आइफोन कोसेली

“यी लेऊ, तिमीलाई कोसेली।” खेमराजले हात अगाडि बढाउँदा उसको हातमा आइफोन-१६ को नयाँ बट्टा जगमगाइरहेको थियो । “आब्बुइ, आइफोन !” सीताले सुखद् आश्चर्यका साथ हातमा आइफोन लिइन् र ओल्टाइपल्टाइ गर्न थालिन् । “मलाई त यस्तो कोसेली आउला भन्ने आशै थिएन ।” “ल, के कुरा गरेकी तिमीले ? विदेश जाँदा कहिले तिमीलाई रित्तो हात राखेको छु र ?” “त्यो त हो । तर यति महँगो गिफ्ट !” सालीको लागि ल्याइने गिफ्टको पनि कतै मोल हेरिन्छ त !” अलिकति जिस्किने मुडमा आयो खेमराज । साली भेनाको उमेर जति भए पनि नाता भने युवा नै हुन्छ । “यो विदेश भ्रमण त चिठ्ठा परेको हो, मलाई । चिठ्ठा परेको पैसाको के लोभ गर्नु ?” खेमराजले गफ दियो।  वास्तवमा यो मौका त संयोगले मात्र आएको थियो । पुरानो सरकार रहेको भए ऊ टोलीमा पर्ने नै थिएन । अर्कै पार्टीको कर्मचारी जान्थ्यो भत्ता खान । नेपालमा अहिले सत्ता परिवर्तनको असर खरिदारको कुर्सीसम्म आइपुग्छ । अवसर कुन कर्मचारीले पाउने भन्ने कुराको निर्क्यौल ऊसको पार्टीसँग सम्बन्धित छ । फेरि अनेक तिकडम र जालझेल । भन्नु उसो हैन, किनमेल पनि  चल्छ  । जागिर वास्तवमा ठेक्कापट्टा भएको छ अहिले । खेमराजले गफ हाँके पनि यो महँगै कोसेली थियो । खेमराज विदेश जाँदा सबै भत्ता र सुविधाको रकमको डलर साटेर जान्थ्यो

मिठो कफी

“कहिले आयौ काठमाडौं ?” मैले च्याटमा सोधें । ऊ काठमाडौं आएको जानकारी उसको फेसबुकले दिइसकेको थियो । “हिजो हो ।” उसले यति मात्र लेख्यो । “बानेश्वर आऊ, यार । सँगै कफी खाउँला । तिमीसँग भेट्न मन छ ।” मैले आग्रह गरें । “हुन्छ । मेरो त्यता आउने काम पनि छ । म फोन गरेर आउँछु ।” मलाई ऊ आउँछ भन्ने विश्वास नै थिएन । यस्ता संवाद यसअघि पनि भएको थियो । तर ऊ आएको थिएन । यसपटक चैं आयो । ऊ अर्थात् मनोज । मेरो स्कुले साथी । मेरो धेरै मिल्ने साथी । पढ्नमा पनि हामी अगाडि नै थियौं । एसएलसीपछि हामी अलग्गियौं । म क्याम्पस पढ्न काठमाडौंतिर लागें । ऊ विराटनगर गयो । एउटै स्कुल पढे पनि हाम्रो गाउँ फरक थियो । त्यसैले भेटघाट पातलो भयो । पढाइ सकेपछि म सरकारी जागिरे भएर कहिले कता, कहिले कता पुगें। पछि वानेश्वरमा घर बनाएर बस्न थालें । मनोज शिक्षक भएर गाउँकै विद्यालयमा पढाउन थाले । यो बिचमा त भेट नहुनु झन् स्वाभाविक भइहाल्यो । हामीलाई फेरि फेसबुकले नजिक ल्यायो । स्कुलका साथीहरू खोज्दै जाँदा मनोजलाई पनि फेला पारें र फ्रेन्ड रिक्वेस्ट पठाएँ । उसले पनि स्वीकार गर्‍यो । हामी वास्तविक साथी पुनः भर्च्युअल साथी बन्यौं । मेरो वालमा उसले र उसको

नाच्ने निम्तो

लक्ष्मीपूजाको दिन भएकाले सुत्‍न ढिला नै भएको थियो । सुत्‍न खोज्दाखोज्दै भैली टोली आयो । भैलो टोली देख्‍ने बित्तिकै म तीनछक परें । गाउँबाट बिहे गरेर गएका चेलीबेटीहरू नै भेला भएर यो भैलो टोली बनेको रहेछ । सावित्री दिदी भट्याउनेमा हुनुहुँदो रहेछ । सीता दिदी मादल बजाउँदै थिइन् । रमा गीत गाउन पहिलादेखि नै माहिर थिइन्, यहाँ पनि त्यही जिम्मेवारीमा रहिछन् । उनको भाकामा सरला, कविता, निर्मला र नम्रताले साथ दिइरहेका थिए । भैली टोलीमा शर्मिला, रमा, विमला र कमला पनि रहेछन् । र, त्यही टोलीमा रहिछन् रमिला पनि ! रमिलाले मलाई तानेर अतीततिर पुर्‍याइन् । म आई. ए. को परीक्षा दिएर घरमा बसिरहेको समयमा रमिला पनि एस. एल. सी. सकेर फुर्सदमा थिइन् । उनको छिमेकी राजु मेरो साथी थियो र राजुलाई भेट्न जाँदा मेरो उनीसँग पनि भेट भइरहन्थ्यो । अलि पछि त राजुको घर जाने कुरा बाहाना मात्र हुन पुग्यो । म रमिलालाई नै भेट्न जान थालें । मैले उनको दैनिकी जानिसकेको थिए र उनीसँग भेट्न अनुकूल हुने समयमा म त्यहाँ पुगिरहन्थें । मैले पढ्नु थियो, जागिर खानु थियो, बाउआमाको भाकामा ‘ठुलो मान्छे’ बन्नु थियो । मेरो अगाडि अनेक कार्यभार थिए । उनी पनि त आइ. ए. पढ्न चाहन्थिन् (कम्तीमा मलाई त त्यही भनेकी थिइन्) । मेरो मनमा उनी

निष्ठा र वाचा

मन्त्रीको पद बहालीपछि मन्त्रालयमा नयाँ वातावरण थियो। नयाँ सत्ता गठबन्धनपछि पुराना मन्त्री हटेका थिए। अहिले नियुक्त भएका मन्त्री आफ्नो विचार, निष्ठा, सिद्धान्त र जनताप्रति प्रतिबद्ध मानिएका थिए। उनले सामाजमा भ्रष्टाचारविरोधी छवि बनाएका थिए। यी युवा मन्त्री अरू युवा नेताको लागि त एक मानक नै मानिएका थिए। पुराना नेताले यीजस्ता नेतालाई सत्ता हस्तान्तरण गरे देशले काँचुली फेर्छ भन्ने विश्वास जनमानसमा थियो।यसले गर्दा सारा जनमानस र इमानदार कर्मचारीमा उत्साह र सन्तोषको वातावरण बनेको थियो।बिचौलियाहरू भने असमञ्जसमा परेका थिए, अब के हुने हो भनेर। नयाँ मन्त्री आएपछि निजी सचिवालयमा परिवर्तन हुने भइहाल्यो। मन्त्रीले रोजेर सचिव ल्याए, सचिवले सहसचिव र सहसचिवले अरू कर्मचारीहरू। विभागहरूमा पनि सरूवा भयो।केही रहे, केही गए। एक महिनाजतिमा फेरि विवादग्रस्त कर्मचारी सरूवा मिलाएर आउन लागे। बिचौलियाहरू फेरि निजी सचिवालयतिर धाउन थालेको देखियो। मन्त्रीको कार्यकक्षमा पुरानै विवादित कर्मचारी र बिचौलियाको पहुँच बाक्लियो।यो देखेर नयाँ मन्त्रीबाट सकारात्मक परिवर्तनको आश गरेका कर्मचारीहरू छक्क परे।अलि निकै आशावादी त निराश नै बने। बिचौलियालाई त चाहिएकै यही थियो।केही बिचौलियाहरू मन्त्रीको शपथदेखि नै ‘भुँडी नभएको मान्छे हुँदैन, सबैले केही बेर तामझाम देखाउने हुन्, त्यसपछि उही ताल हो‘ भनेर रेस्टुराँमा गफ हानिरहेका नै थिए। उनीहरू नै ठिक देखिए।एक खाले कर्मचारी पनि खुशी हुने भइहाले।मन्त्रीको निष्ठाको समाचार र मन्त्रालयमा भ्रष्टाचार समान गतिमा फैलिइरहेको थियो। यी भष्ट्राचार विरोधी मन्त्री आएपछि

हाम्रो टोलको चोर

“चोर….. चोर…. चोर….” यो आवाज सुनेर घरको बार्दलीमा आएर हेर्दा नेपाल सरको घरसँग जोडिएको खाली जग्गामा मानिस जम्मा भइसकेका थिए । हेर्दाहेर्दै त्यहाँ छिमेकीहरूको भीड नै लाग्यो । म पनि त्यतै लागें । “हेर्नुस् न ! यो त मेरो घरको कम्पाउन्डमा पसिसकेको थियो । पानी तान्ने मोटर चोर्न आएको होला ।” नेपाल सरले भने । भीडको बीचमा एउटा केटो घोसेमुन्टो लगाएर उभिइरहेको थियो । “हैन, के भएको यस्तो ? समसाँझै चोरी लाग्न थाल्यो हाम्रो टोलमा ।” कसैले भन्यो । हुलमुलको फाइदा लिएर एकदुई जानाले त्यो केटोमाथि हात हाल्न शुरू गरेका थिए । एनजिओमा काम गर्ने बाबुरामले कानून हातमा लिनुहुँदैन भनेर रोके । “त्यसै चोर नभन्नु न ! म चोर हैन ।” कुटपिटबाट जोगिएपछि उसमा केही साहस आएजस्तो थियो । “अनि मेरो कम्पाउन्डबाट हाम फालेको हैन तँले ?” नेपाल सर कड्किनु भयो । “गल्लीको कुकुरले टोक्न खोजेर पो त्यहाँ चढेको थिएँ त ! त्यसै आरोप लगाउनु हुन्छ ! मान्छे हेर्नु न ! पल्लो टोलमा बस्छु । स्नो ह्वाइट कलेजबाट प्लस टु गरेको छु । विदेश जान खोजेको नमिलेर पो यहीं अड्किरहेको छु । तपाईंहरू त्यसै…” मानिसहरूले ऊतिर ध्यान दिए । भेस्ट, पाइन्ट र जुत्ता त राम्रो लाएको रहेछ । अनुहार हेर्दा पनि खातापिता परिवारको जस्तो देखिन्थ्यो । बोली पनि त राम्रो

दूरदर्शी विकास

“पिच त सक्दिन हजुर ! दाम नै साह्रै कम राखेको छु । ग्राभेल चैं मै हालिदिन्छु । बिहानै झललल घाम लाग्छ । पानीको योजना आउँदैछ । बिजुलीको पोल पनि गाडिदिन्छु । जग्गा बिक्दै जान्छ, विकास हुँदै जान्छ । रिङरोड पुगेपछि जता जान पनि बस पाइहालिन्छ । रिङरोडबाट दुई किलोमिटर भित्रको यस्तो राम्रो जग्गा आनाको बाइस लाखमा अरू कहाँ पाइन्छ ? हैन त, हजुर ?” मोहनदाइले यसै भनेर सिर्जना टोलका प्लटिङका धेरैजसो घडेरी बेचिसकेका थिए । जग्गा किनेर मानिसले बिस्तारै घर बनाउन थाले । जग्गा नबिकुन्जेल मोहन दाइले अलिअलि ग्राभेल झार्दै थिए । दुई तिहाइ जति घडेरी बिकेपछि मोहन दाइले वास्ता गर्न छोडे । टोलवासीको गुनासो र चुनौती चाम्रा मोहनदाइले सजिलै झेले । “मैले जति गर्नु गरें, अब नगरपालिकामा जानुपर्छ । बरु म पनि सँगै जान्छु ।” मोहन दाइ तर्किए । टोलबासीको ध्यान अब मोहन दाइकोबाट हटेर वडा अध्यक्षतिर सोझियो । “यो नगरपालिका भए पनि धेरै सधानस्रोत भएको नगरपालिका हैन । गाउँ जस्तो छ, कर उठाउने ठाउँ छैन । अब तपाईंहरू नगरपालिकामा बजेट ल्याउन प्रयास गर्नुहुन्छ भने म पनि सहयोग गरुँला, कसलाई भेट्नुपर्छ भेटौला । म पनि सँगै जान्छु बरु । तपाईंहरूकै भोटले म चुनिएको छु । तपाईंहरूको कुरामा म नाइँनास्ति गर्दिन । लु भन्नुस् म के गरौं ।” वडाध्यक्षले साह्रै