पञ्चावती सद्भाव समाजबाट हालै नमुना माध्यमिक विद्यालय, भलायडाँडा, पञ्चावती माध्यमिक विद्यालय, उदयपुरगढी र माध्यमिक विद्यालय छिन्द्रिङखोला, बर्रेका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो । ती विद्यालयका छानिएका विद्यार्थीहरूलाई वितरण गर्नका लागि विभिन्न महानुभावहरूले यस पञ्चावती सद्भाव समाजको संरक्षणमा स्थापना भएका पुरस्कारहरू वितरण गरिएको हो । सो पुरस्कार वितरण कार्यक्रमको विवरण यस प्रकार रहेको छ । नमुना माध्यमिक विद्यालय, भलायडाँडा नमुना माध्यमिक विद्यालय, भलायडाँडामा २०८३ साल जेठ ४ गते पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो । यस कार्यक्रममा पञ्चावती सद्भाव समाजको तर्फबाट लक्ष्मी स्मृति पुरस्कार एवं प्रेमलाल-महमाया स्मृति कोषबाट प्रवर्द्धित कोपिला संवर्द्धन छात्रवृत्ति प्रदान गरिएको थियो । यस विद्यालयका पूर्वप्रधानाध्यापक श्री दीनानाथ दहाल र श्रीमती पार्वती दाहालले आफ्नी दिवंगत छोरी लक्ष्मी दाहाल (विनिता) को सम्झनामा स्थापना गर्नु भएको रु.५,०००/- (अक्षरेपि पाँच हजार रुपैयाँ) राशिको लक्ष्मी स्मृति पुरस्कार-२०८१ सालको एस.ई.ई परीक्षामा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने कौशिला बस्नेतलाई प्रदान गरिएको थियो । सो पुरस्कार वापतको नगद रकम र प्रमाणपत्र समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्य र श्री दीनानाथ दाहालले संयुक्तरूपमा प्रदान गर्नु भएको थियो । यसैगरी स्व. प्रेमलाल खतिवडा र स्व. महमाया खतिवडाको स्मृतिमा उहाँहरूका सन्ततिहरूबाट स्थापित महमाया स्मृति कोषबाट वितरण हुने कोपिला संवर्द्धन छात्रवृत्ति सोही विद्यालयका छात्रछात्राहरू देवराज परियार, भूमिका बस्तोला, अर्जुन तामाङ र बबिता वि.क. लाई प्रदान गरिएको थियो । कमजोर आर्थिक अवस्था भएका
Month: July 2026
विश्वकप फुटबलः भावनाको दोहन
अहिले विश्वकप फुटबल चलिरहेको छ । म पनि यो खेल हेर्छु । अधिकांश खेलहरू राति थिए, केही खेलहरू बिहान । रातिका खेलहरू निद्रा पातलो भएको अवस्थामा मात्र हेरेँ, बिहानका खेलहरू अक्सर हेर्छु । मेरो खेलकुदमा पकड छैन, म कुनै खेल खेल्दिन । तैपनि मलाई विश्वकप फुटबलको यो चारवर्षे मेला छुटाउन मन लाग्दैन । सारा दुनियाँ यही खेलको वरिपरि घुमिरहेको प्रतीत हुन्छ । खेल समाचारमा त यही मेलाको साम्राज्य छ नै, कहिलेकाहीं त मुख्य समाचारको पहिलो पानामा यसैसँग सम्बन्धित समाचारले ठाउँ पाउँछ । त्यसैले पनि होला, यो मेलाबाट बेखबर हुन मलाई पनि मन लाग्दैन । भलै मेरा कदम छोटा हुन्, यसका शक्ति कमजोर हुन् तर विश्वको कदममा कदम मिलाउन त मनले कर गरिहाल्छ नि ! यो विश्वकप फुटबलमा मैले समर्थन गर्नुपर्ने टिम छैन । नेपाल सहभागी भएको छैन । नेपालको खेलकुद क्षेत्र नै अस्तव्यस्त छ । अखिल नेपाल फुटबल संघलाई अन्तर्राष्ट्रिय फुटबल महासंघले निलम्बन गरेको छ । संसारका अरू देशसँग मेरो निकटता हुनुपर्ने के नै छ र ? न म कतै लामो समय बस्ने गरी गएको छु, न अरू कुनै सम्पर्क सम्बन्ध छ । खेलाडीहरूलाई चिन्ने त कुरै भएन । म पत्रिकाको खेलकुद स्तम्भ त खासै नहेर्ने मानिसले खेलाडीबारे के जानकारी हुनु ? त्यसैले म खाली दिमाग लिएर नै खेल हेर्न
