पुरस्कार वितरण कार्यक्रम, २०८३

पञ्चावती सद्भाव समाजबाट हालै नमुना माध्यमिक विद्यालय, भलायडाँडा, पञ्चावती माध्यमिक विद्यालय, उदयपुरगढी र माध्यमिक विद्यालय छिन्द्रिङखोला, बर्रेका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो । ती विद्यालयका छानिएका विद्यार्थीहरूलाई वितरण गर्नका लागि विभिन्न महानुभावहरूले यस पञ्चावती सद्भाव समाजको संरक्षणमा स्थापना भएका पुरस्कारहरू वितरण गरिएको हो । सो पुरस्कार वितरण कार्यक्रमको विवरण यस प्रकार रहेको छ ।

नमुना माध्यमिक विद्यालय, भलायडाँडा

नमुना माध्यमिक विद्यालय, भलायडाँडामा २०८३ साल जेठ ४ गते पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो । यस कार्यक्रममा पञ्चावती सद्भाव समाजको तर्फबाट लक्ष्मी स्मृति पुरस्कार एवं प्रेमलाल-महमाया स्मृति कोषबाट प्रवर्द्धित कोपिला संवर्द्धन छात्रवृत्ति प्रदान गरिएको थियो ।

यस विद्यालयका पूर्वप्रधानाध्यापक श्री दीनानाथ दहाल र श्रीमती पार्वती दाहालले आफ्नी दिवंगत छोरी लक्ष्मी दाहाल (विनिता) को सम्झनामा स्थापना गर्नु भएको रु.५,०००/- (अक्षरेपि पाँच हजार रुपैयाँ) राशिको लक्ष्मी स्मृति पुरस्कार-२०८१ सालको एस.ई.ई परीक्षामा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने कौशिला बस्नेतलाई प्रदान गरिएको थियो । सो पुरस्कार वापतको नगद रकम र प्रमाणपत्र समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्य र श्री दीनानाथ दाहालले संयुक्तरूपमा प्रदान गर्नु भएको थियो ।

यसैगरी स्व. प्रेमलाल खतिवडा र स्व. महमाया खतिवडाको स्मृतिमा उहाँहरूका सन्ततिहरूबाट स्थापित महमाया स्मृति कोषबाट वितरण हुने कोपिला संवर्द्धन छात्रवृत्ति सोही विद्यालयका छात्रछात्राहरू देवराज परियार, भूमिका बस्तोला, अर्जुन तामाङ र बबिता वि.क. लाई प्रदान गरिएको थियो । कमजोर आर्थिक अवस्था भएका जेहन्दार चार विद्यार्थीलाई प्रदान गरिने यो छात्रवृत्ति बापत रु.४,५००/- (अक्षरेपि चार हजार पाँच सय रुपैयाँ) प्रदान गरिन्छ । यसमध्ये पुरस्कृत विद्यार्थीको अतिरिक्त समय पठनपाठनका लागि जनही खर्च रु.४०००/- विद्यालयलाई प्रदान गरिन्छ भने रु. ५००/- विद्यार्थीलाई नगद प्रदान गरिन्छ । यो पुरस्कार बापतको नगद रकम र प्रमाणपत्र स्व. प्रेमलाल खतिवडा र स्व. महमाया खतिवडाका संस्थापक सन्ततिहरूमध्ये श्री भेषराज खतिवडा, श्री गोपाल प्रसाद खतिवडा र समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्यले संयुक्तरूपमा वितरण गर्नुभएको थियो ।

सोही कार्यक्रममा कोपिला संवर्द्धन छात्रवृत्ति पाउनहुने छात्रा बबिता वि.क. लाई नमुना माध्यमिक विद्यालय, भलायडाँडाका माध्यमिक शिक्षक श्री सूर्यबहादुर पोखरेलले विद्यालय पोशाक प्रदान गर्नुभएको थियो ।

यस समाजका कार्यसमिति सदस्य श्री सूर्यबहादुर के.सी. र समाजका पूर्वमहासचिव श्री पद्मराज कार्कीले विद्यालयलाई डायरी र क्यालेन्डर प्रदान गर्नुभएको थियो ।

यसैगरी विभिन्न कक्षाका प्रथम विद्यार्थीहरूलाई समेत नगद पुरस्कार वितरण गरिएको थियो ।

सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्यले गर्नभएको थियो भने उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष श्री जीतबहादुर खड्का प्रमुख अतिथि हुनुहुन्थ्यो । सो कार्यक्रममा वडाध्यक्ष (वडा नं. ८) श्री थीरबहादुर राउत, समाजका पूर्वअध्यक्ष श्री मधुरमण आचार्य, उपाध्यक्ष श्री प्रदीप कुमार निरौला, विद्यालयका प्रधानाध्यापक श्री देवीबहादुर राई, उपर्युक्त पुरस्कारका संस्थापक श्री दीनानाथ दाहाल र श्री भेषराज खतिवडा, श्री जगन्नाथ काफ्ले लगायतले मन्तव्य दिनुभएको थियो ।

सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री खड्ग कुमारी कार्की, डिल्ली-अम्बिका प्रतिभा पुरस्कारका संस्थापक श्री माधव प्रसाद खतिवडा, रत्नबहादुर थापा अक्षय कोषका संस्थापक श्री रत्नबहादुर थापा, मदनबहादुर खत्री तथा बोध कुमारी खत्री छात्रवृत्ति कोषका संस्थापक श्री मदन बहादुर खत्री, श्री डम्बर कार्की, समाजका पूर्वमहासचिव श्री पद्मराज कार्की, श्री दीपक कोइराला, श्री पूर्णराज कार्की समेतको उपस्थिति रहेको थियो ।

पञ्चावती माध्यमिक विद्यालय, उदयपुरगढी

पञ्चावती सद्भाव समाजबाट पञ्चावती माध्यमिक विद्यालय, उदयपुरगढीमा मिति २०८३ साल जेठ ५ गते पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो । यस अवसरमा समाजबाट विभिन्न किसिमका आठ पुरस्कारहरू वितरण गरिएको थियो । सोही अवसरमा विद्यालयबाट वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो ।

उक्त अवसरमा पञ्चावती सद्भाव समाजबाट वितरण भएको पुरस्कार यस प्रकार छ ।

क्र. सं.पुरस्कारको नामपुरस्कार स्थापनाकर्तापुरस्कार पाउने आधारसालपुरस्कृत विद्यार्थी
१.दुर्गाप्रसाद-इन्दिरादेवी स्मृति पुरस्कारसमाजसेवी पिता दुर्गाप्रसाद आचार्य र माता इन्दिरादेवीको स्मृतिमा उहाँका सन्ततिहरूकक्षा बाह्रमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थी२०८१रन्जिता सुर्खेती
२.अनुज स्मृति पुरस्कारस्वर्गीय अनुज निरौलाको स्मृतिमा उहाँका पिता टीकादत्त निरौलाएसइईमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी२०८१डुनुका चौधरी
३.त्रिलोचन-देवमाया-बेनुका स्मृति पुरस्कारसमाजसेवी पिता त्रिलोचन कोइराला र माताहरूको स्मृतिमा उहाँका सन्ततिहरूएसइईमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने छात्रा२०८१डुनुका चौधरी
४.माधव-सुशीला स्मृति पुरस्कारपञ्चावती मा वि का पूर्व गणित शिक्षक माधव दाहालको स्मृतिमा उहाँका सुपुत्र मदन दाहालएसइईमा गणित विषयमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी२०८१डुनुका चौधरी
५.ईश्वरीप्रसाद-पूर्णकुमारी स्मृति पुरस्कारपञ्चावती मा वि का पूर्व नेपाली एवं संस्कृत शिक्षक ईश्वरीप्रसाद निरौलाको स्मृतिमा उहाँका सन्ततिहरूएसइईमा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी२०८१निर्मला तामाङ
६.अमृत बहादुर- लक्ष्मीकुमारी कार्की पुरस्सकारसमाजसेवी पिता अमृत बहादुर कार्की र माता लक्ष्मीकुमारी कार्कीको सम्मानमा उहाँका सन्ततिहरूकक्षा ८ को परीक्षामा सर्वोत्कष्ट अङ्क हासिल गर्ने एक जना छात्र र छात्रा२०८१छात्राः सलिना भण्डारी छात्रः विवेक राई
७.मानबहादुर थापा (पन्ध्र) स्मृति पुरस्कारउदयपुरगढीमा प्रहरी सेवामा रहनुभएका राष्ट्रसेवकको सम्मानमा उहाँका सन्ततिहरूरु. ५०००/-‌+१२ को परीक्षामा सर्वोत्कृष्ट अङ्क हासिलरन्जिता सुर्खेती

यी सबै पुरस्कारको राशि रु. ५,०००/- (पाँच हजार रुपैयाँ मात्र) रहेको छ ।

सोही कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई न्यानो पोशाक उपलब्ध गराउने हुने यस समाजका पूर्वअध्यक्ष श्री मधुरमण आचार्य र साधारण सदस्य श्री जगन्नाथ काफ्लेलाई विद्यालयले कदरपत्रका साथ सम्मान गरेको थियो ।

यसैगरी यस समाजका कार्यसमिति सदस्य श्री सूर्यबहादुर के.सी. र पूर्वमहासचिव श्री पद्मराज कार्कीले विद्यालयलाई डायरी र क्यालेन्डर प्रदान गर्नुभएको थियो ।

सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्यले गर्नभएको थियो भने उदयपुरगढी गाउँपालिकाका अध्यक्ष श्री मानबहादुर केप्छाकी प्रमुख अतिथि हुनुहुन्थ्यो । सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्री जीतबहादुर खड्का, वडाध्यक्ष (वडा नं. ५) श्री कुमार अधिकारी, समाजका पूर्वअध्यक्ष श्री मधुरमण आचार्य, उपाध्यक्ष श्री प्रदीप कुमार निरौला, विद्यालयका प्रधानाध्यापक श्री भक्तबहादुर राई, श्री दीनानाथ दाहाल, श्री अर्जुन कार्की र श्री जगन्नाथ काफ्ले लगायतले मन्तव्य समेत दिनुभएको थियो ।

सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष श्री देवी सुनुवार, पुरस्कारका संस्थापक श्री दीपक कोइराला, श्री पूर्णराज कार्की, विद्यालयका पूर्वशिक्षक श्री कृष्णप्रसाद भण्डारी र श्री उमेशप्रसाद भण्डारी एवं अभिभावक तथा स्थानीय बासिन्दाको उपस्थिति थियो ।

माध्यमिक विद्यालय छिन्द्रिङखोला, बर्रे

माध्यमिक विद्यालय छिन्द्रिङखोला, बर्रेमा २०८३ जेठ ६ गते पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो । यस कार्यक्रममा पञ्चावती सद्भाव समाजबाट काशीनाथ-पुष्पा-माला पुरस्कार वितरण गरिएको थियो । यसै विद्यालयका पूर्वशिक्षक श्री काशीनाथ काफ्लेको सम्मानमा उहाँका सन्ततिहरूले स्थापना गर्नु भएको यो पुरस्कार कक्षा आठको वार्षिक परीक्षामा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने छात्र र छात्रालाई यो पुरस्कार प्रदान गरिन्छ ।

२०८२ सालको कक्षा आठको वार्षिक परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रा (कक्षा प्रथम) हेलरी तामाङ र छात्र जिज्ञासा मगरले यो पुरस्कार प्राप्त गरेका थिए । पुरस्कारको नगद रकम तथा प्रमाणपत्र समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्य, पुरस्कार संस्थापकहरू श्री तेजमणि काफ्ले र श्री जगन्नाथ काफ्लेले संयुक्तरूपमा प्रदान गर्नुभएको थियो ।

यसैगरी सो विद्यालयका पूर्व शिक्षक श्री अर्जुन कार्कीले विद्यालय प्रथम छात्रा नेत्रिका तामाङलाई नगद पुरस्कारबाट पुरस्कृत गर्नुभएको थियो । यसैगरी सो विद्यालयका पूर्वप्रधानाध्यापक श्री दीनानाथ दाहालले समेत कक्षा ५ मा छात्रातर्फ पहिलो स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गर्नुभएको थियो ।

सोही कार्यक्रममा यस समाजका कार्यसमिति सदस्य श्री सूर्यबहादुर के.सी. ले सबै विद्यार्थीहरूलाई चकलेट, कापी र डटपेन उपलब्ध गराउनु भएको थियो भने शिक्षकवर्गका लागि डायरी र क्यालेन्डर उपलब्ध गराउनु भएको थियो । उहाँको आर्थिक सहयोगमा विद्यालयमा रङरोगनको कार्य भरखरै सम्पन्न भइसकेको छ । 

यसैगरी यस समाजका पूर्वमहासचिव श्री पद्मराज कार्कीले विद्यालयलाई डायरी र क्यालेन्डर प्रदान गर्नुभएको थियो ।

सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्यले गर्नभएको थियो भने उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष श्री जीतबहादुर खड्का प्रमुख अतिथि हुनुहुन्थ्यो । सो कार्यक्रममा समाजका पूर्वअध्यक्ष श्री मधुरमण आचार्य, उपाध्यक्ष श्री प्रदीप कुमार निरौला, विद्यालयका प्रधानाध्यापक श्री नेत्रबहादुर तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी तामाङ, पूर्वप्रधानाध्यापक श्री दीनानाथ दाहाल, श्री अर्जुन कार्की र श्री जगन्नाथ काफ्ले लगायतले मन्तव्य समेत दिनुभएको थियो ।

सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्री देवबहादुर तामाङ, श्री पूर्णराज कार्की, श्री तेजमणि काफ्ले लगायत अभिभावक वर्गको उपस्थिति रहेको थियो ।

सबै कार्यक्रमको सञ्चालन समाजका महासचिव केदार आचार्यले गर्नुभएको थियो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *