कोरियाको जाडो

दक्षिण कोरिया सरकार र कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका)को संयुक्त आयोजनामा सिउलमा सञ्चालन हुने तालिम तथा अध्ययन भ्रमणमा सहभागी हुन मेरो मनोनयन भएको जानकारी पाउ“दा म धेरै हर्षित भएको थिए“ । सिउल, गुवाङजुङ, डियाजुङ र पोहान हेर्न तथा कोरियाको विकास अनुभव र त्यसबाट नेपालले सिक्न सक्ने विषयका कक्षामा सहभागी हुन पाउने मौका मेरा लागि निकै लोभलाग्दो थियो । उसै पनि अल्पविकसित मुलुकमा जन्मेका म जस्ता धेरैलाई विकसित मुलुकको चमकदमक हेर्ने रहर भइहाल्छ । यसका अतिरिक्त नेपाल सरकारका विभिन्न निकायका अधिकारीहरुस“ग भ्रमणदलमा सहभागी हुन पाउनुको मजा पनि छुट्टै थियो । मैले चिनारुको घेरा अलि ठुलो बनाउन पाउथें“ ।म हर्षले यति गद्गद् ह“ुदा पनि मेरो मनको एउटा कुनामा भने चिसो कायम थियो । यो चिसोको कारण थियो, कोरियाको जाडो । जाडो याममा मेरो स्वास्थ्यमा समस्या देखा पर्ने भएकाले हत्तनपत्त इन्टरनेटमा कोरियाको मौसमका बारेमा जानकारी लिए“ । त्यो समयमा सिउलको अधिकतम तापक्रम करिब पन्ध्र डिग्री सेन्टिग्रेड रहेछ । म बसेको विराटनगरमा त्यतिबेला रातिको तापक्रम चाहिं पन्ध्र डिग्री सेन्टिग्रेड थियो होला । नोभेम्बरको अवस्था यस्तो थियो भने मैलै यात्रा गर्ने निर्धारित अवधि अर्थात मध्य डिसेम्बरमा सिउलमा कति जाडो होला भन्ने डरले मन झन् त्रसित भयो ।जाडामा काम लाग्नेजस्ता भएभरका सबै लुगा बोकेर कोरिया जाने क्रममा म विराटनगरबाट काठमाडौ पुग“े । काठमाडौमा जहा“जहा“ म पुग्थे“

उदयपुरगढीमा वनभोज कार्यक्रमको आयोजना

पञ्चावती सद्भाव समाजले  २०८२ वैशख २७ गते उदयपुरगढीमा वनभोज कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा संबिधान सभा सदस्य तथा श्री पञ्चावती माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक श्री नारायण बहादुर कार्की, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष श्री मानबहादुर केप्छाकी, उपाध्यक्ष श्री जीतबहादुर खड्का, वडा नं. ५ का वडाअध्यक्ष श्री कुमार अधिकारी, गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत श्री भक्तबहादुर राई  तथा विद्यालय व्यवस्थापन समितका अध्यक्ष श्री पद्मराज कार्कीको उपस्थिति थियो। सो विध्यालयका पूर्व शिक्षकहरू सर्वश्री ईश्वरप्रसाद निरौला, भरतप्रसाद घिमिरे, नारायणप्रसाद काफ्ले र उमेश भण्डारी समेत वनभोज कार्यक्रममा सहभागी हुनुहुन्थ्यो। सर्वश्री ओमबहादुर राउत,  मधुरमण आचार्य, मिथिला राउत, धनबहादुर थापा मगर, बुद्ध कुमार राई, दीनानाथ दाहाल, प्रेमराज कार्की, वीरधोज निरौला, बोधकुमार घिमिरे, बालकृष्ण पोखरेल लगायत ठुलो संख्यमा पूर्वविद्यार्थी तथा सर्वश्री डम्बर बहादुर कार्की, दीपक रोकाहा लगायतका स्थानीय अभिभावक र बुद्धिजीवीहरू समेत वनभोज कार्यक्रममा सहभागी हुनुभएको थियो।. स्थानीय सहभागी र उदयपुरगढीबाट अन्यत्र गई बसोबास गर्नुहुने महानुभावहरूको सक्रिय सहभागिता रहेको यस वनभोजमा करिब ८० जनाको सहभागिता रहेको थियो। पञ्चावती सद्भाव समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्य, उपाध्यक्ष द्वय श्री मिथिला राउत र श्री प्रदीप कुमार निरौला, महासचिव श्री केदार आचार्य, कोषाध्यक्ष श्री तेजमणि काफ्ले, सदस्य द्वय श्री सूर्यबहादुर के.सी. र श्री भेषराज खतिवडा वनभोज कार्यक्रममा सहभागी हुनुभएको थियो। उहाँहरू सबै श्री पञ्चावती माध्यमिक विद्यालयका पूर्वविद्यार्थी हुनुहुन्छ। सप्तकोशी टेलिभिजनसँग सम्बद्ध श्री पञ्चावती

विशाल रोकाहालाई सम्मान

पञ्चावती सद्भाव समाजबाट २०८२ साल वैशाख २६ गते आयोजित पुरस्कार वितरण कार्यक्रममा श्री पञ्चावती माध्यमिक विद्यालयका पूर्व विद्यार्थी श्री विशाल रोकाहालाई सम्मान गरिएको थियो। श्री रोकाहाले उच्च शिक्षा अध्ययनको सिलसिलामा नेपाल कमर्स क्याम्पसऽ मीनभवनबाट बी.वी.एस. तहको परीक्षामा सर्वोत्कृष्ट अङ्क हासिल गर्नुभएको र हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हुनाले सामजले उहाँलाई सम्मान गरेको हो। सम्मानपत्र समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्यले हस्तान्तरण गर्नुभएको थियो भने पूर्वअध्यक्ष श्री मधुरमण आचार्यले खादा लगाइदिनु भएको थियो। सम्मान पत्र प्राप्त गरेपछि श्री रोकाहाले आफ्नो अध्ययन र राजनीतिको यात्राबारे बताउनु हुँदै अध्ययनरत विद्यार्थी भाइबहिनीलाई प्रेरणादायी मन्तव्य समेत राख्नु भएको थियो । ShareTweet0 Shares

नमुना माध्यमिक विद्यालय, खाटडाँडामा पुरस्कार वितरण

पञ्चावती सद्भाव समाज र नमुना माध्यमिक विद्यालय, खाटडाँडाबाट २०८२ साल वैशाख २८ गते संयुक्त रूपमा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष श्री जीतबहादुर खड्का हुनुहुन्थ्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री उमेश कार्कीको सभापतित्वमा सञ्चालित सो कार्यक्रमा अतिथिहरूलाई प्रधानाध्यापक श्री देवीबहादुर राईले स्वागत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक श्री सूर्य पोखरेलले गर्नु भएको थियो। सो कार्यक्रममा समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्य, वडा अध्यक्ष श्री थिरबहादुर राउत,विद्यालयका पूर्व प्रधानाध्यापक एवम् लक्ष्मी स्मृति पुरस्कारका संस्थापक श्री दीनानाथ दाहाल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष श्री बोधकुमार घिमिरे, समाजका सदस्य एवम् प्रेमलाल-महमाया स्मृति अक्षयकोषका संस्थापक श्री भेषराज खतिवडा, समाजसेवी श्याम भुजेलले विभिन्न अक्षयकोष र पुरस्कार एवम् छात्रवृत्तिको बारेमा प्रष्ट्याउनु भएको थियो । समाजका पूर्वअध्यक्ष श्री ओमबहादुर राउत, उपाध्यक्ष द्वय श्री प्रदीप निरौला एवम् श्री मिथिला राउत, महासचिव श्री केदार आचार्य, कोषाध्यक्ष श्री तेजमणि काफ्ले, मनमाया आचार्य स्मृति कोषका संरक्षक श्री भरत प्रसाद घिमिरे र संस्थापक श्री तुलसा घिमिरे एवं भक्तबहादुर बिष्ट स्मृति अक्षयकोषका संस्थापक श्री उर्मिला देवी बिष्ट लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रममा यस समाजद्वारा संरक्षित लक्ष्मी स्मृति पुरस्कार २०८० सालको एसइई परीक्षामा सर्वाधिक अङ्क ल्याउने छात्रा इन्दिरा सुनुवारलाई प्रदान गरियो । सो पुरस्कारको प्रमाणपत्र पुरस्कारको संस्थापक श्री दीनानाथ दाहालले प्रदान गर्नुभएको थियो

पञ्चावती माध्यमिक विद्यालयमा पुरस्कार वितरण

पञ्चावती माध्यमिक विद्यालयमा मिति २०८२ साल वैशाख २६ गते पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो। सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्यले गर्नुभएको थियो। उदयपुरगढी गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष श्री कुमार अधिकारी प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। सो कार्यक्रममा समाजका पूर्वअध्यक्ष द्वय श्री ओमबहादुर राउत र श्री मधुरमण आचार्य अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। यसका साथै सो कार्यक्रममा उच्च अदालतका पूर्वन्यायाधीश श्री प्रेमराज कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पदमराज कार्की, वरिष्ठ इन्जिनियर श्री धनबहादुर थापा, पूर्वप्रहरी नायव उपरीक्षक द्वय श्री बुद्ध कुमार राई र बालकृष्ण पोखरेलले समेत आतिथ्य ग्रहण गर्नुभएको थियो। यसैगरी सो कार्यक्रममा समाजका उपाध्यक्ष द्वय श्री मिथिला राउत र श्री प्रदीपकुमार निरौला, विद्यालयका प्रधानाध्यापक श्री भक्तवहादुर राई, समाजका कोषाध्यक्ष श्री तेजमणि काफ्ले र सदस्य श्री सूर्यबहादुर के.सी. लगायत स्थानीय अभिभावक, बुद्धिजीवी, शिक्षक र विद्यार्थीहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री भक्तबहादुर राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने श्री ओमबहादुर राउत, श्री मधुरमण आचार्य, श्री मिथिला राउत, श्री प्रेमराज कार्की र श्री पद्मराज कार्कीले मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि श्री कुमार अधिकारीले प्रेरणादायी विचार र अध्यक्ष श्री डिल्लीरमण आचार्यको मन्तव्यका साथ कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन समाजका महासचिव श्री केदार आचार्यले गर्नुभएको थियो। सो कार्यक्रममा निम्नानुसारका पुरस्कार वितरण

श्री माध्यमिक विद्यालय, छिन्द्रङखोला, बर्रेलाई रु.१०,०००/- सहयोग

श्री माध्यमिक विद्यालय, छिन्द्रङखोला, बर्रेमा आयोजित पुरस्कार वितरण कार्यक्रममा मन्तव्य राख्ने क्रममा यस समाजका कार्यसमिति सदस्य श्री सूर्यबहादुर के.सी.ले विद्यालयको सरसफाइ र रङरोगन कार्यका लागि रु. १०,०००/-  प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । विद्यालयको भित्तामा मेटिन लागेका नबुझिने सामग्री रहेकोले ती हटाउनु उपयुक्त देखी उहाँले यो प्रस्ताव राख्नुभएको थियो । सोही बमोजिम श्री के.सी.ले रु. १०,०००/- विद्यालयका प्रधानाध्यापक श्री नेत्र बहादुर तामाङलाई  हस्तान्तरण  गर्नुभयो। आवश्यक सरसफाइ र रङरोगन गरी यस समाजलाई जानकारी दिने प्रतिबद्धता विद्यालयतर्फबाट व्यक्त भएको छ। ShareTweet0 Shares

श्री माध्यमिक विद्यालय, छिन्द्रङखोला, बर्रेमा पुरस्कार वितरण

२०८२ साल वैशाख २५ गते श्री माध्यमिक विद्यालय छिन्द्रिङखोला बर्रेमा काशीनाथ-पुष्पा-माला पुरस्कार वितरण गरियो । सो कार्यक्रम पञ्चावती सद्भाव समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्यको अध्यक्षता र उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष श्री जीतबहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि श्री जीतबहादुर खड्का, अतिथिका रूपमा आमन्त्रित समाजका पूर्वअध्यक्षद्वय श्री ओमबहादुर राउत र श्री मधुरमण आचार्य, बुद्धिजीवी श्री वोधकुमार घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री देववहादुर तामाङ, पुरस्कार संस्थापक तथा समाजका कोषाध्यक्ष श्री तेजमणि काफले एवं समाजका कार्यसमिति सदस्य श्री सूर्य के.सी. ले मन्तव्य राख्नुभएको थियो। सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री नेत्रबहादुर तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजका महासचिव श्री केदार आचार्यले गर्नुभएको थियो यस विद्यालयमा  स्थापनाकालदेखि नै अध्यापन गर्नुहुने शिक्षक श्री काशीनाथ काफ्ले एवं उहाँकी धर्मपत्नीद्वय श्री पुष्पा काफ्ले र श्री माला काफ्लेको सम्मानमा उहाँहरूका सन्ततिहरूले यो पुरस्कारको स्थापना गर्नुभएको हो । यो पुरस्कार सो विद्यालयमा अध्ययनरत कक्षा ८ मा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने एक जना छात्रा र एक जना छात्रलाई प्रदान गरिन्छ । २०८१ सालको ८ कक्षाको परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी अनिशा आले र छात्रतर्फ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी शस्त्रीय गलानले यो पुरस्कार प्राप्त गर्नु भयो । यो पुरस्कारको राशि रु. ५,०००/- रहेको छ । यसैगरी, २०८१ सालको वार्षिक परीक्षामा विद्यालयमा सर्वोत्कृष्ठ अङ्क हासिल गर्ने हेलरी तामाङलाई रु.२०००/-

पञ्चावती सद्भाव समाजबाट विभिन्न कार्यक्रमको आयोजना

पञ्चावती सद्भाव समाजबाट विभिन्न कार्यक्रमको आयोजना पुरस्कार वितरण पञ्चावती सद्भाव समाजले उदयपुरगढी गाउँपालिकाका विभिन्न विद्यालयमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। पञ्चावती सद्भाव समाजको संरक्षकत्वमा  विभिन्न महानुभावहरूबाट स्थापित पुरस्कारहरू वितरण गरिएको हो। पुरस्कार  वितरणसम्बन्धी विवरण यसप्रकार छ। १. श्री माध्यमिक विद्यालय, छिन्द्रिङ खोला, बर्रे २०८२ साल वैशाख २५ गते श्री माध्यमिक विद्यालय छिन्द्रिङखोला बर्रेमा काशीनाथ-पुष्पा-माला पुरस्कार वितरण गरियो । सो कार्यक्रम पञ्चावती सद्भाव समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्यको अध्यक्षता र उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष श्री जीतबहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि श्री जीतबहादुर खड्का, अतिथिका रूपमा आमन्त्रित समाजका पूर्वअध्यक्षद्वय श्री ओमबहादुर राउत र श्री मधुरमण आचार्य, बुद्धिजीवी श्री वोधकुमार घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री देववहादुर तामाङ, पुरस्कार संस्थापक तथा समाजका कोषाध्यक्ष श्री तेजमणि काफले एवं समाजका कार्यसमिति सदस्य श्री सूर्य के.सी. ले मन्तव्य राख्नुभएको थियो। सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री नेत्रबहादुर तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजका महासचिव श्री केदार आचार्यले गर्नुभएको थियो यस विद्यालयमा  स्थापनाकालदेखि नै अध्यापन गर्नुहुने शिक्षक श्री काशीनाथ काफ्ले एवं उहाँकी धर्मपत्नीद्वय श्री पुष्पा काफ्ले र श्री माला काफ्लेको सम्मानमा उहाँहरूका सन्ततिहरूले यो पुरस्कारको स्थापना गर्नुभएको हो । यो पुरस्कार सो विद्यालयमा अध्ययनरत कक्षा ८ मा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने एक जना छात्रा र एक जना छात्रलाई प्रदान गरिन्छ

पञ्चावती सद्भाव समाजद्वारा पुरस्कार वितरण

पञ्चावती सद्भाव समाजले २०८१ साल जेठ महिनाको पहिलो साता उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिकास्थित श्री पञ्चावती माध्यमिक विद्यालय, श्री माध्यमिक विद्यालय छिन्द्रिङखोला बर्रे र श्री नमुना माध्यमिक विद्यालय भलायडाँडा खाटडाँडामा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्‍यो । सो अवसरमा पञ्चावती सद्भाव समाजको तत्त्वावधानमा विभिन्न महानुभावहरूले स्थापना गर्नुभएका विभिन्न पुरस्कारहरू सम्बन्धित विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिएको थियो । २०८१ साल जेठ ७ गते श्री माध्यमिक विद्यालय छिन्द्रिङखोला बर्रेमा काशीनाथ-पुष्पा-माला पुरस्कार वितरण गरियो । सो विद्यालयका  स्थापनाकालदेखि नै अध्यापन गर्नुहुने श्री काशीनाथ काफ्ले एवं पुष्पा काफ्ले र माला काफ्लेको सम्मानमा उहाँहरूका सन्ततिहरूले यो पुरस्कारको स्थापना गर्नुभएको हो । यो पुरस्कार सो विद्यालयमा अध्ययनरत कक्षा ८ मा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने एक जना छात्रा र एक जना छात्रलाई प्रदान गरिन्छ । २०७९ सालको ८ कक्षाको परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी कविता मगर र छात्रतर्फ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी उमेश परियारले यो पुरस्कार प्राप्त गर्नुभएको थियो । यसैगरी २०८० सालको पुरस्कार भने सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने चण्डिका लामा र छात्रतर्फ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी गोविन्द थापालाई यो पुरस्कार प्रदान गरिएको थियो । यो पुरस्कारको राशि रु. ५,०००/- रहेको छ । यसै समारोहमा २०८० सालको वार्षिक परीक्षामा विद्यालयभरिमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने छात्रा हेलरी तामाङलाई सो विद्यालयका पूर्वप्रधानाध्यापक तथा पञ्चावती सद्भाव समाजका सदस्य दीनानाथ दाहालले पुरस्कृत गर्नुभएको थियो

ब्याच २०३९ को उदयपुरगढी भेला

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिकामा पञ्चावती माध्यमिक विद्यालय रहेको छ । त्यो नेपालकै पुरानोमध्ये एक माध्यमिक विद्यालय हो । राष्ट्रिय जीवनमा ख्याति पाएका धेरै महानुभावहरूले सो विद्यालयबाट शिक्षा लिनु भएको छ । म पनि सोही विद्यालयको विद्यार्थी रहन पाएकोमा गर्व गर्छु । सो विद्यालयमा २०३७ सालदेखि २०३९ सालसम्म क्रमशः ८, ९ र १० कक्षामा पढ्ने विद्यार्थीहरू यही २०८० साल वैशाख १ र २ गते सोही स्थानमा भेला भएर विद्यालयमा एउटा कार्यक्रमको आयोजना गर्‍यौं । त्यसको लेखाजोखा यस आलेखमा गरिएको छ । कसरी पुनर्गठित भयो ब्याच २०३९ उदयपुरगढीस्थित पञ्चावती माध्यमिक विद्यालयमा आजभन्दा त्रिचालीस वर्षअघि केही विद्यार्थीहरू कक्षा आठमा पढिरहका थिए । ती विद्यार्थीहरूमध्ये केही (७ जना) पञ्चावती मा.वि. मा नै अध्ययनरत थिए भने बाँकी छिमेकी निम्नमाध्यमिक विद्यालयहरूमा सात कक्षा पास गरेर आएका थिए । तीन वर्ष पढेपछि यो समूह २०३९ सालको एस.एल.सी. ब्याचको रूपमा प्रस्तुत हुँदै थियो । तर अघिल्लो वर्षको एस.एल.सी. नतिजा निकै निराशाजनक भएकाले एस.एल.सी. पास प्रतिशत बढाउन टेस्टको रिजल्टमा कडाइ गरियो र १८ जनामात्र पास हुन पुगियो । ती १८ जनामध्ये केवल २ जना मात्र दोस्रो दर्जामा उत्तीर्ण हुन सके ( म र बालकृष्ण भट्टराई) । जम्मा विद्यार्थी संख्यामा मलाई अलमल छ (जम्मा त्रिसठ्ठी जनामा १८ जना पास भएका हुन् भन्ने मलाई झझल्को लागेको छ, अरू साथीहरू ४५ जनाले