कथा हो र कथा मात्र हो ।
Month: April 2024
अनि मैले घर बेचेँ
त्यो मैले सानो दुःखले बनाएको घर थिएन । ठुलो छोरा तीन वर्षको भइसकेको थियो र कान्छाले पनि यस धरामा पदार्पण गर्ने प्रतिज्ञा गरिसकेको थियो । काख र कोखमा रहेका दुइटै साना सन्तानलाई डेरामा हुर्काउनु पर्ने स्थितिमा हामी थियौँ । हामीलाई छोराछोरी डेरामा हुर्काउनु सजिलो भने लागेको थिएन । साना केटाकेटी भएको परिवारलाई घाम, पानी, खुला ठाउँ भएको डेरा उपयुक्त हुने तर ती सबै कुरा भएको डेरा पाउन साह्रै गाह्रो । साना साना छोराछोरी बोकेर डेरा खोज्दा हत्तपत्त स्वागत नपाइने । केटाकेटी भएका मान्छेलाई भाडामा घर दिएपछि फोहोर हुन्छ, चकचके केटाकेटीले नोक्सान गर्छन्, च्याँच्याँ र चुँचुँले हल्ला हुन्छ यस्तै यस्तै कुरा मनमा राखेर घरवालाहरु एक वा अर्को बहाना बनाएर डेरा दिन मन नगर्ने । अनेकन तारतम्य मिलाएर पाएको कोठामा पनि साना छोराछोरी लिएर बस्दा ढुक्क हुन नसकिने । छोराछोरी हिँडे भने गाली गर्नुपर्ने, कुदे भने कुट्नु पर्ने । त्यति नगरे छोराछोरीलाई वास्ता गरेको नमानिने । अरुले मुखले केही नभने पनि उनीहरुको मनोभावना बुझी आफैंले केटाकेटीको गतिविधिमा बढी नै नियन्त्रण गर्नुपर्ने । आफू नेपालटार र उदयपुर गढीका रनबन डुलेर हुर्केको मान्छे, आफूले गर्नुपर्ने त्यस्तो व्यवहार आफैंलाई चित्त नबुझ्ने । त्यसमाथि एक जना साथीले ‘केदारजी भाडामा बस्दा अरु समस्या त छँदैछ, हाम्रा छोराछोरीका लँगौटिया साथी पनि नहुने भए, आज यता भोलि उता, अनि
जगरेटार स्कूलः मेरो पहिलो पाठशाला
जगरेटार मेरो घरबाट करीव दस मिनटको दूरीमा रहेको साह्रै नजिकको टोल भए पनि यो टोल मलाई अत्यन्त रहस्यमय लाग्छ । मेरो बूढो मावली टोल भएकाले दसैंको टीका थाप्न वर्षमा एक दिन त अवश्य जगरेटार गइन्थ्यो तर अरु बेला पटक्कै आउजाउ नहुने । दसैंमा गएको बेला पनि त्यहाँको बाक्ला घर, थुप्रा केटाकेटी र फरक बनोटको सम्म परेको बारी मलाई अचम्मका लाग्थे । अरु तिरका भन्दा अग्ला र राम्रा घर त्यस टोलमा थिए । शायद क्यारेम बोर्ड मैले त्यहीँ देखेको थिएँ । यही अचम्मको भावनाले मनमा अत्यास ल्याएर होला त्यस टोलको पुछारमा रहेको जगरेटार प्राथमिक विद्यालयमा एक कक्षामा भर्ना हुँदा म हरेक दिन रुन्थेँ रे । केही दिन जगरेटार स्कूल गएपछि पनि रुने बानीमा सुधार नआएपछि म उदयपुर गढीस्थित पञ्चावती माध्यमिक विद्यालयमा एक कक्षामा पढ्न गएँ । तर जगरेटारको प्राथमिक विद्यालयसँगको निकटता मेरो भाग्यमा बाँकी नै रहेछ ।एसएलसी पास गरेपछि म पढ्न क्याम्पस गइन । मेरो थप अध्ययन बारेमा घरमा कुरा नै भएन । राजविराजको क्याम्पसमा गएर पढाउने खर्च घरले धान्न नसक्ने कुरामा म ढुक्क थिएँ । मैले बुवालाई म पढ्न जान्छु भन्नसम्म पनि सकिन । घरमा रुपियाँपैसा राख्ने ट्याङ्काको साँचो मैले पनि चलाउन थालिसकेको थिएँ र त्यसमा के कति छ भन्ने मलाई थाहा थियो । बुवा बिरामी पर्न थाल्नु भएको थियो
राजीनामा
१काठमाडौको नयाँ सडकमा रहेको प्रधान कार्यालयबाट नेपाल बैंक लिमिटेड, सटी अफिस विराटनगरमा पनि हल्ला आइपुग्यो — पच्चीस वर्ष नोकरी अवधि पुगेका कर्मचारीलाई जागिरबाट हटाउन स्वेच्छिक अवकाश योजना ल्याउने रे । स्वेच्छिक अवकाश योजना अर्थात भीआरएस (भोलेन्टियर रिटायरमेन्ट स्कीम) को यो हल्ला बैंकको प्रत्येक कोठा, कोठाका प्रत्येक कुर्सी र कुर्सीका प्रत्येक कानमा एकै छिनमा पुग्यो । सबै कर्मचारीे भीआरएस आउने भयो भनी एकअर्कालाई सुनाउनमा मस्त र व्यस्त भए । हातमा चेक र रकम जम्मा गर्ने भौचर बोकेका ग्राहक पनि आफ्नो काम बिर्सेर त्यसै हल्लाको खोजीनितीमा लागे ।यो हल्लापछि केही कर्मचारी मलिन भए, केही उत्साहित भए, कतिमा जिज्ञासा मात्र रह्यो । भीआरएस बारे कर्मचारीहरुले विस्तारै आफ्नो धारणा राख्न पनि सुरु गरे ।“म त अब जागिर छोडेर धर्मकर्मतिर लाग्छु ।”“म व्यापार गर्छु ।”“म त गाउँ फर्कन्छु र उतै कुनै व्यवसाय गर्छु ।”“मेरो त समय नै भएको छैन । नत्र .. …. . .।”“नयाँ कर्मचारीलाई राम्रो भयो । खाली पदमा चाँडै प्रमोशन पाउँछन् ।”“कर्मचारी हटाउन त यो नियम ल्याएको हो । के प्रमोशन होला ?”“म अर्को कम्पनीमा काम गर्छु ।”“म …. गर्छु ।”यी आवाजहरु कानमा ठोक्किरहँदा सुधीरका आँखामा आफ्ना अतीतका तस्वीरहरु घुम्न थाले । बिस वर्षको लक्का जवानमा ऊ यो जागिरमा आएको थियो । कलिलो उमेरमै जागिरमा लागेकोमा उसका बाबुआमा कति खुशी भएका थिए
फुली
“अब त्यो पनि त्यस्तो निस्क्यो । हरे शिव ! मेरो भाग्य खोटो ।” कोइराल्नी बज्यै भुतभुताई रहेकी थिइन“के भएर भाग्य खोटो भयो ? म मरेँ ?” कोइराला बाजे पनि रन्किए ।“त्यसो नभन्नुस आमा, त्यस्तो नराम्रो नमान्नुस् । केही त भएको छैन । सबैलाई राम्रै त छ ।” छोरी रमिलाले सम्झाइन् । उनी पनि भरखरै माइत आइपुगेकी थिइन् ।“तँलाई पहिला नै यो कुरा थाहा रहेछ त । मलाई अलि पहिला भन्नु पर्दैन ?” उनी छोरीसँग पनि झर्किन् ।“पहिला भनेको थिएँ नि । तपाईंले छेउ पर्न दिनु भएन । त्यसपछिका कुरा त मलाई पनि के थाहा र ?” उनले सफाइ दिइन् ।कोइराल्नी बज्यैको कानमा रमिलाले यस कुराको भनक पहिला पनि पारेकी थिइन् । ‘आमा, हाम्रो रमेशको त सँगै पढ्ने नेवार केटीसँग पो हिमचिम छ रे त !’ भनेर । कोइराल्नी बज्यैले सुरुमा ‘हाम्रो रमेश त्यस्तो छैन, उडन्ते कुरा होला, छोरी’ भनिन् । एकछिन पछि ‘अल्लारे उमेर छ, सँगै पढ्ने केटीसँग यसो बोल्यो होला, जोरीपारीले त्यही कुरा काटेका होलान नि !’ भनिन् । अनि लामो सास तानेर ‘अजातकी केटीसँग बिहे ग¥यो भने त त्यसको खुट्टा भाँच्छु’ पनि थपिन् । ‘त्यसो नभन्नुस है आमा ! जुग जमाना खराब छ । तपाईंका पालाको समय छैन ।’ भनेर रमिलाले त्यतिबेला आमालाई अलिकता हच्काएकी थिइन् पनि ।तर
अवकाश
तीन बज्यो ।आज अफिसपछि विवाहको पार्टीमा जानुछ । दुई बजे बोलाएका थिए ।एक मनले सोच्छु, हाकिमलाई सोधेर अलि चाँडै जाऊ कि ? अर्को मनले सोच्छु, पार्टीमा चाँडो जाने कामका लागि पनि के हाकिमको स्वीकृति लिने झन्झट गरिरहनु ? आखिर अफिस छुट्टी भएपछि गए पनि पुगिहालिन्छ । आखिर अब यो अफिस आउनु र पाँच बजेसम्म रुङ्न नै पो कति छ र ! अब एक हप्तापछि त रिटायर नै हुँदैछु । फेरि, चाँडै पार्टीमा जानु भनेको चाँडै जम्न सुरु गर्नु र बढी पिउनु त हो । दुई बजे बोलाए पनि सबै जना साँझ नै त आउँछन् । म चुपचाप काममै व्यस्त हुन्छु ।यो व्यक्तिगत र सामाजिक काम अनि अफिसको कामबीचको तानातान अब यही एक हप्ता त हो । त्यसपछि त एक हिसाबले आनन्दै हुन्छ । न दशको बन्धन, न पाँचको प्रतीक्षा । समय आफ्नो, जिन्दगी आफ्नो । समयको तानातान भएको वेला अवकाश हुन पाए त ढुक्क हुन्थ्यो जस्तो हुन्छ । हो पनि, यही अफिसको कारण न आफन्तको मलाम जान पाइएको छ, न स्नेहीको विवाहमा जन्त । समाजमा बसेर पनि समाजबाटै बहिष्कृत जस्तो भइन्छ कतिपय अवस्थामा त । कथमंकदाचित कतै पुगियो भने पनि फर्कन हतार । रिटायर भएपछिलाई नै भनेर पनि कति कुरा त मनमा साँचेर राखेको छु ।अर्को मनले सोच्छ, कुरा यति
बेइजिङमा अलमलिँदा
२०७४ सालको हिउँद सुरू हुन लागिसकेको थियो । अफिसबाट दक्षिण कोरियामा हुने तालिमका लागि मेरो मनोनयन भएको रहेछ । मनोनयन भएका अरू सहकर्मीहरूसँग तालिम सकिएपछि नेपाल फर्कने क्रममा बेइजिङ र साङ्घाईको एक नजर लगाउने सल्लाह भयो । यसरी तालिमको मनोनयनमा थप ठाउँ घुम्दा बिदा र लाग्ने खर्च त आफ्नो हुन्थ्यो नै, हवाइजहाजको भाडा सोझै काठमाडौं फर्कंदा लाग्नेभन्दा बढी लाग्ने भएमा त्यो थप भाडा पनि तिर्नुपथ्र्याे । तैपनि, तालिमको लागि गएको बेला बाटोमा पर्ने ठाउँहरू घुम्नु फाइदाजनक नै हुन्थ्यो ।अघिल्लो दिन बेइजिङको तियानमेन स्क्वाएर, पुरानो दरबार इलाका र ग्रेटवाल घुमेर भोलिपल्ट साङ्घाई जाने तयारीमा थियांै हामी तीन जना, तेज बहादुर राना, धन बहादुर श्रेष्ठ र म । निकै बिहान (सायद ६ बजे) को रेल भएकाले हामी सबेरै होटलबाट निस्केका थियौं । बाहिर चिसो सिरेटो चलिरहेको थियो, मन रेलको यात्रा र साङ्घाईको कल्पनाले रोमाञ्चित भइरहेको थियो । हाम्रा ड्राइभरले हामीलाई रेल स्टेसनको मुख्य द्वारमा उतारे अनि हाम्रो बाटोतर्फ संकेत गरे । उनको काम सकिएको थियो । अब साङ्घाईसम्मको यात्राको चाँजोपाँजो हामी आफैंले पथप्रदर्शक विना नै मिलाउनु पर्ने थियो ।आफ्नो देशमा रेल, मेट्रो जस्ता पूर्वधार नभएको हुनाले यिनको कार्यप्रणाली अक्सर नेपालीलाई जानकारी हुँदैन । त्यसै हुनाले विदेशमा जाँदा पनि त्यहाँ उपलब्ध त्यस्ता सुविधाको भरपुर सदुपयोग गर्न सकिंदैन । हामीलाई बेइजिङको रेल स्टेसनको काउन्टरमा
मुढो र बुढो
झरी परिरहन्छ, मुढो भिजिरहन्छ ।स्मृति बर्सिरन्छ, बुढो रुझिरहन्छ । मुढो बिरूवा छँदा, वर्षा खुशी दिन्थ्योपानी भिज्थ्यो जरामा पातमा पोष लाग्थ्योआशा जस्तै युवाकोकल्पना जस्तै बैंसकोसपना जस्तै जोबनकोरगत बनेर पानीभरोसा साँचिहरन्थ्यो । अहिले अतीत झस्काइरहन्छपक्डेर कलेजोमा कतै, मुटुुमा चिमोटिरहन्छबासी कल्पना आउँछन् आँखाअघिमरेका सपना नाच्छन् आँखाअघिअधमरा प्रतिज्ञा रुन्छन् आँखाअघिस्मृति बर्सिरहन्छ आँखामार, बुढो भिजिरहन्छ ।र, बुढो मक्किइरहन्छ । पुछिएर जान्छ मलहमचोट बसिरहन्छपात्र पुग्छ नेपथ्यमासम्झना बसिरहन्छबलियो बनाउने सम्बन्धहरूचुँडिन्छ र मन निर्बल हुन्छउत्साह दिने भावनापरास्त हुन्छ र शोक दिन्छकहिले गर्वले ढाक्छ छातीकहिले पराजयको भुमरी चल्छनसानसामा पश्चात्ताप बगिरहन्छपलपलमा इतिहास रोइरहन्छजीवनन्तता उड्दै जान्छऐंजेरू झ्याङ्गिरहन्छ ।पानी परिरहन्छ, मुढो भिजिरहन्छ ।स्मृति बर्सिरहन्छ, बुढो रुझिरहन्छ । पभमबचवष्घघण्२नmबष्।िअयm ShareTweet0 Shares
जग्गा हैन लुगा किन्यौं
विराटनगरमा जागिर थियो । विराटनगरकै जामुनगाछी आसपास सानो घर थियो । छोराहरू सानै थिए । त्यही घर नै हामीलाई पर्याप्त थियो । सुदूर भविष्यतिर उति मन नडुलाउने स्वभावको हुनाले म आफूलाई विराटनगरमा स्थापित (Settle) भएको ठान्थें । सम्पत्ति थोरै भएर के भो त ? आकांक्षा पनि त धेरै थिएन । प्राप्ति र आकांक्षाबिचको अन्तर नै अभाव हो भने म त्यतिवेला उति अभावग्रस्त थिइन । सबै ठिकठाक चलिरहेको थियो । तराईमा मधेश आन्दोलनको लहर चल्यो । विराटनगर पनि मधेश आन्दोलनको राप र तापबाट पिल्सिन्छ कि भन्ने आकलन गरिएकाले होला विराटनगरभन्दा बिसबाइस किलोमिटर उत्तरमा रहेको इटहरीमा घडेरीको कारोबारले उचाइ लिइरहेको थियो । राजमार्गमा ओहोरदोहोर गर्दा इटहरी आसपासका सबैजसो धान खेतहरूमा प्लटिङ भएको देख्थें । जति साथीहरू भेट्थें सबैजसोले ‘इटहरीमा एक टुक्रो किनेको छु’ भन्थे । विराटनगरको घरजग्गा बेचेको पैसाले अन्यत्र कुनै सहरमा घरजग्गा किन्न सक्ने अवस्था थिएन । यसै कारणले पनि मलाई विराटनगरबाट पनि राजविराज वा जनकपुरबाट जस्तो मानिसको पलायन हुन्छ भन्ने लागेको थिएन । तर विराटनगरमा घरबास हुनेले पनि इटहरीमा एउटा टुक्रो किनिरहेका थिए । एक दिन इटहरी घुम्दै गएको वेला प्लटिङको विज्ञापनमा आँखा पर्यो । प्लटिङ व्यवस्थित थियो र कुनै कम्पनीले नै गरेको प्लटिङ थियो । मुना पनि सँगै थिइन् । कम्पनीका कर्मचारीसँग गफ पनि गरियो । स्कुल, क्याम्पस, क्लिनिक,
