आजको संसारमा आध्यात्मिक चेतना र विज्ञानको तीव्र विकास भएको छ । सनातन मानिएको हिन्दू धर्मको स्थापना आजभन्दा करिब ५,००० वर्षअघि भएको मानिन्छ । त्यसछि बुद्ध, यहुदी, ईसाइ, इस्लाम आदि धर्मको प्रादुर्भाव भयो । आज पनि धर्म पहिचानको आधार हो । विभिन्न धर्मसँग सम्बन्धित धर्मग्रन्थको व्याख्या, विवेना र पुष्ट्याइँ आज पनि चालु छ । धर्मले राजनीति, समाज व्यवस्था र अर्थतन्त्रमा प्रभाव पारिरहेको छ । आज पनि धार्मिक स्थान र क्रियाकलापले मानिसलाई आकर्षित गरिरहेका छन् । मानिसलाई धेरै प्रभावित पार्ने मुख्य विषय आज पनि धर्म नै रहेको छ । युरोपमा पुनर्जागरणकालबाट सुरू भएको आधुनिक विज्ञान पनि आज विकासको उत्कर्षमा पुगेको छ । खगोल, रसायन, चिकित्सा र मनोविज्ञान, भौतिक विज्ञान जस्ता अनेक शाखामा विज्ञानको प्रगति अवर्णनीय छ । संसारमा मावनजातिले शासन चलाउनु र मानव जीवन पहिलाभन्दा सरल र सुखद हुनुको मुख्य कारण विज्ञान र प्रविधिको विकास नै हो । आधुनिक विज्ञानको विकास धर्मको उद्भवभन्दा पछि भयो । अझ ईशाई धर्म स्थापनाको १६०० वर्षसम्म त युरोप पूरै अन्कार युगमा बाँच्यो । ईशाई धर्मका स्थापनाहरूको सत्यापनको क्रममा विकास भएको विज्ञानले धर्मका कतिपय मान्यताको खण्डन गरेको छ । विज्ञान तथ्य र प्रमाणमा आधारित विषय भएकाले यसको निष्कर्षलाई प्रामाणिक मान्नुपर्ने हो तर विज्ञानले दिएका निष्कर्षलाई धर्मले संयोजन गर्न मानेको छैन । कतिपय धार्मिक मान्यता विज्ञानको कसीमा घोट्न
