अहिले म बाको उमेरमा हिँड्दैछु । समयक्रममा बाको उमेर रोकियो, मेरो हिँड्दैछ । रोकिएको उमेरलाई हिँडिरहेको उमेरले भेट्दो रहेछ । यो वर्ष भेट्यो । म र हाम्रो बा अब दौतरी भएका छौं । मैले बाको सोच र भावना अलिअलि बुझ्न थालेको छु । बाका सीमा र सम्भावनाहरू खोज्दैछु । बाका भनाइका अर्थ र औचित्य भरखर खुल्दैछन् । बाका कर्मको महत्त्व अब स्पष्ट हुँदैछन् । मैले त्यतिबेला बाका कतिपय कुरा नबुझेकोमा पनि कुनै पछुतो छैन । बाको कुरा बुझ्न यति समय लाग्दो रहेछ, त्यतिबेला कसरी बुझ्नु ? अब पनि बाका सबै कुरा त कहाँ बुझ्न सकिएला र ? सम्झनाहरू पनि अब त धेरै धूमिल भइसके । स्मरण, सन्दर्भ र घटनामध्ये कुन मैले प्रत्यक्ष देखेको हो, कुन सुनेको हो र कुन केवल मेरो कल्पना मात्र हो भन्ने कुराको सीमा पनि अब त मेटिन लागिसक्यो । म झिना सन्दर्भ र घटनाका माध्यमबाट बाका इच्छा, चाहना र सोचको कल्पना गर्न खोज्दैछु । १. पढाइ बाले मलाई सुरूमा नेपालटारमा रहेको जगरेटार प्रा. वि. मा भर्ना गरिदिनुभएको थियो । औलो उन्मूलन भइसकेको हुनाले हामी उदयपुरगढीबाट नेपालटारमा बसोबास गर्न थालेका थियौँ । उदयपुरगढीको घर रुङ्न फुपू मात्र बस्नुहुन्थ्यो । धान रोपपछि मात्र हामी उदयपुर जान्थ्यौं र धानकाट्ने बेला भएपछि नेपालटार आउँथ्यौं । अब हामीलाई उदयपुरगढीभन्दा नेपालटार नै
पुरस्कार वितरण कार्यक्रम, २०८३
पञ्चावती सद्भाव समाजबाट हालै नमुना माध्यमिक विद्यालय, भलायडाँडा, पञ्चावती माध्यमिक विद्यालय, उदयपुरगढी र माध्यमिक विद्यालय छिन्द्रिङखोला, बर्रेका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो । ती विद्यालयका छानिएका विद्यार्थीहरूलाई वितरण गर्नका लागि विभिन्न महानुभावहरूले यस पञ्चावती सद्भाव समाजको संरक्षणमा स्थापना भएका पुरस्कारहरू वितरण गरिएको हो । सो पुरस्कार वितरण कार्यक्रमको विवरण यस प्रकार रहेको छ । नमुना माध्यमिक विद्यालय, भलायडाँडा नमुना माध्यमिक विद्यालय, भलायडाँडामा २०८३ साल जेठ ४ गते पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो । यस कार्यक्रममा पञ्चावती सद्भाव समाजको तर्फबाट लक्ष्मी स्मृति पुरस्कार एवं प्रेमलाल-महमाया स्मृति कोषबाट प्रवर्द्धित कोपिला संवर्द्धन छात्रवृत्ति प्रदान गरिएको थियो । यस विद्यालयका पूर्वप्रधानाध्यापक श्री दीनानाथ दहाल र श्रीमती पार्वती दाहालले आफ्नी दिवंगत छोरी लक्ष्मी दाहाल (विनिता) को सम्झनामा स्थापना गर्नु भएको रु.५,०००/- (अक्षरेपि पाँच हजार रुपैयाँ) राशिको लक्ष्मी स्मृति पुरस्कार-२०८१ सालको एस.ई.ई परीक्षामा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने कौशिला बस्नेतलाई प्रदान गरिएको थियो । सो पुरस्कार वापतको नगद रकम र प्रमाणपत्र समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्य र श्री दीनानाथ दाहालले संयुक्तरूपमा प्रदान गर्नु भएको थियो । यसैगरी स्व. प्रेमलाल खतिवडा र स्व. महमाया खतिवडाको स्मृतिमा उहाँहरूका सन्ततिहरूबाट स्थापित महमाया स्मृति कोषबाट वितरण हुने कोपिला संवर्द्धन छात्रवृत्ति सोही विद्यालयका छात्रछात्राहरू देवराज परियार, भूमिका बस्तोला, अर्जुन तामाङ र बबिता वि.क. लाई प्रदान गरिएको थियो । कमजोर आर्थिक अवस्था भएका
विश्वकप फुटबलः भावनाको दोहन
अहिले विश्वकप फुटबल चलिरहेको छ । म पनि यो खेल हेर्छु । अधिकांश खेलहरू राति थिए, केही खेलहरू बिहान । रातिका खेलहरू निद्रा पातलो भएको अवस्थामा मात्र हेरेँ, बिहानका खेलहरू अक्सर हेर्छु । मेरो खेलकुदमा पकड छैन, म कुनै खेल खेल्दिन । तैपनि मलाई विश्वकप फुटबलको यो चारवर्षे मेला छुटाउन मन लाग्दैन । सारा दुनियाँ यही खेलको वरिपरि घुमिरहेको प्रतीत हुन्छ । खेल समाचारमा त यही मेलाको साम्राज्य छ नै, कहिलेकाहीं त मुख्य समाचारको पहिलो पानामा यसैसँग सम्बन्धित समाचारले ठाउँ पाउँछ । त्यसैले पनि होला, यो मेलाबाट बेखबर हुन मलाई पनि मन लाग्दैन । भलै मेरा कदम छोटा हुन्, यसका शक्ति कमजोर हुन् तर विश्वको कदममा कदम मिलाउन त मनले कर गरिहाल्छ नि ! यो विश्वकप फुटबलमा मैले समर्थन गर्नुपर्ने टिम छैन । नेपाल सहभागी भएको छैन । नेपालको खेलकुद क्षेत्र नै अस्तव्यस्त छ । अखिल नेपाल फुटबल संघलाई अन्तर्राष्ट्रिय फुटबल महासंघले निलम्बन गरेको छ । संसारका अरू देशसँग मेरो निकटता हुनुपर्ने के नै छ र ? न म कतै लामो समय बस्ने गरी गएको छु, न अरू कुनै सम्पर्क सम्बन्ध छ । खेलाडीहरूलाई चिन्ने त कुरै भएन । म पत्रिकाको खेलकुद स्तम्भ त खासै नहेर्ने मानिसले खेलाडीबारे के जानकारी हुनु ? त्यसैले म खाली दिमाग लिएर नै खेल हेर्न
अनि मैले कथा लेखें
बैकिङ समय सकिन लागेकोले अफिसमा चहलपहल कम हुँदै गएको थियो । एकादुई ग्राहकहरू काउन्टरमा यताउता गरिरहेका थिए । काम कम भएको समयमा हामी कर्मचारीहरूको गफ चलिरहेको थियो, हाकिम, महँगी, राजनीति वा कुनै अर्को कर्मचारी । गफका विषय यिनै त हुन्थे। दुइटी केटी हातमा खाम बोकेर मेरो टेबुलतिर आए र मलाई खाम दिए। मैले खामबाट चिठी निकालेर पढें। चिठीमा सबै कुरा थियो- उनीहरू माओवादीसँगको लडाइँमा जीवन गुमाएका प्रहरीका विधवा पत्नीहरू थिए र राज्यले उनीहरूको भरणपोषणको लागि व्यवस्था गरेको थियो । उनीहरूले यो बैंकबाट पैसा लिन चाहेकाले यहाँ चिठी पठाइएको थियो । तपाईंहरूमध्ये के सरिता को रीता ? मैले सोधें । आफू अगाडि आएको मानिससँग केही अनौपचारिक गफ गर्नु मलाई ठिकै लाग्छ । आफूले कुरा सुरू गरे उनीहरूले पनि थप्छन् । उनीहरूलाई समस्या राख्न पनि सजिलो हुन्छ । ‘रीता ऊ हो ।’ एउटीले जवाफ दिई र रीताको टाउको पछाडि उसको मुख लुकाई । ‘अब यसो गर्नुस् । यो महिनाको रकम आजै लैजादा हुन्छ । अर्को महिनादेखि सोर गते पछाडि जहिले आए पनि हुन्छ । पैसा लिन आउँदा यो कागज चाहिँ ल्याउनै पर्छ है ।’ मैले सल्लाह दिएँ । उनीहरू बैंकबाट गए तर मेरो मनमा उनीहरूले नै हल्ला मच्चाइरहेका थिए । माओवादी र राज्यबिचको घातक संघर्षको समाचार सुनेको धेरै भइसकेको थियो । तर
आइफोन कोसेली
“यी लेऊ, तिमीलाई कोसेली।” खेमराजले हात अगाडि बढाउँदा उसको हातमा आइफोन-१६ को नयाँ बट्टा जगमगाइरहेको थियो । “आब्बुइ, आइफोन !” सीताले सुखद् आश्चर्यका साथ हातमा आइफोन लिइन् र ओल्टाइपल्टाइ गर्न थालिन् । “मलाई त यस्तो कोसेली आउला भन्ने आशै थिएन ।” “ल, के कुरा गरेकी तिमीले ? विदेश जाँदा कहिले तिमीलाई रित्तो हात राखेको छु र ?” “त्यो त हो । तर यति महँगो गिफ्ट !” सालीको लागि ल्याइने गिफ्टको पनि कतै मोल हेरिन्छ त !” अलिकति जिस्किने मुडमा आयो खेमराज । साली भेनाको उमेर जति भए पनि नाता भने युवा नै हुन्छ । “यो विदेश भ्रमण त चिठ्ठा परेको हो, मलाई । चिठ्ठा परेको पैसाको के लोभ गर्नु ?” खेमराजले गफ दियो। वास्तवमा यो मौका त संयोगले मात्र आएको थियो । पुरानो सरकार रहेको भए ऊ टोलीमा पर्ने नै थिएन । अर्कै पार्टीको कर्मचारी जान्थ्यो भत्ता खान । नेपालमा अहिले सत्ता परिवर्तनको असर खरिदारको कुर्सीसम्म आइपुग्छ । अवसर कुन कर्मचारीले पाउने भन्ने कुराको निर्क्यौल ऊसको पार्टीसँग सम्बन्धित छ । फेरि अनेक तिकडम र जालझेल । भन्नु उसो हैन, किनमेल पनि चल्छ । जागिर वास्तवमा ठेक्कापट्टा भएको छ अहिले । खेमराजले गफ हाँके पनि यो महँगै कोसेली थियो । खेमराज विदेश जाँदा सबै भत्ता र सुविधाको रकमको डलर साटेर जान्थ्यो
मिठो कफी
“कहिले आयौ काठमाडौं ?” मैले च्याटमा सोधें । ऊ काठमाडौं आएको जानकारी उसको फेसबुकले दिइसकेको थियो । “हिजो हो ।” उसले यति मात्र लेख्यो । “बानेश्वर आऊ, यार । सँगै कफी खाउँला । तिमीसँग भेट्न मन छ ।” मैले आग्रह गरें । “हुन्छ । मेरो त्यता आउने काम पनि छ । म फोन गरेर आउँछु ।” मलाई ऊ आउँछ भन्ने विश्वास नै थिएन । यस्ता संवाद यसअघि पनि भएको थियो । तर ऊ आएको थिएन । यसपटक चैं आयो । ऊ अर्थात् मनोज । मेरो स्कुले साथी । मेरो धेरै मिल्ने साथी । पढ्नमा पनि हामी अगाडि नै थियौं । एसएलसीपछि हामी अलग्गियौं । म क्याम्पस पढ्न काठमाडौंतिर लागें । ऊ विराटनगर गयो । एउटै स्कुल पढे पनि हाम्रो गाउँ फरक थियो । त्यसैले भेटघाट पातलो भयो । पढाइ सकेपछि म सरकारी जागिरे भएर कहिले कता, कहिले कता पुगें। पछि वानेश्वरमा घर बनाएर बस्न थालें । मनोज शिक्षक भएर गाउँकै विद्यालयमा पढाउन थाले । यो बिचमा त भेट नहुनु झन् स्वाभाविक भइहाल्यो । हामीलाई फेरि फेसबुकले नजिक ल्यायो । स्कुलका साथीहरू खोज्दै जाँदा मनोजलाई पनि फेला पारें र फ्रेन्ड रिक्वेस्ट पठाएँ । उसले पनि स्वीकार गर्यो । हामी वास्तविक साथी पुनः भर्च्युअल साथी बन्यौं । मेरो वालमा उसले र उसको
नाच्ने निम्तो
लक्ष्मीपूजाको दिन भएकाले सुत्न ढिला नै भएको थियो । सुत्न खोज्दाखोज्दै भैली टोली आयो । भैलो टोली देख्ने बित्तिकै म तीनछक परें । गाउँबाट बिहे गरेर गएका चेलीबेटीहरू नै भेला भएर यो भैलो टोली बनेको रहेछ । सावित्री दिदी भट्याउनेमा हुनुहुँदो रहेछ । सीता दिदी मादल बजाउँदै थिइन् । रमा गीत गाउन पहिलादेखि नै माहिर थिइन्, यहाँ पनि त्यही जिम्मेवारीमा रहिछन् । उनको भाकामा सरला, कविता, निर्मला र नम्रताले साथ दिइरहेका थिए । भैली टोलीमा शर्मिला, रमा, विमला र कमला पनि रहेछन् । र, त्यही टोलीमा रहिछन् रमिला पनि ! रमिलाले मलाई तानेर अतीततिर पुर्याइन् । म आई. ए. को परीक्षा दिएर घरमा बसिरहेको समयमा रमिला पनि एस. एल. सी. सकेर फुर्सदमा थिइन् । उनको छिमेकी राजु मेरो साथी थियो र राजुलाई भेट्न जाँदा मेरो उनीसँग पनि भेट भइरहन्थ्यो । अलि पछि त राजुको घर जाने कुरा बाहाना मात्र हुन पुग्यो । म रमिलालाई नै भेट्न जान थालें । मैले उनको दैनिकी जानिसकेको थिए र उनीसँग भेट्न अनुकूल हुने समयमा म त्यहाँ पुगिरहन्थें । मैले पढ्नु थियो, जागिर खानु थियो, बाउआमाको भाकामा ‘ठुलो मान्छे’ बन्नु थियो । मेरो अगाडि अनेक कार्यभार थिए । उनी पनि त आइ. ए. पढ्न चाहन्थिन् (कम्तीमा मलाई त त्यही भनेकी थिइन्) । मेरो मनमा उनी
जगरेटार स्कूलः मेरो पहिलो पाठशाला
जगरेटार मेरो घरबाट करीव दस मिनटको दूरीमा रहेको साह्रै नजिकको टोल भए पनि यो टोल मलाई अत्यन्त रहस्यमय लाग्छ । मेरो बूढो मावली टोल भएकाले दसैंको टीका थाप्न वर्षमा एक दिन त अवश्य जगरेटार गइन्थ्यो तर अरु बेला पटक्कै आउजाउ नहुने । दसैंमा गएको बेला पनि त्यहाँको बाक्ला घर, थुप्रा केटाकेटी र फरक बनोटको सम्म परेको बारी मलाई अचम्मका लाग्थे । अरु तिरका भन्दा अग्ला र राम्रा घर त्यस टोलमा थिए । शायद क्यारेम बोर्ड मैले त्यहीँ देखेको थिएँ । यही अचम्मको भावनाले मनमा अत्यास ल्याएर होला त्यस टोलको पुछारमा रहेको जगरेटार प्राथमिक विद्यालयमा एक कक्षामा भर्ना हुँदा म हरेक दिन रुन्थेँ रे । केही दिन जगरेटार स्कूल गएपछि पनि रुने बानीमा सुधार नआएपछि म उदयपुर गढीस्थित पञ्चावती माध्यमिक विद्यालयमा एक कक्षामा पढ्न गएँ । तर जगरेटारको प्राथमिक विद्यालयसँगको निकटता मेरो भाग्यमा बाँकी नै रहेछ ।एसएलसी पास गरेपछि म पढ्न क्याम्पस गइन । मेरो थप अध्ययन बारेमा घरमा कुरा नै भएन । राजविराजको क्याम्पसमा गएर पढाउने खर्च घरले धान्न नसक्ने कुरामा म ढुक्क थिएँ । मैले बुवालाई म पढ्न जान्छु भन्नसम्म पनि सकिन । घरमा रुपियाँपैसा राख्ने ट्याङ्काको साँचो मैले पनि चलाउन थालिसकेको थिएँ र त्यसमा के कति छ भन्ने मलाई थाहा थियो । बुवा बिरामी पर्न थाल्नु भएको थियो
कोरियाको जाडो
दक्षिण कोरिया सरकार र कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका)को संयुक्त आयोजनामा सिउलमा सञ्चालन हुने तालिम तथा अध्ययन भ्रमणमा सहभागी हुन मेरो मनोनयन भएको जानकारी पाउ“दा म धेरै हर्षित भएको थिए“ । सिउल, गुवाङजुङ, डियाजुङ र पोहान हेर्न तथा कोरियाको विकास अनुभव र त्यसबाट नेपालले सिक्न सक्ने विषयका कक्षामा सहभागी हुन पाउने मौका मेरा लागि निकै लोभलाग्दो थियो । उसै पनि अल्पविकसित मुलुकमा जन्मेका म जस्ता धेरैलाई विकसित मुलुकको चमकदमक हेर्ने रहर भइहाल्छ । यसका अतिरिक्त नेपाल सरकारका विभिन्न निकायका अधिकारीहरुस“ग भ्रमणदलमा सहभागी हुन पाउनुको मजा पनि छुट्टै थियो । मैले चिनारुको घेरा अलि ठुलो बनाउन पाउथें“ ।म हर्षले यति गद्गद् ह“ुदा पनि मेरो मनको एउटा कुनामा भने चिसो कायम थियो । यो चिसोको कारण थियो, कोरियाको जाडो । जाडो याममा मेरो स्वास्थ्यमा समस्या देखा पर्ने भएकाले हत्तनपत्त इन्टरनेटमा कोरियाको मौसमका बारेमा जानकारी लिए“ । त्यो समयमा सिउलको अधिकतम तापक्रम करिब पन्ध्र डिग्री सेन्टिग्रेड रहेछ । म बसेको विराटनगरमा त्यतिबेला रातिको तापक्रम चाहिं पन्ध्र डिग्री सेन्टिग्रेड थियो होला । नोभेम्बरको अवस्था यस्तो थियो भने मैलै यात्रा गर्ने निर्धारित अवधि अर्थात मध्य डिसेम्बरमा सिउलमा कति जाडो होला भन्ने डरले मन झन् त्रसित भयो ।जाडामा काम लाग्नेजस्ता भएभरका सबै लुगा बोकेर कोरिया जाने क्रममा म विराटनगरबाट काठमाडौ पुग“े । काठमाडौमा जहा“जहा“ म पुग्थे“
घर कहाँ प¥यो ?
‘अनि केदारजी, तपाईंको घर चाहिँ कहाँ प¥यो नि ?’ घर ठेगानाबिनाको मेरो परिचय पाएपछि धेरैजसो मानिस मसँग यो प्रश्न गर्छन् । घर ठेगानाबिनाको परिचय कसैलाई पनि अधुरो लाग्नु स्वभाविकै हो । त्यसैले घरको बारेमा जानकारीको आवश्यकता प्रश्न बनेर मेरो सामु आइपुग्छ । मानिसको घर ठेगाना अरुको पनि सरोकारको विषय रहेछ ।उदयपुर जिल्लाको नेपालटारमा म जन्में, त्यहीँ हुर्के । त्यही ठाउँ नै मेरो घर ठेगाना हो । काम र मामको खोजीमा नेपालटार छोडेर २५ वर्षअघि हिडेपछि म जहाँजहाँ पुगे पनि मेरो घर ठेगाना त्यहीँ बताएँ । नागरिकताको प्रमाणपत्र पनि त त्यहीबाट लिएको थिएँ । जहाँ पुगे र जे काम गरे पनि म सोच्थेँ पछि नेपालटार नै जान्छु, त्यहीं बस्छु । तर अहिले बुढेसकाल नेपालटारमा बिताइएला जस्तो लाग्न छोडेको छ । छुट्टपुट्ट भएकाले आफ्नो घर पनि त्यहाँ छैन । आमा हुनुहुन्छ, त्यसैले चाडबाडमा जान्छु । नेपालटार अहिले घर होइन तीर्थ भएको छ । डेरालाई त के स्थायी ठेगाना भन्नु र ? यसरी मेरो घर र स्थायी ठेगाना हराएको छ ।त्यसैले होला नेपालटार घर बताउन र आफ्नो स्थायी ठेगाना नेपालटार लेख्न धक लाग्न थालेको छ । अनि परिचय दिँदा घर ठेगाना बताउन छोडेको छु, नाम काम बतायो, भइहाल्यो ।मानिसको ठेगाना उसको परिचयको एउटा आधार हो । अमूक स्थानमा जन्मेहुर्केका कारणले मानिसमा अमूक संस्कार,
