आगामी आर्थिक वर्षका लागि पेश भएको बजेटको बुँदा नं. १९९ मा “वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप-वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु” भन्ने उल्लेख रहेछ । नेपालका प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँट सम्बन्धी सन्धि सम्झौता संसदको दुई तिहाइले बहुमतले स्वीकृत गर्नु पर्ने प्रावधान संविधानमा रहेको छ । सन्धिसम्झौताको विषय नभएको हुनाले नै होला ढुङ्गा, गिट्टी, बालुवा विदेश निकासी गर्ने नीति सरकारले प्रतिनिधिसभा विघटन भएको समयमा ल्याएको छ । यस व्यवस्थाको आलोचनामा ‘अब चुरेको विनाश हुने, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट हात लागेका उपलब्धिहरू गुम्ने, पानीका स्रोत सुक्ने, तराईको मरूभूमीकरण हुने, नेपालमा हुने विकास निर्माणका लागि आवश्यक स्रोतको अभाव हुने, महाभारत श्रृंखलाको आसपास उत्खनन् गर्दा काम नलाग्ने सामग्री खोलामा जानेहुँदा बाढी पहिरोबाट हुने क्षति बढ्ने’ आदि तर्क आएका छन् । विपक्षीले हालसम्म हुँदै आएका चुरे दोहनबाट झस्केर यो कार्यक्रमलाई चुरेसँग जोडेर आलोचना गर्ने गरेका छन् । तर बजेट वक्तव्यमा चुरे उल्लेख भएको छैन । यो नीतिको समर्थनमा चैं यो चुरे लक्षित कार्यक्रम नभएको, नदीले बगाएर ल्याउने बालुवा गिट्टीको व्यवस्थापन गरिने, हिमालयभन्दा दक्षिणमा रहेका ढुङ्गे पहाडको उत्खनन् गरिने, वातावरणीय प्रभाव मूल्याङ्कन गरिने हुँदा वातावरणमा धेरै नकारात्मक
Month: June 2021
वैकल्पिक राजनीतिक शक्तिका चुनौती
विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको २०७८ साल जेठ १८ गते निधन भयो । उनले नेपालको राजनीति, समाज, अर्थव्यवस्था, सार्वजनिक प्रशासन, स्वास्थ्य सेवामा देखिएका विकृतिहरूमा खबरदारी र विरोधको रचनात्मक शैली सुरूवात गरेका थिए । नेपाल बन्दको विरोधमा ‘नेपाल खुला छ’ र संविधान बन्न ढिलाइ भएको सन्दर्भमा ‘ज्याला पूरा लियौं, अब संविधान देऊ’ उनका केही रचनात्मक अभियान हुन् । उनले नेपालका मूलधारका राजनैतिक दलको विकल्पको खोजी गरे र विवेकशील नेपाली नामको राजनीतिक दल खोले । त्यो दल र नेपाल साझा पार्टीबीच एकीकरण भयो, बीचमा दुई दल फुट्यो र अहिले एकीकृत भएरै कार्यरत छ । उनले युवा पिंढीलाई आफ्नो दलको नेतृत्व सहज हस्तान्तरण गरेका थिए ।मूलधारमा रहेका राजनीतिक दलमा रहेको किचलोले नेपालको राजनीतिलाई दुर्घटनातर्फ डोहोर्याइरहेको समयमा भएको थापाको दुःखद निधनले नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता सम्बन्धी बहसलाई पुनः सतहमा ल्याएको ठानेको छु । नयाँ दलको रूपमा नेकपा (माओवादी) निर्वाचनबाट सत्तामा पुग्न सक्यो । तर अरू नयाँ दलले नेपालमा उति स्थान बनाउन सकेका छैनन् । डा. बाबुराम भट्टराइको नयाँ शक्ति पार्टी अहिले अस्तित्वमा छैन । नेकपा (एमाले) र नेपाली काँग्रेस विभाजन भएर बनेका नयाँ राजनीतिक दलले पनि जनताको मन जित्न सकेनन् । विवेकशील साझा पार्टीले समेत २०७४ सालको स्थानीय निकाय र संसदीय निर्वाचनमा जीत हासिल
