भ्रष्टाचारको भविष्य

नयाँ पत्रिकाको पुस २९ को अङ्कमा भ्रष्टाचारका सम्बन्धमा केही महत्त्वपूर्ण समाचार छापिएका थिए । समाचारहरूको आशय मिश्रित थियो, केही सकारात्मक, केही नकारात्मक । सुशासनको नारा लगाइरेका वामपन्थी दलको ठुलो हिस्सा रहेको र त्यही नाराका आधारमा उल्लेख्य मत हासिल गरेका पार्टीहरूको सरकार गठनको केही समयपश्चात् नै आएका यी समाचार पढेर मनमा उठेका भावनाहरू यस ब्लगमा उतार्ने कोसिस गरेको छु । समाचार शीर्षक १- अवैध क्रसरविरूद्ध आक्रामक गृह प्रशासनः एक सातामै ६८८ क्रसर बन्द । यस शीर्षकमा २०७७ चैत ९ मा नै सर्वोच्च अदालतले मापदण्डविपरीत सञ्चालित क्रसर बन्द गर्न निर्देशन दिएको भए पनि सिंहदरबारसम्म पहुँच राख्ने व्यावसायीले स्थानीय प्रशासनलाई प्रभावित पारेर निरन्तर प्राकृतिक स्रोतको दोहन गरिरहेको अवस्थामा गृह मन्त्रालयबाट चालिएको कदमसम्बन्धी समाचार छापिएको थियो । यो समाचार सकारात्मक भए पनि अधिकांश क्रसरमा नेता र जनप्रतिनिधिको लगानी भएको जानकारीले गृहको यो कदम कति दिगो हुने हो भन्ने संशय उत्पन्न गराउन सक्थ्यो । भोलिपल्टको समाचारमा आफ्ना कुरा राख्न क्रसर व्यवसायीले प्रधानमन्त्रीको समय मागिरहेको समाचार आएको छ । समाचार शीर्षक २- विशेष अदालतको ऐतिहासिक फैसलाः अख्तियारकै पूर्वआयुक्त भ्रष्टचारी ठहर । यस शीर्षकमा नेपाल इन्जिनियरिङ कलेजसँग सम्बन्धित पदाधिकारीसँग घुस लेनदेन गरेको भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई ३ वर्ष कैद र रु. ३९ लाख जरिवाना तोकेको समाचार छापिएको छ । यस समाचारले भ्रष्टाचारमाथि कारवाही

सत्ता-स्वर्गको कथा

मंसिर ४ मा भएको चुनावभन्दा अघि र पछिका घटनाहरूका कारण मानिसको दिमाग अहिले पनि रन्थनिइरहेको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा व्यक्त भावना र विचारहरूबाट यही लख काट्न सकिन्छ । चुनाव मुख्यरूपमा नेपाली कांग्रेस नेतृत्त्वको सत्तारूढ गठबन्धन र नेकपा (एमाले) को बिचमा भएको थियो । एमालेले राप्रपासँग केही स्थानमा तालमेल गरेको थियो र चुनावको केही समयमात्र अघि सत्ता गठबन्धनमा रहेको जसपा पनि नाटकीयरूपमा एमालेसँग चुनावी तालमेल गर्न आइपुगेको थियो । चुनावमा भरखर स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, उन्मुक्ति पार्टी लगायतका पार्टीहरू पनि प्रतिस्पर्धामा थिए तर यी पार्टीहरूलाई कसैले पनि खास महत्त्व दिएको थिएन । सत्तारूढ गठबन्धन र एमाले आफैंले बहुमत ल्याउने बताइरहेका थिए । चुनावको परिणाम कसैले सोचेको वा भनेको जस्तो आएन । समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी भोट त ल्यायो तर ठुलो पार्टी चैं नेपाली कांग्रस बन्यो । सत्तारूढ गठबन्धनले बहुमत ल्याउन सकेन तर बहुमतको नजिक भने पुग्यो । राष्ट्रिय स्वतन्त्र पार्टीले कसैले अनुमान नगरेको नतिजा हासिल गर्‍यो । जनमत र उन्मुक्ति पार्टीले तराईमा सफलता हासिल गरे । राप्रपाले पनि स्थितिमा सुधार गर्‍यो । एमालेसँगको तालमेलको कारण जसपा केही सजिलो अवस्थामा रह्यो तर सत्ता गठबन्धनमा रहेको लोसपाको स्थिति खस्कियो । स्वतन्त्र पार्टीले ल्याएको चुनावी परिणाम सबैले सहजै पचाउन सकेका छैनन् । चुनावपछि केही दल र स्वतनन्त्र सांसदलाई

नबोकेको आइफोन

“भिनाजु, म नेपाल आउँदा हजुरलाई एउटा आइफोन ल्याइदिन्छु ।” सालीले अमेरिका उड्नुअघि यसै भनेकी थिइन् । “पर्दैन, पर्दैन । मलाई किन चाहियो आइफोन ? चाइनिज फोनले नै काम चलिहाल्छ नि !” मैले यसो भनेको थिएँ । भन्नै पनि पर्‍यो । बिहे गरेर अमेरिका उडेकी ती अब मेरी साली मात्र थिइनन्, कसैकी पत्नी र कुनै घरको बुहारी भइसकेकी थिइन् । उनको भिनाजुप्रतिको माया अब निर्बाध थिएन । ‘किन त्यो फुस्रालाई आइफोन ?’ घरतिरको कसैले यसो भन्न पनि सक्थ्यो ! आइफोनका लागि फुस्रिनुभन्दा यही नोकिया ठिक ! तर मान्छेको मन न हो, मेरो मनमा भने अर्को एउटा हात पलाइसकेको थियो र त्यो हातमा अर्को एउटा मोबाइल फोन थियो । भनिरहनु परेन त्यो मोबाइलमा आदमले टोकेको स्याउको चित्र थियो । साली अहिले के गर्दैछिन्, के सोच्दैछिन्, नेपाल कहिले आउँछिन् र भिनाजुलाई दिएको बाचा बिर्सिन् कि बिर्सेकी छैनन् मलाई थाहा छैन । तर हरेक पटक फोन उठाउँदा मेरो हातले नोकिया उठाउँछ र मनले आइफोन । उनको एकै बचनमा म साली कहिले नेपाल फर्केलिन् भनेर बाटो हेर्ने भइसकेको छु । एक त साली, त्यसमाथि आइफोन ल्याइदिने । तर यो हिउँदमा आएको सरकारी निर्णयले मेरो सपनामा चिसो पानी खन्याइदिएको छ । सरकारले अब विदेशबाट आउनेले आफूले प्रयोग गरेकोभन्दा अर्को मोबाइल ल्याउने नपाउने निर्णय गरेको छ रे

आधा शिर उचालेरः मेरो हेराइमा

कवि ज्योति जङ्गलको अर्को कविता संग्रह ‘आधा शिर उचालेर’ निकै पहिला हात पारेको थिएँ । किन कुरो लुकाउनु, विमोचन समारोहमा नै टुपुल्किएको थिएँ म। त्यही मेसोमा हात परेको थियो यो कृति । हातमा पर्दा सोचेको थिएँ, अब घर फर्केर यही पढ्ने हो । यस्तो उच्च प्राथमिकतामा परेका केही किताबको पातो अझै फर्कन पाएको छैन ।यसलाई पनि तत्काल पढ्ने मेसो मिलेन । कवि परिचित हुँदा त त्यस्तो नहुनुपर्ने हो, भयो । व्यवहार मिलाउँदा मिलाउँदै यतिका दिन भएछ । साग टिप्ने हतारोले फूल टिप्न छुटिरहेछ यस्तै सस्तो हतारोमै जिन्दगी बितिरहेछ । – – – कविताका विषयवस्तु यस संग्रहका कविताहरूबाट कविको मन अब भोक्ताबाट द्रष्टामा रूपान्तरित हुन लागेझैं प्रतीत हुन्छ । वियोग, बुढ्यौली र मृत्यु जस्ता मानवमनका कोमल अवयवहरूकलाई चिथोर्ने संवेगहरूलाई यस संग्रहका केही कविताहरूमा संसारको नियमको रूपमा आत्मसात गर्ने कोसिस भइरहेको पाइन्छ । ‘युगको अखबार’, ‘बिदाइ’, ‘जानेहरू’ र ‘मिलन’ जस्ता कविताहरूमा भावनात्मक समायोजन र स्थिरीकरणको बाटो रोजिएको छ । युगको अखबारमा मान्छेको अक्षर बनाएर समयको खबर छापिन्छ, बस अदृश्य चल्छ यसको सम्पादन तर अटुट चल्छ यसको यसको प्रकाशन । (युगको अखबार) बाँकी के हो र यो संसार आउनु जानु भेट्नु र छुट्टिनु । (जानेहरू) तिमी मेरा जन्मका साथी जीवनको अन्तिम साक्षी पनि हौ, मानिसहरू मृत्युको नाम दिंदा हुन यो मिलनलाई त्यो मैले