नयाँ वर्ष

आकाशमा बरालिने बादलहरू जस्तै बादलमा लुकामारी गर्ने खुर्पे जून जस्तै एउटा वर्ष गइरहेछ, अर्को वर्ष आइरहेछ र मलाई छोडिरहेछ उस्तै निराश, उस्तै हतास न बादलले सिँचे जस्तो, न जूनले भेटे जस्तो अलमल्ल र अवाक् । पुतलीपछाडि कुदिरहँदा अनि ऐना हेरेर मस्किरहँदा आफूलाई जून ठान्थेँ होला नयाँ वर्षमा म पनि फूल बन्थें होला नयाँ वर्षमा शायद सोच्थेँ, पुतलीसँग खेल्छु नयाँ वर्षमा । म त अब फूल होइन, रूख बनेको छु झरेर पातहरू झनै उजाड बनेको छु चोट छ, टिपिएका फूलहरूको चिन्ता छ, सुकेका हाँगाहरूको ठोक्किएका जराहरूको पिर छ रोकिएको उचाइको डर छ म निश्चल उभिरहेको छु एउटा वर्ष आइरहेछ, अर्को वर्ष गइरहेछ । हरेक गएको वर्षले कानको ध्वनि लिएर गएको छ, अलिकति आँखाको ज्योति लिएर गएको छ, अलिकति रगतको तातो लिएर गएको छ, अलिकति नसाको तागत लिएर गएको छ,अलिकति नयाँ वर्ष पनि उही त हो, अलिकता धड्कन लिएर जान्छ, मुटुको अलिकति सास लिएर जान्छ, फोक्सोको मिर्गौलाको जाली च्यातेर जान्छ, अलिकति अनि कलेजो डढाएर जान्छ, अलिकति म चोइटिएर बसिरहन्छु विवश एउटा वर्ष आइरहन्छ, अर्को वर्ष गइरहन्छ । हजार चोटहरूले मूर्छित छ मेरो चेतना अनन्त रेखामा समयको सुरू कता, सीमा कता यस निस्पट्ट ओढारमा, कुन हो कोसेढुङ्गा ? कुन आज, कुन हिजो, कुन भोलि ? यही बेहोसीमा म टोलाइरहेको छु एउटा वर्ष आइरहन्छ,

मेरा बा र म

छुट्टै अस्तित्वको गर्व मडारिन्छ घरिघरि           उनको रगत नै बग्छ नसाभित्र सँधैभरी आनुवंशिक छापहरू बोकेको छु जिउभरी उनकै चेतना फैलिन्छ सुवासझैं मनैभरी । ताते गराई हामीलाई सहारा हाम्रै चाहनु प्राण दिई सन्तानलाई काखमा आँखा चिम्लिनु दुःख झेली खुशी दिनु र फेरि केही सुख चाहनु नियतिको पाङ्ग्रा यस्तो घुम्नु अनि घुमिर‘नु । धूमिल स्मृतिमा छन् अनेक पल स्नेहसिक्त केही त लागेको थियो होला कि उहाँलाई तिक्त कति पल डुबे होलान् विस्मृति पोखरीभित्र फेरि पनि त ताजै छ भावना स्मृति चित्र । सधैं छाया सधैं माया भाका फरक परे पनि खोज्ने प्रगतिको बाटो बाधा अनेक आए पनि प्रेरणा दिइरहने सधैं साथमा फुर्तिलो बन्ने सन्तानको हाँसो खोज्न आँखा सधैं ओछ्याउने । अतीतको सम्झनामा उहाँको साथ पाउँछु भोलिका यात्रामा फेरि आशिर्वादको साथ हुन्छु सँगै कहाँ रहियो र उहाँ उता गएपछि भेट होला फेरि म नै यताबाट हिँडेपछि । ShareTweet0 Shares

मुढो र बुढो

झरी परिरहन्छ, मुढो भिजिरहन्छ ।स्मृति बर्सिरन्छ, बुढो रुझिरहन्छ । मुढो बिरूवा छँदा, वर्षा खुशी दिन्थ्योपानी भिज्थ्यो जरामा पातमा पोष लाग्थ्योआशा जस्तै युवाकोकल्पना जस्तै बैंसकोसपना जस्तै जोबनकोरगत बनेर पानीभरोसा साँचिहरन्थ्यो । अहिले अतीत झस्काइरहन्छपक्डेर कलेजोमा कतै, मुटुुमा चिमोटिरहन्छबासी कल्पना आउँछन् आँखाअघिमरेका सपना नाच्छन् आँखाअघिअधमरा प्रतिज्ञा रुन्छन् आँखाअघिस्मृति बर्सिरहन्छ आँखामार, बुढो भिजिरहन्छ ।र, बुढो मक्किइरहन्छ । पुछिएर जान्छ मलहमचोट बसिरहन्छपात्र पुग्छ नेपथ्यमासम्झना बसिरहन्छबलियो बनाउने सम्बन्धहरूचुँडिन्छ र मन निर्बल हुन्छउत्साह दिने भावनापरास्त हुन्छ र शोक दिन्छकहिले गर्वले ढाक्छ छातीकहिले पराजयको भुमरी चल्छनसानसामा पश्चात्ताप बगिरहन्छपलपलमा इतिहास रोइरहन्छजीवनन्तता उड्दै जान्छऐंजेरू झ्याङ्गिरहन्छ ।पानी परिरहन्छ, मुढो भिजिरहन्छ ।स्मृति बर्सिरहन्छ, बुढो रुझिरहन्छ । पभमबचवष्घघण्२नmबष्।िअयm ShareTweet0 Shares

हाम्रा बा

हाम्रा बा कमजोर हुनुहुन्थ्यो तर बलियो देखिनुहुन्थ्यो हाम्रा बा अभरमा हुनुहुन्थ्यो तर भरपर्दो देखिनुहुन्थ्यो हाम्रा बालाई चिन्ताले घेरेको थियो तर निश्चिन्त देखिनुहुन्थ्यो हाम्रा बा अँध्यारो लुकाउनुहुन्थ्यो केवल उज्यालो देखाउनुहुन्थ्यो । आफू बिँडी खानुहुन्थ्यो तर ‘तँ नखा’ भन्नुहुन्थ्यो स्कुल नगएका मेरा बा हामीलाई ‘स्कुल जा’ भन्नुहुन्थ्यो हाम्रा आँखामा हेरेर आफ्ना सपना भुल्नुहुन्थ्यो आफ्ना सारा दुःखहरू हाम्रो हाँसोले मेट्नुहुन्थ्यो । क ख चिनाउनु भो एक दुई गनाउनु भो एउटा सानो कोदालो खोज्नु भो र, बारी खन्न लगाउनु भो खोस्न सिकाउनु भएन चोर्न सिकाउनु भएन संसारमा यस्तै छ भनेर ढुक्न सिकाउनु भएन झुक्न सिकाउनु भएन । घाँस र झ्यास चिन्न सिकाउनु भो काठ र कुकाठ चिन्न सिकाउनु भो मान्छे सबै एकै हुँदैनन् सायद यसैगरी बताउनु भो । एक दिन बा अलप हुनु भो हावा, पानी र आकास हुनु भो प्रकाश हुनु भो, पृथ्वी हुनु भो चियामा बिलाएको चिनी हर घुट्कोमा भेटिएजस्तै सुख दुःखका हर घुम्तीमा भेटिइरहने हुनु भो । ShareTweet0 Shares

नेपालः विचित्र चित्र

अग्ला पहाड र होचा मानिसहरू सेता हिमाल र काला मनहरू हरिया डाँडा र सुकेका ओठहरू निर्मल खोला र कलुषित सोचहरू । इतिहासको गाथा र वर्तमानका व्यथाहरू वीरहरूको रगत र काँतर मुटुहरू विशाल भूगोल र संकुचित विचारहरू कर्मशील पाखुरा र याचक आँखाहरू । जाज्वल्य सम्भावना र अँध्यारा दिनहरू तीखो प्रहार र आत्मघाती निशानाहरू महान कर्तव्य र स्वार्थी कर्तुतहरू शानदार पहिरन र निर्वस्त्र प्रस्तुतिहरू । चैतन्य परमात्मा र दुःखी आत्माहरू सुन्दर सृष्टि र यी दुर्गन्धित फूलहरू एक बारको जिन्दगी र हर बार झेलहरू शास्वत मृत्यु र हारिने खेलहरू । ShareTweet0 Shares

कायाकल्प

तिमी आकाशमा थियौ मैले केवल आकाश हेरें तिमी अलप भयौ आकाशबाट अनि मैले संसार देखें । तिमी अलप हुनु र मैले संसार देख्नु निराशाको त्यो सुरुङ र मैले प्रकाश भेट्नु त्यो निमेषको कुरा थिएन त्यो पलको कुरा थिएन त्यो वर्षको कुरा थिएन त्यो एउटा जुनीको कुरा थियो त्यो सिङ्गो जिन्दगीको सबाल थियो । तिमी अलप हुँदा म मरेझैं थिएँ संयोगले बाँचे र यो संसार भेटें । अहिले पो डर लाग्छ त्यो चोट, त तोड र त्यो वेदना कसरी सहें, कसरी बाँचे, कसरी बौरिएँ म लडेको भए त लडेको लडेकै हुने रहेछु म सडेको भए त सडेको सडेकै हुने रहेछु तिमीलाई प्रेम गरेर अन्धाधुन्ध फूललाई मन पराउन छोडेको रहेछु जूनलाई मन पराउन छोडेको रहेछु चराहरूको चञ्चल नजर मैले नजरअन्दाज गरेको रहेछु सुम्पेर सारा जिन्दगी तिमीलाई आफैंलाई हेला गर्न थालेको रहेछु तिमीलाई मात्र हेरेर संसारको सौन्दर्यबाट विमुख भएको रहेछु । कायाकल्पपछि म नयाँ जीवन बाँचिरहेछु बिना आलम्ब प्रेमको अजस्र धारा बगिरहेछु जिन्दगीका हरेक आयाम बाँचेर भरपूर यो धराको सौन्दर्य र सुवास पाइरहेछु । ShareTweet0 Shares

चोटहरूका लागि धन्यवाद

सधैंझैं मैले आज मेरो मुटुमा हात लगें खाटा बसेको पाप्रो फेरि चलाउन खोजें सानो खत छोडेर, घाउ निको भएछ त्यो चोटले खै कसरी, प्रेम साहित्यलाई चुनौती दिएछ । हातमा घाउको पाप्रो लिएर म सोचिरहेछु तिमी भविष्यद्रष्टा रहिछ्यौ म निष्ठुरी रहेछु म निष्ठुरी नभए कसरी निको भो ? दुनियाँले असाध्य मानेको  बिछोडको त्यो घाउ ? म निर्दयी पनि रहेछु नत्र कसरी गाड्न सक्थें ? आफ्ने मुटुमा चिहान खनेर तिमीलाई ! तिमीले वेलैमा नखसालेको भए कल्पनाको उडानबाट म कति माथि पुगेर खसालिन्थें होला कति चोट खान्थें होला, कति दुःख भोग्थें होला  तिमीले नदिएको भए बिछोडिनुको पीडा म कसबाट पाउने थिएँ होला ? एक पल्ट नखाएको भए धोका जिन्दगीमा सायद जिन्दगीभर खाइरहन्थे होला । कसरी बुझ्थे होला म दुखान्त प्रेम साहित्य फिलिम, नाटक र अरूका आँखाहरू मुना मदन पढ्दा रून नसक्ने म भावनाको गरिब हुन्थें होला । जिन्दगीका अनेक रङहरू चिन्न नसकेर म ‘कलर ब्लाइन्ड’ हुन्थें होला । अब मनमा कुनै रोष छैन, दुःख छैन, पिर छैन बरू साधुवाद छ, ती साना चोटहरूका लागि ! पीडाहरूमार्फत मेरो जिन्दगीको पूर्णताको लागि ! ShareTweet0 Shares

अब म भेट्दिन

जिन्दगीको फेदतिर भावनाको मुहान फुट्दा अनि त्यही मौकामा हामी आपसमा भेट हुँदा हरेक कल्पना पवित्र लाग्थे हरेक सपना सुन्दर हुन्थे कामना नै सही वासना नै सही स्वार्थ नै सही प्रेममा मुछिएका ती भावना कति निर्मल लाग्थे ! कति कोमल लाग्थे ! कति पवित्र लाग्थे ! समयको हावाले उडाएको तिम्रो ओज सांसारिक बाध्यताले घटाएको तिम्रो तेज अहँ, मलाई कुनै हालतमा स्वीकार छैन समयको चक्रले यतिका चक्कर काटिसकेपछि मलाई मेरो भाग्यले यति धेरै ढाँटिसकेपछि रहलपहल जिन्दगीको यो ढल्दो साँझमा अब मलाई फेरि कहिले तिमी भेट्नु छैन । मेरो नाक बिमार भए पनि अझै महसुस गरिरहन्छ त्यो सुवास मेरो आँखा मलिन भए पनि अझै हुन्छ मलाई त्यो ज्योतिको आभास मलाई मेरो घाम उस्तै चम्किलो मन पर्छ मलाई मेरो जून उस्तै पूर्ण मन पर्छ । जम्काभेटबाट जोगिनु तिमी पनि मेरो हृदयको तस्बिर मलाई किमार्थ बदल्नु छैन मलाई तिमी गलेको हेर्नु छैन मलाई तिमी ढलेको हेर्नु छैन । तिमी गल्दै गए पनि मलाई शक्ति दिइरहनू तिमी दोधारमा रहे पनि मलाई बाटो देखाइरहनू तिमी बाँच्नू प्रकाशमा र मलाई पनि बाँडिरहनू सुख निस्संकोच भोग गर्नु र उदासीमा सम्झिरहनू दुःखमा साथ दिने मेरो बाचा यसैगरी पूरा गर्नू । ShareTweet0 Shares

चिया र कविता

म तिमीलाई सुन्न चाहन्थे म तिमीलाई सुनाउन चाहन्थे म तिमीलाई भेट्न चाहन्थे म तिमीलाई हेर्न चाहन्थे मलाई पछि थाहा भो म तिमीलाई मन पराउँथे । तिमी तर्किन खोज्यौ तिमी छलिन खोज्यौ तिमी अलमलिन खोज्यौ मैले तिम्रो बाध्यता ठानें पछि मात्र मलाई थाहा भो तिमी मलाई मन पराउन्नथ्यौ । हर बिम्बलाई आँखीझ्याल ठान्ने यस उमेरमा कहिले पर क्षितिजमा आफैं अस्ताइरहेको देख्छु कहिले पर क्षितिजमा आफैं उदाइरहेको सोच्छु बादलका टुक्राहरूमा म कतै कपाल देख्छु, कत‍ै आँखा देख्छु त्यतै अलिकति ठाउँ निधारका लागि छुट्याउँछु र गालाको खोजी गर्छु । तिमीलाई पनि थाहा नदिइकन म तिमीलाई नै सम्झिइरहन्छु । कसैलाई कत्ति पनि चोट नपुर्‌याइकन म आफ्नो दिमागको दुरूपयोग गर्छु । मलाई अझै सम्झिरहेछ भनेर दुःख पनि नमान्नू मलाई अझै सम्झिरहेछ भनेर हर्ष पनि नमान्नू सिर्जनाका अनन्त विकल्पमा खेलिरहेको प्रकृतिले सायद हामी अलग्गिनु नै उचित ठान्यो तिमीले मेरो लागि एक कप चिया बनाउनुभन्दा मैले तिम्रो सम्झनामा  एउटा कविता लेख्नु राम्रो मान्यो । ShareTweet0 Shares

जारी छ है, जारी छ

बा र काकाहरूको दन्तबजान जारी छ । ठुलदाइहरूको अलमल र ढुलमुल जारी छ । विवेक र संयमको मात्र अलिकति कमी त हो छोरा र भतिजाहरूको मेलमिलाप जात्रा जारी छ । आशलाग्दाहरूको अकर्मण्यता जारी छ । भरपर्दाहरूको निर्लज्जता जारी छ । आँट र अठोटको मात्र अलिकति कमी हो । मपाईंत्वको व्याख्यान जारी छ । दिदीहरूको गीत र गर्जन जारी छ । भाइहरूको भाषण र भजन जारी छ । गम्भीरताको अलिकति अभाव मात्र हो । जनहितको बाचा जारी छ । सत्ताको रङ्गमा नरङ्गिनुको कुण्ठा जारी छ । त्यो रङ्ग भङ्ग हुनुको ऐंठन जारी छ । नैतिकता बोधको अलिकता अभाव भएको मात्र हो । स्वर्णिम अतीतको गाथा जारी छ । अनुचरहरूको पालन पोषण जारी छ । तिनको भड्किलो प्रदर्शन जारी छ । अलिकति सभ्यताको अभाव मात्र हो । एकताको महिमा गायन जारी छ । षडयन्त्रका अनन्त श्रृंखला जारी छ । कपटपूर्ण कृत्यको सिलसिला जारी छ । विश्वसनीयताको अलिकति अभाव मात्र हो । कतै नाटक जारी छ, कतै नौटङ्की जारी छ । हुक्केहरूको गुलामी जारी छ । बैठकेहरूको खासखुस जारी छ । पारदर्शिताको अलिकति अभाव मात्र हो । ओठे प्रतिबद्धताको वर्षा जारी छ । विरोधी पार्टीसँगको गठबन्धन जारी छ । यन्त्रणा दिनेसँगको मन्त्रणा जारी छ । कथनी र करनी अलि नमिलेको मात्र हो ।