त्यो ताँती, यो पङ्क्ति

मुटु गाउँमा छोडेर सहर आएकाहरू, अहिले गाउँ फर्कंदैछन् काम र माम बन्द भएपछि सहरमा, पुरानो टुङ्गोमा फर्कंदैछन् बाटो बन्द भएर हण्डर खाएका छन्, चक्रव्युहका अभिमन्यु जस्तै हरेक दिन अनन्त दुःखका, नयाँ श्रृंखला भोगिरहेका छन् । विना विश्राम र आराम अनवरत अघि बढिरहेका छन् हजारौं कोसको यात्रा पैदल नै पूरा गरेका छन् कसले भन्छ खाना चाहिन्छ बाँच्नका लागि बस् भावनाको शक्तिनै पर्याप्त ठानिरहेका छन् । सहर सधैं झैं निष्ठुर छ र बस् आदेश फर्माइरहेको छ सहर सधैं झैं क्रुर छ र कठोर लाठी बर्साइरहेको छ सहर सधैं झैं लोभी छ र केवल बहाना खोजिरहेछ सहर सधैं झैं स्वार्थी छ र ढोका बन्द गरिसकेको छ । यो वैभव यति गरिब होला जस्तो लागेको थिएन यो संस्कृति यति नीच होला जस्तो लागेको थिएन यो सभ्यताको इतिहास तिम्रो भोक देखेर लज्जित भएको छ यो वर्तमानको बाचा तिम्रो पीर देखेर खण्डित भएको छ । तिम्रो नाङ्गो खुट्टाको घाउ छातीभित्र दुखिरहेछ मेरो तिम्रो असीम दुःख आँखामा बगिरेहेको छ मेरो यात्राको त्यो ताँतीलाई बस् पङ्कति बनाइरहेको छु म विवश बन्दी बनेको छु, यसरी अभिशप्त छु म । जाऊ आफ्नो गन्तव्यमा सुरक्षित पुग्न सक साथी आफ्ना लालाबालासँग भावना साट्न सक साथी कठोर जिन्दगीका भोगाइबाट नसिक क्रुरताको पाठ दुनियाँलाई मानवताको निकै खाँचो रैछ साथी । ShareTweet0 Shares

कहरबिच नयाँ वर्ष

आज सूर्य उदाएको छ निस्तेज, चन्द्रमा बिना मोहिनी हेरिरहेछ धरा निष्प्राण झैं चुप छ, आकाश रित्तो लागिरहेछ बसन्तले रङ पखालेको छ, बसुन्धराको यस पटक समय निकै फरक बनेर आएको छ । चैतको यो शीतल हावामा कामुकता हैन, भय छ कोइलीको निष्कपट सोधाइमा कुतूहल हैन, विरह छ रुखका हरेक हाँगामा मुना ओइलाएको छ यस पटक भयको बादलमुनि सिर्जना त्रस्त भएको छ । मौसम तात्दै गए पनि मुटु अझै चिसो नै छ दिन लामो भए पनि समय छोटो लागेको छ सुवास र सौरभ गुमाएका छन्, फूलहरूले यस पटक फेरिइन् प्रकृति कि, मेरो चेतना बदलिएको छ ? हरेक ध्वनिमा हाहाकार सुन्न अभ्यस्त भएको छ, कान घडीको हर टिकटिकले समय सकिएको जनाउ दिएको छ सुसेलीहरू सुस्केरामा बदलिएका छन् यस पटक अनायास ओठबाट गीत खोसिएको छ । विज्ञानको बाकसबाट निस्केको विष हो कि मदहोश मस्तीमाथि युगले दिएको सास्ती हो कि प्रकृतिको दया क्रुरतामा बदलिएको छ यस पटक विष बनेर अमृत जीवनमा घोलिएको छ । बन्द गरेर आफैंलाई ढोकाभित्र र बाँधेर गोडाहरू सबैको साथ छोडेर अनि लिएर विचलित मनहरू एउटा अर्थहीन यात्रामा निस्कनु परिरहेको छ यस पटक जीवनको उद्देश्य बाँच्नुमा सीमित भएको छ । आशिर्वादहरू शब्दहीन भएका छन् शुभकामनाहरू अर्थहीन भएका छन् फेरि पनि आशाको दियो बलिरहेको छ हुरीको बिरुवा जस्तै काँपेर हरेक आई.सी.यु.मा, आइसोलेसनमा र

कविता: मेरो काठमाडौं

साँघुरो गल्ली र अँध्यारा घरहरु संकीर्ण सोच र संकुचित मनहरु जहाँ मानिस चाउरिएर मरिच बन्छ जब धरती खुम्चिन्छ, अनि काठमाडौं बन्छ । चिसो हावा र ठिहिर्‌याउँदो पानी खुराफाती दिमाग र अविश्वासी मन जहाँ संवेदना चिसिएर निष्प्राण बन्छ जब धरती चिसिन्छ, अनि काठमाडौं बन्छ । आशाको दियो र निराशाको हुरी तीतो यथार्थ अनि असरल्ल सपना जहाँ सुन्दर भविष्य केवल चिहान बन्छ जब जिन्दगी निसासिन्छ, अनि काठमाडौं बन्छ । चोरिएका मुस्कान र चिरिएका मुटु लुटिएका सपना र थुतिएको हाँसो जहाँ उत्साह हरपल पराजित हुन्छ जब सत्य हार्छ, अनि काठमाडौं बन्छ । झल्कन्छ कतै र टल्कन्छ कतै पोतिएर चिल्लो, सुन्दर छ कतै जहाँ कृत्रिमता घसेर कुरूपता चम्कन्छ जब धरती बिग्रन्छ, अनि काठमाडौं बन्छ । कुटिल दृष्टि र लोभी नजर स्वार्थी सम्बन्ध, कृतघ्न व्यवहार रक्ताम्य खुकुरी, उम्मुक्तिको उद्‍घोष जब सभ्यता खिइन्छ, अनि काठमाडौं बन्छ । ShareTweet0 Shares

कविता: योद्धाको वाण

किसानबाट बाँस मागेर चर्मकारसँग ताँदो मागेर विश्वकर्मासँग ज्यावल मागेर योद्धाले वाण बनायो बलियो, तीक्ष्ण र अचूक । कहिले कुनै द्रोणाचार्य खोजेर कहिले आफैं एकलव्य बनेर कहिले चूकबाट सिकेर योद्धाले निशानेबाजी जान्यो बलियो, तीक्ष्ण र अचूक । एक बिहान घाम झुल्कनुअघि चरा जाग्नुअघि, दुनियाँ उठ्नुअघि पुरानै दिन बिहान बनेर जन्मनुअघि योद्धाले वाण हान्यो बलियो, तीक्ष्ण र अचूक । वाणको सरसराहटले चराहरु जागे पहेंलिएको घाम मुस्कुराउँदै झुल्क्यो गाउँलेहरु जागे, जागेकाले जगाए र हेरे, लक्ष्यभेदी वेगिलो वाण बलियो, तीक्ष्ण र अचूक । शक्तिका धरोहरहरु ढले सत्ताका कुर्सीहरु लडे दुर्भेद्य किल्लाहरु भेदन गरेर बढ्दै गयो अघि त्यो वाण बलियो, तीक्ष्ण र अचूक । एकाएक वाण दरबारको बगैंचामा पस्यो अनि एउटा पोथ्रामा अल्झियो खै कसरी निस्तेज बनेर एउटा स्याउसँगै खस्यो त्यो वाण बलियो, तीक्ष्ण र अचूक । कहाँ छन् ती बाँस दिने किसानहरु के गर्दैछन् ताँदो दिने चर्मकार अनि खै विश्वकर्मा र द्रोणाचार्यहरु स्याउ खाँदैछ योद्धा वाण सिरानी हालेर बलियो, तीक्ष्ण र अचूक । (युद्धप्रसाद मिश्रको १११ औं जन्मजयन्तीको अवसरमा रचित)   Share14Tweet14 Shares

एक रातः एक जिन्दगी (कविता)

रात परेको छ, अब सुत्नु छ । थाकेका कोषहरुलाई आराम दिनु छ, मनका पीडाहरुलाई मलहम दिनु छ, आत्मका कुण्ठाहरुलाई निकास दिनु छ, फेरि अर्को भोलिको सामना गर्नु छ, अब सुत्नु छ । शिशिरका सिरेटोले हिउँ बनेको छ, ओछ्यान, जाडोले थर्थर कामेर बसिरहेको छ, सिरक तातो खोजेर मैले जानु छ, फेरि त्यतै, यस्तै बिडम्बनाबाट जीवनको निकास खोज्नु छ, अब सुत्नु छ । ब्यापारमा चल्छ रे संसार, लेनदेनमा चल्छ रे जीवन, म पहिला ओछ्यान तलाउँला, अनि मलाई ओछ्यानले तताउला, कहिले कोल्टे फेर्दाफेर्दै निदाउँछु, कहिले घुँडा खुम्च्याएर तातो जोगाउँछु, कहिले तातो सापटी लिन्छु आगोसँग, यस्तै जोगाड गरेर निद्राको स्वागत गर्छु । –––––––– अब ‘हिउँ’ पनि मुलायम भुवा बनेको छ, थकान हटेर कोषमा, केही जोश चढेको छ, पीडा खात लागेको छ, खाटा बनेर कतै, र, मन निकै फूर्तिलो भएको छ । घाँटीमा तातो सासले सेकिरहेछ, आफ्नै मुटुछेउ अर्को मुटु चलिरहेछ, अँगालोभित्र को कहाँ छ के थाहा ? एउटाभित्र अर्को कतै बिलाइरहेछ । सम्झदैं न्यानो लाग्ने प्रेम, कल्पदैं पारिलो लाग्ने सम्बन्ध सोच्दै रसिलो लाग्ने माया भन्दै गर्विलो लाग्ने अपनत्व । ––––––– यस्तैमा टिर्र… घण्टी बज्छ कहीँ, र सपना विपना बनेर फुट्छ, चिम्सा आँखाले हेर्छु बाहिर समयले मलाई बोलाइरहेछ । र, भनिरहेछ आवाजविहीन भाषामा ‘ऊ, हेर ! उज्यालो भयो, अब तिम्रो सुत्ने समय गयो ।’ अहिले