कोरोना भाइरसको सन्त्रास बढिरहेको अहिलेको समयमा फोक्सो फेरि मेरो मनसचर्चाको ज्वलन्त विषय भएको छ । यस अघि आएका स्वाइन फ्लु, बर्ड फ्लू, सार्स, मार्स जस्तै कोरोना भाइरसले नोक्सान पार्ने मुख्य अङ्ग फोक्सो नै रहेछ । उसो त सबै खाले रूघाखोकीदेखि न्यूमोनिया, ब्रोङ्काइटिस, क्षयरोग र दमले पनि त्यतै घर बनाइरहेका थिए । हामीले पनि धुमपान गरेर त्यहीँ चोट पुर्याइरहेका थियौं । कोरोना भाइरसको त आक्रमणको पहिलो केन्द्र नै त्यहीं रहेछ । हामीलाई प्राणवायु दिएर जीवित राख्ने फोक्सोमा नै कोरोना संक्रमणले हानि पुर्याउने रहेछ । यो महामारीको पृष्ठभूमिमा म मनमनै मेरो फोक्सोलाई छाम्छु । यो अलि कमजोर छ । सानामा न्युमोनियाले हिर्काएर हो, युवामा चिसोले कठ्याङ्ग्रिएर हो वा समयमै यसमा परेका असरका संकेतलाई बुझी उपचार नगरेर हो, यो सबुत रहेको छैन । अरूले सास लिन सक्ने हावामा पनि यो निस्सासिन्छ । समय समयमा डाक्टरलाई देखाएर र नियमित औषधि लिएर मैले यसबाटै काम चलाइराखेको छु । यो कमजोर भएकाले आफ्नै अन्तप्रेरणाले काम गर्न सक्दैन । यसलाई बाहिरबाट प्रेरणा चाहिन्छ । आज धेरै देशले सीमित सार्वभौमसत्ताको अभ्यास गरिरहेका छन् र बाह्य प्रेरणाले काम गरिरहेका छन् भन्ने सुनेको छु । मेरो फोक्सोले पनि त्यस्तै सीमित सार्वभौमसत्ताको अभ्यास गरेको छ । अलिअलि आफैं सास फेर्छ । अलिअलि बाहिरी प्रभाव पारेर बलजफ्ती सास फेराउनु पर्छ । कहिलेकाहीं
Category: Literature
सत्यवतीको छुटेको रेल
लकडाउनको समयमा म महाभारत टेलिभिजन श्रृंखला हेर्दैछु । छोरा देवव्रतलाई लिएर पत्नी गङ्गा स्वर्ग फर्केपछि शान्तनु एक्लै हुन्छन् । यसैबीचमा गङ्गाले युवा र शिक्षादीक्षा प्राप्त गरेका देवव्रत शान्तनुलाई फर्काउँछिन् तर आफू पूर्ववत् शान्तनुको पत्नी भएर बस्न अस्वीकार गर्छिन् । छोरा देवव्रत प्राप्त भए पनि शान्तनुकी रानी भने हुन्नन् । शान्तनुले देवव्रतलाई युवराज समेत घोषित गर्छन् । यसैबीचमा एक दिन सिकार खेल्न जाँदा एक जना सुन्दरी नाविक युवतीसँग शान्तनुको भेट हुन्छ । उनी सत्यवती हुन्छिन् । परासर ऋषिसँगको संसर्गपछि शरीरबाट माछाको गन्धको ठाउँमा एक योजनसम्म सुगन्ध फैलाउने ती युवतीले अधवैंशे एक्ला राजालाई मोहित पार्छिन् । राजा शान्तनु लामो हिचकिचाहटपछि सत्यवतीलाई विवाहको प्रस्ताव राख्छन् । तर ती युवती आफ्नो विवाहको निर्णय गर्ने जिम्मा आफ्नो बुवासँग रहेको भनेर निर्णय दिनबाट पन्छिन्छिन् । राजा सुन्दरीको बुवा दासराजको घरमा जान्छन् । तर राजा आफ्नी छोरीको छोरा राजा हुनुपर्ने सर्त राख्छन् । हुनेवाला ससुराको कुरा सुनेर राजा शान्तनुको सातो उड्छ । जेठी पत्नी गङ्गातर्फ लक्का जवान छोरा भएका र तिनलाई युवराज पनि घोषित गरिसकिएको अवस्थामा अब विवाह हुने रानीबाट जन्मने बच्चोलाई राजा बनाउने सर्तमा विवाह गर्नु उचित थिएन । उनी त्यहाँबाट फनक्क फर्कन्छन् अनि सिकार क्याम्पमा झोक्राएर उनको दिन बित्न थाल्छ । आफ्नो बाबुको चिन्ताको कारण पत्ता लगाउन देवव्रतलाई सकस नै पर्यो । तर बाबु शान्तनुको
अविजित मृत्यु, अजेय मान्छे
कोरोना भाइरसबाट मानिसमा लाग्ने कोभिड-१९ नाम दिइएको रोगका कारण अहिले विश्व संत्रस्त छ । वैशाख ३ गते बिहान यो ब्लग लेखिरहँदा १९,९७,९०६ संक्रमित भएका छन् जसमध्ये १,२६,६०० को मृत्यु भइसकेको छ । ४,७८,५५७ भने निको भएर घर फर्केका छन् । यसरी हेर्दा १३,९२,७४९ जना अहिले कोभिड-१९ सँग जीवनमृत्युको युद्ध लडिरहेका छन् । विश्वभर संक्रमण फैलँदो छ, मृतकको संख्या बढिरहेको छ । यसको खोप र विश्वसनीय उपचार पत्ता लागेको छैन । खोप पत्ता नलगाई यस रोगलाई रोक्न नसकिने कुरा विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । स्वास्थ्य उपकरणको अभाव भएको कारण आवश्यक चिकित्सकीय सेवा पुर्याउन सकिएको छैन । सरुवा रोग भएकाले यसलाई फैलन नदिन लकडाउनको नीति करिब विश्वभर अवलम्बन गरिएको छ । कोभिड-१९ को कारक रहेको भाइरसको उत्पत्तिको कारण जे भए पनि, निदान जसरी र जहिले पत्ता लागे पनि यसले अहिले सारा दुनियाँलाई मृत्युको भयबाट संत्रस्त पारिरहेको छ । जन्मपछि मृत्यु अनिवार्य छ । तर यही मृत्युको डर हरेक जीवको लागि सबैभन्दा ठुलो डर देखिएको छ । मनिसको जीवनमा पनि यही सत्य हुनुपर्छ । त्यसैले त हिंसा सबैभन्दा ठुलो अपराध हो, मृत्यु दण्ड सबैभन्दा ठुलो दण्ड । बोध विक्रम अधिकारीले सम्पादन गरेका दन्त्यकथाहरू सम्झन खोज्छु । पात्रको नाम र कथानकको श्रृंखला त बिर्सेछु तर केही मूल प्रवृत्ति सम्झन्छु । राजकुमारहरू वीर र
गुर्जोको लहरा
‘केदार सर, तपाईंलाई गुर्जोको लहरो बारे थाहा छ ?’ दुर्गा परियारले फोन गर्नु भयो । उहाँ मेरो कक्षासाथी विष्णु परियारकी पत्नी हुनुहुन्छ । कपडासम्बन्धी व्यवसाय छ । संविधान सभाको एक कार्यकाल समानुपातिकतर्फबाट संविधानसभा सदस्य पनि हुनुहुन्थो । हाम्रो सम्बन्धचाहिँ छिमेकीको रूपमा छ । यसो गर्दा मैले बढी औपचारिक पनि हुनु परेन । हुन पनि उदयपुरमा हाम्रो घर नजिक नै थियो। जडिबुटीमै बस्नुभएको हुनाले अहिले पनि भेट भइरहन्छ, कोठामा आउजाउ पनि छ । यस वाक्यलाई त भूतकालमा पो लेख्नुपर्थ्यो होला । लकडाउनको कारण अहिले त के भेटघाट हुनु ? के आउजाउ हुनु ? यो संवाद चैं म्यासेन्जरको भ्वाइसकलमार्फत भएको थियो । ‘छैन त, गाउँतिरै यसो सुनेकोसम्म हो ।’ हुन त मलाई गुर्जोको लहरोका बारेमा थाहै नभएको होइन । गुर्जोलाई हिन्दीमा गिलोय भनिदो रहेछ र गुडुची पनि यसको नाम रहेछ भन्ने मलाई केही समय पहिला थाहा भएको थियो । त्यसैले आयुर्वेदिक औषधि पसलेलाई ‘कोरोनाको औषधि दिनुस् न’ भन्दा उसले यही सुझाएको थियो र गुडुचीको दुई बट्टा आयुर्वेदिक औषधि पसलबाट दुई पटकगरी किनेर ल्याएको थिएँ । कोरोना भाइरसको महामारीपछि यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने भनी चर्चा पनि भएको थियो । र, त्यो सपरिवार खाँदै थियौं । ‘गुर्जो त कोरोना भाइरसबाट हुने संक्रमण रोक्नका लागि निकै फाइदाजनक छ नि ! पुष्कर खरेलजीको घरमा त्यसको
लकडाउन डायरी
चैत १० गते बिहान अफिस गएँ । कोरोना भाइरसको डरले करिब ४/५ दिनदेखि सार्वजनिक यातायात चढ्न छोडेको थिएँ । छोराको क्याम्पस छुट्टी भएकाले म स्कुटीमै अफिस गएको थिएँ । अफिसमा उति चहलपहल थिएन । आवश्यक सेवामा नपरेको कार्यालय हुनाले ग्राहकको उपस्थिति थिएन । कर्मचारीहरू आफ्नो कोठामा खुम्चिएर रहेका थिए । न कामको चाप थियो, न काम गर्ने मुड । मैले केही पुराना डकुमेन्ट अध्यावधिक गर्न खोजें । केही ड्राफ्ट परिमार्जनको काम पनि थियो । मनमा अनेक कुरा खेलाउनुभन्दा काममा लाग्नु राम्रो भनेर म व्यस्त हुन खोज्दै थिएँ । यत्तिकैमा विदेशबाट नेपाल आइपुगेकी एक किशोरीमा कोरोना संक्रमणको पुष्टि भएको खबर आयो । मन चिसो भयो । नेपालमा पनि कोरोना आउँछ भन्ने थाहा त थियो र त्यो तथ्य महसुस भएको थिएन । थाहा हुनु र महसुस हुनुमा यही त फरक छ ! अपराह्न मौसम बदली भयो । चैतको महिना भए पनि बदली र झार्रझुर्र पानीले मौसम चिसै थियो । त्यो दिनको बदलीले त मनै अँध्यारो बनायो । मलाई अफिस बस्नै मन लागेन । सिनियर सरलाई एक्टेन्सन नम्बरमा फोन गरें । उहाँ एकछिनको लागि बाहिर जानु भएको रहेछ । फोन उठाउने साथीसँग अलि चाँडै घर जाने फैसला सुनाएर म झोला प्याक गर्न थालें । घरमा बस्दा चाहिन्छ भनेर अरू बेला अफिसमा छोड्ने गरेको
मेरो ब्लग: मेरा पाठक
2074 सालको चैतमा नेपाल राष्ट्र बैंकको जागिरबाट अवकाश पाएपछि नयाँ जीवनशैलीको खोजीमा लागें । बिहान 5-6 तिर उठ्ने, 8:30-9:00 भित्र खाना खाइसक्ने, अफिसबाट बेलुका 6-7 तिर फर्कने र 9-10 मा सुत्ने दैनिकीमा परिवर्तन आवश्यक थियो । अब दिउँसोको समय पूरै खाली थियो । समय कटाउनका लागि काम थिएन, गफ गर्ने संगत पनि छुटेको थियो ।नयाँ कामको खोजीमा लाग्ने सुर थिएन । यही अवस्थामा मैले केही लेख्न र ब्लगमा राख्न सुरु गरेको थिएँ । पहिला गुगलको एप्लिकेसनमा ब्लग राख्थे । त्यसपछि वर्ड एक्सप्रेसमा ब्लग राख्ने व्यवस्था छोराको सहयोगमा मिलाएँ । यसो गरेको करिब एक वर्ष भयो होला । यी एक वर्षमा मैले 45 वटा ब्लग राखेछु, कुनै नयाँ, कुनै पुराना गरेर । आफूले जानेका विषयवस्तु, साहित्यिक रचना, आत्मसंस्मरण, टीकाटिप्पणी यसका विषयवस्तु हुन् ! यसैले यो ब्लग खिचडी बनेको छ । यसमा मैले पस्किन सक्ने सबै छ । चौतारीमा गरिने गफको पनि त कुन खास विषय हुन्छ र ? जे मनमा आयो त्यही, जे मुड चल्यो त्यही ! यसरी मैले ब्लगलाई डिजिटल चौतारीको रुपमा लिएँ र गफ गर्ने थलो बनाएँ । यसले ब्लगको स्वादमा फरकपन ल्याउला अलि रुचिकर नै होला भन्ने विश्वास लिएको छु । यसमा म भन्न सक्छु, यहाँहरु पढ्न र प्रतिक्रिया दिन सक्नुहुन्छ । समय र स्थानको कारण टाढा रहेका
तडकभडक किन चाहिन्छ हामीलाई ?
नेपालको सार्वजनिक, सामाजिक र व्यक्तिगत जीवनलाई तडकभडकले गाँजेको छ । सरकारी बजेट महँगा विलासी मोटर, अनुत्पादक भ्रमण, देखावटी असारे विकास जस्ता काममा खर्च भइरहेको छ ।समाजमा पनि हुनेखानेले बिहेव्रतबन्धमा पैसाको खोलो बगाइरहेका छन् । पास्नी र न्वारानले पनि विस्तारै आफ्नो रौनक बढाउँदैछ । जन्मदिन मनाउने संस्कृतिले रुप फेरेर उधुम भएको छ । खासै यात्रा गर्नु नपर्ने भए पनि मोटर प्रतिष्ठाका लागि चाहिएको छ । घर अरुको भन्दा ठुलो नभई भएको छैन । सबैभन्दा ठुलो, सबैभन्दा राम्रो, सबैभन्दा महँगो । यही हाम्रो मूलमन्त्र भएको छ । हुनेखानेहरुको देखासिखीमा मध्यम वर्ग कुद्न खोजिरहेको छ । यी गतिविधिहरुका कारण निम्न वर्गमा अघोर निराशा उत्पन्न भएको छ । हुनेले खर्च गर्नु ठिकै पनि होला तर आर्थिक र सामाजिक व्यवस्थामा विचलन आउनु त राम्रो होइन । हाम्रो समाजमा भने यस्तै छुचुन्द्रे दौडका ‘कारण जगत के हो र जीवन के हो’ भन्ने प्रश्न निरुत्तर बनेका छन् । नेपालको अर्थतन्त्र, आम नेपाली जनताको जीवनस्तर, नेपालमा उपलब्ध आर्थिक तथा सामाजिक पूर्वाधार (सडक, यातायात, बिजुली, टेलिफोन, शिक्षा, स्वास्थ्य, बैंक, बीमा आदि) को उपलब्धताको हिसाबले हेर्ने हो भने अहिले नेपालमा देखिने तडकभडक हाम्रो क्षमताभन्दा माथिको हो । यसमा खर्च हुने साधनस्रोतलाई थप औचित्यपूर्ण प्रयोजनमा उपयोग गर्नु आवश्यक छ । यो देशको आवश्यकता हो । तर खर्चको यो क्रम रोकिएको छैन
कविता: योद्धाको वाण
किसानबाट बाँस मागेर चर्मकारसँग ताँदो मागेर विश्वकर्मासँग ज्यावल मागेर योद्धाले वाण बनायो बलियो, तीक्ष्ण र अचूक । कहिले कुनै द्रोणाचार्य खोजेर कहिले आफैं एकलव्य बनेर कहिले चूकबाट सिकेर योद्धाले निशानेबाजी जान्यो बलियो, तीक्ष्ण र अचूक । एक बिहान घाम झुल्कनुअघि चरा जाग्नुअघि, दुनियाँ उठ्नुअघि पुरानै दिन बिहान बनेर जन्मनुअघि योद्धाले वाण हान्यो बलियो, तीक्ष्ण र अचूक । वाणको सरसराहटले चराहरु जागे पहेंलिएको घाम मुस्कुराउँदै झुल्क्यो गाउँलेहरु जागे, जागेकाले जगाए र हेरे, लक्ष्यभेदी वेगिलो वाण बलियो, तीक्ष्ण र अचूक । शक्तिका धरोहरहरु ढले सत्ताका कुर्सीहरु लडे दुर्भेद्य किल्लाहरु भेदन गरेर बढ्दै गयो अघि त्यो वाण बलियो, तीक्ष्ण र अचूक । एकाएक वाण दरबारको बगैंचामा पस्यो अनि एउटा पोथ्रामा अल्झियो खै कसरी निस्तेज बनेर एउटा स्याउसँगै खस्यो त्यो वाण बलियो, तीक्ष्ण र अचूक । कहाँ छन् ती बाँस दिने किसानहरु के गर्दैछन् ताँदो दिने चर्मकार अनि खै विश्वकर्मा र द्रोणाचार्यहरु स्याउ खाँदैछ योद्धा वाण सिरानी हालेर बलियो, तीक्ष्ण र अचूक । (युद्धप्रसाद मिश्रको १११ औं जन्मजयन्तीको अवसरमा रचित) Share14Tweet14 Shares
एक रातः एक जिन्दगी (कविता)
रात परेको छ, अब सुत्नु छ । थाकेका कोषहरुलाई आराम दिनु छ, मनका पीडाहरुलाई मलहम दिनु छ, आत्मका कुण्ठाहरुलाई निकास दिनु छ, फेरि अर्को भोलिको सामना गर्नु छ, अब सुत्नु छ । शिशिरका सिरेटोले हिउँ बनेको छ, ओछ्यान, जाडोले थर्थर कामेर बसिरहेको छ, सिरक तातो खोजेर मैले जानु छ, फेरि त्यतै, यस्तै बिडम्बनाबाट जीवनको निकास खोज्नु छ, अब सुत्नु छ । ब्यापारमा चल्छ रे संसार, लेनदेनमा चल्छ रे जीवन, म पहिला ओछ्यान तलाउँला, अनि मलाई ओछ्यानले तताउला, कहिले कोल्टे फेर्दाफेर्दै निदाउँछु, कहिले घुँडा खुम्च्याएर तातो जोगाउँछु, कहिले तातो सापटी लिन्छु आगोसँग, यस्तै जोगाड गरेर निद्राको स्वागत गर्छु । –––––––– अब ‘हिउँ’ पनि मुलायम भुवा बनेको छ, थकान हटेर कोषमा, केही जोश चढेको छ, पीडा खात लागेको छ, खाटा बनेर कतै, र, मन निकै फूर्तिलो भएको छ । घाँटीमा तातो सासले सेकिरहेछ, आफ्नै मुटुछेउ अर्को मुटु चलिरहेछ, अँगालोभित्र को कहाँ छ के थाहा ? एउटाभित्र अर्को कतै बिलाइरहेछ । सम्झदैं न्यानो लाग्ने प्रेम, कल्पदैं पारिलो लाग्ने सम्बन्ध सोच्दै रसिलो लाग्ने माया भन्दै गर्विलो लाग्ने अपनत्व । ––––––– यस्तैमा टिर्र… घण्टी बज्छ कहीँ, र सपना विपना बनेर फुट्छ, चिम्सा आँखाले हेर्छु बाहिर समयले मलाई बोलाइरहेछ । र, भनिरहेछ आवाजविहीन भाषामा ‘ऊ, हेर ! उज्यालो भयो, अब तिम्रो सुत्ने समय गयो ।’ अहिले
नेपाल महाभोज
केही वर्ष पहिला दक्षिण कोरिया जाँदा मैले एउटा पदावली सुनेको थिएँ, ‘कोरिया इन्कर्पोरेसन’ । अर्थात, कोरिया कम्पनी । विकासको एक चरणमा कोरिया देश नै एउटा कम्पनीको रुपमा परिणत भएको थियो । त्यो समग्र देश एउटा आर्थिक अवयवको रुपमा कार्यरत थियो । त्यो देश आर्थिक विकास, उत्पादन वृद्धि, निकासी वृद्धि, पूर्वाधारको विकास जस्ता काममा एकोहोरो भएर लागेको थियो । उसका आर्थिक बाहेक अरु एजेन्डा वा कार्यभार नभए जस्तै थियो । देश भए पनि यसको राजनैतिक चासो कम थियो । सामसुङ, हुन्डाइ, एलजी, लोट्टे, किया जस्ता कम्पनीको विकास र विस्तारमा मुलुककै चासो थियो । कोरियनहरु जापानको औपनिवेशिक थिचोमिचो, दोस्रो विश्वयुद्धको परिणतिस्वरुप भएको विभाजनको पीडा र दुई कोरिया बीचको युद्धको घाउलाई बिर्सेर नयाँ शिराबाट देशको विकास गर्न लागेका थिए । र ती प्रयासको सकारात्मक उपलब्धि पनि हासिल भएको थियो । साह्रै कम समयमा र सारा संसारलाई आश्चर्यमा पार्ने गरी कोरिया विश्वको गरिब देशबाट विकसित र धनी मुलुकमा रुपान्तरित भएको थियो । शायद यसै अवस्थालाई जनाउने पदावली थियो, ‘कोरिया इन्कर्पोरेसन’ । नेपालको लागि यस्तै नाम के होला ? कोरियाबाट फर्केपछि मैले आफैलाई सोधें । मेरो मनमा यस सम्बन्धमा लामो समयदेखि खुलदुली भइरहेको थियो । हामीले अहिले जे गर्दैछौं त्यसका लागि कुन नाम राम्रो होला ? कुन विशेषण उपयुक्त होला ? मन दशतिर सोचिरहेको थियो
