(देवकोटाको जन्मजयन्ती सन्दर्भ) दिन र रात, जाडो र गर्मी, हिउँद र वर्षा गरी समयको पाँग्रा घुम्दै जान्छ । यसरी घुमेको समयको पाँग्रा दसैंमा आइपुग्छ, तिहारमा आइपुग्छ र आइपुग्छ अरु चाडपर्व र सन्र्भहरुमा । यस्तै समयक्रमले सालिन्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६—२०१६) को जन्मजयन्ती पनि आउँछ । हरेक वर्ष लक्ष्मीपूजाको दिन मनाइने देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा देवकोटालाई पढेकाले फेरि पढ्छन्, देवकोटालाई सुनेकाले फेरि सुन्छन्, देवकोटाबारे लेखेकाले फेरि लेख्छन्, बोलेकाले फेरि बोल्छन् । भर्खर चेतना खुलेका किशोरहरुले पनि देवकोटाको व्यक्तित्व र कृतित्वको विराटस्वरुपको आभास पाउँछन् । देवकोटा नेपाली जनमनमा फेरि एकपटक आँधी, बिजुली र बाढी बनेर पस्छन् अनि नेपाली जनमानसलाई देवकोटामय बनाएर जान्छन् । घरमा अहोरात्र ट्युसन पढाउने देवकोटा परिवारका लागि सुनको फुल पार्ने कुखुरी थिए । उनले अहिले पनि पुस्तकको रोयल्टी कमाइरहेका छन । तर उनको घर मृत्योपरान्त उनको नामको देवकोटा संग्राहलयमा रुपान्तरित हुन सकेन । जहानियाँ शासनका विरुद्ध जन्मन लागेको नेपाली क्रान्तिको सुडेनी बन्न उनी वनारस गए । वनारसमा चारआनामा चारवटाका दरले कविता बेचे, चना खाएर गुजारा गरे । साहित्य अनुरागीका लागि उनी कविता लेख्ने मेसिन थिए । चुरोट कोसेलीमा कविता लेखेर उनले आफ्ना कैयौ आशामुखीहरुलाई सन्तुष्ट पारे । राजा महेन्द्रले उनलाई मन्त्री बनाए, करिब तीन महिना । घरमा बसेर पनि व्यवहारिक हुन नसक्नु, क्रान्तिका लागि घरबार त्यागे पनि क्रान्तिकारी नमानिनु, सत्तामा पुगे पनि शासकको कोपभाजन हुनु, प्रतिभासम्पन्न भए पनि पागल ठानिनु उनका
Category: Literature
अवकाशप्राप्त जीवनको घोषणापत्र
सोह्र वर्षको उमेरबाट सुरु भएको मेरो जागिर–यात्रा २०७४ को चैतबाट पूर्ण भएको छ । मैले नेपाल राष्ट्र बैंकको सेवाबाट अनिवार्य अवकाश पाएको छु । नेपाल राष्ट्र बैंकमा २०४४ सालको चैतमा प्रवेश गरेको थिएँ र ३० वर्से सेवा अवधि पूरा गरी अवकाश पाएँ । राष्ट्र बैंकमा प्रवेश गर्नुअघि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा सहलेखापाल थिएँ । त्योभन्दा अघि विभिन्न आफ्नै गाउँ वरिपरिका तीन र रसुवाको एक गरी चारवटा विद्यालयमा थोरैथोरै समय पढाएको थिएँ । मैले अवकाशको लागि आफूलाई केही समयअघिबाट नै तयार गरिरहेको थिएँ । तर जागिरको अन्त्यमा तीस वर्षे सेवा अवधिको आधारमा हुने अनिवार्य अवकाशको प्रावधान खारेज हुने हल्ला व्यापक भयो । तीस वर्षे सेवा अवधि हट्ने हल्ला चले पनि नेपालको तरल राजनैतिक अवस्था र प्रशासनिक संयन्त्रले यति विवादास्पद विषयमा तात्विक निर्णय गर्न सक्ला जस्तो मलाई लागेको थिएन । फेरि, जागिरको समय बढ्नु मेरो लागि चाहिँ कति राम्रो हो भन्ने पनि दोधार नै थियो । मैले अफिसबाट पाउने सुविधा यही समयमा अवकाश लिँदा पनि पाउँथे । अब थप अवधि जागिर खाएर पाउने बढुवा पनि अवकाशको सुविधामा नै पाउँथे । जागिरमा रहँदा थप लाभ त हुन्थ्यो, विदेश जान पाउँथे, तलब भत्ता नै पनि पेन्सनभन्दा त बढी हुन्थ्यो । तर जागिर खानु जति राम्रो कुरा हो, उपयुक्त अवसरमा अवकाश लिनु पनि उत्तिनै महत्वपूर्ण
नेपाल महाभोज
केही वर्ष पहिला दक्षिण कोरिया जाँदा मैले एउटा पदावली सुनेको थिएँ, ‘कोरिया इन्कर्पोरेसन’ । अर्थात, कोरिया कम्पनी । विकासको एक चरणमा कोरिया देश नै एउटा कम्पनीको रुपमा परिणत भएको थियो । त्यो समग्र देश एउटा आर्थिक अवयवको रुपमा कार्यरत थियो । त्यो देश आर्थिक विकास, उत्पादन वृद्धि, निकासी वृद्धि, पूर्वाधारको विकास जस्ता काममा एकोहोरो भएर लागेको थियो । उसका आर्थिक बाहेक अरु एजेन्डा वा कार्यभार नभए जस्तै थियो । देश भए पनि यसको राजनैतिक चासो कम थियो । सामसुङ, हुन्डाइ, एलजी, लोट्टे, किया जस्ता कम्पनीको विकास र विस्तारमा मुलुककै चासो थियो । कोरियनहरु जापानको औपनिवेशिक थिचोमिचो, दोस्रो विश्वयुद्धको परिणतिस्वरुप भएको विभाजनको पीडा र दुई कोरिया बीचको युद्धको घाउलाई बिर्सेर नयाँ शिराबाट देशको विकास गर्न लागेका थिए । र ती प्रयासको सकारात्मक उपलब्धि पनि हासिल भएको थियो । साह्रै कम समयमा र सारा संसारलाई आश्चर्यमा पार्ने गरी कोरिया विश्वको गरिब देशबाट विकसित र धनी मुलुकमा रुपान्तरित भएको थियो । शायद यसै अवस्थालाई जनाउने पदावली थियो, ‘कोरिया इन्कर्पोरेसन’ । नेपालको लागि यस्तै नाम के होला ? कोरियाबाट फर्केपछि मैले आफैलाई सोधें । मेरो मनमा यस सम्बन्धमा लामो समयदेखि खुलदुली भइरहेको थियो । हामीले अहिले जे गर्दैछौं त्यसका लागि कुन नाम राम्रो होला ? कुन विशेषण उपयुक्त होला ? मन दशतिर सोचिरहेको थियो
मेरो नयाँ ठेगाना
समय परिवर्तन हुँदै जाँदो रहेछ । प्रविधिमा परिमार्जन भइरहँदो रहेछ । मान्छेले पनि आफ्ना गतिविधि बढाउँदै रहेछ । बढाउन नसकेमा परिवर्तन गर्दोरहेछ । समय, प्रविधि र मानिसका गतिविधिसँगै उसका ठेगाना पनि परिवर्तन हुँदै जाँदा रहेछन् । ठेगानाका स्वरुपमा पनि परिवर्तन हुँदो रहेछ । मैले पनि आज नयाँ डिजिटल ठेगाना पाएको छु । अनि त्यसैको सन्दर्भमा लेखिरहेको छु । मानिसको बसोबास गर्ने घरद्वार भएको ठेगाना उसको स्थायी ठेगाना । मानिस गतिशील प्राणी हो । आफ्नो घरमा बसेर सधैं जीवन नधानिएला, विकास र प्रगति नहोला । त्यसैले कुनै प्रयोजनका लागि घरबाट टाढा गएर केही समयका लागि बसोबास गर्न थाले सो स्थान अस्थायी ठेगाना । मानिसको गतिलाई आत्मसात गर्दै सूचना प्रविधिले नयाँ ठेगानाको आविष्कार गरेको छ, डिजिटल ठेगाना । सधैं सधैं आफूसँग रहिरहने डिजिटल ठेगाना । यस ठेगानामा मानिस जहाँ पुगे पनि सम्पर्क हुनसक्ने । यो ठेगानाबाट जहिले पनि सम्पर्क गर्न सकिने । डिजिटल ठेगाना भएपछि कतै नभुलिने, कतै नछुटिने । अहिले त झन् स्मार्टफोनको जमाना छ । यो ठेगाना सधैं आफूले बोकेर हिड्न सकिने ।यसअघि मसँग इमेल ठेगानाहरु मात्र थिए, डिजिटल ठेगानाको नाममा । एउटा जिमेलमा आफूले खोलेको, अर्को म काम गर्ने संस्थाले म र संस्था दुवैका सजिलाका लागि खोलिदिएको । जिमेलमा व्यक्तिगत सूचना र खबर आदानप्रदान हुन्छन् । अफिसको मेलमा अफिस
युधिष्ठिर नै राजा किन ?
महाभारतका कथा छिटपुट रुपमा हामीले बालककालदेखि नै सुन्दै आएका हौं । यस कथाका अंश तथा उपकथाहरुमध्ये युधिष्ठिरलाई हस्तिनापुरको राजा नबनाएर धृतराष्ट्रले अन्याय गरेको, छलपूर्वक जुवा खेलाई इन्दप्रस्थ कब्जा गरेको, बनबासबाट फर्केपछि इन्द्रप्रस्थ फिर्ता नगरेको, राज्यको साटो सातगाउँ माग्दा पनि नदिएको र उनीहरुलाई परास्त गर्न विभिन्न षडयन्त्र गरेको कथा निकै स्मरणीय छ । महाभारतको युद्धको कारक तत्व नै यही नै भएको सोचाइ पाइन्छ पनि । आफ्ना भाञ्जालाई उत्तराधिकार दिलाउने शकुनी र भान्दाइ (फूपूका छोरा) लाई उत्तराधिकार दिलाउने कृष्णका बीचको प्रतिस्पर्धामा कहिले को अघि र कहिले को अघि हुँदै जाँदा महाभारतको युद्ध भएको हो । महाभारतका घटनाक्रमलाई विश्लेषण गर्दा युधिष्ठिर हस्तिनापुरको राजा हुनु त्यति युक्तिसंगत देखिंदैन । यस निष्कर्षमा पुग्नु अघि यस सम्बन्धी विवरण हामी तल केही घटनाक्रमका बारेमा जानकारी लिऔं । राजा शान्तनुले गंगासँग विवाह गरे र उनबाट देवव्रत छोरा भए । आफ्नो शर्त भङ्ग भएको कारण गंगा छोराका साथ स्वर्गमा फिर्ता गइन् र छोरालाई शिक्षादीक्षा पूरा गराई पछि शान्तनुकहाँ पठाइन् । गंगा फिर्ता भएपछि शान्तनुले सत्यवतीसँग विवाह गरे र उनबाट चित्राङ्गद र विचित्रवीर्य नामका छोरा जन्मिए । देवव्रत राजा नहुने र बिहे नगर्ने भीष्मप्रतीज्ञा गरेर भीष्मका रुपमा परिचित भइसकेका थिए त्यसैले शान्तनुको मृत्युपछि चित्राङ्गद राजा भए र एउटा समान्य युद्धमा मारिए । त्यसपछि उनका भाइ विचित्रवीर्य राजा भए । उनको
पराजित अपराजिता
आज सोह्र गते । संधैभन्दा पाँच मिनट अघि कार्यालय पुग्न म हतारिन्छु । आज हाम्रो शाखामा भीड हुन्छ, पेन्सन लिनेको भीड । निजामती, शिक्षक, प्रहरी र सेनामा लामो समय काम गरी सेवा निवृत्त भएका कर्मचारी र तिनका आश्रित परिवार पेन्सन लिन दश नबज्दै कार्यालयमा आइसकेका हुन्छन् । तीमध्ये धेरै अशक्त, बूढा र रोगी हुन्छन् । थर्थराएका हातगोडा, लर्वराएको जिब्रो र धमिलिएका आंँखा लिएर ती ग्राहकहरु भीडमा धेरवेर सल्बलाउन नपरोस् भनी आवश्यक व्यवस्था मिलाउन म कोशिस गर्छु । समयको खोलाले पाखा लगाएका तिनलाई भरसक सुविधा उपलब्ध गराउन बुढौतीदेखि डराइरहेको मेरो मन मलाई बारम्बार ताकेता गरिरहन्छ । यिनको कुनै समयमा नाम थियो, पद थियो, शक्ति थियो, प्रतिष्ठा थियो । तर आज यी पेन्सन पट्टाको एउटा नम्बर बनेका छन् । र म यी नम्बरलाई मानिसको पहिचान र मान दिन प्रयत्नशील रहन्छु । यसरी पेन्सनपट्टाको नम्बरमा आफूलाई रुपान्तरण गर्न बाध्य हुनेको समूहमा अब युवतीहरुले पनि प्रवेश पाएका छन् । देशमा रहेको दश वर्षे ‘जनयुद्ध’मा पति गुमाएका सेना र प्रहरीका कलिला पत्नीहरु कोही एक्लै, कोही नानी च्यापेर र कोही नानीलाई स्कूल पठाएर पेन्सन लिन आइपुग्छन् । सरिता एउटी यस्तै पेन्सनहोल्डर हो । पेन्सन बाड्ने दिन ऊ आउछे । लाम लाग्छे र पेन्सन लैजान्छे । पेन्सन भने पनि यो पेन्सन होइन । उसको पति सिपाही राजकुमार कार्कीले खाइपाइ आएको तलव रकम हो । राजकुमार कार्की ‘जनयुद्ध’मा मारिए
रनभुल्ल
राजेशले आफ्नो घरवरिपरी आँखा दौडायो । घरमुनि रोपेको कलमी आँपको बोट हिउँदको जाडोमा कक्रेर बसेको थियो । केरा र बाँसका झाँङमा बास बस्न आउने चराहरु चिरबिर गर्दैथिए । घाँस झारेर नाङ्गा बनाइएका कुटमिरो र काभ्राका रुखहरु वसन्तको प्रतीक्षामा थिए । डाँडाको फेदमा रहेको माथिल्लो तला होचो भएको टाँडे घरको धुरीबाट धुवाँ पुतपुताइरहेको थियो । पालीमा रहेको खोरमा कुखुराहरु पस्न खोजिरहेका थिए । घर वरपर नयाँ परिवर्तन केही थिएन । उसले झोला दलानको खाटमा राख्यो । देशमा लोकतन्त्रको बहाली र गणतन्त्रको स्थापना जस्ता ठूला परिवर्तन भए पनि आफ्नो घर भने जस्ताको तस्तै पाउँदा उ विस्मित भयो । “ए, तँ आइपुगिस् बाबु । अनि यस पटक त आउने बेलामा फोन पनि गरिनस् त ।” आमाले यसो भन्दै गर्दा ऊ आमाको खुट्टामा झुकिसकेको थियो । “हिड्ने बेलामा त्यस्तै भयो । बाटामा गरुँ भनको फोनै लागेन ।” उसले स्पष्टीकरण दियो । लडाकु वर्गीकरणमा अयोग्य ठहरिएपछि ऊ निराश भएको थियो । पार्टीका नेता र कमान्डरहरुबाट उसले आश्वासन, आँट र हौसला पाएको थियो तर उसको चिसिएको मन तात्न सकेको थिएन । जागिरका लागि यो उत्सर्ग गरिएको थिएन भन्ने कुरा मनमा ल्याएर आफ्नो चित्त बुझाउन खोज्दा पनि उसको मन मानिरहेको थिएन । उसका साथीहरु एउटा जागिर खाएर ढुक्कको जीवन बिताउने फिराकमा लागेका थिए । सेनामा जानु नै
