“चोर….. चोर…. चोर….” यो आवाज सुनेर घरको बार्दलीमा आएर हेर्दा नेपाल सरको घरसँग जोडिएको खाली जग्गामा मानिस जम्मा भइसकेका थिए । हेर्दाहेर्दै त्यहाँ छिमेकीहरूको भीड नै लाग्यो । म पनि त्यतै लागें । “हेर्नुस् न ! यो त मेरो घरको कम्पाउन्डमा पसिसकेको थियो । पानी तान्ने मोटर चोर्न आएको होला ।” नेपाल सरले भने । भीडको बीचमा एउटा केटो घोसेमुन्टो लगाएर उभिइरहेको थियो । “हैन, के भएको यस्तो ? समसाँझै चोरी लाग्न थाल्यो हाम्रो टोलमा ।” कसैले भन्यो । हुलमुलको फाइदा लिएर एकदुई जानाले त्यो केटोमाथि हात हाल्न शुरू गरेका थिए । एनजिओमा काम गर्ने बाबुरामले कानून हातमा लिनुहुँदैन भनेर रोके । “त्यसै चोर नभन्नु न ! म चोर हैन ।” कुटपिटबाट जोगिएपछि उसमा केही साहस आएजस्तो थियो । “अनि मेरो कम्पाउन्डबाट हाम फालेको हैन तँले ?” नेपाल सर कड्किनु भयो । “गल्लीको कुकुरले टोक्न खोजेर पो त्यहाँ चढेको थिएँ त ! त्यसै आरोप लगाउनु हुन्छ ! मान्छे हेर्नु न ! पल्लो टोलमा बस्छु । स्नो ह्वाइट कलेजबाट प्लस टु गरेको छु । विदेश जान खोजेको नमिलेर पो यहीं अड्किरहेको छु । तपाईंहरू त्यसै…” मानिसहरूले ऊतिर ध्यान दिए । भेस्ट, पाइन्ट र जुत्ता त राम्रो लाएको रहेछ । अनुहार हेर्दा पनि खातापिता परिवारको जस्तो देखिन्थ्यो । बोली पनि त राम्रो
Month: September 2024
दूरदर्शी विकास
“पिच त सक्दिन हजुर ! दाम नै साह्रै कम राखेको छु । ग्राभेल चैं मै हालिदिन्छु । बिहानै झललल घाम लाग्छ । पानीको योजना आउँदैछ । बिजुलीको पोल पनि गाडिदिन्छु । जग्गा बिक्दै जान्छ, विकास हुँदै जान्छ । रिङरोड पुगेपछि जता जान पनि बस पाइहालिन्छ । रिङरोडबाट दुई किलोमिटर भित्रको यस्तो राम्रो जग्गा आनाको बाइस लाखमा अरू कहाँ पाइन्छ ? हैन त, हजुर ?” मोहनदाइले यसै भनेर सिर्जना टोलका प्लटिङका धेरैजसो घडेरी बेचिसकेका थिए । जग्गा किनेर मानिसले बिस्तारै घर बनाउन थाले । जग्गा नबिकुन्जेल मोहन दाइले अलिअलि ग्राभेल झार्दै थिए । दुई तिहाइ जति घडेरी बिकेपछि मोहन दाइले वास्ता गर्न छोडे । टोलवासीको गुनासो र चुनौती चाम्रा मोहनदाइले सजिलै झेले । “मैले जति गर्नु गरें, अब नगरपालिकामा जानुपर्छ । बरु म पनि सँगै जान्छु ।” मोहन दाइ तर्किए । टोलबासीको ध्यान अब मोहन दाइकोबाट हटेर वडा अध्यक्षतिर सोझियो । “यो नगरपालिका भए पनि धेरै सधानस्रोत भएको नगरपालिका हैन । गाउँ जस्तो छ, कर उठाउने ठाउँ छैन । अब तपाईंहरू नगरपालिकामा बजेट ल्याउन प्रयास गर्नुहुन्छ भने म पनि सहयोग गरुँला, कसलाई भेट्नुपर्छ भेटौला । म पनि सँगै जान्छु बरु । तपाईंहरूकै भोटले म चुनिएको छु । तपाईंहरूको कुरामा म नाइँनास्ति गर्दिन । लु भन्नुस् म के गरौं ।” वडाध्यक्षले साह्रै
मेरा बा र म
छुट्टै अस्तित्वको गर्व मडारिन्छ घरिघरि उनको रगत नै बग्छ नसाभित्र सँधैभरी आनुवंशिक छापहरू बोकेको छु जिउभरी उनकै चेतना फैलिन्छ सुवासझैं मनैभरी । ताते गराई हामीलाई सहारा हाम्रै चाहनु प्राण दिई सन्तानलाई काखमा आँखा चिम्लिनु दुःख झेली खुशी दिनु र फेरि केही सुख चाहनु नियतिको पाङ्ग्रा यस्तो घुम्नु अनि घुमिर‘नु । धूमिल स्मृतिमा छन् अनेक पल स्नेहसिक्त केही त लागेको थियो होला कि उहाँलाई तिक्त कति पल डुबे होलान् विस्मृति पोखरीभित्र फेरि पनि त ताजै छ भावना स्मृति चित्र । सधैं छाया सधैं माया भाका फरक परे पनि खोज्ने प्रगतिको बाटो बाधा अनेक आए पनि प्रेरणा दिइरहने सधैं साथमा फुर्तिलो बन्ने सन्तानको हाँसो खोज्न आँखा सधैं ओछ्याउने । अतीतको सम्झनामा उहाँको साथ पाउँछु भोलिका यात्रामा फेरि आशिर्वादको साथ हुन्छु सँगै कहाँ रहियो र उहाँ उता गएपछि भेट होला फेरि म नै यताबाट हिँडेपछि । ShareTweet0 Shares
