कामका लागि विदेश जानु, उता कमाउनु, नेपाल पठाउनु र परिवार चलाउनु अहिलेको नेपालको मुख्य आर्थिक प्रवृत्ति भइसकेको छ। यसरी काममा जाँदा नेपालीहरूले पैसा कमाएका मात्र छैनन्, अनेकन दुःख, झन्झट, पीडा र अपमानको सामना गरेका छन्। ज्यान सलामत नेपाल आइपुगे भाग्य मान्नु परेको छ। केही विदेशको मोह, केही आफ्नै बाध्यताले वैध मात्र हैन अवैध यात्रा, बसोबास र कामकाजमा नेपालीहरू संलग्न भइरहेका छन्। यसै क्रममा लुकीछिपी अमेरिका पुगेका केही नेपाली पुगेकै दिनबाट कैदमा बसी निष्कासनमा परी भरखरै नेपाल आइपुगे।सुनौला सपनाको फुको खरानी टेक्दै उनीहरू नेपाल आइपुगेका थिए। ती प्रकारान्तरले मानव बेचबिखनका पीडित थिए।ती मानव बेचबिखनको कसूरबाट पीडित नेपाली नागरिकको पीडाको कारक तत्त्व पत्ता लगाउन नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले विमानस्थमा नै एउटा टिम पठाएको रहेछ। तर कुनै पीडितले पनि आफूलाई विदेश पठउने एजेन्टको नाम भन्न चाहेनछन्, कुनै दुःखको कुरा पनि गरेनछन्।उजरी दर्ता गर्न पछि आउँछौं भनेर विदा भई उनीहरू आफ्नो सामान बोकेर बाहिरिएछन्। बाहिर ‘तपाईंहरूको फोटो खिच्न मानिस बसेका छन्, यो बोरामा जरूरी र महत्त्वपूर्ण सामान छैन भने यो बोरा नलैजानुस्’ भनेर सुझाव दिँदा पनि पुरानो लुगा र टिस्युपेपर भएको बोरा बोकेरै बाहिर निस्केछन्। तर पछि पनि उनीहरू कुनै निकायमा उजुरीका लागि गएनछन्। सरकारवादी फौजदारी अभियोगमा पीडितलाई सरकारबाट धेरै सहयोग र सुरक्षा हुन्छ। पीडितले जाहेरी र अदालतमा बयान गरे पुग्छ। कसूरको
