‘अब यसपटक त मलाई प्रधानमन्त्री दिनुपर्छ सभापतिज्यू ।’ – अध्यक्षले बोलिहाले । सभापतिलाई अरू कसैलाई प्रधानमन्त्री दिन मन हुने कुरै थिएन । भरखर ठुलो लगानी लगाएर संसदीय दलको नेताको चुनाव जितिएको थियो । कतिलाई मन्त्री बनाउँछु भनेर भोट हाल्न लगाइएको छ, कतिलाई नोटको खाम थमाएर भोट हाल्न लगाइएको छ । तिनलाई मन्त्री पनि बनाउनु पर्यो, बाँडिएको खामबाट पुगेको क्षतिको पुर्ताल पनि गर्नुपर्यो । चुनावमा गरेको बाचा पनि त पूरा गर्नु पर्यो । प्रधानमन्त्री हुनेलाई भोट हाल्नु, हेलिकप्टर चढेर आउन सक्नेलाई भोट हाल्नु भनेर उनले पनि भोट मागेकी छन् । अहिले त बिर्सिसकें तर आफूले पनि त केही भने हुँला, चुनाव प्रचार गर्न गएको थिएँ । कसरी छोड्नु प्रधानमन्त्री ? ‘मने चुनावमा जानुअघिकै सल्लाह थियो, चुनावपछि म प्रधानमन्त्री बन्ने भन्ने ।’ – यो शून्यता अध्यक्षलाई मन परेको थिएन । उनले सहमति लिन बल गरे । ‘पार्टीमा छलफल गर्नुपर्छ ।’ – साह्रै थोरै बोल्ने सभापतिले यति बोले । ‘पार्टी’मा छलफल पनि भएको थियो । पार्टी अर्थात् पार्टनर, पार्टनर आर्थात लाइफ पार्टनर । राजीतिक संगठन त दल हो । संविधानले नै दल भनेको छ । दल मतलब दलदल । केटाहरू मिलेर फसाउन मात्र खोज्छन् । ‘बूढानीलकण्ठको घर मर्मत हुँदैछ । प्रधानमन्त्री छोडेर बस्न कहाँ जाने ? भाडाको घरमा ? बरू अर्को अढाइ वर्ष
Month: December 2022
दीक्षान्तको रन्कोः पुल्चोकको फन्को
हिजो (२०७९ मंसिर २३ गते) त्रिभुवन विश्वविद्यालयको अठचालिसौं दीक्षान्त समारोह सम्पन्न भयो । हाम्रो कान्छो छोरा आकृत आचार्यको दीक्षित हुने पालो पनि यसैपल्ट परेको थियो । यो जमानामा कोही स्नातक हुनु ठुलो कुरा त रहेन, तैपनि आफ्नो काखमा हुर्केको सन्तान दीक्षित हुँदा बाउआमाको मनमा गौरवको अनुभूति त भैहाल्छ नै ! त्रिभुवन विश्वविद्यालयले त फगत् एउटा विद्यार्थी दीक्षित भएको ठान्ला, बाउआमाको मनमा त एउटा सन्तानले कामचलाउ शिक्षा प्राप्त गर्यो, तन्नेरी भयो, गरिखाने बाटो बनायो, एउटा सपना साकार भयो भन्ने पनि लाग्छ । हामी पनि गएका थियौं, छोराको खुशीमा रमाउन, आफैं पनि खुशी हुन । दिनभर पुल्चोकको घाम तापेर फर्कियौं । दीक्षान्त समारोह प्राज्ञिक जगतको लागि सबभन्दा गरिमामय कार्यक्रम हो जस्तो लाग्छ मलाई । अझ, यो एउटा शैक्षिक चाड हो । यस समारोहमा भाग लिन थुप्रै युवाहरू आएका हुन्छन् । गाउन लगाइरहेका, स्कार्फ मिलाइरहेका, टोपी उडाइरहेका, फोटो खिचाइरहेका, साथीहरूसँग हाँस्दै गफिइरहेका युवाहरूले पुल्चोक परिसर भरिएको हुन्छ । अलि पछि अध्ययन गर्ने मौका पाएका प्रौढहरू पनि युवा जोशका साथ त्यहाँ हुन्छन् । सानो बच्चा च्यापेर पनि दीक्षान्त समारोहमा आएको देख्छु । उपलब्ध र अनुकूल भएसम्म आफ्ना अभिभावक र आफन्त पनि ल्याएका हुन्छन् । हामी पनि त गएका थियौं । हरेकको आँखा बोलिरहेको हुन्छ, मुहार खुलिरहेको हुन्छ । यो जोश र यो खुशीले सबैको
