श्री माध्यमिक विद्यालय, छिन्द्रङखोला, बर्रेमा आयोजित पुरस्कार वितरण कार्यक्रममा मन्तव्य राख्ने क्रममा यस समाजका कार्यसमिति सदस्य श्री सूर्यबहादुर के.सी.ले विद्यालयको सरसफाइ र रङरोगन कार्यका लागि रु. १०,०००/- प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । विद्यालयको भित्तामा मेटिन लागेका नबुझिने सामग्री रहेकोले ती हटाउनु उपयुक्त देखी उहाँले यो प्रस्ताव राख्नुभएको थियो । सोही बमोजिम श्री के.सी.ले रु. १०,०००/- विद्यालयका प्रधानाध्यापक श्री नेत्र बहादुर तामाङलाई हस्तान्तरण गर्नुभयो। आवश्यक सरसफाइ र रङरोगन गरी यस समाजलाई जानकारी दिने प्रतिबद्धता विद्यालयतर्फबाट व्यक्त भएको छ।

