मेरा तीन स्वर्ण पदकः प्रसंग २

विराटनगरमै काम गर्दै थिएँ (राष्ट्र बैंकमा काम गर्ने कुरा र भा.रु. सटहीका बारेमा त पहिलो प्रसंगमा लेखिसकेको छु) । तिहारको छुट्टी थियो । लक्ष्मीपूजाको दिन थियो जस्तो लाग्छ । विराटनगरको गुदरी बजारमा मानिसको भीड सानो थिएन । म मोटरसाइकल मेनरोडतिरै छोडेर किनमेल गर्दै थिएँ ।“नमस्कार सर ।” भीडतिर नै हेरिरहेको वेला भीडबाट यो आवाज आयो । आवाजतिर आँखा दिएँ । नमस्कार गर्ने मानिस मैले चिने जस्तो नलागेको हुनाले मैले त्यसमा ध्यान पनि दिनुपरेन । आफ्नो दृष्टि समेटें र म पसलतिर नै अलमलिएँ । भीडलाई छिचोल्दै ती नमस्कार गर्ने मानिस मेरो छेउमा आइपुगेछन् । मलाई कोट्याएर उनले सोधे, “सर, मलाई चिन्नु भएन ?” उनको अनुहार मुस्कुराइरहेको थियो र त्यो मुस्कुराएको अनुहारले मलाई भने थप अप्ठेरोमा पारिरहेको थियो ।“हाम्रो भेट कहाँ भएको थियो ?” म उपायविहीन थिएँ । सोझै चिनिन त कसरी भन्नु र ?“सरकै अफिसमा हो नि ! सर राष्ट्र बैंकमा होइन र ?” उनले चिनेकै रहेछन् ।“हो नि ! तर मैले पो चिन्न सकिन । ” म लाचार थिएँ ।“म भा.रु. साट्न आएको थिएँ ।” उनले केही सुराक दिए । गफ लम्बिने देखिएकाले हामी बजारबाट हटेर यसो एउटा कुनामा उभिएका थियाँै ।“अनि मैले साटिदिएँ त ?” भा.रु. माग्न आउने कतिपयलाई उनीहरुको कामको औचित्य र आवश्यकता प्रमाणित नभएको अवस्थामा भा.रु. दिन