बाको पोस्टमार्टम रिपोर्ट

आजभन्दा उनन्चालिस वर्षअघि बाको देहावसान हुँदा म अठार वर्षको थिएँ । त्यति वेलासम्म घरको सारा जिम्मेवारी बाले नै सम्हालिरहनुभएको थियो । खेतीपाती र गाईवस्तुको कामचाहिँ  उहाँले केही वर्षअघिबाट छोड्नुभएको थियो । किनमेल गर्न लाहान जान पनि छोड्नुभएको थियो । तर घरको रिनधन उहाँकै थाप्लोमा थियो, परिवारको अन्तिम जिम्मेवारी उहाँकै काँधमा थियो । लाहानको कपडा व्यापारीसँग भएको उधारो खातामा पनि उहाँकै नाम थियो होला । उहाँ जति कमजोर हुनुभएको भए पनि हाम्रो लागि उहाँ दरिलो भर हुनुहुन्थ्यो । बालाई गुमाउनु पर्दा  स्वाभाविकरूपमा नै हामी सबै पिरमा थियौं, चिन्तित बन्यौं, रोयौं, करायौं ।  बालाई गुमाएको केही समयपछि हामीले चित्त पनि बुझायौं । “बा पहिलादेखि नै कमजोर हुनुहुन्थ्यो, बुढो हुनुभयो, बिरामी पर्नुभयो, जानुभयो” भन्ने सोच्यौं । आज सम्झन्छु, त्यहाँ चित्त बुझाउने ठाउँ नै रहेनछ, बा बुढो हुनुभएको रहेनछ । आज म करिबकरिब बा स्वर्गवासी हुनुभएको उमेरमा छु र अझै समय छ भनेर सोचिरहेको छु । मेरो के कुरा, म भन्दा बीसपच्चिस वर्ष जेठा मानिसहरू हामी बुढा भएका छैनौ भनेर रेडियो टेलिभिजनमा बोलिरहेका छन् । बाको त के उमेर भएको रहेछ र ! उचित सह्यारबिनाको बाल्यकाल, संघर्षपूर्ण युवावय, कृषिकर्मका कहिले नसकिने परिश्रमले गाँजेको गृहस्थी ! यिनै अप्ठेरा र असजिलाहरूले बालाई असमयमा नै बुढो बनाइदिएको रहेछ । उसो त, सानो बच्चालाई त आफूभन्दा जेठो जति

बलिदानका कथाहरू पढ्दा

बोधकुमार घिमिरेको कथा सङ्ग्रह ‘बलिदानका कथाहरू’ पढें । नातामा दाजु भए पनि मित्रवत् सम्बन्ध भएकाले यो किताब उपहारस्वरूप नै पाएको थिएँ । साहित्य सिर्जनामा लामो समयदेखि तल्लीन रहेका लेखकको यो पहिलो पुस्तकाकार कृति हो । यसका लागि म लेखकलाई बधाई दिन्छु । यस कथा सङ्ग्रहमा एघारवटा कथा छन् । यी कथाहरूले नेपाली समाजको सजीव चित्रण गरेका छन् । जनमानसमा रहेको विश्वास प्रकट गर्ने मिथक पनि यस सङ्ग्रहमा छ । कथानक यी कथाका कथावस्तु मूलतः सामाजिक यथार्थवादमा आधारित छन् । समाजमा भएका र हुनसक्ने घटनाका आधारमा कथानक बुनिएको छ । कल्पनाभन्दा पनि सत्यघटनाको प्रस्तुतिमा कथाकारको जोड रहेको छ । ‘अधुरो चाहना’, ‘अन्तिम दृश्य’, ‘आस्थाको अवसान’ र ‘पल्लो घरको बत्ती’ शीर्षकका कथामा समाजमा माओवादी ‘जनयुद्ध’ क्रियाशील हुँदा त्यसले समाज र व्यक्तिमा त्यसले पारेको असर र प्रभावको विहङ्गम चित्रण रहेको छ । ‘सेतो लुगा’ले एकातिर आफूलाई द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छु भन्ने कथित क्रान्तिकारी व्यक्तिका रूढीग्रस्त मानसिकता र आडम्बर देखाएको छ भने अर्कोतिर सोच होइन बोली मात्र प्रगतिशील भएका कार्यकर्ताको दास मनोविज्ञान पनि उजागर गरेको छ । कथा संग्रहको शीर्षक ‘बलिदानका कथाहरू’ चयन गरेबाट लेखकले यिनै कथाहरूलाई प्राथमिकता दिएको देखिन्छ । ‘उदयचन्द्रको रथ’ र ‘दलमुखी’ मा उदयपुरगढी आसपास प्रचलित मिथकलाई कथाको आकार र स्वरूप प्रदान गरिएको छ । मिथक भए पनि पुस्तान्तरण हुन नसकेर

काजीमानको कायापलट

परिस्थितिले काजीमानलाई फेरि हर्कवीर साहुको आँगनमा पुर्‍यायो । काजीमानका पुर्खाहरू गोरखाबाट आएका हुन् । यिनका पुर्खा पृथ्वीनारायण शाहको फौजमा रहेछन् । अनि त्यो फौजले यहीँ गढी कायम गरेर बस्दा उनका पुर्खा पनि यतै बस्न थालेछन् । पहिला यिनीहरूको खेतीपाती प्रशस्तै थियो । भाइअंश लाग्दै गयो, खेतबारी बाँडिदै गयो, बिक्रीबट्टा हुँदै गयो । समयसँगै कुनै परिवार बलियो हुँदै जान्छ, कुनै परिवार कमजोर बन्दै जान्छ । काजीमानको परिवार कमजोर हुँदै गयो । हर्कवीरको आँगनमा पुग्नुको उद्देश्य पुरानै थियो, सापटी । साउँब्याज समयमा नै तिर्ने आश्वासन । गर्जो टार्नुपर्ने बाध्यता । समयले ठगेको बाहाना । बाइस वर्षको उमेरमा बिहे गरेर बाउसँग छुट्टिएपछि उसले गाउँमा होटल खोल्यो । अंशमा परेको एक कित्ता खेत बेचेर उसले होटल खोलेको थियो । गाउँमा बाटो खुलेको र मानिसको चहलपहल बढेकाले होटल चल्ने उसको आश थियो । बाहिरबाट आउने मानिसले यसो खाना खाजा खान्थे, जान्थे । बासै बस्नेगरी मानिस उति आउँदैनथे । बरू गाउँकै मानिसले उधारो खान्थे । बिस्तारै काजीमान आफू नै होटलको सबभन्दा ठुलो ग्राहक भयो । होटल सुक्दै गयो र बन्द भयो । “होटल चलेन, अब कुखुरा पालन गर्छु ।” काजीमानले नयाँ योजना ल्यायो ।  कुखुराको खोर बन्यो । गाउँपालिकाले कुखुराको खोरमा चाहिने चारो खुवाउने भाँडा लगायतका सामान अनुदान दियो । ज्वाइँले उद्यम गर्छन् भने सहयोग गरौं