कोरोना संक्रमणको प्रभाव सर्वव्यापी छ । यसै क्रममा शिक्षा क्षेत्रमा कोरोनाको प्रभावको बारेमा समेत चर्चा भइरहेको सुन्छु । संक्रमणको त्रासका कारण सबै शिक्षण संस्था बन्द रहेका छन् । शैक्षिक गतिविधि ठप्प प्रायः छ । रेडियो, टेलिभिजन र अनलाइन शिक्षाको नाममा शैक्षिक गतिविधिमा कृत्रिम स्वासप्रश्वास गराइएको छ । परीक्षाहरू स्थगित भएका छन् । ऐतिहासिक महत्व भएको र जनमानसमा ठुलो प्रभाव जमाएको एसईई परीक्षा समेत यसपालि हुन सकेन । लाखौं विद्यार्थी अहिले घरमा बन्दी झैं बसेका छन् । स्कुल, कलेज कहिले खुल्लान् र कसरी खुल्लान् भन्ने खुलदुली कायम छ । शिक्षा सम्बन्धी चर्चा चलिरहँदा मेरो मन भने मैले माध्यमिक शिक्षा लिएको विद्यालयमा पुग्छ । सदरमुकाम गाइघाटमा स्थानान्तरण भएपछि एउटा हुलाक र स्वास्थ्य चौकीलाई छिमेकी बनाएर उदयपुरगढीमा रहेको पञ्चावती माध्यमिक विद्यालयमा मैले माध्यमिक शिक्षा पूरा गरेको थिएँ । मैले दुई प्राथमिक र एक निम्नमाध्यमिक विद्यालयका अतिरिक्त आफूले पढेको यही विद्यालयमा पनि करिब ८-९ महिना पढाउने मौका पनि पाएको थिएँ । लामो समयपछि पोहोर त्यहाँ जाँदा स्कुलको अवस्था अलि खस्केको जस्तो महसुस भयो । यसपालिको बजेटमा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूवार्धार सामग्री सहित विद्यालयको शैक्षिकस्तर सुधारको जिम्मेवारी लिनपर्ने व्यवस्था भएको सन्दर्भमा सामुदायिक स्कुलको अवस्था अलि बिग्रेको नै छ कि जस्तो
Month: June 2020
आत्महत्याः नयाँ परिभाषाको खोजीमा
मानिसको ज्यान जाने कारणहरूमध्ये आत्महत्या पनि एक हो । संसारभर वर्षमा करिब ८ लाखभन्दा बढीले आत्महत्या गर्दा रहेछन् । यसरी हेर्दा हरेक ४० सेकेन्डमा एउटा मानिसले आत्महत्या गर्दो रहेछ । महिलाभन्दा ३.५ गुना बढी पुरूषले आत्महत्या गर्दा रहेछन् । हत्या र युद्धभन्दा बढी मान्छे आत्महत्याबाट मर्दा रहेछन् । नेपालमै पनि लकडाउनको अवधिमा १२०० भन्दा बढी मानिसले आत्महत्या गरेछन् । वर्षमा १-२ करोड मानिसले आत्महत्याको प्रयास गर्दा रहेछन् ।यही जेठ २६ गते अछामको बयलपाटा अस्पतालको रोजगारी छुट्ने भएपछि आत्महत्या गरेका सिद्धार्थ आउजीले हाम्रो दिमागमा झट्का लगाएका थिए । हिन्दी सिनेमाका उदीयमान कलाकारको आत्महत्याको कारण यो विषय पुनः चर्चाको विषय बनेको थियो । आत्महत्याको कारणः आर्थिक–समाजिक परिवेश आत्महत्याको कारण खोज्दै जाँदा आर्थिक-समाजिक प्रतिकूलता मुख्य कारकको रूपमा देखिन्छ । अत्यन्त कमजोर आर्थिक अवस्था, रोजगारी गुम्नु, ठुलो आर्थिक क्षति, सामाजिक प्रतिष्ठामा आँच, प्रेम र विवाहको लागि अस्वीकृति, कलहपूर्ण वैवाहिक अवस्था, आत्मीय व्यक्तिको वियोग, आफ्ना मानिसको विश्वासघात, कानुनी वा प्रशासनिक झमेला, पक्षपात, एक्ल्याउने व्यवहार आदिका कारण मानिसले आत्महत्या गरेको देखिन्छ । साधन स्रोतको अभाव, सम्मानको समाप्ति अनि भावना र कल्पनामा आघातपछि मानिसलाई बाँच्न गाह्रो पर्छ नै । प्रतिकूल परिवेशमा पनि कतिपय मानिस आफूलाई सन्तुलन र अनुकूलनको प्रक्रियामा लैजान समर्थ हुन्छन् । तिनले विभिन्न विकल्पको खोजी गर्छन् । धैर्य र प्रतीक्षाको बाटो समात्छन् । बाधा अवरोधलाई
छुवाछुत: एउटा बाहुनको बकपत्र
यो मैले लेख्न हुँदैनथ्यो जातीय आधारमा हुने छुवाछुत नेपाली समाजको पुरानो विकृति हो । छुवाछुतको प्रश्न २०६२/६३ को दोस्रो जनआन्दोलनपछि सघन रूपमा उठेको थियो ।नेपालको संविधान, २०७२ मा यो विभेद हटाउने संवैधानिक प्रबन्ध भयो । हालै रूकुम पश्चिममा (२०७७ साल जेठ १० गते) नवराज वि. क. सहित ६ जना युवाको ज्यान गएपछि यो विषय फेरि मुखरित भएको छ । यसै मेसोमा मलाई छुवाछुतका विषयमा केही लेख्न मन लाग्यो । म इतिहास, संस्कृति, समाजविज्ञान, समाजशास्त्र, राजनीतिशास्त्र केही विषयको जानकार होइन । यी विषयमा लेखिएका लेख कुनै पत्रिकामा पढियो होला, औपचारिक शिक्षामा पनि यी विषय मिसिएर आए होलान् । तर म यी विषयमा भिजेको छैन । फेरि, म बाहुन भएको हुनाले कथित उच्च जातको परें । युगौदेखि अरू जातजातिमाथि थिचोमिचो गरेको आरोप मेरो थाप्लामाथि छ । अहिले पनि म उसै धनी मानिन्छु, म त्यसै ज्ञानी ठानिन्छु, राजनीतिमा मेरै हैकम छ भन्ने सोचिएको छ र यो शक्तिको आधारमा मैले अरूलाई शोषण गरेको छु भन्ने संकथन समाजको केही हिस्सामा व्याप्त छ । छुवाछुतको समर्थन म गर्न सक्दिन तर छुवाछुत हटाउने अभियन्ताहरूले उठाएका सबै तर्कसँग म सहमत छैन । मैले छुवाछुतको बारेमा लेख्नु अलि विवादास्पद हुनसक्छ। मैले जे देखें, जे भोगें, जे जाने, त्यही लेखें । यी तर्क र तथ्यमा कुनै कमजोरी देखिए म सच्चिन
कोरोना सँगसँगै
२०७६ सालको चैत ११ बाट सुरू भएको लकडाउन आजका दिनसम्म पनि जारी छ । कोरोना सुरू भएको चीनको बुहानमा लकडाउन खुला भयो । त्यसपछि कोरोनाबाट आक्रान्त भएको युरोपले पनि लकडाउनलाई खुकुलो बनाइसकेको छ । अमेरिका, कोरिया, सिंगापुर र केही युरोपेली देशहरूले भने लकडाउन विना नै कोरोना नियन्त्रण गरे । भारतमा पनि लकडाउन जारी छ तर यही जुन १ (जेठ १९) बाट आर्थिक कारोबारलाई अलि सजिलो पारिएको छ । नेपालमा पनि जेठ १८ गते म्याद थपिएको आठौं चरणको लकडाउन (२०७७ जेठ २१-३२) को स्वरूपमा केही परिवर्तन गरिने कुरा थियो तर अहिलेसम्म कुनै खबर पाउन सकिएको छैन । लकडाउन घोषणा गरिएसँगै अन्तर्राष्ट्रिय हवाई यातायात र सीमा बन्द गरियो । सीमा बन्द गरिए पनि भारतसँग खुला सिमाना भएको र घर फर्कन चाहने नेपालीलाई रोकिरहन उचित नदेखिएका कारण भारतबाट नेपाल आउनलाई रोक्न सकिएन । स्वदेश फर्कन चाहने हजारौंका लागि क्वारेन्टाइनको उचित व्यवस्थापन हुन सकेन । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पहिचान र परीक्षणलाई व्यापक बनाउन सकिएन । त्यसैले कोरोना अलि फैलियो पनि । कोरोना संक्रमितका लागि व्यवस्था गरिएका अस्पतालका बेड अब भरिन लागेका छन् ।संक्रमण दर दैनिक करिब २०० मा पुगेको छ र गएको एक सातामा नै संक्रमितको संख्या दोब्बर भई २,३०० पुगिसकेको छ । कोरोनाको कारण हालसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् ।
