अनुभव र अवसर

समाजमा विभिन्न किसिमका मानिसहरू रहन्छन् । समाजमा रहेका मानिसलाई विभिन्न तरिकाले विभाजन एवं वर्गीकरण गर्नु र तिनलाई विभिन्न खेमामा सङ्गठित गर्नु नै सायद राजनीति हो । राजनीति विभाजनको खेल हो । नेपालमा पनि विभाजनका विभिन्न शृंखला चलिरहेका छन् । वर्ग विभाजनका शृंखला, जात, धर्म, वर्ण, क्षेत्र, लिङ्गका आधारमा विभाजनका शृंखला र अहिले आएर नयाँ र पुरानाबिचको विभाजनको शृंखला । नयाँ दल तथा शक्तिहरू एकातिर संगठित र एकीकृत हुँदैछन्, अर्कातिर पुराना दलहरू पनि नयाँ रणनीति अख्तियार गर्दैछन् । पुराना दलमा पनि नयाँ व्यक्तिलाई अवसर दिने, नयाँ नेतृत्त्व छान्ने लहर चलिरहेको छ । जेन-जी आन्दोलनपछि पुरानाले केही गर्न सकेनन्, अब पालो नयाँको भन्ने भाष्य जोडतोडले अगाडि बढिरहेको छ । दोस्रो जनआन्दोलन र नयाँ संविधान निर्माणपछि जनतामा छरिएको विकासको आशा पूरा हुन नसकेको हुनाले यो भाष्यको सिर्जना भएको हो । निरपेक्षरूपमा हेर्दा हामी विकासको बाटोमा छौं । बाटाघाटा, अस्पताल, स्कुल बनेका छन् । सापेक्षरूपमा हेर्ने हो भने हामी आफ्ना समकक्षीहरूभन्दा तल खस्केका छौं । कुनै समयमा भारत र चीनसँग तुलना हुने हाम्रो आर्थिक अवस्था अहिले तुलना हुन नसक्ने स्थितिमा पुगिसकेको छ । हाम्रो इतिहासको गौरव र हाम्रो प्राकृतिक सम्पदाको महिमा गानमा मग्न भएर बसिरहेका छौं, हाम्रा आफ्ना पौरखका गीत रच्न सकेका छैनौं । तीव्र गतिमा अगाडि बढिरहेको विश्वको तुलनामा हाम्रो गति सुस्त छ,

नो, आई क्यान्ट स्पिक इङ्लिस !

म भरखर नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेको थिएँ । थापाथलीमा रहेको बैंकिङ कार्यालयमा काम गर्थें । आई. ए. पास गरेको थिएँ र सायद रत्नराज्य कलेजमा बिहानीको सत्रमा बी. ए. पढ्दै थिएँ । नयाँ जागिर थियो, त्यो पनि सबैले राम्रो मानेको कार्यालयमा । त्यसअघि सिन्धुपाल्चोलको चौतारास्थित जिल्ला प्रशासन कार्यालयमा सह-लेखापाल थिएँ । अब काठमाडौंमा बसेर जागिर खाने मौका मिलेको थियो । पढाइलाई अघि बढाउन पाएको थिएँ । खुशी र उत्साहले म भरपूर थिएँ । एक दिन कार्यालयबाट अनुमति लिएर बाहिर निस्केको थिएँ । मलाई रत्नपार्कसम्म पुगेर आउनु थियो । म बैंकिङ कारोबार गर्ने नभई रेकर्ड राख्ने र बैंक स्टेटमेन्ट तयार पार्ने काममा रहेको हुनाले केही समय बाहिर निस्कन गाह्रो थिएन तर आफ्नो काम सक्नु नै पर्थ्यो । कार्यालयबाट बाहिर निस्केर राम भण्डार कट्नासाथै एक जना बिदेशीले मलाई रोके र सोधे, ‘क्यान यु स्पिक इङ्लिस् ?’ मैले उनको प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिएँ, ‘नो, आइ क्यान्ट स्पिक इङ्लिस !’ यति भनेर म आफूभन्दा अग्ला र बलिया ती विदेशीलाई उछिनेर फटाफट अगाडि बढें । केही कदम हिँडेपछि मलाई गल्ती महसुस भयो । मैले अंग्रेजी भाषामा सोधिएको प्रश्न भलिभाँती बुझेर अंग्रेजी भाषामा नै अंग्रेजी भाषा जान्दिन भन्ने जवाफ दिएको थिएँ । म जस्तो अप्ठेरो मानिस को हुन सक्थ्यो ? मैले त्यति वेलासम्ममा

कठिन प्रश्नको मौन सामना

नागरिकता बनाउन खोज्दा आइपरेका प्रशासनिक झमेला सहन गर्न नसकी बर्दियामा एक विवाहित महिलाले आत्महत्या गरिन् । केही समयपछि उनका पिताले पनि आत्महत्या गरे । मुलुकमा एकातिर जनमुखी प्रशासन, मुस्कानसहितको सेवा, गाउँगाउँमा सिंहदरबार  जस्ता नारा गुञ्जिरहेको छ, अर्कोतिर जनताको यो हदसम्मको बिजोक छ । हुन पनि नेपालमा यस्ता सामाजिक समस्या र प्रशासनिक जटिलता छन् जसको उत्तर पाउन हरकोहीलाई कठिन छ । म पनि आज आफूले देखेको जटिलता प्रस्तुत गर्दैछु । म त्यो समयमा विराटनगरको नेपाल राष्ट्र बैंकमा कार्यरत थिएँ । मेरो काम पुराना, च्यातिएका र जलेका नोटहरूको सटही स्वीकृति दिनु पनि थियो । सामान्य तरिकाले पुराना भएका नोट त काउन्टरबाटै साटिन्थे । विवादास्पद नोटहरूको बारेमा मैले टुङ्गो लगाउनु पर्थ्यो । म क्यासियरको कोठामा बै‌कबाट आएको पैसा व्यवस्थापनको काम गरिरहेको थिएँ । मलाई कार्यकक्षमा आउन भनेर कसैले खबर ग¥यो । म आफ्नो काम छिटो सकेर कार्यकक्षमा पुग्दा एक जना महिला मलाई पर्खेर बसिरहेकी रहिछन् । ‘के थियो तपाईको ?’ मैले सोधें । ‘पैसा साट्नुपर्ने थियो ।’ उनले भनिन् र प्लास्टिकको थैलो अगाडि बढाइन् । खोलेर हेर्दा एक हजार र पाँच सयका अधकल्चा नोटहरू थैलोमा थिए । फाटेका नोटहरू सटहीका लागि ल्याउँदा सिङ्गो नोट बराबरको खाली कागज नोटको पछाडि टाँस्नुपर्छ भनेर कसैले भनिसकेको रहेछ । ती नोटमा कागज टाँसिएका थिए । ‘पैसा त