२०४४ साल चैत १४ गते (आफ्ना समूहका अरू साथीहरूभन्दा ७ दिन ढिलो) बाट सुरू भएको मेरो नेपाल राष्ट्र बैंकको जागिर यात्रा २०७४ सालको चैत १४ मा टुङ्गियो । आज (२०७९ चैत १४) त्यो जागिर यात्राको अन्त्य भएको पनि पाँच वर्ष पुग्यो । यस लेखमा यी पाँच वर्षलाई समग्रमा सम्झने कोसिस गरेको छु । १. शिक्षा र सीपः ५० वर्षमा जागिर छुट्ने हुनाले त्यसपछि के गर्ने भन्ने प्रश्न मेरो मनमा रहनु स्वभाविकै थियो । त्यसैले कानुन पढिहेरौं, कतै कानुनी पेशा पो अपनाउन सकिन्छ कि भन्ने सोच जागिर छँदै राखेको थिएँ । त्यसैले अवकाशको समयमा म कानुन संकायको तीन वर्षे स्नातक कोर्स पढ्दै थिएँ । अवकाशको केही समयपछि आएको अन्तिम परीक्षा पनि अरू दुइटा परीक्षा झै कुनै विषयमा फेल नभई उत्तीर्ण गरें । त्यसको अर्को साल नेपाल बार काउन्सिलको परीक्षामा पनि उत्तीर्ण भएँ र अधिवक्ताको प्रमाणपत्र प्राप्त गरें । म अहिले कानुनी पेशामा सक्रिय नै त छैन तर सकेको कानुनी सल्लाह र उपचारको बाटो खोज्नमा आवश्यक सहयोग भने गरिरहेकै छु । यसतर्फ अहिलेसम्मको संलग्नता सन्तोषजनक नै छ । अर्को सीपको भने ड्राइभिङसँग सम्बन्धित छ । मसँग चारपाङ्ग्रे मोटर हाँक्न इजाजतपत्र त थियो तर मोटर लिएर बाटोमा जाने आँट थिएन । कोरोना महामारीले सार्वजनिक यातायातलाई निकै असुरक्षित बनायो । अनि मैले ड्राइभिङ लाइसेन्समा
Month: March 2023
कायाकल्प
तिमी आकाशमा थियौ मैले केवल आकाश हेरें तिमी अलप भयौ आकाशबाट अनि मैले संसार देखें । तिमी अलप हुनु र मैले संसार देख्नु निराशाको त्यो सुरुङ र मैले प्रकाश भेट्नु त्यो निमेषको कुरा थिएन त्यो पलको कुरा थिएन त्यो वर्षको कुरा थिएन त्यो एउटा जुनीको कुरा थियो त्यो सिङ्गो जिन्दगीको सबाल थियो । तिमी अलप हुँदा म मरेझैं थिएँ संयोगले बाँचे र यो संसार भेटें । अहिले पो डर लाग्छ त्यो चोट, त तोड र त्यो वेदना कसरी सहें, कसरी बाँचे, कसरी बौरिएँ म लडेको भए त लडेको लडेकै हुने रहेछु म सडेको भए त सडेको सडेकै हुने रहेछु तिमीलाई प्रेम गरेर अन्धाधुन्ध फूललाई मन पराउन छोडेको रहेछु जूनलाई मन पराउन छोडेको रहेछु चराहरूको चञ्चल नजर मैले नजरअन्दाज गरेको रहेछु सुम्पेर सारा जिन्दगी तिमीलाई आफैंलाई हेला गर्न थालेको रहेछु तिमीलाई मात्र हेरेर संसारको सौन्दर्यबाट विमुख भएको रहेछु । कायाकल्पपछि म नयाँ जीवन बाँचिरहेछु बिना आलम्ब प्रेमको अजस्र धारा बगिरहेछु जिन्दगीका हरेक आयाम बाँचेर भरपूर यो धराको सौन्दर्य र सुवास पाइरहेछु । ShareTweet0 Shares
चोटहरूका लागि धन्यवाद
सधैंझैं मैले आज मेरो मुटुमा हात लगें खाटा बसेको पाप्रो फेरि चलाउन खोजें सानो खत छोडेर, घाउ निको भएछ त्यो चोटले खै कसरी, प्रेम साहित्यलाई चुनौती दिएछ । हातमा घाउको पाप्रो लिएर म सोचिरहेछु तिमी भविष्यद्रष्टा रहिछ्यौ म निष्ठुरी रहेछु म निष्ठुरी नभए कसरी निको भो ? दुनियाँले असाध्य मानेको बिछोडको त्यो घाउ ? म निर्दयी पनि रहेछु नत्र कसरी गाड्न सक्थें ? आफ्ने मुटुमा चिहान खनेर तिमीलाई ! तिमीले वेलैमा नखसालेको भए कल्पनाको उडानबाट म कति माथि पुगेर खसालिन्थें होला कति चोट खान्थें होला, कति दुःख भोग्थें होला तिमीले नदिएको भए बिछोडिनुको पीडा म कसबाट पाउने थिएँ होला ? एक पल्ट नखाएको भए धोका जिन्दगीमा सायद जिन्दगीभर खाइरहन्थे होला । कसरी बुझ्थे होला म दुखान्त प्रेम साहित्य फिलिम, नाटक र अरूका आँखाहरू मुना मदन पढ्दा रून नसक्ने म भावनाको गरिब हुन्थें होला । जिन्दगीका अनेक रङहरू चिन्न नसकेर म ‘कलर ब्लाइन्ड’ हुन्थें होला । अब मनमा कुनै रोष छैन, दुःख छैन, पिर छैन बरू साधुवाद छ, ती साना चोटहरूका लागि ! पीडाहरूमार्फत मेरो जिन्दगीको पूर्णताको लागि ! ShareTweet0 Shares
