स्मृतिग्रन्थभित्रका डा. पन्त

२०६५ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव समारोहमा बीस वर्षे सेवा पदक लिन सहभागी हु“दा पूर्व गभर्नर डा. यादवप्रसाद पन्तको सम्झनामा एक मिनट मौन धारण गरियो । काठमाडौ बस्दा अग्रणीहरुको मुखबाट बाक्लै सुनिएको र विराटनगर आएपछि उस्तो सुन्न छोडिएको यो नाममा श्रद्धाञ्जली दि“दा मन भारी भयो । उहा“को देहावसानको समाचार त पहिला पनि सुनेको थिए“ तर आफुले नाम सुनिरहका मानिस अब हामीबीच छैनन् भन्ने भावनाको तीव्र अनुभूति त त्यतिबेला पो भयो । २०६४ कार्तिक २८ गते डा. यादवप्रसाद पन्तको स्वर्गारोहण भइसकेको थियो ।२०६६ साल माघतिर फेरि म डा. पन्तको सम्झनास“ग जोडिन पुगे“, डा. भुबनेश पन्तस“गको सान्निध्यले । डा. भुबनेश पन्त विराटनगर कार्यालयमा मुख्य व्यवस्थापक (कार्यालय प्रमुख) बनेर सो समयमा आउनु भएको थियो । डा. भुबनेश पन्त डा. यादवप्रसाद पन्तका माहिला छोरा हुनुहु“दो रहेछ । अत्यन्त अल्पभाषी डा. भुबनेश पन्तस“ग उहा“का पिताजी स्व. डा. यादवप्रसाद पन्तका बारेमा कुरा त हुन्थ्यो, तर कहिलेका“ही मात्र त्यो पनि अत्यन्त छोटो । एकदिन उहा“ले पिताको सम्झनामा छापिएको स्मृतिग्रन्थ विमोचन कार्यक्रममा सरीक हुन काठमाडौं जाने कुरा बताउनु भयो र सो ग्रन्थ हेर्ने मेरो लालसालाई पूरा गर्न एक प्रति दिने आश्वासन पनि दिनुभयो । त्यसको केही समयपछि सो ग्रन्थ हात लाग्यो पनि ।पुस्तकको प्रारम्भमा डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानकी अध्यक्ष मीरा अर्याल (स्व.

मुक्त समयमा प्रवास पीडा

साहित्यलाई समाजको ऐना मानिन्छ । नेपाली साहित्य पनि नेपाली मनको हर्ष र आ“सुको साक्षी बन्नबाट चुकेको छैन । यो जतिजति आधुनिक बन्दै छ उतिउति नै मानव मनको नजिक पुग्दैछ । साहित्यको विषय स्वर्गबाट संसारमा झरेको छ र तिलस्मबाट जीवनमा आइपुगेको छ । कल्पना र स्वैरकल्पनाका शील्पयुक्त वाणहरु आकाशतिर ताकिएका देखिएलान् तर तिनको निशाना समाज र मानिसतिरै छ । आजको नेपाली साहित्य नेपाली मुटुमा लगाएको स्टेथेस्कोपको कलात्मक धडकन हो, यसले नेपाली हृदयको नाप, चाप, चाल र ताल बताउ“छ । कवि ज्योति जङ्गलको नवीनतम कविता संग्रह ‘मुक्त आकाश’ मा पनि आफ्नो देश, परिवेश, समाज र जीवनको अनुभूतिलाई अभिव्यक्त भएको छ ।‘मुक्त समय’ ज्योति जङ्गलको तेश्रो कवितात्मक कृति हो । यसअघि उनको कविता संग्रह ‘पहाडको मन’ (२०६२) र गजल संग्रह ‘अक्षरमा तिमी’ (२०६५) प्रकाशित भइसकेको छ । साझा प्रकाशनबाट २०६९ सालमा प्रकाशित यस कविता संग्रहमा सतचालीसवटा कविता रहेका छन् । यी कवितामा समसामयिक नेपाली जनजीवनका सामाजिक, आर्थिक, पारिवारिक र मानवीय पक्षको उद्घाटन गरिएको छ । नेपालीहरुको बिदेसिने प्रवृत्ति र प्रवासजनित पीडा, युद्धका त्रासदी र मानव मनमा प्रभाव, सामाजिक विसंगति, प्रकृति, प्रेम र समर्पण, स्वाभिमान र अस्मिता, मानवतावाद र जीवनवादी चेतनाजस्ता विषयहरु यस संग्रहका कवितामा बगिरहेका छन् । हाम्रो आ“खा अगाडिको र हामीले भोगिरहेको समाज कविमनबाट कवितामा रुपान्तरण हु“दै हामीबीच आइपुगेको छ, मुक्त समयको

मलाई पनि निद्रा लागेनः विचलित क्रान्तिको कलात्मक अभिलेख

साहित्यकार मातृका पोखरेलको नवीनतम कृति ‘मलाई पनि निद्रा लागेन’ पढें । भरखरै बितेको समय र परिवेशलाई कथाको रूपमा प्रस्तुत गरिएको रहेछ । पन्ध्रवटा कथाहरूको यो सँगालो पढ्दा पट्यार लाग्दैन, अरू पढूँ भन्दाभन्दै सकिन्छ । कथालाई समाज हेर्ने आँखीझ्लाल मान्ने देवकोटाको अवधारणालाई कथाकारले अनुशरण गरेका गर्नुभएको छ र छोटा कथाहरूको रचना गर्नुभएको छ । यस कथा संग्रहमा भएका पन्ध्र कथाहरूमध्ये सात वटा कथामा माओवादी जनयुद्धको परिवेश उपस्थित भएको छ । कथानक, पात्र र परिवेश जनयुद्धका कर्ता वा कर्म (प्रभाव र असर पर्ने क्षेत्र) बनेर रहेका छन् । ती कथाले जनयुद्धकालीन घटना, जनयुद्ध लडेर आएको पार्टीको सरकार बनेपछिका गतिविधि वा जनयुद्धबाट प्रभावित मानिसका व्यथा बोल्छन् । अरू ८ वटा कथा सामाजिक कथाहरू हुन् । यी कथाको नेपाली समाज र यसका चरित्रसँग सोझो साइनो गाँसिएको छ । कतिपय कथाहरूले बितेको कालखण्डको प्रतिनिधित्व गर्छन् तर प्रगतिको वेग सुस्त रहेको नेपाली समाजमा ती कथा अझै समसामयिक लाग्छन् । कथामा द्वन्द्व कम प्रतीत हुन्छ । कथाहरूमा पात्रको मनभित्र गुम्सिएको अन्तर्द्वन्द्व र उनीहरूले बाहिरी दुनियाँसँग गर्ने बाह्यद्वन्द्वको समुचित विकास भएको छैन ।  कथानक विकसित हुँदै उत्कर्षमा नपुगी विसर्जनतिर लाग्छ । मलाई लाग्छ, नेपाली समाजको प्रवृत्ति नै यही छ । त्यसैले यो लेखकको कमजोरी होइन, नेपाली समाजको मौलिक प्रवृत्तिको प्रकटीकरण हो । यो समाजमा एउटा घटना यसैगरी परिपक्व

बलिदानका कथाहरू पढ्दा

बोधकुमार घिमिरेको कथा सङ्ग्रह ‘बलिदानका कथाहरू’ पढें । नातामा दाजु भए पनि मित्रवत् सम्बन्ध भएकाले यो किताब उपहारस्वरूप नै पाएको थिएँ । साहित्य सिर्जनामा लामो समयदेखि तल्लीन रहेका लेखकको यो पहिलो पुस्तकाकार कृति हो । यसका लागि म लेखकलाई बधाई दिन्छु । यस कथा सङ्ग्रहमा एघारवटा कथा छन् । यी कथाहरूले नेपाली समाजको सजीव चित्रण गरेका छन् । जनमानसमा रहेको विश्वास प्रकट गर्ने मिथक पनि यस सङ्ग्रहमा छ । कथानक यी कथाका कथावस्तु मूलतः सामाजिक यथार्थवादमा आधारित छन् । समाजमा भएका र हुनसक्ने घटनाका आधारमा कथानक बुनिएको छ । कल्पनाभन्दा पनि सत्यघटनाको प्रस्तुतिमा कथाकारको जोड रहेको छ । ‘अधुरो चाहना’, ‘अन्तिम दृश्य’, ‘आस्थाको अवसान’ र ‘पल्लो घरको बत्ती’ शीर्षकका कथामा समाजमा माओवादी ‘जनयुद्ध’ क्रियाशील हुँदा त्यसले समाज र व्यक्तिमा त्यसले पारेको असर र प्रभावको विहङ्गम चित्रण रहेको छ । ‘सेतो लुगा’ले एकातिर आफूलाई द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छु भन्ने कथित क्रान्तिकारी व्यक्तिका रूढीग्रस्त मानसिकता र आडम्बर देखाएको छ भने अर्कोतिर सोच होइन बोली मात्र प्रगतिशील भएका कार्यकर्ताको दास मनोविज्ञान पनि उजागर गरेको छ । कथा संग्रहको शीर्षक ‘बलिदानका कथाहरू’ चयन गरेबाट लेखकले यिनै कथाहरूलाई प्राथमिकता दिएको देखिन्छ । ‘उदयचन्द्रको रथ’ र ‘दलमुखी’ मा उदयपुरगढी आसपास प्रचलित मिथकलाई कथाको आकार र स्वरूप प्रदान गरिएको छ । मिथक भए पनि पुस्तान्तरण हुन नसकेर

परावर्तनः पाठानुभूति

‘परावर्तन’ त्यही समयमा नै हातमा परे पनि अलिकति कामको बेफुर्सदी र अलिकति पहिले यो चैं पढिसक्छु अनि त्यो पढ्छु भन्ने ढिपीका कारण पढ्न केही समय लाग्यो । यो पढ्न थालेपछि चैं पढिरहुँजस्तो लाग्यो । तिखो रहेछ कथ्य, राम्रो रहेछ शैली । २४० वटा विभिन्न विषय र भावनासँग सम्बन्धित मुक्तकहरूले पाठकको संवेदनालाई कहिले यो पाटो र कहिल ऊ पाटोबाट झक्झक्याइरहँदा रहेछन् ।

आधा शिर उचालेरः मेरो हेराइमा

कवि ज्योति जङ्गलको अर्को कविता संग्रह ‘आधा शिर उचालेर’ निकै पहिला हात पारेको थिएँ । किन कुरो लुकाउनु, विमोचन समारोहमा नै टुपुल्किएको थिएँ म। त्यही मेसोमा हात परेको थियो यो कृति । हातमा पर्दा सोचेको थिएँ, अब घर फर्केर यही पढ्ने हो । यस्तो उच्च प्राथमिकतामा परेका केही किताबको पातो अझै फर्कन पाएको छैन ।यसलाई पनि तत्काल पढ्ने मेसो मिलेन । कवि परिचित हुँदा त त्यस्तो नहुनुपर्ने हो, भयो । व्यवहार मिलाउँदा मिलाउँदै यतिका दिन भएछ । साग टिप्ने हतारोले फूल टिप्न छुटिरहेछ यस्तै सस्तो हतारोमै जिन्दगी बितिरहेछ । – – – कविताका विषयवस्तु यस संग्रहका कविताहरूबाट कविको मन अब भोक्ताबाट द्रष्टामा रूपान्तरित हुन लागेझैं प्रतीत हुन्छ । वियोग, बुढ्यौली र मृत्यु जस्ता मानवमनका कोमल अवयवहरूकलाई चिथोर्ने संवेगहरूलाई यस संग्रहका केही कविताहरूमा संसारको नियमको रूपमा आत्मसात गर्ने कोसिस भइरहेको पाइन्छ । ‘युगको अखबार’, ‘बिदाइ’, ‘जानेहरू’ र ‘मिलन’ जस्ता कविताहरूमा भावनात्मक समायोजन र स्थिरीकरणको बाटो रोजिएको छ । युगको अखबारमा मान्छेको अक्षर बनाएर समयको खबर छापिन्छ, बस अदृश्य चल्छ यसको सम्पादन तर अटुट चल्छ यसको यसको प्रकाशन । (युगको अखबार) बाँकी के हो र यो संसार आउनु जानु भेट्नु र छुट्टिनु । (जानेहरू) तिमी मेरा जन्मका साथी जीवनको अन्तिम साक्षी पनि हौ, मानिसहरू मृत्युको नाम दिंदा हुन यो मिलनलाई त्यो मैले

शान्ता चौधरीको जीवन—दर्शन

१. पृष्ठभूमि शान्ता चौधरीको जन्म २०३७ सालमा दाङको डाँडागाउँमा कमैया परिवारमा भएको हो । उनले आठ वर्षको उमेरदेखि कमलरीको रुपमा स्थानीय जिमिन्दारको घरमा काम गर्न थालिन् । अठार वर्षसम्म स्थानीय सात जना जमिनदारहरुको घरमा कमलरी बसेर उनी २०६३ सालमा मुक्त भइन् । सरकारले २०५७ सालमा कमैया प्रथाको विधिवत अन्त गरे पनि गाँस, बास र कपासको जोहो गर्ने व्यवस्था नहुँदा थप पाँच वर्ष उनले कमलरी बस्नुप¥यो । कमलरीबाट मुक्त भएपछि ज्याला मजदूरी गरी जीवन निर्वाह गर्न थालिन् ।  कमलरी रहँदै शान्ता चौधरीले कमैया, सुकुम्बासी, भूमिहीन, हरुवा—चरुवाका हकहितका लागि आन्दोलनरत रहिन् र नेतृत्व तहमा पनि पुगिन् । यही वर्गीय मुक्ति अभियान र जनआन्दोलन २०६२÷६३ को क्रममा उनी नेपालका ठूला राजनैतिक दलहरुको सम्पर्कमा पनि आइन् । यसै पृष्ठभूमिमा उनी २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् (संसद) पनि बनिन् । बाल्यकालमा शिक्षाको अवसरको कल्पनामात्र गर्नसक्ने अवस्थामा रहेकी शान्ता सभासद् बन्दासम्म निरक्षर थिइन् । उनी सभासद् बनेपछि आफ्ना छोरासँग लेखपढ, सयोगीबाट कम्प्युटर र चालकबाट ड्राइभिङ सिकिन् । त्यही शिक्षाको सार, अनुभवको भर र दृढ ईच्छाशक्तिको आडमा शान्ताले संसदको प्राकृतिक स्रोत तथा साधन समितिको सभापति र संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक, राजस्व बाँडफाँट समितिको सदस्य पदको जिम्मेवारी समेत निर्वाह गरिन् । उनले संविधानसभावको अवसानपछि ‘कमलरीदेखि सभासद्सम्म’ पुस्तक लेखिन् जसलाई सांग्रिला पुस्तक प्रा.लि.ले प्रकाशन ग¥यो । २. जीवन—दर्शन