परावर्तनः पाठानुभूति

‘परावर्तन’ त्यही समयमा नै हातमा परे पनि अलिकति कामको बेफुर्सदी र अलिकति पहिले यो चैं पढिसक्छु अनि त्यो पढ्छु भन्ने ढिपीका कारण पढ्न केही समय लाग्यो । यो पढ्न थालेपछि चैं पढिरहुँजस्तो लाग्यो । तिखो रहेछ कथ्य, राम्रो रहेछ शैली । २४० वटा विभिन्न विषय र भावनासँग सम्बन्धित मुक्तकहरूले पाठकको संवेदनालाई कहिले यो पाटो र कहिल ऊ पाटोबाट झक्झक्याइरहँदा रहेछन् ।

आधा शिर उचालेरः मेरो हेराइमा

कवि ज्योति जङ्गलको अर्को कविता संग्रह ‘आधा शिर उचालेर’ निकै पहिला हात पारेको थिएँ । किन कुरो लुकाउनु, विमोचन समारोहमा नै टुपुल्किएको थिएँ म। त्यही मेसोमा हात परेको थियो यो कृति । हातमा पर्दा सोचेको थिएँ, अब घर फर्केर यही पढ्ने हो । यस्तो उच्च प्राथमिकतामा परेका केही किताबको पातो अझै फर्कन पाएको छैन ।यसलाई पनि तत्काल पढ्ने मेसो मिलेन । कवि परिचित हुँदा त त्यस्तो नहुनुपर्ने हो, भयो । व्यवहार मिलाउँदा मिलाउँदै यतिका दिन भएछ । साग टिप्ने हतारोले फूल टिप्न छुटिरहेछ यस्तै सस्तो हतारोमै जिन्दगी बितिरहेछ । – – – कविताका विषयवस्तु यस संग्रहका कविताहरूबाट कविको मन अब भोक्ताबाट द्रष्टामा रूपान्तरित हुन लागेझैं प्रतीत हुन्छ । वियोग, बुढ्यौली र मृत्यु जस्ता मानवमनका कोमल अवयवहरूकलाई चिथोर्ने संवेगहरूलाई यस संग्रहका केही कविताहरूमा संसारको नियमको रूपमा आत्मसात गर्ने कोसिस भइरहेको पाइन्छ । ‘युगको अखबार’, ‘बिदाइ’, ‘जानेहरू’ र ‘मिलन’ जस्ता कविताहरूमा भावनात्मक समायोजन र स्थिरीकरणको बाटो रोजिएको छ । युगको अखबारमा मान्छेको अक्षर बनाएर समयको खबर छापिन्छ, बस अदृश्य चल्छ यसको सम्पादन तर अटुट चल्छ यसको यसको प्रकाशन । (युगको अखबार) बाँकी के हो र यो संसार आउनु जानु भेट्नु र छुट्टिनु । (जानेहरू) तिमी मेरा जन्मका साथी जीवनको अन्तिम साक्षी पनि हौ, मानिसहरू मृत्युको नाम दिंदा हुन यो मिलनलाई त्यो मैले