चैत १० गते बिहान अफिस गएँ । कोरोना भाइरसको डरले करिब ४/५ दिनदेखि सार्वजनिक यातायात चढ्न छोडेको थिएँ । छोराको क्याम्पस छुट्टी भएकाले म स्कुटीमै अफिस गएको थिएँ । अफिसमा उति चहलपहल थिएन । आवश्यक सेवामा नपरेको कार्यालय हुनाले ग्राहकको उपस्थिति थिएन । कर्मचारीहरू आफ्नो कोठामा खुम्चिएर रहेका थिए । न कामको चाप थियो, न काम गर्ने मुड । मैले केही पुराना डकुमेन्ट अध्यावधिक गर्न खोजें । केही ड्राफ्ट परिमार्जनको काम पनि थियो । मनमा अनेक कुरा खेलाउनुभन्दा काममा लाग्नु राम्रो भनेर म व्यस्त हुन खोज्दै थिएँ । यत्तिकैमा विदेशबाट नेपाल आइपुगेकी एक किशोरीमा कोरोना संक्रमणको पुष्टि भएको खबर आयो । मन चिसो भयो । नेपालमा पनि कोरोना आउँछ भन्ने थाहा त थियो र त्यो तथ्य महसुस भएको थिएन । थाहा हुनु र महसुस हुनुमा यही त फरक छ ! अपराह्न मौसम बदली भयो । चैतको महिना भए पनि बदली र झार्रझुर्र पानीले मौसम चिसै थियो । त्यो दिनको बदलीले त मनै अँध्यारो बनायो । मलाई अफिस बस्नै मन लागेन । सिनियर सरलाई एक्टेन्सन नम्बरमा फोन गरें । उहाँ एकछिनको लागि बाहिर जानु भएको रहेछ । फोन उठाउने साथीसँग अलि चाँडै घर जाने फैसला सुनाएर म झोला प्याक गर्न थालें । घरमा बस्दा चाहिन्छ भनेर अरू बेला अफिसमा छोड्ने गरेको
Month: March 2020
धर्म अफिमको नशा हो ?
गएको पुस ३ गते (२०७६) नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मार्क्स फर्किए….’ भन्ने नाटक हेर्ने मौका मिल्यो । यो नाटक हवार्ड जिनको नाटक ‘मार्क्स इन सोहो’ मा आधारित रहेछ । नाटकको विषयवस्तु र प्रस्तुति निकै प्रभावकारी लागेको हुनाले मैले किताब नै इन्टरनेटमा खोजें । भेटियो पनि । सन् १९९० को दशकमा रुसमा कम्युनिष्ट सरकारको पतन र सोभियत संघको विभाजनपछि मार्क्सवादको औचित्य सकियो भन्ने विचारले विश्वमा प्रभुत्व जनाएको कुरामा विमति जनाउन उनले यो नाटक लेखेका रहेछन् । मार्क्स पुनः पृथ्वीमा फर्केर आफ्नो जीवनशैली, दर्शन र मान्यताका बारेमा स्पष्टीकरण दिएको र आफ्नो दर्शनको औचित्य पुष्टि गरेको शैलीमा यो नाटक लेखिएको छ । नाटक हेरेपछि र पढेपछि मार्क्स, मार्क्सवाद र मार्क्सवादको व्यवहारिक कार्यान्वयनसँग सम्बन्धित धेरै कुरा मनमा आए । एउटा ब्लग लेख्न मन त्यति वेलै लागेको हो तर यति ठुलो विषयमा लेख्ने आँट नै आएन । अहिले कोरोनाको कारण भएको लकडाउनमा यस विषयमा कलम चलाउँदै छु । ‘सत्य शायद ईश्वरलाई मात्र थाहा छ, बाँकी अरूले त आफूले जानेको कुरो इमानदारिताका साथ लेख्ने मात्र हो’ भन्ने आफ्नो लेखन सम्बन्धी मान्यतालाई पुनः स्मरण र आत्मसात गरेपछि मात्र लेख्ने आँट पलाएको हो । मैले त्यस नाटकमा उठाइएका विषयमध्ये मलाई मन छाएको विषयमा कलम चलाउने विचार गरेको छु । आजको विषय मार्क्सवाद र धर्मको विषयमा छ । आगामी श्रृंखलामा
कोरोनाको संत्रास
मैले यो ब्लग लेख्दासम्म संसारका १८८ देशमा नोवेल कोरोना भाइरस फैलिइसकेको छ । तीन लाख जति मानिस संक्रमित भएका छन् । यसमध्ये १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाइरस फैलिएको जानकारी भएको पहिलो सहर चीनको बुहानले बरु यो भाइरसबाट मुक्ति पाउन लागेको छ । तर अब कोरोना इटालीलाई मुख्य केन्द्र बनाएर युरोपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारीको रूपमा लिएको छ र अब यो भाइरस दक्षिणपूर्व एशियामा फैलिने चेतावनी दिएको छ । विभिन्न मुलुकले स्वास्थ्य संकटकाल लगाएका छन् । नेपालले पनि कोरोना भाइरस मुलुकमा पस्न नदिन विभिन्न निर्णय गरेको छ । स्कुल क्याम्पस बन्द भएका छन् । चैत ६ गतेबाट चल्ने भनिएको एसइइ पनि स्थगित भयो । विश्वविद्यालयका परीक्षा पनि रोकिएका छन् । मानिस भेला हुने क्लब, सिनेमाघर, खेलकुद बन्द हुने छन् । २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । धेरै देशबाट आउन रोक लगाइएको छ । अन अराइभल भिसा अलि पहिला नै बन्द गरिएको थियो । नेपालीहरुलाई पनि जोखिमयुक्त विदेश यात्रमा रोक लगाइएको छ । अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन सुझाव दिइएको छ । लकडाउन गर्ने वा संकटकाल घोषणा गर्ने सोचाइ राखिएको समाचार प्रकाशित भएका छन् । २०७६ साल चैत ७ गते सम्माननीय प्रधानमन्त्रीबाट समेत यसै विषयमा सन्देश प्राप्त भएको छ
