जिन्दगीको फेदतिर भावनाको मुहान फुट्दा अनि त्यही मौकामा हामी आपसमा भेट हुँदा हरेक कल्पना पवित्र लाग्थे हरेक सपना सुन्दर हुन्थे कामना नै सही वासना नै सही स्वार्थ नै सही प्रेममा मुछिएका ती भावना कति निर्मल लाग्थे ! कति कोमल लाग्थे ! कति पवित्र लाग्थे ! समयको हावाले उडाएको तिम्रो ओज सांसारिक बाध्यताले घटाएको तिम्रो तेज अहँ, मलाई कुनै हालतमा स्वीकार छैन समयको चक्रले यतिका चक्कर काटिसकेपछि मलाई मेरो भाग्यले यति धेरै ढाँटिसकेपछि रहलपहल जिन्दगीको यो ढल्दो साँझमा अब मलाई फेरि कहिले तिमी भेट्नु छैन । मेरो नाक बिमार भए पनि अझै महसुस गरिरहन्छ त्यो सुवास मेरो आँखा मलिन भए पनि अझै हुन्छ मलाई त्यो ज्योतिको आभास मलाई मेरो घाम उस्तै चम्किलो मन पर्छ मलाई मेरो जून उस्तै पूर्ण मन पर्छ । जम्काभेटबाट जोगिनु तिमी पनि मेरो हृदयको तस्बिर मलाई किमार्थ बदल्नु छैन मलाई तिमी गलेको हेर्नु छैन मलाई तिमी ढलेको हेर्नु छैन । तिमी गल्दै गए पनि मलाई शक्ति दिइरहनू तिमी दोधारमा रहे पनि मलाई बाटो देखाइरहनू तिमी बाँच्नू प्रकाशमा र मलाई पनि बाँडिरहनू सुख निस्संकोच भोग गर्नु र उदासीमा सम्झिरहनू दुःखमा साथ दिने मेरो बाचा यसैगरी पूरा गर्नू । ShareTweet0 Shares
Month: February 2023
चिया र कविता
म तिमीलाई सुन्न चाहन्थे म तिमीलाई सुनाउन चाहन्थे म तिमीलाई भेट्न चाहन्थे म तिमीलाई हेर्न चाहन्थे मलाई पछि थाहा भो म तिमीलाई मन पराउँथे । तिमी तर्किन खोज्यौ तिमी छलिन खोज्यौ तिमी अलमलिन खोज्यौ मैले तिम्रो बाध्यता ठानें पछि मात्र मलाई थाहा भो तिमी मलाई मन पराउन्नथ्यौ । हर बिम्बलाई आँखीझ्याल ठान्ने यस उमेरमा कहिले पर क्षितिजमा आफैं अस्ताइरहेको देख्छु कहिले पर क्षितिजमा आफैं उदाइरहेको सोच्छु बादलका टुक्राहरूमा म कतै कपाल देख्छु, कतै आँखा देख्छु त्यतै अलिकति ठाउँ निधारका लागि छुट्याउँछु र गालाको खोजी गर्छु । तिमीलाई पनि थाहा नदिइकन म तिमीलाई नै सम्झिइरहन्छु । कसैलाई कत्ति पनि चोट नपुर्याइकन म आफ्नो दिमागको दुरूपयोग गर्छु । मलाई अझै सम्झिरहेछ भनेर दुःख पनि नमान्नू मलाई अझै सम्झिरहेछ भनेर हर्ष पनि नमान्नू सिर्जनाका अनन्त विकल्पमा खेलिरहेको प्रकृतिले सायद हामी अलग्गिनु नै उचित ठान्यो तिमीले मेरो लागि एक कप चिया बनाउनुभन्दा मैले तिम्रो सम्झनामा एउटा कविता लेख्नु राम्रो मान्यो । ShareTweet0 Shares
