आज सोह्र गते । संधैभन्दा पाँच मिनट अघि कार्यालय पुग्न म हतारिन्छु । आज हाम्रो शाखामा भीड हुन्छ, पेन्सन लिनेको भीड । निजामती, शिक्षक, प्रहरी र सेनामा लामो समय काम गरी सेवा निवृत्त भएका कर्मचारी र तिनका आश्रित परिवार पेन्सन लिन दश नबज्दै कार्यालयमा आइसकेका हुन्छन् । तीमध्ये धेरै अशक्त, बूढा र रोगी हुन्छन् । थर्थराएका हातगोडा, लर्वराएको जिब्रो र धमिलिएका आंँखा लिएर ती ग्राहकहरु भीडमा धेरवेर सल्बलाउन नपरोस् भनी आवश्यक व्यवस्था मिलाउन म कोशिस गर्छु । समयको खोलाले पाखा लगाएका तिनलाई भरसक सुविधा उपलब्ध गराउन बुढौतीदेखि डराइरहेको मेरो मन मलाई बारम्बार ताकेता गरिरहन्छ । यिनको कुनै समयमा नाम थियो, पद थियो, शक्ति थियो, प्रतिष्ठा थियो । तर आज यी पेन्सन पट्टाको एउटा नम्बर बनेका छन् । र म यी नम्बरलाई मानिसको पहिचान र मान दिन प्रयत्नशील रहन्छु । यसरी पेन्सनपट्टाको नम्बरमा आफूलाई रुपान्तरण गर्न बाध्य हुनेको समूहमा अब युवतीहरुले पनि प्रवेश पाएका छन् । देशमा रहेको दश वर्षे ‘जनयुद्ध’मा पति गुमाएका सेना र प्रहरीका कलिला पत्नीहरु कोही एक्लै, कोही नानी च्यापेर र कोही नानीलाई स्कूल पठाएर पेन्सन लिन आइपुग्छन् । सरिता एउटी यस्तै पेन्सनहोल्डर हो । पेन्सन बाड्ने दिन ऊ आउछे । लाम लाग्छे र पेन्सन लैजान्छे । पेन्सन भने पनि यो पेन्सन होइन । उसको पति सिपाही राजकुमार कार्कीले खाइपाइ आएको तलव रकम हो । राजकुमार कार्की ‘जनयुद्ध’मा मारिए
Month: May 2013
रेमिटान्स क्रान्ति
नेपालको कृषिपछिको सबैभन्दा ठुलो आर्थिक क्षेत्र अब रेमिटान्स भएको छ । करीब पचास लाख नेपाली विदेशमा भएको अनुमान गरिएको छ । दैनिक करिब पन्ध्र सय नेपाली रोजगारीका लागि विदेश गइरहेका छन् । पूर्वमा कोरिया र जापानदेखि पश्चिमको अमेरिकासम्म नेपालीहरु कामका लागि पुगेका छन् । कामदारको रुपमा जान नपाउनेहरु पनि पर्यटक वा विद्यार्थीको रुपमा विदेश गएर काम गरिरहेका छन् । तिनको कमाइ नेपाल आइरहेको छ । यो कमाइले नेपालमा रहेका परिवारको सदस्यको उचित लालनपालन, शिक्षादीक्षा, औषधिउपचार भइरहेको छ । रेमिटान्सको कमाइले गाउँको झुप्रे घर छोडेर बजारतिर बसाइँ आउन सकेका छन् । नेपालीको जीवनस्तर बढेको छ । गरिबी घटेको छ । देशको लागि पनि विदेशी मुद्रा प्राप्त भएको छ । यही रेमिटान्सले नेपालको अर्थतन्त्र धानिएको छ । विदेशमा काम गर्ने र पैसा कमाएर ल्याउने चलन शायद पहिलो विश्वयुद्धबाट सुरु भयो । नेपालीहरु अंग्रेजको तर्फबाट लडाइमा भाग लिन सेनामा भर्ती भए । दोश्रो विश्वयुद्धमा पनि यही क्रम दोहोरियो । त्यसपछि नेपालमा पनि प्रजातन्त्र आयो र आधुनिक विश्वमा नेपालले पनि प्रवेश पायो । यसपछि नेपालीहरु विभिन्न प्रयोजनका लागि विदेश जान थाले । छयालीस सालपछि विदेश जाने प्रवृत्ति झन् बढ्यो । जनयुद्धको क्रममा नेपालको आर्थिक विकासमा अवरोध देखा परेपछि विदेशजानु बाध्यता बन्यो । अहिले पनि देशमा गरीखाने वातावरण नभएकाले मानिसहरु विदेश गइरहेका छन् । यसबाट
लोभीको देशमा ठग
कार्यालयको कामले पटना गएको थिएँ । हामी बसेको होटलमा पच्चीस प्रतिशत ब्याज दिन्छौं, हाम्रो संस्थामा पैसा राख्नोस् भनेर मानिस आएका थिए । नेपालबाट नै पैसा पठाउन सकिने, नेपालमा एजेन्ट रहने, व्याज नेपालमा नै पुर्याइदिने प्रस्ताव थिए । हामी मन्त्रमुग्ध भएर उसका कुरा सुनिरहेका थियौं । मैले बीचैमा भनें, ‘पच्चीस प्रतिशत ब्याज दिने त भन्नु भयो तर कसरी ?’ मेरो प्रश्नपछि उनीहरु मुखामुख गर्न थाले । कसैले संकलन गरिएको पैसा औषधि उत्पादनमा लगाउने भने भने कसैले जडीबूटी प्रशोधनमा । यसरी कुरा बढ्दै गएपछि उनीहरु भोलि कुरा गर्ने भनेर फर्केर गए, तर त्यो भोलि फर्केर आएन । उनीहरुसंग कारोबार नगरिए पनि उनीहरुलाई र्याखर्याखी पार्न प्रयोग गरेको ‘तर कसरी?’ भन्ने प्रश्न भने मैले आफ्नो थेगो जस्तै बनाएं । एमबे कम्पनीको सदस्य बन्न प्रस्नाव लिएर आउने सहयोगी भाइलाई, युनिटीको सदस्य बन्न जोड गर्ने कलेज पढ्दाको साथीलाई अनि ड्युसफ्टमा लैजान खोज्ने सहकर्मीलाई मैले यही ‘तर कसरी ?‘ ले परास्त गरेंँ । हर्बोको सदस्य बनाउन खोज्ने भाउजुलाई भने उच्च आदरका कारण अलि घुमाएर नाई भन्नुपर्यो । गोल्डक्वेस्ट मेरो हैसियतभन्दा माथि थियो, मैले केही भन्नै परेन । यी चार कम्पनी डुबे तर मैले दु:ख गरेर कमाएको पैसामा घुनपुतली लागेन । ‘गांठ भी गुमाना, बेबकुफ भी बनना’ बाट म बचें । संसारमा हरेक पल सैकडो व्यापारिक कारोबार भइरहेका
भूमिसुधारको औचित्य
भूमिसुधार एउटा महत्वपूर्ण आर्थिक विषय हो । रुस, ब्राजिल, भियतनाम, चीनमा आर्थिक परिवर्तनका लागि भूमिसुधारका कार्यक्रम ल्याइएको थियो । फ्रान्सेली राज्यक्रान्तिपछि त्यहां पनि भूमिसुधार कार्यक्रम ल्याइएको थियो । विश्वको राजनैतिक र आर्थिक विकासको क्रममा भूमिसुधारको प्रश्न नउठेका र प्रयास नभएका देश कमै होलान । कृषिमा आधारित अर्थतन्त्र भएका तेश्रो विश्वका मुलुकमा भूमिसुधारलाई आर्थिक क्रान्तिको आधार मानिन्छ । यसैले नेपालमा पनि भूमिसुधारका विभिन्न प्रयास भए । नेपालको भूस्वामित्व, कृषिको अवस्था र संविधान सभामा उठेका विषयको विश्लेषण गर्दा नेपालमा भूमिसुधारको प्रयत्न पुन: हुने कुरालाई इन्कार गर्न सकिन्न । प्रारम्भमा नेपालको भूमिप्रशासन सम्बन्धी नीति भारतका अंग्रेज शासकको कदममा आधारित भएको देखिन्छ । जिमिन्दारी प्रथा भारतमा लागू गरिएको थियो र त्यहींबाट नेपाल भित्रियो । जनसंख्या कम भएको सो समयमा जंगलका रुपमा रहेको भूमिलाई आवाद गरी कृषियोग्य बनाउनु चुनौतीपूर्ण थियो । जंगल आवाद गराउने जिम्मा प्रभावशाली व्यक्तिहरुलाई दिइन्थ्यो । उनीहरुले विभिन्न ठाउँबाट मानिस ल्याएर जंगल फडानी गरी बस्ती बसाउँथे । आफ्नो जमिन बापत केही पैसा वा जिन्सी र सेवा त्यो व्यक्ति (जिमिन्दार) लाई दिनुपथ्र्यो । जिमिन्दारले केन्द्रीय सरकारलाई कर तिथ्र्यो । जिमिन्दारी पुस्तैनी चल्थ्यो । जिमिन्दारी प्रथाको अन्त्य पछि ती जमिन सम्बन्धित व्यक्तिको भयो । जमिनमा हदबन्दी पनि लागू गरियो र हदबन्दीमाथिको जमिन भूमिहीनहरुलाई वितरण पनि गरियो । यो नेपालको भूमिसुधारको प्रयासलाई संक्षिप्तमा यसरी विश्लेषण
लोकतन्त्रमा बजेटको बिचल्ली
यो लेख करिब दुई वर्षअघि लेखेको थिएं, जसलाई विराटनगरबाट छापिने उद्घोष दैनिकले प्रकाशित गरेको थियो । आज पनि यो लेख सान्दर्भिक भएकाले ब्लगमा राखेको छु । दोश्रो जनआन्दोलनले संसद पुनस्र्थापना नगरुन्जेल संसद नभएकाले त्यसअघि केही वर्ष बजेट अध्यादेशबाट ल्याइयो । संसद पुनस्र्थापना भएको साल बजेट संसदमा पेश हुन सक्यो । संविधानसभाको निर्वाचन २०६४ चैतमा सम्पन्न भएपछि संविधानसभा—संसदको बनोट अनुसार सरकार बन्नुपर्ने र सोही सरकारले नै बजेट प्रस्तुत गर्नु पर्ने आवाज उठ्यो । राष्ट्रप्रमुखको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री गिरिजाप्रसा कोइरालाले राजीनामा दिए पनि उनको राजीनामा स्वीकृत गर्ने अधिकारी नभएकाले नयाँ सरकार गठन हुन सकेन । राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन, सरकार गठन विधि र सहमति आदि विषयमा लामो अभ्यास भयो । यसैले २०६५ साल असारसम्ममा नयाँ सरकार गठन हुन सकेन र सो अवधिमा संसदमा बजेट पनि प्रस्तुत हुन सकेन । पेश्की बजेट पारित गरी दैनिक कार्यलाई नियमितता दिइयो । एनेकपा (माओवादी)को नेतृत्वमा सरकार बनेपछि २०६५ साल असोज ३ गते संसदमा बजेट प्रस्तुत भयो, नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिनापछि । एनेकपा (माओवादी) सरकारबाट हटेपछि नेकपा (एमाले) को नेतृत्वमा नयाँ गठबन्धन सरकार गठन भयो । त्यो सरकारका अर्थमन्त्रीले २०६६ साल असार २९ गते संसदमा बजेट प्रस्तुत गरे । यो गठबन्धन सरकारले प्रमुख प्रतिपक्षी दल एनेकपा (माओवादी)को तीव्र विरोधको सामना गर्नुपर्यो । नयाँ गठबन्धन
रनभुल्ल
राजेशले आफ्नो घरवरिपरी आँखा दौडायो । घरमुनि रोपेको कलमी आँपको बोट हिउँदको जाडोमा कक्रेर बसेको थियो । केरा र बाँसका झाँङमा बास बस्न आउने चराहरु चिरबिर गर्दैथिए । घाँस झारेर नाङ्गा बनाइएका कुटमिरो र काभ्राका रुखहरु वसन्तको प्रतीक्षामा थिए । डाँडाको फेदमा रहेको माथिल्लो तला होचो भएको टाँडे घरको धुरीबाट धुवाँ पुतपुताइरहेको थियो । पालीमा रहेको खोरमा कुखुराहरु पस्न खोजिरहेका थिए । घर वरपर नयाँ परिवर्तन केही थिएन । उसले झोला दलानको खाटमा राख्यो । देशमा लोकतन्त्रको बहाली र गणतन्त्रको स्थापना जस्ता ठूला परिवर्तन भए पनि आफ्नो घर भने जस्ताको तस्तै पाउँदा उ विस्मित भयो । “ए, तँ आइपुगिस् बाबु । अनि यस पटक त आउने बेलामा फोन पनि गरिनस् त ।” आमाले यसो भन्दै गर्दा ऊ आमाको खुट्टामा झुकिसकेको थियो । “हिड्ने बेलामा त्यस्तै भयो । बाटामा गरुँ भनको फोनै लागेन ।” उसले स्पष्टीकरण दियो । लडाकु वर्गीकरणमा अयोग्य ठहरिएपछि ऊ निराश भएको थियो । पार्टीका नेता र कमान्डरहरुबाट उसले आश्वासन, आँट र हौसला पाएको थियो तर उसको चिसिएको मन तात्न सकेको थिएन । जागिरका लागि यो उत्सर्ग गरिएको थिएन भन्ने कुरा मनमा ल्याएर आफ्नो चित्त बुझाउन खोज्दा पनि उसको मन मानिरहेको थिएन । उसका साथीहरु एउटा जागिर खाएर ढुक्कको जीवन बिताउने फिराकमा लागेका थिए । सेनामा जानु नै
कृषि कर्जाका अवरोधहरु
१. पृष्ठभूमि योजनाबद्ध विकासको थालनी भएको ५६ वर्षपछि पनि नेपालको अर्थतन्त्र पछौटे अवस्थामा रहेको छ । विकासका लागि गरिएका अनेकन अर्थ—राजनैतिक प्रयास सफल बन्न सकेका छैनन् । अझै पनि विकासका लागि चिन्तन र प्रयास भने जारी छ । विश्व समुदाय र आफ्ना अनुभवबाट सिक्दै विकासका प्राथमिकता, प्रारुप र रणनीति तयार पारिँदैछ, कार्यान्वयन गरिँदैछ । बजार अर्थव्यवस्था र उदारीकरणको आजको युगमा तुलनात्मक लाभका क्षेत्रमा विकास अर्थशास्त्रीको ध्यान मोडिएको छ । तुलनात्मक लाभको क्षेत्रमा गरिएको लगानीबाट नै उच्च र दिगो आर्थिक विकास हुनसक्ने देखिन्छ । नेपालको सन्दर्भमा कृषि, पर्यटन र जलस्रोत तुलनात्मक लाभका क्षेत्रहरु हुन् । यस्ता क्षेत्रमा सरकार र निजी क्षेत्रले लगानी बढाउनु आवश्यक छ । सरकारले बजेटमार्फत लगानी गर्दछ भने निजी क्षेत्रको लगानीको प्रमुख आधार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा नै हो । २. कृषिमा लगानीको अवस्था तुलनात्मक लाभको क्षेत्रमध्ये एक मानिएको कृषिको विकासमा प्राथमिकता र प्रतिबद्धताको इतिहास नेपालको विकास प्रयास जत्तिकै पुरानो छ । तर सरकारबाट कुल खर्चको ३ प्रतिशतभन्दा कम रकम कृषि क्षेत्रमा लगानी हुने गरेको र वाणिज्य बैंकहरुबाट प्रवाहित कर्जामध्ये कृषिक्षेत्रमा गएको कर्जाको परिमाण पनि सोही अनुपातमा रहेको तथ्याङ्कले कृषिक्षेत्रको विकासप्रतिको प्रतिबद्धता केवल ओठेभक्ति मात्र त होइन भन्ने प्रश्न पनि खडा गरेको छ । केही अपवादलाई छोडेर पञ्चायतकालमा भन्दा प्रजातन्त्र कालमा अनि प्रजातन्त्रकालमा भन्दा लोकतन्त्रकालमा सरकारको कुल खर्चमा
नेपालका वित्तीय सहकारीः केही सन्दर्र्भ
परिचय सहकारी निजी उद्यमको विशिष्ट शैली हो । व्यक्तिहरु मिलेर गरिने विभिन्न संगठित कारोबारको एउटारुप सहकारी पनि हो । सहकारीको प्रमुख उद्देश्य सामुहिक हित हो । निजी उद्यमको प्रभुत्वबाट उत्पन्न हुने आर्थिक बेथिति र शोषणबाट मुक्ति सहकारीको प्रमुख ध्येय हो । निजी उद्यम भए पनि सामुहिक हित, सदस्यहरुको सर्वतोमुखी विकास, समावेशी विकास, प्रतिफलको समान वितरण, खुलापन जस्ता सार्वजनिक उद्यमका विशेषता सहकारीमा पाइन्छन् । व्यक्तिको लगानीबाट सञ्चालित हुने भएकाले यो निजी उद्यम जस्तो देखिन्छ तर नाफा होइन सर्वजन हितको उद्देश्यका आधारमा यो सार्वजनिक उद्यमको नजिक हुन्छ । सहकारीमा निजी र सार्वजनिक उद्यमका गुण विद्यमान रहन्छन् । सहकारीको उद्भव मानिस समाजमा बस्नुको कारण नै सहकारिताको भावना हो । यसैले सहकारी मानव सभ्यता जत्तिकै पुरानो मान्न सकिन्छ । सहकारी भावनाको सचेत प्रयोग भने युरोपमा औद्योगिक क्रान्ति काल (सन् १७८०—१८४०) मा भएको हो । औद्योगिक क्रान्तिका कारण युरोपमा सहरीकरण तीव्र भएको थियो । ठूला उद्योगको विकासका कारण साना घरेलु उद्योग बन्द भएका थिए र साना उद्यमी ठूला उद्योगका मजदूर बन्न बाध्य भएका थिए । पुँजीवादको कारण मजदूरमाथिको शोषण तीव्र थियो । पँुजीको केन्द्रीकरण भई आम मानिसको जीवनस्तर कठिन भइरहेको थियो । यस्तो परिस्थितिमा तल्लो वर्ग अर्थात मजदूर वर्गको हितको पक्षमा विभिन्न वैचारिक धारणा आए । चार्ल्स फुरिएले उत्पादनको पुनर्वितरणको कुरा उठाए । पेरे जोसेफ
