यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो । यस निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलीय गठबन्धन र नेकपा एमालेको बीचमा प्रतिस्पर्धा हुने लख काटिएको थियो । कतै गठबन्धनका दलहरूले पनि अलगअलग चुनाव लडे, कतै एमाले पनि गठबन्धन गर्यो । जे होस्, चुनावमा दुई कित्ताका बीच घम्साघम्सी हुनेमा शंका थिएन । ‘हामी जित्छौं’ भन्ने नारा दुवैतर्फबाट गुञ्जिरहेका थिए । यसैबीच काठमाडौ महानगर, जनकपुर, धरान, धनगढी, भरतपुर जस्ता स्थानमा स्वतन्त्र उम्मेदवारको चर्चा चुलियो । काठमाडौं, धरान, जनकपुर र धनगढीमा स्वतन्त्र उम्मेदवारले जिते, भरतपुरमा सम्मानजनक मत ल्याए । देशभरका तेह्र पालिकाहरूमा स्वतन्त्र उम्मेदवार प्रमुख/अध्यक्षको रूपमा विजयी भएका छन् र जम्मा ३८५ जना स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेका छन् । प्रजातन्त्रवादीको पहिचान दिइएको नेपाली कांग्रेस र वामपन्थी शक्तिको रूपमा चिनिएका कम्युनिष्टहरूको बीचबाट स्वतन्त्र उम्मेवारहरू बलियो गरी उदाए । अघिल्लो स्थानीय निर्वाचनमा वैकल्पिक शक्तिको रूपमा रहेको विवेकशील पार्टीको उम्मेदवार रहेकी रञ्जु दर्शनाले काडमाडौं मेयरमा सम्मानजक मत ल्याएर पनि जित्न सकेको थिइनन् । त्यही प्रसङ्गमा ‘नेपालीहरू रेस्टुराँमा गएर पूरा मेन्यु पढ्छन् तर खाने वेला कि मम खान्छन्, कि चाउचाउ खान्छन्’ अर्थात् मूलधारका पार्टीलाई मात्र भोट दिन्छन् भन्ने भाष्य पनि जन्म्यो । मैले नै पनि वैकल्पिक शक्तिका चुनौती शीर्षकमा एउटा ब्लग लेखेको थिएँ (https://kedaracharya.com.np/archives/469) । अहिले वैकल्पिक शक्तिले नभए पनि वैकल्पिक व्यक्तिले राम्रो प्रदर्शन गरेका छन्
Month: May 2022
सजिलो छैन मतदान
भोलि वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदै छ । अहिले मौन अवधि भए पनि देश चुनावमय छ । अस्तिसम्म पार्टीहरूले चुनावी प्रचारप्रसार तीव्र पारेका थिए, नेताहरूको भाषण र भेला बढिरहेको थियो, टिकटको खोजीमा नेताहरू दल चाहर्दै थिए, पार्टी प्रवेशको लहर पनि चलिरहेको थियो । अहिले जनताहरू पनि आफ्ना प्रतिनिधि आफै छान्न पाउने अवसरलाई सदुपयोग गर्ने बारे सोचिरहेका होलान्, सोच्नै पर्छ पनि । उपत्यकाबाहिरका पालिकाहरूको मतदाता नामावलीमा नाम भएका काठमाडौंबासीहरू मतदानको लागि गाउँतिर गएकाले अहिलेको काठमाडौं दशैको जस्तै सुनसान देखिएको छ । आफ्ना प्रतिनिधि छान्न वा चुन्न अनि प्रतिनिधिको रूपमा छनिन र चुनिन पाउनु मानिसको सबैभन्दा ठुलो राजनैतिक अधिकार हो । विभिन्न विकल्पहरू विद्यमान हुनु, विद्यमान विकल्पहरूको बोध हुनु, ती विकल्पहरूमध्ये उत्तम विकल्पको जानकारी हुनु, अरू विकल्पलाई त्याग गरेर उत्तम विकल्प छनोट गर्ने विवेक हुनु र यी कामका लागि सहास हुनु स्वतन्त्र मानव मात्रका विशेषता हुन् । परापूर्व कालमा अरू जङ्गली जनावर जस्तै जङ्गलमा फिरन्ते जीवन बिताउने मानिस यही विकल्पको बोध र चुनावको चेतनाको कारण यहाँ आइपुगेको हो भन्ने मलाई लागेको छ । नेपाली समाजले पनि राजनीतिक स्वतन्त्रता र मतदानको अधिकार प्रयोग गर्न थालेको साठी वर्षभन्दा बढी भइसक्यो । २०१५ सालमा प्रत्यक्ष रूपमा आमचुनाव भएर बी.पी. कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार बनेको थियो । २०१७ सालमा प्रजातन्त्रको अपहरण भई २०१९
