सञ्जुका गीत

भर्खरै हिन्दी चलचित्र “सञ्जु” हेरें । फिल्मी नायक सञ्जय दत्तको जीवनीमा आधारित सो फिल्म निकै राम्रो लाग्यो । विवादको भुमरीमा फँसेका सञ्जय दत्तको जीवन कथा निकै रोचक र मार्मिक रहेछ सोको फिल्माङ्कन पनि स्तरीय । सञ्जय दत्तलाई विवादको घेराबाट बाहिर ल्याउन यो फिल्म सक्षम छ । फिल्म हेर्दाको करिब तीन घण्टाको समय एकै छिनमा बिते जस्तो लाग्यो । उनका जीवनको उतारचढावसँगै दुःख र हर्षका भावना मनमा घुमिरहे । अन्त भने सुखद रहेछ । हरेक युवाको सफलता र असफलतामा उसका अभिभावक र साथीको महत्वपूर्ण भूमिका हुन्छ । अभिभावकसँग हार्दिक र आत्मीय सम्बन्ध भएमा त्यसले जीवनलाई निकै ठुलो सकारात्मक उर्जा दिनसक्छ । जीवनको कतिपय क्षण र मोडमा भने अभिभावकभन्दा साथी महत्वपूर्ण हुँदा रहेछन् । सञ्जु यसैको उदाहरण हो । यस फिल्मा गाइएका र सम्झिएका केही गीतहरु भने निराशा, ग्लानि, हतोत्साह, असफलताका ओखती हुन भन्ने मेरो ठम्याइछ । त्यसैले ती गीतका शब्द पछि सम्झनका लागि यहाँ प्रस्तुत गरेको छु । तपाईंहरुले पनि यसबाट लाभ उठाउनुहोला भन्ने आशा लिएको छु । १. पिघला दे जंजीरें पिघला दे जंजीरें बना उनकी शमशीरें कर हर मैदान फ़तेह ओ बंदेया. कर हर मैदान फ़तेह घायल परिंदा है तू दिखला दे जिंदा है तू बाक़ी है तुझमें हौसला तेरे जूनून के आगे अम्बर पनाहे मांगे कर डाले तू जो फैसला रूठी तकदीरें

‘इति सम्वत’ भनेको कुन सम्वत हो ?

विक्रम सम्वत र इस्वी सम्वत भनेको त हामी सबैलाई थाहा भएको कुरा हो । तर हामीले कानूनको किताब पल्टायौं भने त्यहाँ अर्को सम्वत भेट्छौं । त्यो सम्वत हो इति सम्वत । कानुनी लिखतको अन्तिममा मिति लेखिएको हुन्छ । यही मिति जनाउन इति सम्वत यति साल यति महिना यति गते यति रोज (बार) शुभम् लेखिएको हुन्छ । कतै नभेटिने इति सम्वत कानुनका किताबमा कसरी आयो खोजको विषय होला । मेरो जानकारीमा आएको र मलाई चित्त बुझेको कुरा भने म यहाँ राख्छु । लिखितमबाट सुरु हुने कानुनी लिखतको अन्तमा इति लेखिन्थ्यो होला । इति भनेको अन्त । लिखितमबाट सुरु भएको व्यहोरा यहाँ अन्त हुन्छ भन्ने जनाउन इति लेखिनु स्वभाविकै पनि हो । इतिभन्दा तल लेखिएको व्यहोराले मान्यता पाउँदैन थियो होला । इति लेखेपछि अनुच्छेद (प्याराग्राफ) बदलेर सम्वत लेखी लिखत तयार भएको मिति लेखिन्थो होला । उदाहरण …. सो रकमको साउँ ब्याज लेखिएको भाकामा नतिरे घरघरानाबाट असुल गरी लिनु भनी खुशी राजीले यो तमसुक गरिदिएँ । इति । सम्वत २०७५ साल साउन महिना १३ गते रोज १ शुभम् । तर कुनै लिखतमा लेख्दै जाँदा ठाउँको अभावले इतिलाई तल्लो लाइनमा ल्याउनु पर्यो होला । र मिति लेख्न अर्को हरफमा नगई सोही हरफमा मिति लेखियो होला । उदाहरण …. …. . .. .. . .

असारे विकासको निकास: आर्थिक वर्ष वैशाखमा थालौं

नेपाल धेरैवटा नया“ वर्ष मनाइने देश हो । विक्रमको नया“ वर्ष वैशाख १ गतेवाट सुरु हुन्छ । यो सरकारी नया“ वर्ष हो । विदेशी लगानीका संस्था, निकाय र तीस“ग सरोकार राख्ने कतिपय नेपाली संस्था र व्यक्तिले पनि जनवरी १ बाट सुरु हुने इस्वी सम्बत्लाई पनि उत्तिकै महत्व दिन्छन् । नेपाली भूमिमा जन्मिएको नेपाल सम्बत् नेपाल नमनाउने कुरै भएन । गोबद्र्धन पूजाका दिन नेपाल सम्बतको नया“ वर्ष मनाइन्छ । इस्लाम धर्मामलम्बीहरु हिजरी सम्बत् मनाउ“छन् । शेर्पा, तामाङ, गुरुङ जातिहरुले चारबटा लोसार (नया“ वर्ष) मनाउ“छन् । देशको आर्थिक क्षेत्रले भने साउन १ गते नया“ वर्ष मनाउ“छ । नेपालको आर्थिक वर्ष साउनबाट सुरु हुन्छ । सरकारले वार्षिक बजेट सामान्यतया असारमा पेश गर्छ । साउनबाट सरकारी आम्दानी, खर्च र ऋणका हिसाब पुनः सुरु गरिन्छन् । सरकारको आर्थिक कारोबारको हिसाब वार्षिक रुपमा हुने भएकाले जुन आर्थिक वर्षको बजेट हो सोही आर्थिक वर्षमा खर्च गर्नु पर्ने र सोका लागि आवश्यक रकम पनि सोही आर्थिक वर्ष जुटाउनुपर्ने अवस्था आउ“छ । हामी सर्वसाधारण जनताजस्तो आम्दानी र खर्चको सीमाहीन श्रृंखला सरकारले चलाउन पाउ“दैन । असार मसान्तमा खाताबन्दी हुन्छ र अघिल्लो वर्ष खर्च हुन नसकेको रकम पुनः बजेटमा समावेश गरेर मात्र खर्च गर्नु पर्ने हुन्छ । सरकारले मात्र होइन सार्वजनिक संस्था, गैरसरकारी संस्था, सहकारी संस्था, बैंक तथा वित्तीय संस्थाले पनि

गोविन्द के.सी.का सम्बन्धमा

आज गोविन्द के.सी.को अनसन अठारौं दिनमा पुगेको छ । यो पटक उनी जुम्लामा अनसन बसेका छन् । यो उनको पन्ध्रौं अनसन हो । उनको स्वास्थ्य अवस्था नाजुक छ । उनका समर्थक र सरकारका प्रतिनिधिबीचको दुई चरणको वार्ता निष्कर्षविहीन बनेको छ । यसअघि वार्ताका लागि काठमाडौं आउन सरकारले गरेको आग्रह उनले अस्वीकार गरेका थिए । उनी माथेमा प्रतिवेदन अनुसारकै चिकित्साशास्त्र अध्ययन सम्बन्धी कानूनको माग गरी अनसनमा बसेका छन् । यसै अनुसारको अध्यादेश योभन्दा अघि दुई पटक जारी भए पनि यसपटक सरकारले संसदमा पेश गरेको विधेयक सो अनुकूल नभएको हुनाले त्यो विधेयकको खारेजी र नयाँ ऐनको तर्जुमाका लागि उनले दबाब दिएका हुन् । उनको मागमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको समर्थन छ । नागरिक समाज यस विषयमा विभाजित छ तर पनि उनका समर्थकहरु नै मुखर देखिएका छन् । सरकार भने माथेमा प्रतिवेदन अनुसार नै विधेयक ल्याएको भनिरहेको छ र एक व्यक्ति जो सरकारी  शिक्षण अस्पतालका वैतनिक चिकित्सक पनि हुन्, को दबाबमा विधेयक फिर्ता नगर्ने अडानमा छ । यस सम्बन्धमा मेरो भन्नु देहाय अनुसार छन् । १. गोविन्द के.सी. सरकारको विकल्प होइनन्, दबाब समूहका नेता मात्र हुन् । नेपाली काँग्रेसले जुन शैलीले सरकारको विरोध गर्न सुहाँउछ उनले त्यसो गर्न सुहाउँदैन । दबाब समूहले आफ्नो चाहना र सरकारको योजनाबीचमा कुटनैतिक तरिकाले संयोजन गर्छ र

युधिष्ठिर नै राजा किन ?

महाभारतका कथा छिटपुट रुपमा हामीले बालककालदेखि नै सुन्दै आएका हौं । यस कथाका अंश तथा उपकथाहरुमध्ये युधिष्ठिरलाई हस्तिनापुरको राजा नबनाएर धृतराष्ट्रले अन्याय गरेको, छलपूर्वक जुवा खेलाई इन्दप्रस्थ कब्जा गरेको, बनबासबाट फर्केपछि इन्द्रप्रस्थ फिर्ता नगरेको, राज्यको साटो सातगाउँ माग्दा पनि नदिएको र उनीहरुलाई परास्त गर्न विभिन्न षडयन्त्र गरेको कथा निकै स्मरणीय छ । महाभारतको युद्धको कारक तत्व नै यही नै भएको सोचाइ पाइन्छ पनि । आफ्ना भाञ्जालाई उत्तराधिकार दिलाउने शकुनी र भान्दाइ (फूपूका छोरा) लाई उत्तराधिकार दिलाउने कृष्णका बीचको प्रतिस्पर्धामा कहिले को अघि र कहिले को अघि हुँदै जाँदा महाभारतको युद्ध भएको हो । महाभारतका घटनाक्रमलाई विश्लेषण गर्दा युधिष्ठिर हस्तिनापुरको राजा हुनु त्यति युक्तिसंगत देखिंदैन । यस निष्कर्षमा पुग्नु अघि यस सम्बन्धी विवरण हामी तल केही घटनाक्रमका बारेमा जानकारी लिऔं । राजा शान्तनुले गंगासँग विवाह गरे र उनबाट देवव्रत छोरा भए । आफ्नो शर्त भङ्ग भएको कारण गंगा छोराका साथ स्वर्गमा फिर्ता गइन् र छोरालाई शिक्षादीक्षा पूरा गराई पछि शान्तनुकहाँ पठाइन् । गंगा फिर्ता भएपछि शान्तनुले सत्यवतीसँग विवाह गरे र उनबाट चित्राङ्गद र विचित्रवीर्य नामका छोरा जन्मिए । देवव्रत राजा नहुने र बिहे नगर्ने भीष्मप्रतीज्ञा गरेर भीष्मका रुपमा परिचित भइसकेका थिए त्यसैले शान्तनुको मृत्युपछि चित्राङ्गद राजा भए र एउटा समान्य युद्धमा मारिए । त्यसपछि उनका भाइ विचित्रवीर्य राजा भए । उनको