पञ्चावती सद्भाव समाजले २०८२ वैशख २७ गते उदयपुरगढीमा वनभोज कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा संबिधान सभा सदस्य तथा श्री पञ्चावती माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक श्री नारायण बहादुर कार्की, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष श्री मानबहादुर केप्छाकी, उपाध्यक्ष श्री जीतबहादुर खड्का, वडा नं. ५ का वडाअध्यक्ष श्री कुमार अधिकारी, गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत श्री भक्तबहादुर राई तथा विद्यालय व्यवस्थापन समितका अध्यक्ष श्री पद्मराज कार्कीको उपस्थिति थियो। सो विध्यालयका पूर्व शिक्षकहरू सर्वश्री ईश्वरप्रसाद निरौला, भरतप्रसाद घिमिरे, नारायणप्रसाद काफ्ले र उमेश भण्डारी समेत वनभोज कार्यक्रममा सहभागी हुनुहुन्थ्यो। सर्वश्री ओमबहादुर राउत, मधुरमण आचार्य, मिथिला राउत, धनबहादुर थापा मगर, बुद्ध कुमार राई, दीनानाथ दाहाल, प्रेमराज कार्की, वीरधोज निरौला, बोधकुमार घिमिरे, बालकृष्ण पोखरेल लगायत ठुलो संख्यमा पूर्वविद्यार्थी तथा सर्वश्री डम्बर बहादुर कार्की, दीपक रोकाहा लगायतका स्थानीय अभिभावक र बुद्धिजीवीहरू समेत वनभोज कार्यक्रममा सहभागी हुनुभएको थियो।. स्थानीय सहभागी र उदयपुरगढीबाट अन्यत्र गई बसोबास गर्नुहुने महानुभावहरूको सक्रिय सहभागिता रहेको यस वनभोजमा करिब ८० जनाको सहभागिता रहेको थियो।

पञ्चावती सद्भाव समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्य, उपाध्यक्ष द्वय श्री मिथिला राउत र श्री प्रदीप कुमार निरौला, महासचिव श्री केदार आचार्य, कोषाध्यक्ष श्री तेजमणि काफ्ले, सदस्य द्वय श्री सूर्यबहादुर के.सी. र श्री भेषराज खतिवडा वनभोज कार्यक्रममा सहभागी हुनुभएको थियो। उहाँहरू सबै श्री पञ्चावती माध्यमिक विद्यालयका पूर्वविद्यार्थी हुनुहुन्छ।
सप्तकोशी टेलिभिजनसँग सम्बद्ध श्री पञ्चावती माध्यमिक विद्यालयका पूर्वविद्यार्थी श्री बाबुराम खड्का यो कार्यक्रममा सक्रियरूपमा सहभागी भई वनभोज कार्यक्रम लगायत उदयपुरगढीका विभिन्न पक्षमाथि प्रकाश पार्ने सामग्री तयार पारी सो टेलिभिजनमार्फत प्रशारण समेत गर्नुभएको थियो।

