ओल्ड क्वाटरको साँझ दानाङबाट साढे एघार बजेका लागि निर्धारित हानोई जाने प्लेन एक घण्टा ढिलो भएकाले हामी हानोईको होटलमा पुग्दा तीन बजिसकेको थियो । होटलमा पगेर त्यही दिन अपरान्ह हानोइको नजिकैको इलाका घुमाउन लैजाने गाइडसँग सम्पर्क गरें । उनले पाँच बजेका लागि समय दिए। पाँच बजेसम्मको समय सदुपयोग गर्न हामी बाहिर निस्कियौं । एयरपोर्टबाट आउँदा नै हाम्रो होटल वरिपरी पनि बजार छ भन्ने थाहा भइसकेको थियो । यसो मेड इन भियतनाम लेखेको पसलमा गएर पातलो ज्याकेट र चप्पल किनें । मोलमोलाइ पनि चल्दो रहेछ । यसरी नजिकको बजारको एक चक्कर लगाएर पाँच बजेअघि नै होटलमा फर्कियौं । गाइड होटलको लबीमा आइसकेका रहेछन् । हाम्रो होटल भएको ओल्ड क्वाटर एरियामा उनले पैदलै घुमाउने रहेछन्। पुरानो सहर, घडेरीको सडकतिरको मुख धेरै भयो भने धेरै कर तिर्नुपर्ने कुनै जमानाको नियमको कारणले सडकतिर सानो गल्ली राखेर लामो गल्लीको भित्र बनाएका घरहरू, रेस्टुराँ, होटल र पसलहरू, लोकल मार्केट, इतिहासको कुनै कालखण्डमा बिचभागबाट राजा मात्र हिँड्न पाउने चारवटा गेटमध्ये युद्धमा नष्ट हुन बाँकी एउटा गेट, होआन केयम तलाउ पुगियो । बिचबिचमा खत्र्याङमत्र्याङ किनमेल गर्ने कामले निरन्तरता पाइरह्यो । थप पैसा पनि यही घुमफिरको क्रममा साटें । (Hoan Kiem Lake) उनले घुमाउँदै ट्रेन स्ट्रिट पनि पु¥याए । हामी त्यहाँ करिब साँझको ७ बजे पुगेका थियौं । साढे
Month: February 2026
मलाई पनि निद्रा लागेनः विचलित क्रान्तिको कलात्मक अभिलेख
साहित्यकार मातृका पोखरेलको नवीनतम कृति ‘मलाई पनि निद्रा लागेन’ पढें । भरखरै बितेको समय र परिवेशलाई कथाको रूपमा प्रस्तुत गरिएको रहेछ । पन्ध्रवटा कथाहरूको यो सँगालो पढ्दा पट्यार लाग्दैन, अरू पढूँ भन्दाभन्दै सकिन्छ । कथालाई समाज हेर्ने आँखीझ्लाल मान्ने देवकोटाको अवधारणालाई कथाकारले अनुशरण गरेका गर्नुभएको छ र छोटा कथाहरूको रचना गर्नुभएको छ । यस कथा संग्रहमा भएका पन्ध्र कथाहरूमध्ये सात वटा कथामा माओवादी जनयुद्धको परिवेश उपस्थित भएको छ । कथानक, पात्र र परिवेश जनयुद्धका कर्ता वा कर्म (प्रभाव र असर पर्ने क्षेत्र) बनेर रहेका छन् । ती कथाले जनयुद्धकालीन घटना, जनयुद्ध लडेर आएको पार्टीको सरकार बनेपछिका गतिविधि वा जनयुद्धबाट प्रभावित मानिसका व्यथा बोल्छन् । अरू ८ वटा कथा सामाजिक कथाहरू हुन् । यी कथाको नेपाली समाज र यसका चरित्रसँग सोझो साइनो गाँसिएको छ । कतिपय कथाहरूले बितेको कालखण्डको प्रतिनिधित्व गर्छन् तर प्रगतिको वेग सुस्त रहेको नेपाली समाजमा ती कथा अझै समसामयिक लाग्छन् । कथामा द्वन्द्व कम प्रतीत हुन्छ । कथाहरूमा पात्रको मनभित्र गुम्सिएको अन्तर्द्वन्द्व र उनीहरूले बाहिरी दुनियाँसँग गर्ने बाह्यद्वन्द्वको समुचित विकास भएको छैन । कथानक विकसित हुँदै उत्कर्षमा नपुगी विसर्जनतिर लाग्छ । मलाई लाग्छ, नेपाली समाजको प्रवृत्ति नै यही छ । त्यसैले यो लेखकको कमजोरी होइन, नेपाली समाजको मौलिक प्रवृत्तिको प्रकटीकरण हो । यो समाजमा एउटा घटना यसैगरी परिपक्व
भियतनाम यात्राः दानाङमा दुई दिन
सिङ्गापुरको लामो ट्रान्जिट माघ ५ गते राति ११ बजेतिर उडेको सिङ्गापुर एयरलाइन्सको प्लेन भोलिपल्ट बिहान ४ बजे (स्थानीय समय) मा सिङ्गापुरमा ओर्लियो । हामीले भियतनामको दानाङ शहरका लागि दिउँसो ३ बजेतिर प्लेन चढ्नुपर्ने थियो । यो करिब ११ घण्टाको समय हाम्रालागि चुनौती थियो ।न सिङ्गापुर एयरपोर्टबाट बाहिर निस्केर घुम्ने पर्याप्त समय र सुराक हामीसँग थियो न यो एघार घण्टा बिताउने सजिलो तरिका । एयरपोर्टको झिलिमिली र त्यहाँ उपलब्ध फ्री वाइफाइ मात्र हाम्रो समय बिताउने साधन थियो । हामी टर्मिनल २ मा उत्रिएका थियौं ।मोबाइलले दानाङ जाने प्लेन टर्मिनल १ मा आउने जानकारी दियो । हामी बिस्तारै अलमलिँदै हिँडिरहेका थियौं ।फूल सजाइएका ठाउँहरूमा फोटो पनि खिचिरहेका थियौं । टर्मिनलहरू बिच ओहोरदोहोर गर्न ट्रेनको व्यवस्था रहेछ।हामी ट्रेन चढेर १ नम्बर टर्मिनल तिर लाग्यौं । एक नम्बर टर्मिनलमा पुगेर हामी बस्ने ठाउँ खोज्यौं र बस्यौं । कोही ब्याग सिरानी लगाएर भुइँमै मस्त सुतिरहेका थिए । हामीलाई ट्राभल एजेन्सीवालाले भनेकी थिइन्, ‘एयरपोर्टको महँगो खानेकुरामा पैसा खर्च नगर्नुस् । खानेकुरा घरबाटै लिएर जानुस् । चिया/कफीको धूलो र थर्मस बोकेर जानुस् । एयरपोर्टमा तातो पानी पाइन्छ, आफैं चियाकफी बनाएर खानुस् ।’ हामीले थर्मस बोकेका थियौं । तातो पानी खोजेर चिया बनायौं र बिस्कुट पनि खायौं । । समय धेरै भएकाले हाम्रो उडानसम्बन्धी सूचना प्रकाशित भएको थिएन । हामी टर्मिनल १ मा नै ओहोरदोहोर गरिरहेका
भियतनाम यात्राः तारतम्य र तयारी
विदेश यात्रा मजस्ता मानिसको लागि सजिलो कुरा होइन । पहिलो त यो महँगो छ । घरका दुई जना एक हप्तामात्र विदेश घुम्न चाहिने पैसाले करिब वर्षदिन खान पुग्छ । यो चानचुने खर्च होइन । फेरि रिटायर भएर बसेको अवस्थामा आम्दानीको स्रोत केही छैन । दोस्रो, हामीलाई भिसा दिन हत्पति कोही तयार हुँदैन । अमेरिका र युरोपको भिसा पाउनु दुर्लभ प्रायः छ । एशियाका पनि सम्पन्न देशहरूले निकै कडाइँ गरेका छन् । नेपालीहरूले अक्सर घुम्ने थाइल्यान्ड र युएई (दुबई) मा पनि भदौमा भएको आन्दोलनपछि भिसामा कडाइ भएको बुझिन्छ । यसका अतिरिक्त खानपान नमिल्ने जस्ता समस्या पनि हुनसक्छन् । यस्तो परिस्थितिमा विदेश यात्राको तारतम्य मिलाउनु मेरा लागि सजिलो थिएन, छैन । जागिरबाट अवकाश पाएको र अवकाशको पत्रसँगै केही रकम पनि हात परेको अवसरमा हामी दुई जनाले पहिलो पटक विदेश यात्रा गरेका थियौ । मलेसिया, सिंगापुर र इन्डोनेसियाको केही दिने भ्रमण गरेका थियौं । त्यो रमाइलो भ्रमणको समाप्तिमा दुईचार वर्षको अन्तरालमा भए पनि यस्तो भ्रमण जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थियौं । तर त्यो पूरा हुनु सजिलो थिएन । पैसा सकिँदै गयो । समय तानिदै गयो । भारतका तीर्थहरू घुम्ने मौका मिले पनि ठुलो प्लेन चढ्ने चाँजोपाँजो चाहिँ मिलेन । त्यसपछि त झन् घर बनाउने काम आइलाग्यो । त्यसमा पनि एक वर्षभन्दा बढी समय
