सेयर बजारको मँहगो यात्रा

सेयर बजार भन्ने बित्तिकै सबैको कान ठाडो हुन्छ । सेयरहरूको मूल्य बढोस् र फाइदा होस् भन्ने सबैको चाहना हुन्छ । सेयर बजारको विकासको लागि समग्र अर्थतन्त्रमा सुधार र भविष्यप्रति आशावादी हुन सकिने अवस्था आवश्यक हुन्छ । लगानी गर्न आवश्यक वित्तीय साधन पनि बजारमा उपलब्ध हुनुपर्छ । सेयरमा लगानी गर्न सुपथ र सजिलो प्रक्रिया हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ । नेपालको सेयर बजारमा कारोबार गर्न कति शुल्क लाग्छ, यो शुल्क उपयुक्त स्तरमा छ/छैन भन्ने कुराको विश्लेषण गर्दै लगानीकर्ताको हितको लागि शुल्कको परिमार्जन किन आवश्यक छ भन्ने कुरा यस लेखमा प्रस्तुत गरिएको छ । नेपालको सेयर बजारमा १०० रुपियाँ दरका १०० कित्ता सेयर किन्नको लागि १०,०६२/५० पैसा खर्च हुन्छ अर्थात् रु. ६२/५० थप महसुल र शुल्क तिर्नुपर्छ । यसमध्ये २५ रुपियाँ डिपोजिटरी पार्टिसिपेन्ट अर्थात् नेपाल सिडिएस एन्ड क्लियरिङ लिमिटेडले पाउँछ । नेपाल धितोपत्र बोर्डले रु. १/५० र रु. ०/२२ क्रमशः शुल्क र नियामकीय शुल्क बापत पाउँछ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रु. ७/२० लैजान्छ । ब्रोकर एजेन्टहरूले रु. २८/५८ पाउँछन् । र, बेच्दा पनि यही तरिकाले शुल्क तिर्नुपर्छ । नाफा भयो भने सरकारले पुँजीगत लाभकर पनि पाउँछ । एक वर्षभन्दा कम अवधिभित्र किनबेच भई नाफा भएमा पुँजीगत लाभकर ७.५ प्रतिशतका दरले तिर्नुपर्छ भने एक वर्षभन्दा बढी अवधिमा कारोबार भएमा ५ प्रतिशत

नेपालमा कर्जाः कम भयो कि बढी गयो ?

नेपालमा अहिले आर्थिक गतिहीनता छ र यसको कारणको रूपमा कर्जा प्रवाह कम हुनुलाई लिइएको छ । बैंकहरूमा कर्जा दिन सकिने पैसा धेरै छ तर कर्जा त्यही मात्रामा प्रवाह हुन सकेको छैन । बैंकहरूले ऋणीलाई दिन चाहेका र ऋणीमार्फत बजारमा आउनुपर्ने पैसा तरलता प्रशोचनको माध्यमबाट केन्द्रीय बैंकमा फर्किरहेको छ । पैसाको बाटो परिवर्तन गर्नमा सबै लागिरहेका देखिन्छन् । पहिले ब्याजदर बढी थियो । दश प्रतिशतभन्दा बढी ब्याजदर भएको अवस्थामा ब्याज तिर्न नसक्ने भएर कर्जाको माग नबढेको विश्लेषण गरिएको थियो । हुन त दश प्रतिशत वरिपरीको ब्याजदर नेपालको बैंकिङ प्रणालीमा लामो समय चलेको थियो र केही वर्षअघि त्यही ब्याजदरमा कर्जा पाउन पनि कठिन थियो । तर कोरोनाकालमा पुनर्कर्जा नीतिका कारण ब्याजदर घटेको थियो र त्यसले इतिहास बिर्साइदिएको थियो । फेरि सेयर कारोबारमा जाने कर्जामा सिलिङ लाग्नु र चालू कर्जा निर्देशिका जारी हुनु पनि कर्जा नबढ्नुको कारण मान्न थालियो । अहिले ब्याजदर पनि कम छ, सेयर बजारतिर जाने कर्जाको सिलिङ पनि करिब हटिसकेको छ र चालू पुँजी कर्जा निर्देशिकामा परिमार्जन पनि भइसकेको छ तर कर्जा गएको छैन । कर्जा प्रवाह बढाउनु पर्ने माग र आवश्यकताको बारेमा नेपाली समाज र जनजीवनतिर फर्केर हेर्दा म त नेपाली समाज कर्जामा डुबेको देख्छु । गाउँगाउँका साना किसान र श्रमजीवी वर्ग लघुवित्त र सहकारीको ऋणमा डुबेका छन् ।

रणबहादुरको साँढे र नेपालको अर्थतन्त्र

राजा रणबहादुर शाह साँढेका सोखिन थिए । साँढेका नाममा गुठी र हेरचाहका लागि मान्छे राखेका थिए । उनी आफैं पनि साँढेको सह्यार गर्थे । एकपटक उनको एउटा प्रिय साँढे बिरामी परेछ । दरबारको प्राङ्गणमा नै त्यो साँढेलाई राखिएछ र उपचारका लागि वैद्यहरू बोलाइएछ । वैद्यहरू पनि साँढेको उपचारका लागि त्यहीं बसेर अहोरात्र खटेछन् । एकएक घण्टामा साँढेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिन राजासमक्ष पुग्नुपर्ने आदेश रहेछ र त्यसको लागि वैद्यहरू पालैपालो जाँदा रहेछन् । साँढे निको हुने अवस्थामा थिएन तर राजालाई साँचो कुरा सुनाउन सकिने कुरा पनि थिएन । ‘अवस्था स्थिर छ’, ‘खासै बिग्रन दिएका छैनौ’, ‘उपचारमा कुनै कसर बाँकी राखेका छैनौ’, ‘ म बाँचुन्जेल साँढेलाई केही हुँदैन’ जस्ता आश्वासनका कुराहरू भनेर वैद्यहरू फर्कंदा रहेछन् । यस्तैमा साँढे मरेछ । अब साँढे मरेको जानकारी लिएर राजाकहाँ कसरी जाने ? उनले तत्काल मृत्युदण्डको आदेश दिँदैनन् भन्ने आधार केही थिएन । उनको व्यवहार कसैले अनुमान गर्न सक्दैनथ्यो । रणबहादुरका काम र व्यवहारलाई हेरेर कतिपय इतिहासकारहरूले उनलाई लहडी भनेका छन् । राजा भएकाले लहडी कहलाइए, जनता भएका भए त बौलाहा ठानिन्थे होलान्  । तैपनि कसैले त जानै पर्थ्यो । जुन वैद्यको जानकारी दिने पालो परेको थियो उनी आफ्नो ज्यान माया मारेर राजाकहाँ पुगेछन् । राजालाई उनले भन्न सुरू गरेछन् – साँढेको आँखा, मुख,