प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव संघारमा छ । स्थापित दलका अनुभवी शीर्ष नेताहरू पूरा समय काम गर्न नपाएको र आफू अनुभवी एवं योग्य समेत भएको हुनाले पुनः मौका पाउनु पर्ने दाबीका साथ मैदानमा छन् भने कतिपय उम्मेदवार आफू नयाँ र युवा भएको हुनाले मौका पाउनु पर्ने दाबा गरिरहेका छन् । पटक पटक चुनिएर शासनको मौका पाएका पुराना शीर्ष नेतालाई किन फेरि शासनको मौका दिन उपयुक्त छैन र नयाँ अनुहार किन चाहिन्छ भनेर यस टिपोटमा विश्लेषण गर्ने कोशिस गरेको छु । संविधानको अङ्गीकार र पूर्ण परिपालना नेपालको संविधान विशिष्ट किसिमको छ । तर विभिन्न दलहरूले यसलाई सम्झौताको दस्तावेजको रूपमा लिएका छन् र आफ्ना राजनीतिक अडानलाई पूर्ववत् राखेका छन् । यो संविधानको मूलमर्मलाई शीर्ष नेताहरूले आत्मसात गर्न सकेका छैनन् । संविधान विरोधी गतिविधि गरिरहेका छन् । सहमतिमा बनेको यस संविधान संशोधनका अनेक पुलिन्दा घोषणापत्रमा पस्किरहेका छन् । उनीहरूले भन्दै आएको कुरा संविधानमा लेखिन नसके पनि उनीहरूको मनबाट हट्न सकेको छैन । यसबाट संविधानको पालना, प्रभावकारी कार्यान्वयन र उपयुक्त आधारमा संशोधन हुन पनि सम्भव छैन । यस संविधानको दीर्घ जीवनको लागि यो संविधान बमोजिम आफ्ना गतिविधिलाई मोडेका वा मोड्न सक्ने युवा वा नयाँ अनुहारको खाँचो छ । सन्तुलित परराष्ट्र नीतिको अवलम्बन पुराना पुस्ताका नेताहरू कुनै देश विशेषको विश्वासपात्रका रूपमा चिनिएका वा चिनाइएका छन् ।
Month: November 2022
किन नयाँ, किन युवा ?
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव संघारमा छ । दलका र स्वतन्त्र उम्मेदवारहरू घरघरमा पुगेका छन् । स्थापित दलका अनुभवी नेताहरू पूरा समय काम गर्न नपाएको र आफू अनुभवी एवं योग्य समेत भएको हुनाले पुनः मौका पाउनु पर्ने दाबीका साथ मैदानमा छन् भने कतिपय उम्मेदवार आफू नयाँ र युवा भएको हुनाले मौका पाउनु पर्ने दाबा गरिरहेका छन् । पुराना नेताको इतिहासमा गरिएको योगदान बापत पद पाउनु पर्ने दाबी त यथावत् छँदैछ । यो चुनावमा पनि स्थापित दलहरूबाट पूर्वप्रधानमन्त्री र पार्टीका अध्यक्षहरू नै प्रधानमन्त्रीको दाबेदारको रूपमा चुनावमा होमिएका छन् । पुराना नेताहरूले पटकपटक मौका पाएको, ती मौकाको सही सदुपयोग हुन नसकेको र अब थप योगदान हुन नसक्ने प्रमाणित भइसकेको हुनाले एक पटक प्रधानमन्त्री भइसकेका उम्मेदवारलाई पुनः भोट दिन नहुने आग्रहका साथ नो, नट एगेन (No, not again) भन्ने अभियान पनि चलिरहेको छ । पुरानाको दाबी सर्वथा गलत छैन । अमेरिका बुढा वाइडेनले हाँकिरहेका छन्, पुटिनले रुस हाँकेको पनि धेरै भइसक्यो, भारतमा मोदी दोस्रो कार्यकाल चलाइरहेका छन्, चीनमा सी जिङपिङ तेस्रो कार्यकालका लागि भरखरै छानिएका छन्, मलेसियमा महाथिर सन्तानब्बे वर्षको उमेरमा चुनाव लडिरहेका छन्, सिङ्गापुरमा लि क्वान युले लगातार ३१ वर्ष शासन चलाएका थिए । नेपालमा किन बुढा र पुराना नेता नहुने, किन कसैलाई दोहोरिन, तेहरिन वा पाँचौ, सातौं पटकका लागि मार्ग प्रशस्त नगर्ने
सम्झनामा रत्न सर
रत्न सर (रत्नप्रसाद काफ्ले) को २०७९ कात्तिक १५ गते साँझ देहावसान भएको जानकारी भोलिपल्ट सामाजिक सञ्जालमा देखें । तिहारको समयमा उहाँलाई अस्पतालबाट उदयपुरगढी गाउँपालिकाको नेपालटारस्थित घर फर्काइएको थियो र त्यो समयमा म नेपालटारमै रहेको हुनाले उहाँलाई भेट्न सकेको थिएँ । मित्र बालकृष्णजी र सरका छोराहरू सन्तोष र प्रसन्नका अनुसार उहाँको मिर्गौला र मुटुमा गम्भीर समस्या थियो । उहाँमा होश थिएन । नाकमा लगाइने नलीबाट उहाँलाई झोल खुवाउने गरिएको थियो । उहाँ कोमाको अवस्थामा हुनुहुन्थ्यो । त्यसैले उहाँको देहावसान अकल्पनीय त कसरी भनौं र तर दुःखदायी भने निस्सन्देह नै रह्यो । उहाँका व्यक्तित्वका निश्चय नै अनेक आयाम थिए तर मेरो लागि उहाँ पञ्चावती माध्यमिक विद्यालयको साह्रै प्रेरणादायी र प्रतिबद्ध शिक्षक र साहित्यक प्रतिभा हुनुहुन्थ्यो । त्यही विद्यालयमा मैले कक्षा १ देखि कक्षा १० सम्म पढेको थिएँ । सुरूका केही कक्षा पढेको म राम्रो सम्झन सक्दिन तर जबदेखि सम्झन्छु रत्न सरलाई आफ्नो गुरुको रूपमा पाउँछु । रत्न सरले पिटी (फिजिकल ट्रेनिङ) गराउनु भएको, कक्षागत गीत गाउन सिकाउनु भएको, अंग्रेजीको उच्चारण र फोनेटिक ट्रान्सक्रिप्सन पढाउनु भएको, अंग्रेजी पाठ्यपुस्तकमा दिइएका संवादको अभ्यास गराउनु भएको सम्झना छ । हामी २०३९ सालमा कक्षा १० मा पढ्दा अंग्रेजी उहाँले नै पढाउनु भएको थियो । त्यस समयमा थप शैक्षिक योग्यता हासिल गर्न उहाँ आफैं प्रयत्शील हुनुहुँदो रहेछ तर
