कपट मानिसमात्रको अधिकारको कुरा हो । मूक बोट बिरुवाको बारेमा त के कुरा गर्नु ? कुनै पशु वा पंक्षीले पनि झुठ बोलेको मलाई थाहा छैन । मानिसले कपट कलामा अधिकार पाएको भाषिक क्षमताको कारणले नै होला । हुन त अरु जनावर पनि सञ्चारका लागि केही ध्वनिको प्रयोग गर्दछन् तर कहाँ मानिसले प्रयोग गर्ने भाषाको क्षमता, कहाँ ती जनावरले प्रयोग गर्ने ध्वनिको सीमितता ? निश्चित वातावरणमा निश्चित ध्वनि प्रयोग गरी निश्चित खबर आफ्ना साथीहरुलाई सूचित गर्नका लागि ती बाध्य छन्, कसैले मनमौजी कुनै आवाज निकाल्न सक्दैन । मौरीले पूmलबारी देखेको बेलामा मात्र घारमा फर्केर नाच्न सक्छ, कागले संकटमा मात्र ‘कागकाग’ गरी कराएर साथी जम्मा पार्न सक्छ । कुखुराको भालेले पनि विहानीपख मात्र ‘कुखुरी काँ’ गरी कुखुरीलाई ‘प्रेमपत्र’ पठाउँछ । यसैगरी अरु प्राणीले पनि प्रणय ध्वनि निश्चित समयमा मात्र निकाल्न सक्छन्, सँधै प्रेम प्रकट गर्न सक्दैनन् । न नक्कली प्रेम, न नक्कली खुशी, न नक्कली दुःख, न नक्कली डर जनावरले केही प्रकट गर्न सक्दैनन् । उनीहरुसँग भाषा होइन, स्वस्फूर्त ध्वनि संकेतको व्यवस्था मात्र भएकाले होला उनीहरु अरुलाई झुक्याउने सामथ्र्य राख्दैनन्, झुक्याउँदैनन् । बरु मानिसहरु जनावरको नक्कली आवाज निकालेर उनीहरुलाई झुक्याउँछन् । स्यालमाराले स्यालको नक्कली आवाज निकालेर स्याल बोलाएर मारेको दृष्टान्त हामीसँग छँदैछन् ।मानिसको अभिव्यक्ति क्षमता असीमित छ, ऊसँग भाषा जो छ ।
स्मृतिग्रन्थभित्रका डा. पन्त
२०६५ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव समारोहमा बीस वर्षे सेवा पदक लिन सहभागी हु“दा पूर्व गभर्नर डा. यादवप्रसाद पन्तको सम्झनामा एक मिनट मौन धारण गरियो । काठमाडौ बस्दा अग्रणीहरुको मुखबाट बाक्लै सुनिएको र विराटनगर आएपछि उस्तो सुन्न छोडिएको यो नाममा श्रद्धाञ्जली दि“दा मन भारी भयो । उहा“को देहावसानको समाचार त पहिला पनि सुनेको थिए“ तर आफुले नाम सुनिरहका मानिस अब हामीबीच छैनन् भन्ने भावनाको तीव्र अनुभूति त त्यतिबेला पो भयो । २०६४ कार्तिक २८ गते डा. यादवप्रसाद पन्तको स्वर्गारोहण भइसकेको थियो ।२०६६ साल माघतिर फेरि म डा. पन्तको सम्झनास“ग जोडिन पुगे“, डा. भुबनेश पन्तस“गको सान्निध्यले । डा. भुबनेश पन्त विराटनगर कार्यालयमा मुख्य व्यवस्थापक (कार्यालय प्रमुख) बनेर सो समयमा आउनु भएको थियो । डा. भुबनेश पन्त डा. यादवप्रसाद पन्तका माहिला छोरा हुनुहु“दो रहेछ । अत्यन्त अल्पभाषी डा. भुबनेश पन्तस“ग उहा“का पिताजी स्व. डा. यादवप्रसाद पन्तका बारेमा कुरा त हुन्थ्यो, तर कहिलेका“ही मात्र त्यो पनि अत्यन्त छोटो । एकदिन उहा“ले पिताको सम्झनामा छापिएको स्मृतिग्रन्थ विमोचन कार्यक्रममा सरीक हुन काठमाडौं जाने कुरा बताउनु भयो र सो ग्रन्थ हेर्ने मेरो लालसालाई पूरा गर्न एक प्रति दिने आश्वासन पनि दिनुभयो । त्यसको केही समयपछि सो ग्रन्थ हात लाग्यो पनि ।पुस्तकको प्रारम्भमा डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानकी अध्यक्ष मीरा अर्याल (स्व.
मक्किएको जरा
मलाई नेपालटार जाने अवसर त्यति मिल्दैन । आफ्नो जन्मभूमिमा पाइला राख्न पनि मलाई साइत जुर्नु पर्छ । काठमाडौंको छक्क र दिक्कलाग्दो बेफुर्सदीले गर्दा त्यहाँ जान दसैँ वा त्यस्तै कुनै लामो विदा पर्खनु पर्छ, कि कुनै जरुरी काम पर्नुपर्छ । जरुरी काम परे जान्छु भन्ने मेरो धारणा मात्र हो, म त्यसरी गएको छैन । जरुरी कामका लागि काठमाडौं बसेको मानिसको नेपालटारमा के महत्व ? जरुरी कामका लागि त नजिकमा रहेका मानिस नै महत्वपूर्ण हुन्छन् । ‘टाढाको देउता र नजिकको भूत’ भन्ने उखान त्यसै चलेको हो र ? फेरि, जरुरी कामले त गाउँबाट मानिस काठमाडौं पो आउने हो त ! ठुला ठुला अड्डा अदालत यहीँ छन्, अस्पताल यहीँ छन् । जरुरी परेर नै भनौँ, आमा बिरामी पर्नुहुँदा भने म एक पटक नेपालटार पुगेको थिएँ । म पुग्दा उहाँ सञ्चो भइसक्नु भएको थियो । त्यसैले आमालाई पनि बिरामी परेको बेला मलाई बोलाउनु भन्दा आफैँ म बसेको ठाउँमा आउनु जाती भनी अर्ती दिएर फर्कें । हो बिरामी भएर मलाई खबर गरेपछि उहाँ मलाई कुरेर बस्न सक्नुहुन्छ तर रोगमा त्यति धैर्य नहुन पनि सक्छ । आखिर औषधि गर्न सहर आइहाल्नु पर्छ । गाउँको स्वास्थ्य चौकीमा गए पनि मसँग भएको यही हो भनी १,२ चक्की औषधि दिएर सहरको बाटो नै देखाइदिने हुन् । यसरी आफ्नो बाध्यताले
दाहिने हात
संसदमा सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएको समाचार फैलिने बित्तिकै सुकेखोला खानेपानीका आयोजना प्रमुख रमेशकाजी र ठेकेदार सानुमान काठमाडौ हानिए । खानेपानी आयोजनाको जिप घाम नझुल्किँदै साँवरी भन्ज्याङ कटिसकेको थियो भनेर भान्टाबारी बजारबाट आएका मानिसले भनेका थिए । सुकेखोलाका चिया पसलमा भने आयोजना प्रमुख ठेकेदारको मोटरमा हिजो बेलुकै काठमाडौ गएका हुन्, आयोजनाको मोटर त ड्राइभरले रमेशकाजीको घर विराटनगर लगेको हो भन्ने हल्ला चलिसकेको थियो । रमेशकाजीले पियन सानुकान्छलाई ‘हाकिमसा’ब बिहान जानु भएको हो’ भन्नु भनेर ठेकेदार सानुमानसँग काठमाडौ हान्निएका थिए तर ठेकेदार र हाकिमको बैठकपछि बाँकी रहेको बिजुली पानी लगाएपछि सानुकान्छाले ‘कसैलाई नभन्नु है भनी’ हाकिमको यात्रा वृत्तान्त एक कान दुई कान मैदान बनाइसकेको थियो ।हाकिम र ठेकेदारका बारेमा बजारमा त हल्ला चलिरहेको थियो भने आयोजनाको अफिसमा चर्चा हुनु स्वभाविक नै थियो । सत्तारुढ पार्टी र त्यसका नेतालाई रिझाएर आयोजना प्रमुख बनेका राजेशकाजीको अब सरुवा हुने लख काटिएको थियो । अविश्वासको प्रस्ताव पारित भएर नयाँ सरकार बनेपछि पुरानो सरकारका समर्थक मानिएका उनी आयोजना प्रमुख रहिरहने कुरै थिएन । पदबाट हट्ने निश्चित भएको राजेशकाजीले गरेको भनिएका दुष्कर्मको चर्चाले कार्यालयका कोठा दुर्गन्धित भइरहेका थिए, सबैजसो उसको बदख्वाइँमा लागेका थिए । ‘ए हो र !’ भनेर एउटाको कुरामा सही थापेपछि अर्को फेरि अर्को बदख्वाइँको किस्सा निकाल्न लागिहाल्थ्यो । बोलक्कड र गफाडीको त कुरै
निरीक्षण
“मेनेजर साहेब, नमस्कार ।” उताबाट कसैको फोन थियो ।“नमस्कार, को बोल्नुभयो होला ?” मेनेजरले फर्काए ।“म शिवराम, निरीक्षण विभागबाट हो सर ।” उताबाट जवाफ आयो ।“ओहो, शिवरामजी, के छ खबर ? कसरी सम्झनुभयो ?”“हामी भोलि त्यहाँ निरीक्षणका लागि आउँदैछौं । सवा एक बजेको फ्लाइट छ । एयरपोर्टमा मोटर पठाइदिनुहुन्छ कि भनेर हो सर ।”“ए भइहाल्छ नि । म ड्राइभरको नम्बर मेसेज गरिदिन्छु । सजिलो हुन्छ । अनि विशेष अरु केही ?”“अरु कुरा भेटेरै गरौँला नि । अखिर त्यहीँ त आइएको छ ।”“ल त अहिलेलाई राखेँ ।”विराटनगर शाखाका मेनेजर रामकुमार शर्मा यो फोनपछि अलि चिन्तित देखिए । उनले एक गिलास पानी घुट्क्याए अनि पानपराग मुखमा चेपे । निरीक्षण बैंकको लागि एउटा नियमित प्रक्रिया भए पनि निरीक्षण टोली आएपछि टेन्सन बढिहाल्छ । उनीहरुलाई खुवाऊ, पियाऊ, बसाऊ । उनीहरुको चाहिने नचाहिने स्पष्टीकरणको जवाफ देऊ । काम गर्दा, गराउँदा कति व्यवहारिक समस्या पर्छ उनीहरुलाई मतलब हुँदैन । परिपत्रको एउटा दफामा टाङ अडाइरहेका हुन्छन् । त्यस्ता दफा सँधै पक्डेर त साध्य नै हुँदैन ।‘फेरि अहिले त निरीक्षण टोली आउने बेला नै होइन ।’ उनको अनुभवी मनले उनलाई झस्कायो । तर भरखरै निरीक्षण विभागको शिवराम भोलि आउने खबर दिने टेलिफोन सेट आफैँ अगाडिको टेबुलमा बसिरहेको थियो । अनि शिवरामको बोली अझै कानमा गुञ्जिरहेको थियो ।यो बेमौसमी
अर्को डेरा
“म यो महिनाभित्रमा डेरा सर्छु है ।” मैले भने । हुन त डेरा सर्ने कुरा घरपट्टीलाई सरप्राइज दिने चलन पनि छ । डेरा सर्न मन लाग्यो भने खुसुक्क कोठा खोज्ने र कोठा फेला पारेर सर्ने बेलामा मात्र घरपट्टीलाई थाहा दिने । घरपट्टीले भाडामा बसुन्जेल गरेका हेपाहा ब्यवहारको बदला डेरा सर्ने बेलामा लिने । सारा किचकिचको एउटै जवाफ, पूर्व जानकारी विना कोठा सर्ने र साहुजीको घर खाली राख्ने । उनलाई नयाँ डेरावालको खोजीको चिन्ता भिडाइदिने । अघिल्लो दिनसम्म कोठा खाली छ भनेर सोध्नेलाई छैन भनेर जवाफ दिएकोमा पश्चात्ताप गर्न लगाउने । तर मलाई भने त्यो मन परेन । मैले महिना लाग्दै उनलाई आफूले कोठा सर्ने जानकारी गराएँ । उनले पनि समयमा नै अर्को भाडावालको व्यवस्था गर्न सकून् र भाडा खान पाउन् जस्तो लाग्यो ।“ए हो र ! किन जान लाग्नु भएको त । केही भए भन्नु भएको भए हुन्थ्यो ।” उनले भने अनि मैले बुझाउन लगेको अग्रिम घरभाडा दश हजार गोजीमा हाले, दुई चोटि गनेर । केही त थियो तर उनलाई भन्नु बेकार थियो । दुई महिना अघि उनले आठ हजार चलिरहको घरभाडा बढाएर दश हजार बनाएका थिए । त्यो मेरो बजेटभन्दा माथि थियो । अखिर एउटा बस चढ्नु परिहाल्छ, पन्ध्र मिनट अघि निस्कौँला, अलि टाढा जाऔला र उही महिनाको आठ
आफ्नो दियालो, आफ्नै उज्यालो
किन लेख्नु पर्यो यो ? म उदयपुर जिल्लाको नेपालटारमा जन्में, त्यहीं हुर्कें। उदयपुरगढीस्थित पञ्चावती माध्यमिक विद्यालयमा कक्षा १० सम्म पढें। एस. एल. सी. पास गरेपछि केही समय प्राथमिक विद्यालय, जगरेटार; पञ्चावती माध्यमिक विद्यालय, उदयपुरगढी र निम्न माध्यमिक विद्यालय, बर्रेमा पढाउने काम गरें । शिक्षकको जागिर खोज्न रसुवा जिल्लाको सिमबन्दी पनि पुगें । त्यहाँको कठिन भौगोलिक र फरक सांस्कृतिक परिवेशमा करिब ५ महिना काम गरें। रसुवामा रहँदै लोक सेवा आयोगको परीक्षा पास गरेर सहलेखापालको नियुक्ति लिन सिन्धुपाल्चोकको चौतारा पुगें र जिल्ला प्रशासन कार्यालयको सहलेखापालको रूपमा करिब १८ महिना काम गरें। नेपाल राष्ट्र बैंकको प्रधान सहायक पदको लागि दिएको परीक्षा पास गरेपछि म तत्कालीन श्री ५ को सरकारको सेवाबाट राजीनामा दिएर काठमाडौंमा रहेको नेपाल राष्ट्र बैंकमा आएँ। सुरूका आठ र अन्तिमका चार वर्ष काठमाडौंमा र बाँकी १८ वर्ष विराटनगरमा बसी बैंकको सेवा गरेपछि २०७४ सालमा अवकाश पाएँ। अवकाशपछि पनि एउटा निकायमा केही समय काम गर्ने मौका पाएको थिएँ। आई. ए. मैले प्राइभेट विद्यार्थीको रूपमा उत्तीर्ण गरें। बी. ए. र एम. ए. तहको अध्ययन भने नेपाल राष्ट्र बैंकमा सेवारत हुँदा नै नियमित विद्यार्थीको रूपमा पूरा गरें। अवकाश हुने समयमा एल. एल. बी. पनि पढ्न जाँगर चल्यो र पूरा पनि गरें। मैले निकै साँघुरो परिवेशमा रहेर आफ्नो उन्नतिका लागि प्रयास गरें। मेरो कुनै विशिष्ट
मुक्त समयमा प्रवास पीडा
साहित्यलाई समाजको ऐना मानिन्छ । नेपाली साहित्य पनि नेपाली मनको हर्ष र आ“सुको साक्षी बन्नबाट चुकेको छैन । यो जतिजति आधुनिक बन्दै छ उतिउति नै मानव मनको नजिक पुग्दैछ । साहित्यको विषय स्वर्गबाट संसारमा झरेको छ र तिलस्मबाट जीवनमा आइपुगेको छ । कल्पना र स्वैरकल्पनाका शील्पयुक्त वाणहरु आकाशतिर ताकिएका देखिएलान् तर तिनको निशाना समाज र मानिसतिरै छ । आजको नेपाली साहित्य नेपाली मुटुमा लगाएको स्टेथेस्कोपको कलात्मक धडकन हो, यसले नेपाली हृदयको नाप, चाप, चाल र ताल बताउ“छ । कवि ज्योति जङ्गलको नवीनतम कविता संग्रह ‘मुक्त आकाश’ मा पनि आफ्नो देश, परिवेश, समाज र जीवनको अनुभूतिलाई अभिव्यक्त भएको छ ।‘मुक्त समय’ ज्योति जङ्गलको तेश्रो कवितात्मक कृति हो । यसअघि उनको कविता संग्रह ‘पहाडको मन’ (२०६२) र गजल संग्रह ‘अक्षरमा तिमी’ (२०६५) प्रकाशित भइसकेको छ । साझा प्रकाशनबाट २०६९ सालमा प्रकाशित यस कविता संग्रहमा सतचालीसवटा कविता रहेका छन् । यी कवितामा समसामयिक नेपाली जनजीवनका सामाजिक, आर्थिक, पारिवारिक र मानवीय पक्षको उद्घाटन गरिएको छ । नेपालीहरुको बिदेसिने प्रवृत्ति र प्रवासजनित पीडा, युद्धका त्रासदी र मानव मनमा प्रभाव, सामाजिक विसंगति, प्रकृति, प्रेम र समर्पण, स्वाभिमान र अस्मिता, मानवतावाद र जीवनवादी चेतनाजस्ता विषयहरु यस संग्रहका कवितामा बगिरहेका छन् । हाम्रो आ“खा अगाडिको र हामीले भोगिरहेको समाज कविमनबाट कवितामा रुपान्तरण हु“दै हामीबीच आइपुगेको छ, मुक्त समयको
नयाँ वर्ष
आकाशमा बरालिने बादलहरू जस्तै बादलमा लुकामारी गर्ने खुर्पे जून जस्तै एउटा वर्ष गइरहेछ, अर्को वर्ष आइरहेछ र मलाई छोडिरहेछ उस्तै निराश, उस्तै हतास न बादलले सिँचे जस्तो, न जूनले भेटे जस्तो अलमल्ल र अवाक् । पुतलीपछाडि कुदिरहँदा अनि ऐना हेरेर मस्किरहँदा आफूलाई जून ठान्थेँ होला नयाँ वर्षमा म पनि फूल बन्थें होला नयाँ वर्षमा शायद सोच्थेँ, पुतलीसँग खेल्छु नयाँ वर्षमा । म त अब फूल होइन, रूख बनेको छु झरेर पातहरू झनै उजाड बनेको छु चोट छ, टिपिएका फूलहरूको चिन्ता छ, सुकेका हाँगाहरूको ठोक्किएका जराहरूको पिर छ रोकिएको उचाइको डर छ म निश्चल उभिरहेको छु एउटा वर्ष आइरहेछ, अर्को वर्ष गइरहेछ । हरेक गएको वर्षले कानको ध्वनि लिएर गएको छ, अलिकति आँखाको ज्योति लिएर गएको छ, अलिकति रगतको तातो लिएर गएको छ, अलिकति नसाको तागत लिएर गएको छ,अलिकति नयाँ वर्ष पनि उही त हो, अलिकता धड्कन लिएर जान्छ, मुटुको अलिकति सास लिएर जान्छ, फोक्सोको मिर्गौलाको जाली च्यातेर जान्छ, अलिकति अनि कलेजो डढाएर जान्छ, अलिकति म चोइटिएर बसिरहन्छु विवश एउटा वर्ष आइरहन्छ, अर्को वर्ष गइरहन्छ । हजार चोटहरूले मूर्छित छ मेरो चेतना अनन्त रेखामा समयको सुरू कता, सीमा कता यस निस्पट्ट ओढारमा, कुन हो कोसेढुङ्गा ? कुन आज, कुन हिजो, कुन भोलि ? यही बेहोसीमा म टोलाइरहेको छु एउटा वर्ष आइरहन्छ,
खाली आकाश
केही जान्ने, केही सिक्ने र केही बुझ्ने जिज्ञासाभन्दा पनि समय कटाउने बाहानाको रूपमा एउटा किताब पढ्दै थिएँ । किताब थियो भिक्टर फ्र्याङ्कलले लेखेको ‘द सर्च फर मिनिङ’ । अंग्रेजी किताब, नेपालीको विद्यार्थी । घोर जङ्गलमा पसेको अनुभूति भइरहेको थियो । कति शब्द अपरिचित थिए, कति वाक्य संरचना । कतिपय विषयलाई आफ्नै तालले बुझ्दै, कति बुझेजस्तो गर्दै र कतिपय कुरा नबुझ्दै पाना पल्टाइरहेको थिएँ । एउटा मनोवैज्ञानिक सिद्धान्तका प्रणेता अनि नाजी शासनको ज्यादती भोगेका डाक्टरको लेखाइले एउटा मोहनी त लगाइरहेकै थियो । मन पर्न कुरो बुझ्नु पर्दैन पनि त ! एउटा हिन्दी गीत छ- न मैले तिमीले भनेको बुझे, न जानें, तैपनि तिमीले भनेको कुरो सुनेर मलाई खुशी लागिरहेको छ (न मैं समझा, न मै जाना, जो भी तुमने मुझ से कहा है सेनोरिटा, मगर फिर भी मुझे सुनके अच्छा लगा है सेनोरिटा) । किताबको पानाहरूको माध्यमबाट म एउटा अज्ञाततर्फको यात्रामा थिएँ । तन्द्राजस्तो मनस्थिति थियो मेरो । अलिअलि थाहा पनि छ, धेरै थाहा छैन पनि । तैपनि तानिएको छु, तानिइरहेको छु । नेपाली किताब त एक पटक पढेर बुझिन्न, गहन अर्थ र अन्तर्य जान्न सकिन्न भने अंग्रेजी किताब किन एकै पढाइमा बुझिनु पर्यो त ! यही सोचका साथ म अंग्रेजी किताब पढ्न थालेको छु । दोस्रो विश्वयुद्धताकाको जर्मनी, यहुदीहरूलाई कैद
