निरीक्षण

“मेनेजर साहेब, नमस्कार ।” उताबाट कसैको फोन थियो ।“नमस्कार, को बोल्नुभयो होला ?” मेनेजरले फर्काए ।“म शिवराम, निरीक्षण विभागबाट हो सर ।” उताबाट जवाफ आयो ।“ओहो, शिवरामजी, के छ खबर ? कसरी सम्झनुभयो ?”“हामी भोलि त्यहाँ निरीक्षणका लागि आउँदैछौं । सवा एक बजेको फ्लाइट छ । एयरपोर्टमा मोटर पठाइदिनुहुन्छ कि भनेर हो सर ।”“ए भइहाल्छ नि । म ड्राइभरको नम्बर मेसेज गरिदिन्छु । सजिलो हुन्छ । अनि विशेष अरु केही ?”“अरु कुरा भेटेरै गरौँला नि । अखिर त्यहीँ त आइएको छ ।”“ल त अहिलेलाई राखेँ ।”विराटनगर शाखाका मेनेजर रामकुमार शर्मा यो फोनपछि अलि चिन्तित देखिए । उनले एक गिलास पानी घुट्क्याए अनि पानपराग मुखमा चेपे । निरीक्षण बैंकको लागि एउटा नियमित प्रक्रिया भए पनि निरीक्षण टोली आएपछि टेन्सन बढिहाल्छ । उनीहरुलाई खुवाऊ, पियाऊ, बसाऊ । उनीहरुको चाहिने नचाहिने स्पष्टीकरणको जवाफ देऊ । काम गर्दा, गराउँदा कति व्यवहारिक समस्या पर्छ उनीहरुलाई मतलब हुँदैन । परिपत्रको एउटा दफामा टाङ अडाइरहेका हुन्छन् । त्यस्ता दफा सँधै पक्डेर त साध्य नै हुँदैन ।‘फेरि अहिले त निरीक्षण टोली आउने बेला नै होइन ।’ उनको अनुभवी मनले उनलाई झस्कायो । तर भरखरै निरीक्षण विभागको शिवराम भोलि आउने खबर दिने टेलिफोन सेट आफैँ अगाडिको टेबुलमा बसिरहेको थियो । अनि शिवरामको बोली अझै कानमा गुञ्जिरहेको थियो ।यो बेमौसमी

अर्को डेरा

“म यो महिनाभित्रमा डेरा सर्छु है ।” मैले भने । हुन त डेरा सर्ने कुरा घरपट्टीलाई सरप्राइज दिने चलन पनि छ । डेरा सर्न मन लाग्यो भने खुसुक्क कोठा खोज्ने र कोठा फेला पारेर सर्ने बेलामा मात्र घरपट्टीलाई थाहा दिने । घरपट्टीले भाडामा बसुन्जेल गरेका हेपाहा ब्यवहारको बदला डेरा सर्ने बेलामा लिने । सारा किचकिचको एउटै जवाफ, पूर्व जानकारी विना कोठा सर्ने र साहुजीको घर खाली राख्ने । उनलाई नयाँ डेरावालको खोजीको चिन्ता भिडाइदिने । अघिल्लो दिनसम्म कोठा खाली छ भनेर सोध्नेलाई छैन भनेर जवाफ दिएकोमा पश्चात्ताप गर्न लगाउने । तर मलाई भने त्यो मन परेन । मैले महिना लाग्दै उनलाई आफूले कोठा सर्ने जानकारी गराएँ । उनले पनि समयमा नै अर्को भाडावालको व्यवस्था गर्न सकून् र भाडा खान पाउन् जस्तो लाग्यो ।“ए हो र ! किन जान लाग्नु भएको त । केही भए भन्नु भएको भए हुन्थ्यो ।” उनले भने अनि मैले बुझाउन लगेको अग्रिम घरभाडा दश हजार गोजीमा हाले, दुई चोटि गनेर । केही त थियो तर उनलाई भन्नु बेकार थियो । दुई महिना अघि उनले आठ हजार चलिरहको घरभाडा बढाएर दश हजार बनाएका थिए । त्यो मेरो बजेटभन्दा माथि थियो । अखिर एउटा बस चढ्नु परिहाल्छ, पन्ध्र मिनट अघि निस्कौँला, अलि टाढा जाऔला र उही महिनाको आठ

आफ्नो दियालो, आफ्नै उज्यालो

किन लेख्नु पर्‍यो यो ? म उदयपुर जिल्लाको नेपालटारमा जन्में, त्यहीं हुर्कें। उदयपुरगढीस्थित पञ्चावती माध्यमिक विद्यालयमा कक्षा १० सम्म पढें। एस. एल. सी. पास गरेपछि केही समय प्राथमिक विद्यालय, जगरेटार; पञ्चावती माध्यमिक विद्यालय, उदयपुरगढी र निम्न माध्यमिक विद्यालय, बर्रेमा पढाउने काम गरें । शिक्षकको जागिर खोज्न रसुवा जिल्लाको सिमबन्दी पनि पुगें । त्यहाँको कठिन भौगोलिक र फरक सांस्कृतिक परिवेशमा करिब ५ महिना काम गरें। रसुवामा रहँदै लोक सेवा आयोगको परीक्षा पास गरेर सहलेखापालको नियुक्ति लिन सिन्धुपाल्चोकको चौतारा पुगें र जिल्ला प्रशासन कार्यालयको सहलेखापालको रूपमा करिब १८ महिना काम गरें। नेपाल राष्ट्र बैंकको प्रधान सहायक पदको लागि दिएको परीक्षा पास गरेपछि म तत्कालीन श्री ५ को सरकारको सेवाबाट राजीनामा दिएर काठमाडौंमा रहेको नेपाल राष्ट्र बैंकमा आएँ। सुरूका आठ र अन्तिमका चार वर्ष काठमाडौंमा र बाँकी १८ वर्ष विराटनगरमा बसी बैंकको सेवा गरेपछि २०७४ सालमा अवकाश पाएँ। अवकाशपछि पनि एउटा निकायमा केही समय काम गर्ने मौका पाएको थिएँ। आई. ए. मैले प्राइभेट विद्यार्थीको रूपमा उत्तीर्ण गरें। बी. ए. र एम. ए. तहको अध्ययन भने नेपाल राष्ट्र बैंकमा सेवारत हुँदा नै नियमित विद्यार्थीको रूपमा पूरा गरें। अवकाश हुने समयमा एल. एल. बी. पनि पढ्न जाँगर चल्यो र पूरा पनि गरें। मैले निकै साँघुरो परिवेशमा रहेर आफ्नो उन्नतिका लागि प्रयास गरें। मेरो कुनै विशिष्ट

मुक्त समयमा प्रवास पीडा

साहित्यलाई समाजको ऐना मानिन्छ । नेपाली साहित्य पनि नेपाली मनको हर्ष र आ“सुको साक्षी बन्नबाट चुकेको छैन । यो जतिजति आधुनिक बन्दै छ उतिउति नै मानव मनको नजिक पुग्दैछ । साहित्यको विषय स्वर्गबाट संसारमा झरेको छ र तिलस्मबाट जीवनमा आइपुगेको छ । कल्पना र स्वैरकल्पनाका शील्पयुक्त वाणहरु आकाशतिर ताकिएका देखिएलान् तर तिनको निशाना समाज र मानिसतिरै छ । आजको नेपाली साहित्य नेपाली मुटुमा लगाएको स्टेथेस्कोपको कलात्मक धडकन हो, यसले नेपाली हृदयको नाप, चाप, चाल र ताल बताउ“छ । कवि ज्योति जङ्गलको नवीनतम कविता संग्रह ‘मुक्त आकाश’ मा पनि आफ्नो देश, परिवेश, समाज र जीवनको अनुभूतिलाई अभिव्यक्त भएको छ ।‘मुक्त समय’ ज्योति जङ्गलको तेश्रो कवितात्मक कृति हो । यसअघि उनको कविता संग्रह ‘पहाडको मन’ (२०६२) र गजल संग्रह ‘अक्षरमा तिमी’ (२०६५) प्रकाशित भइसकेको छ । साझा प्रकाशनबाट २०६९ सालमा प्रकाशित यस कविता संग्रहमा सतचालीसवटा कविता रहेका छन् । यी कवितामा समसामयिक नेपाली जनजीवनका सामाजिक, आर्थिक, पारिवारिक र मानवीय पक्षको उद्घाटन गरिएको छ । नेपालीहरुको बिदेसिने प्रवृत्ति र प्रवासजनित पीडा, युद्धका त्रासदी र मानव मनमा प्रभाव, सामाजिक विसंगति, प्रकृति, प्रेम र समर्पण, स्वाभिमान र अस्मिता, मानवतावाद र जीवनवादी चेतनाजस्ता विषयहरु यस संग्रहका कवितामा बगिरहेका छन् । हाम्रो आ“खा अगाडिको र हामीले भोगिरहेको समाज कविमनबाट कवितामा रुपान्तरण हु“दै हामीबीच आइपुगेको छ, मुक्त समयको

नयाँ वर्ष

आकाशमा बरालिने बादलहरू जस्तै बादलमा लुकामारी गर्ने खुर्पे जून जस्तै एउटा वर्ष गइरहेछ, अर्को वर्ष आइरहेछ र मलाई छोडिरहेछ उस्तै निराश, उस्तै हतास न बादलले सिँचे जस्तो, न जूनले भेटे जस्तो अलमल्ल र अवाक् । पुतलीपछाडि कुदिरहँदा अनि ऐना हेरेर मस्किरहँदा आफूलाई जून ठान्थेँ होला नयाँ वर्षमा म पनि फूल बन्थें होला नयाँ वर्षमा शायद सोच्थेँ, पुतलीसँग खेल्छु नयाँ वर्षमा । म त अब फूल होइन, रूख बनेको छु झरेर पातहरू झनै उजाड बनेको छु चोट छ, टिपिएका फूलहरूको चिन्ता छ, सुकेका हाँगाहरूको ठोक्किएका जराहरूको पिर छ रोकिएको उचाइको डर छ म निश्चल उभिरहेको छु एउटा वर्ष आइरहेछ, अर्को वर्ष गइरहेछ । हरेक गएको वर्षले कानको ध्वनि लिएर गएको छ, अलिकति आँखाको ज्योति लिएर गएको छ, अलिकति रगतको तातो लिएर गएको छ, अलिकति नसाको तागत लिएर गएको छ,अलिकति नयाँ वर्ष पनि उही त हो, अलिकता धड्कन लिएर जान्छ, मुटुको अलिकति सास लिएर जान्छ, फोक्सोको मिर्गौलाको जाली च्यातेर जान्छ, अलिकति अनि कलेजो डढाएर जान्छ, अलिकति म चोइटिएर बसिरहन्छु विवश एउटा वर्ष आइरहन्छ, अर्को वर्ष गइरहन्छ । हजार चोटहरूले मूर्छित छ मेरो चेतना अनन्त रेखामा समयको सुरू कता, सीमा कता यस निस्पट्ट ओढारमा, कुन हो कोसेढुङ्गा ? कुन आज, कुन हिजो, कुन भोलि ? यही बेहोसीमा म टोलाइरहेको छु एउटा वर्ष आइरहन्छ,

खाली आकाश

केही जान्ने, केही सिक्ने र केही बुझ्ने जिज्ञासाभन्दा पनि समय कटाउने बाहानाको रूपमा एउटा किताब पढ्दै थिएँ । किताब थियो भिक्टर फ्र्याङ्कलले लेखेको ‘द सर्च फर मिनिङ’ । अंग्रेजी किताब, नेपालीको विद्यार्थी । घोर जङ्गलमा पसेको अनुभूति भइरहेको थियो । कति शब्द अपरिचित थिए, कति वाक्य संरचना । कतिपय विषयलाई आफ्नै तालले बुझ्दै, कति बुझेजस्तो गर्दै र कतिपय कुरा नबुझ्दै पाना पल्टाइरहेको थिएँ । एउटा मनोवैज्ञानिक सिद्धान्तका प्रणेता अनि नाजी शासनको ज्यादती भोगेका डाक्टरको लेखाइले एउटा मोहनी त लगाइरहेकै थियो । मन पर्न कुरो बुझ्नु पर्दैन पनि त ! एउटा हिन्दी गीत छ- न मैले तिमीले भनेको बुझे, न जानें, तैपनि तिमीले भनेको कुरो सुनेर मलाई खुशी लागिरहेको छ (न मैं समझा, न मै जाना, जो भी तुमने मुझ से कहा है सेनोरिटा, मगर फिर भी मुझे सुनके अच्छा लगा है सेनोरिटा) । किताबको पानाहरूको माध्यमबाट म एउटा अज्ञाततर्फको यात्रामा थिएँ । तन्द्राजस्तो मनस्थिति थियो मेरो । अलिअलि थाहा पनि छ, धेरै थाहा छैन पनि । तैपनि तानिएको छु, तानिइरहेको छु । नेपाली किताब त एक पटक पढेर बुझिन्न, गहन अर्थ र अन्तर्य जान्न सकिन्न भने अंग्रेजी किताब किन एकै पढाइमा बुझिनु पर्‍यो त ! यही सोचका साथ म अंग्रेजी किताब पढ्न थालेको छु । दोस्रो विश्वयुद्धताकाको जर्मनी, यहुदीहरूलाई कैद

भियतनाम यात्राः हानोईमा तीन दिन

‌ओल्ड क्वाटरको साँझ दानाङबाट साढे एघार बजेका लागि निर्धारित हानोई जाने प्लेन एक घण्टा ढिलो भएकाले हामी हानोईको होटलमा पुग्दा तीन बजिसकेको थियो । होटलमा पगेर त्यही दिन अपरान्ह हानोइको नजिकैको इलाका घुमाउन लैजाने गाइडसँग सम्पर्क गरें । उनले पाँच बजेका लागि समय दिए। पाँच बजेसम्मको समय सदुपयोग गर्न हामी बाहिर निस्कियौं । एयरपोर्टबाट आउँदा नै हाम्रो होटल वरिपरी पनि बजार छ भन्ने थाहा भइसकेको थियो । यसो मेड इन भियतनाम लेखेको पसलमा गएर पातलो ज्याकेट र चप्पल किनें । मोलमोलाइ पनि चल्दो रहेछ । यसरी नजिकको बजारको एक चक्कर लगाएर पाँच बजेअघि नै होटलमा फर्कियौं । गाइड होटलको लबीमा आइसकेका रहेछन् । हाम्रो होटल भएको ओल्ड क्वाटर एरियामा उनले पैदलै घुमाउने रहेछन्। पुरानो सहर, घडेरीको सडकतिरको मुख धेरै भयो भने धेरै कर तिर्नुपर्ने कुनै जमानाको नियमको कारणले सडकतिर सानो गल्ली राखेर लामो गल्लीको भित्र बनाएका घरहरू, रेस्टुराँ,  होटल र पसलहरू, लोकल मार्केट, इतिहासको कुनै कालखण्डमा  बिचभागबाट राजा मात्र हिँड्न पाउने चारवटा गेटमध्ये युद्धमा नष्ट हुन बाँकी एउटा गेट, होआन केयम तलाउ पुगियो । बिचबिचमा खत्र्याङमत्र्याङ किनमेल गर्ने कामले निरन्तरता पाइरह्यो । थप पैसा पनि यही घुमफिरको क्रममा साटें । (Hoan Kiem Lake) उनले घुमाउँदै ट्रेन स्ट्रिट पनि पु¥याए । हामी त्यहाँ करिब साँझको ७ बजे पुगेका थियौं । साढे

मलाई पनि निद्रा लागेनः विचलित क्रान्तिको कलात्मक अभिलेख

साहित्यकार मातृका पोखरेलको नवीनतम कृति ‘मलाई पनि निद्रा लागेन’ पढें । भरखरै बितेको समय र परिवेशलाई कथाको रूपमा प्रस्तुत गरिएको रहेछ । पन्ध्रवटा कथाहरूको यो सँगालो पढ्दा पट्यार लाग्दैन, अरू पढूँ भन्दाभन्दै सकिन्छ । कथालाई समाज हेर्ने आँखीझ्लाल मान्ने देवकोटाको अवधारणालाई कथाकारले अनुशरण गरेका गर्नुभएको छ र छोटा कथाहरूको रचना गर्नुभएको छ । यस कथा संग्रहमा भएका पन्ध्र कथाहरूमध्ये सात वटा कथामा माओवादी जनयुद्धको परिवेश उपस्थित भएको छ । कथानक, पात्र र परिवेश जनयुद्धका कर्ता वा कर्म (प्रभाव र असर पर्ने क्षेत्र) बनेर रहेका छन् । ती कथाले जनयुद्धकालीन घटना, जनयुद्ध लडेर आएको पार्टीको सरकार बनेपछिका गतिविधि वा जनयुद्धबाट प्रभावित मानिसका व्यथा बोल्छन् । अरू ८ वटा कथा सामाजिक कथाहरू हुन् । यी कथाको नेपाली समाज र यसका चरित्रसँग सोझो साइनो गाँसिएको छ । कतिपय कथाहरूले बितेको कालखण्डको प्रतिनिधित्व गर्छन् तर प्रगतिको वेग सुस्त रहेको नेपाली समाजमा ती कथा अझै समसामयिक लाग्छन् । कथामा द्वन्द्व कम प्रतीत हुन्छ । कथाहरूमा पात्रको मनभित्र गुम्सिएको अन्तर्द्वन्द्व र उनीहरूले बाहिरी दुनियाँसँग गर्ने बाह्यद्वन्द्वको समुचित विकास भएको छैन ।  कथानक विकसित हुँदै उत्कर्षमा नपुगी विसर्जनतिर लाग्छ । मलाई लाग्छ, नेपाली समाजको प्रवृत्ति नै यही छ । त्यसैले यो लेखकको कमजोरी होइन, नेपाली समाजको मौलिक प्रवृत्तिको प्रकटीकरण हो । यो समाजमा एउटा घटना यसैगरी परिपक्व

भियतनाम यात्राः दानाङमा दुई दिन

सिङ्गापुरको लामो ट्रान्जिट माघ ५ गते राति ११ बजेतिर उडेको सिङ्गापुर एयरलाइन्सको प्लेन भोलिपल्ट बिहान ४ बजे (स्थानीय समय) मा सिङ्गापुरमा ओर्लियो । हामीले भियतनामको दानाङ शहरका लागि दिउँसो ३ बजेतिर प्लेन चढ्नुपर्ने थियो । यो करिब ११ घण्टाको समय हाम्रालागि चुनौती थियो ।न सिङ्गापुर एयरपोर्टबाट बाहिर निस्केर घुम्ने पर्याप्त समय र सुराक हामीसँग थियो न यो एघार घण्टा बिताउने सजिलो तरिका । एयरपोर्टको झिलिमिली र त्यहाँ उपलब्ध फ्री वाइफाइ मात्र हाम्रो समय बिताउने साधन थियो । हामी टर्मिनल २ मा उत्रिएका थियौं ।मोबाइलले दानाङ जाने प्लेन टर्मिनल १ मा आउने जानकारी दियो । हामी बिस्तारै अलमलिँदै हिँडिरहेका थियौं ।फूल सजाइएका ठाउँहरूमा फोटो पनि खिचिरहेका थियौं । टर्मिनलहरू बिच ओहोरदोहोर गर्न ट्रेनको व्यवस्था रहेछ।हामी ट्रेन चढेर १ नम्बर टर्मिनल तिर लाग्यौं । एक नम्बर टर्मिनलमा पुगेर हामी बस्ने ठाउँ खोज्यौं र बस्यौं । कोही ब्याग सिरानी लगाएर भुइँमै मस्त सुतिरहेका थिए । हामीलाई ट्राभल एजेन्सीवालाले भनेकी थिइन्, ‘एयरपोर्टको महँगो खानेकुरामा पैसा खर्च नगर्नुस् । खानेकुरा घरबाटै लिएर जानुस् । चिया/कफीको धूलो र थर्मस बोकेर जानुस् । एयरपोर्टमा तातो पानी पाइन्छ, आफैं चियाकफी बनाएर खानुस् ।’ हामीले थर्मस बोकेका थियौं । तातो पानी खोजेर चिया बनायौं र बिस्कुट पनि खायौं । । समय धेरै भएकाले हाम्रो उडानसम्बन्धी सूचना प्रकाशित भएको थिएन । हामी टर्मिनल १ मा नै ओहोरदोहोर गरिरहेका

भियतनाम यात्राः तारतम्य र तयारी

विदेश यात्रा मजस्ता मानिसको लागि सजिलो कुरा होइन । पहिलो त  यो महँगो छ । घरका दुई जना एक हप्तामात्र विदेश घुम्न चाहिने पैसाले करिब वर्षदिन खान पुग्छ । यो चानचुने खर्च होइन । फेरि रिटायर भएर बसेको अवस्थामा आम्दानीको स्रोत केही छैन । दोस्रो, हामीलाई भिसा दिन हत्पति कोही तयार हुँदैन । अमेरिका र युरोपको भिसा पाउनु दुर्लभ प्रायः छ । एशियाका पनि सम्पन्न देशहरूले निकै कडाइँ गरेका छन् । नेपालीहरूले अक्सर घुम्ने थाइल्यान्ड र युएई (दुबई) मा पनि भदौमा भएको आन्दोलनपछि भिसामा कडाइ भएको बुझिन्छ । यसका अतिरिक्त खानपान नमिल्ने जस्ता समस्या पनि हुनसक्छन् । यस्तो परिस्थितिमा विदेश यात्राको तारतम्य मिलाउनु मेरा लागि सजिलो थिएन, छैन । जागिरबाट अवकाश पाएको र अवकाशको पत्रसँगै केही रकम पनि हात परेको अवसरमा हामी दुई जनाले पहिलो पटक विदेश यात्रा गरेका थियौ‌ । मलेसिया, सिं‌गापुर र इन्डोनेसियाको केही दिने भ्रमण गरेका थियौं । त्यो रमाइलो भ्रमणको समाप्तिमा  दुईचार वर्षको अन्तरालमा भए पनि यस्तो भ्रमण जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थियौं । तर त्यो पूरा हुनु सजिलो थिएन । पैसा सकिँदै गयो । समय तानिदै गयो । भारतका तीर्थहरू घुम्ने मौका मिले पनि ठुलो प्लेन चढ्ने चाँजोपाँजो चाहिँ मिलेन । त्यसपछि त झन् घर बनाउने काम आइलाग्यो । त्यसमा पनि एक वर्षभन्दा बढी समय