“चोर….. चोर…. चोर….” यो आवाज सुनेर घरको बार्दलीमा आएर हेर्दा नेपाल सरको घरसँग जोडिएको खाली जग्गामा मानिस जम्मा भइसकेका थिए । हेर्दाहेर्दै त्यहाँ छिमेकीहरूको भीड नै लाग्यो । म पनि त्यतै लागें । “हेर्नुस् न ! यो त मेरो घरको कम्पाउन्डमा पसिसकेको थियो । पानी तान्ने मोटर चोर्न आएको होला ।” नेपाल सरले भने । भीडको बीचमा एउटा केटो घोसेमुन्टो लगाएर उभिइरहेको थियो । “हैन, के भएको यस्तो ? समसाँझै चोरी लाग्न थाल्यो हाम्रो टोलमा ।” कसैले भन्यो । हुलमुलको फाइदा लिएर एकदुई जानाले त्यो केटोमाथि हात हाल्न शुरू गरेका थिए । एनजिओमा काम गर्ने बाबुरामले कानून हातमा लिनुहुँदैन भनेर रोके । “त्यसै चोर नभन्नु न ! म चोर हैन ।” कुटपिटबाट जोगिएपछि उसमा केही साहस आएजस्तो थियो । “अनि मेरो कम्पाउन्डबाट हाम फालेको हैन तँले ?” नेपाल सर कड्किनु भयो । “गल्लीको कुकुरले टोक्न खोजेर पो त्यहाँ चढेको थिएँ त ! त्यसै आरोप लगाउनु हुन्छ ! मान्छे हेर्नु न ! पल्लो टोलमा बस्छु । स्नो ह्वाइट कलेजबाट प्लस टु गरेको छु । विदेश जान खोजेको नमिलेर पो यहीं अड्किरहेको छु । तपाईंहरू त्यसै…” मानिसहरूले ऊतिर ध्यान दिए । भेस्ट, पाइन्ट र जुत्ता त राम्रो लाएको रहेछ । अनुहार हेर्दा पनि खातापिता परिवारको जस्तो देखिन्थ्यो । बोली पनि त राम्रो
दूरदर्शी विकास
“पिच त सक्दिन हजुर ! दाम नै साह्रै कम राखेको छु । ग्राभेल चैं मै हालिदिन्छु । बिहानै झललल घाम लाग्छ । पानीको योजना आउँदैछ । बिजुलीको पोल पनि गाडिदिन्छु । जग्गा बिक्दै जान्छ, विकास हुँदै जान्छ । रिङरोड पुगेपछि जता जान पनि बस पाइहालिन्छ । रिङरोडबाट दुई किलोमिटर भित्रको यस्तो राम्रो जग्गा आनाको बाइस लाखमा अरू कहाँ पाइन्छ ? हैन त, हजुर ?” मोहनदाइले यसै भनेर सिर्जना टोलका प्लटिङका धेरैजसो घडेरी बेचिसकेका थिए । जग्गा किनेर मानिसले बिस्तारै घर बनाउन थाले । जग्गा नबिकुन्जेल मोहन दाइले अलिअलि ग्राभेल झार्दै थिए । दुई तिहाइ जति घडेरी बिकेपछि मोहन दाइले वास्ता गर्न छोडे । टोलवासीको गुनासो र चुनौती चाम्रा मोहनदाइले सजिलै झेले । “मैले जति गर्नु गरें, अब नगरपालिकामा जानुपर्छ । बरु म पनि सँगै जान्छु ।” मोहन दाइ तर्किए । टोलबासीको ध्यान अब मोहन दाइकोबाट हटेर वडा अध्यक्षतिर सोझियो । “यो नगरपालिका भए पनि धेरै सधानस्रोत भएको नगरपालिका हैन । गाउँ जस्तो छ, कर उठाउने ठाउँ छैन । अब तपाईंहरू नगरपालिकामा बजेट ल्याउन प्रयास गर्नुहुन्छ भने म पनि सहयोग गरुँला, कसलाई भेट्नुपर्छ भेटौला । म पनि सँगै जान्छु बरु । तपाईंहरूकै भोटले म चुनिएको छु । तपाईंहरूको कुरामा म नाइँनास्ति गर्दिन । लु भन्नुस् म के गरौं ।” वडाध्यक्षले साह्रै
मेरा बा र म
छुट्टै अस्तित्वको गर्व मडारिन्छ घरिघरि उनको रगत नै बग्छ नसाभित्र सँधैभरी आनुवंशिक छापहरू बोकेको छु जिउभरी उनकै चेतना फैलिन्छ सुवासझैं मनैभरी । ताते गराई हामीलाई सहारा हाम्रै चाहनु प्राण दिई सन्तानलाई काखमा आँखा चिम्लिनु दुःख झेली खुशी दिनु र फेरि केही सुख चाहनु नियतिको पाङ्ग्रा यस्तो घुम्नु अनि घुमिर‘नु । धूमिल स्मृतिमा छन् अनेक पल स्नेहसिक्त केही त लागेको थियो होला कि उहाँलाई तिक्त कति पल डुबे होलान् विस्मृति पोखरीभित्र फेरि पनि त ताजै छ भावना स्मृति चित्र । सधैं छाया सधैं माया भाका फरक परे पनि खोज्ने प्रगतिको बाटो बाधा अनेक आए पनि प्रेरणा दिइरहने सधैं साथमा फुर्तिलो बन्ने सन्तानको हाँसो खोज्न आँखा सधैं ओछ्याउने । अतीतको सम्झनामा उहाँको साथ पाउँछु भोलिका यात्रामा फेरि आशिर्वादको साथ हुन्छु सँगै कहाँ रहियो र उहाँ उता गएपछि भेट होला फेरि म नै यताबाट हिँडेपछि । ShareTweet0 Shares
पञ्चावती सद्भाव समाजद्वारा पुरस्कार वितरण
पञ्चावती सद्भाव समाजले २०८१ साल जेठ महिनाको पहिलो साता उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिकास्थित श्री पञ्चावती माध्यमिक विद्यालय, श्री माध्यमिक विद्यालय छिन्द्रिङखोला बर्रे र श्री नमुना माध्यमिक विद्यालय भलायडाँडा खाटडाँडामा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्यो । सो अवसरमा पञ्चावती सद्भाव समाजको तत्त्वावधानमा विभिन्न महानुभावहरूले स्थापना गर्नुभएका विभिन्न पुरस्कारहरू सम्बन्धित विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिएको थियो । २०८१ साल जेठ ७ गते श्री माध्यमिक विद्यालय छिन्द्रिङखोला बर्रेमा काशीनाथ-पुष्पा-माला पुरस्कार वितरण गरियो । सो विद्यालयका स्थापनाकालदेखि नै अध्यापन गर्नुहुने श्री काशीनाथ काफ्ले एवं पुष्पा काफ्ले र माला काफ्लेको सम्मानमा उहाँहरूका सन्ततिहरूले यो पुरस्कारको स्थापना गर्नुभएको हो । यो पुरस्कार सो विद्यालयमा अध्ययनरत कक्षा ८ मा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने एक जना छात्रा र एक जना छात्रलाई प्रदान गरिन्छ । २०७९ सालको ८ कक्षाको परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी कविता मगर र छात्रतर्फ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी उमेश परियारले यो पुरस्कार प्राप्त गर्नुभएको थियो । यसैगरी २०८० सालको पुरस्कार भने सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने चण्डिका लामा र छात्रतर्फ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी गोविन्द थापालाई यो पुरस्कार प्रदान गरिएको थियो । यो पुरस्कारको राशि रु. ५,०००/- रहेको छ । यसै समारोहमा २०८० सालको वार्षिक परीक्षामा विद्यालयभरिमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने छात्रा हेलरी तामाङलाई सो विद्यालयका पूर्वप्रधानाध्यापक तथा पञ्चावती सद्भाव समाजका सदस्य दीनानाथ दाहालले पुरस्कृत गर्नुभएको थियो
पारसमणि
कथा हो र कथा मात्र हो ।
राजीनामा
१काठमाडौको नयाँ सडकमा रहेको प्रधान कार्यालयबाट नेपाल बैंक लिमिटेड, सटी अफिस विराटनगरमा पनि हल्ला आइपुग्यो — पच्चीस वर्ष नोकरी अवधि पुगेका कर्मचारीलाई जागिरबाट हटाउन स्वेच्छिक अवकाश योजना ल्याउने रे । स्वेच्छिक अवकाश योजना अर्थात भीआरएस (भोलेन्टियर रिटायरमेन्ट स्कीम) को यो हल्ला बैंकको प्रत्येक कोठा, कोठाका प्रत्येक कुर्सी र कुर्सीका प्रत्येक कानमा एकै छिनमा पुग्यो । सबै कर्मचारीे भीआरएस आउने भयो भनी एकअर्कालाई सुनाउनमा मस्त र व्यस्त भए । हातमा चेक र रकम जम्मा गर्ने भौचर बोकेका ग्राहक पनि आफ्नो काम बिर्सेर त्यसै हल्लाको खोजीनितीमा लागे ।यो हल्लापछि केही कर्मचारी मलिन भए, केही उत्साहित भए, कतिमा जिज्ञासा मात्र रह्यो । भीआरएस बारे कर्मचारीहरुले विस्तारै आफ्नो धारणा राख्न पनि सुरु गरे ।“म त अब जागिर छोडेर धर्मकर्मतिर लाग्छु ।”“म व्यापार गर्छु ।”“म त गाउँ फर्कन्छु र उतै कुनै व्यवसाय गर्छु ।”“मेरो त समय नै भएको छैन । नत्र .. …. . .।”“नयाँ कर्मचारीलाई राम्रो भयो । खाली पदमा चाँडै प्रमोशन पाउँछन् ।”“कर्मचारी हटाउन त यो नियम ल्याएको हो । के प्रमोशन होला ?”“म अर्को कम्पनीमा काम गर्छु ।”“म …. गर्छु ।”यी आवाजहरु कानमा ठोक्किरहँदा सुधीरका आँखामा आफ्ना अतीतका तस्वीरहरु घुम्न थाले । बिस वर्षको लक्का जवानमा ऊ यो जागिरमा आएको थियो । कलिलो उमेरमै जागिरमा लागेकोमा उसका बाबुआमा कति खुशी भएका थिए
फुली
“अब त्यो पनि त्यस्तो निस्क्यो । हरे शिव ! मेरो भाग्य खोटो ।” कोइराल्नी बज्यै भुतभुताई रहेकी थिइन“के भएर भाग्य खोटो भयो ? म मरेँ ?” कोइराला बाजे पनि रन्किए ।“त्यसो नभन्नुस आमा, त्यस्तो नराम्रो नमान्नुस् । केही त भएको छैन । सबैलाई राम्रै त छ ।” छोरी रमिलाले सम्झाइन् । उनी पनि भरखरै माइत आइपुगेकी थिइन् ।“तँलाई पहिला नै यो कुरा थाहा रहेछ त । मलाई अलि पहिला भन्नु पर्दैन ?” उनी छोरीसँग पनि झर्किन् ।“पहिला भनेको थिएँ नि । तपाईंले छेउ पर्न दिनु भएन । त्यसपछिका कुरा त मलाई पनि के थाहा र ?” उनले सफाइ दिइन् ।कोइराल्नी बज्यैको कानमा रमिलाले यस कुराको भनक पहिला पनि पारेकी थिइन् । ‘आमा, हाम्रो रमेशको त सँगै पढ्ने नेवार केटीसँग पो हिमचिम छ रे त !’ भनेर । कोइराल्नी बज्यैले सुरुमा ‘हाम्रो रमेश त्यस्तो छैन, उडन्ते कुरा होला, छोरी’ भनिन् । एकछिन पछि ‘अल्लारे उमेर छ, सँगै पढ्ने केटीसँग यसो बोल्यो होला, जोरीपारीले त्यही कुरा काटेका होलान नि !’ भनिन् । अनि लामो सास तानेर ‘अजातकी केटीसँग बिहे ग¥यो भने त त्यसको खुट्टा भाँच्छु’ पनि थपिन् । ‘त्यसो नभन्नुस है आमा ! जुग जमाना खराब छ । तपाईंका पालाको समय छैन ।’ भनेर रमिलाले त्यतिबेला आमालाई अलिकता हच्काएकी थिइन् पनि ।तर
अवकाश
तीन बज्यो ।आज अफिसपछि विवाहको पार्टीमा जानुछ । दुई बजे बोलाएका थिए ।एक मनले सोच्छु, हाकिमलाई सोधेर अलि चाँडै जाऊ कि ? अर्को मनले सोच्छु, पार्टीमा चाँडो जाने कामका लागि पनि के हाकिमको स्वीकृति लिने झन्झट गरिरहनु ? आखिर अफिस छुट्टी भएपछि गए पनि पुगिहालिन्छ । आखिर अब यो अफिस आउनु र पाँच बजेसम्म रुङ्न नै पो कति छ र ! अब एक हप्तापछि त रिटायर नै हुँदैछु । फेरि, चाँडै पार्टीमा जानु भनेको चाँडै जम्न सुरु गर्नु र बढी पिउनु त हो । दुई बजे बोलाए पनि सबै जना साँझ नै त आउँछन् । म चुपचाप काममै व्यस्त हुन्छु ।यो व्यक्तिगत र सामाजिक काम अनि अफिसको कामबीचको तानातान अब यही एक हप्ता त हो । त्यसपछि त एक हिसाबले आनन्दै हुन्छ । न दशको बन्धन, न पाँचको प्रतीक्षा । समय आफ्नो, जिन्दगी आफ्नो । समयको तानातान भएको वेला अवकाश हुन पाए त ढुक्क हुन्थ्यो जस्तो हुन्छ । हो पनि, यही अफिसको कारण न आफन्तको मलाम जान पाइएको छ, न स्नेहीको विवाहमा जन्त । समाजमा बसेर पनि समाजबाटै बहिष्कृत जस्तो भइन्छ कतिपय अवस्थामा त । कथमंकदाचित कतै पुगियो भने पनि फर्कन हतार । रिटायर भएपछिलाई नै भनेर पनि कति कुरा त मनमा साँचेर राखेको छु ।अर्को मनले सोच्छ, कुरा यति
बेइजिङमा अलमलिँदा
२०७४ सालको हिउँद सुरू हुन लागिसकेको थियो । अफिसबाट दक्षिण कोरियामा हुने तालिमका लागि मेरो मनोनयन भएको रहेछ । मनोनयन भएका अरू सहकर्मीहरूसँग तालिम सकिएपछि नेपाल फर्कने क्रममा बेइजिङ र साङ्घाईको एक नजर लगाउने सल्लाह भयो । यसरी तालिमको मनोनयनमा थप ठाउँ घुम्दा बिदा र लाग्ने खर्च त आफ्नो हुन्थ्यो नै, हवाइजहाजको भाडा सोझै काठमाडौं फर्कंदा लाग्नेभन्दा बढी लाग्ने भएमा त्यो थप भाडा पनि तिर्नुपथ्र्याे । तैपनि, तालिमको लागि गएको बेला बाटोमा पर्ने ठाउँहरू घुम्नु फाइदाजनक नै हुन्थ्यो ।अघिल्लो दिन बेइजिङको तियानमेन स्क्वाएर, पुरानो दरबार इलाका र ग्रेटवाल घुमेर भोलिपल्ट साङ्घाई जाने तयारीमा थियांै हामी तीन जना, तेज बहादुर राना, धन बहादुर श्रेष्ठ र म । निकै बिहान (सायद ६ बजे) को रेल भएकाले हामी सबेरै होटलबाट निस्केका थियौं । बाहिर चिसो सिरेटो चलिरहेको थियो, मन रेलको यात्रा र साङ्घाईको कल्पनाले रोमाञ्चित भइरहेको थियो । हाम्रा ड्राइभरले हामीलाई रेल स्टेसनको मुख्य द्वारमा उतारे अनि हाम्रो बाटोतर्फ संकेत गरे । उनको काम सकिएको थियो । अब साङ्घाईसम्मको यात्राको चाँजोपाँजो हामी आफैंले पथप्रदर्शक विना नै मिलाउनु पर्ने थियो ।आफ्नो देशमा रेल, मेट्रो जस्ता पूर्वधार नभएको हुनाले यिनको कार्यप्रणाली अक्सर नेपालीलाई जानकारी हुँदैन । त्यसै हुनाले विदेशमा जाँदा पनि त्यहाँ उपलब्ध त्यस्ता सुविधाको भरपुर सदुपयोग गर्न सकिंदैन । हामीलाई बेइजिङको रेल स्टेसनको काउन्टरमा
मुढो र बुढो
झरी परिरहन्छ, मुढो भिजिरहन्छ ।स्मृति बर्सिरन्छ, बुढो रुझिरहन्छ । मुढो बिरूवा छँदा, वर्षा खुशी दिन्थ्योपानी भिज्थ्यो जरामा पातमा पोष लाग्थ्योआशा जस्तै युवाकोकल्पना जस्तै बैंसकोसपना जस्तै जोबनकोरगत बनेर पानीभरोसा साँचिहरन्थ्यो । अहिले अतीत झस्काइरहन्छपक्डेर कलेजोमा कतै, मुटुुमा चिमोटिरहन्छबासी कल्पना आउँछन् आँखाअघिमरेका सपना नाच्छन् आँखाअघिअधमरा प्रतिज्ञा रुन्छन् आँखाअघिस्मृति बर्सिरहन्छ आँखामार, बुढो भिजिरहन्छ ।र, बुढो मक्किइरहन्छ । पुछिएर जान्छ मलहमचोट बसिरहन्छपात्र पुग्छ नेपथ्यमासम्झना बसिरहन्छबलियो बनाउने सम्बन्धहरूचुँडिन्छ र मन निर्बल हुन्छउत्साह दिने भावनापरास्त हुन्छ र शोक दिन्छकहिले गर्वले ढाक्छ छातीकहिले पराजयको भुमरी चल्छनसानसामा पश्चात्ताप बगिरहन्छपलपलमा इतिहास रोइरहन्छजीवनन्तता उड्दै जान्छऐंजेरू झ्याङ्गिरहन्छ ।पानी परिरहन्छ, मुढो भिजिरहन्छ ।स्मृति बर्सिरहन्छ, बुढो रुझिरहन्छ । पभमबचवष्घघण्२नmबष्।िअयm ShareTweet0 Shares
