स्मृतिमा पेशल आचार्य

श्याम काकासँग विराटनगरमा भेट भएको थियो । उहाँ नरराज आचार्यको नजिकको नातेदार हुनुभएकाले विराटनगर आउँदा त्यहाँ निस्कनुहुन्थ्यो । हाम्रो घर पनि नजिकै भएकाले हाम्रो घरमा पनि आउनु भएको थियो । आफू सानै छँदा उदयपुरगढीका आचार्यहरू सबैजसो सिरहा र सुनसरीतिर बसाइँ सरिसकेका र आउजाउ कम भएकाले म बन्धुबान्धव कमै चिन्थे । श्याम काका र काकीसँग चिनचान भयो । उहाँहरूको माइलो छोरा विमल (लाभ) सँग पनि सायद विराटनगरमा भेट भएको थियो । अरू छोराहरूको बारेमा जानकारी लिएको थिएँ जस्तो लाग्छ, जेठा पेशल, माइला विमल र कान्छा ईश्वर । केही समयपछि उहाँहरू काठमाडौं आउनुभयो, भेटघाटको शृंखलामा विराम लाग्यो । समयले मलाई पनि काठमाडौं लिएर आयो । बन्धुबान्धवको भेट हुने धार्मिक सामाजिक काममा श्यामकाकासँग फेरि भेट हुन थाल्यो । पेशल आचार्य पनि समाजिक सञ्जालमा साथी हुनुभयो । प्रत्यक्ष भेट भने पेशल आचार्यकै छोरीको बिहेमा भयो जस्तो लाग्छ । प्रत्यक्ष भेटपछि सामाजिक सञ्जालमा खोज्ने र पढ्ने काम बढी गर्न थालें । उहाँ रामेछापको विद्यालयमा पढाउनु हुँदो रहेछ । साहित्यमा अभिरूचि र पकड रहेछ । ब्याक बेन्जर भन्ने निबन्ध संग्रह नै निकाल्नुभएको थियो । फेसबुकमा र अन्य पत्रपत्रिकामा लेख रचना आइरहन्थे । उहाँहरू मिलेर रामेछापबाट पनि कुनै स्थानीय पत्रिका निकाल्नु हुन्थ्यो कि जस्तो पनि लाग्छ । रामेछापमा बसेर सक्रियरूपमा शिक्षा र साहित्यमा सेवा गरिरहनुहुँदो रहेछ ।

नेपालः विचित्र चित्र

अग्ला पहाड र होचा मानिसहरू सेता हिमाल र काला मनहरू हरिया डाँडा र सुकेका ओठहरू निर्मल खोला र कलुषित सोचहरू । इतिहासको गाथा र वर्तमानका व्यथाहरू वीरहरूको रगत र काँतर मुटुहरू विशाल भूगोल र संकुचित विचारहरू कर्मशील पाखुरा र याचक आँखाहरू । जाज्वल्य सम्भावना र अँध्यारा दिनहरू तीखो प्रहार र आत्मघाती निशानाहरू महान कर्तव्य र स्वार्थी कर्तुतहरू शानदार पहिरन र निर्वस्त्र प्रस्तुतिहरू । चैतन्य परमात्मा र दुःखी आत्माहरू सुन्दर सृष्टि र यी दुर्गन्धित फूलहरू एक बारको जिन्दगी र हर बार झेलहरू शास्वत मृत्यु र हारिने खेलहरू । ShareTweet0 Shares

बोट, रूख र लहरा

आजको संसारमा आध्यात्मिक चेतना र विज्ञानको तीव्र विकास भएको छ । सनातन मानिएको हिन्दू धर्मको स्थापना आजभन्दा करिब ५,००० वर्षअघि भएको मानिन्छ । त्यसछि बुद्ध, यहुदी, ईसाइ, इस्लाम आदि धर्मको प्रादुर्भाव भयो । आज पनि धर्म पहिचानको आधार हो । विभिन्न धर्मसँग सम्बन्धित धर्मग्रन्थको व्याख्या, विवेना र पुष्ट्याइँ आज पनि चालु छ । धर्मले राजनीति, समाज व्यवस्था र अर्थतन्त्रमा प्रभाव पारिरहेको छ । आज पनि धार्मिक स्थान र क्रियाकलापले मानिसलाई आकर्षित  गरिरहेका छन् । मानिसलाई धेरै प्रभावित पार्ने मुख्य विषय आज पनि धर्म नै रहेको छ । युरोपमा पुनर्जागरणकालबाट सुरू भएको आधुनिक विज्ञान पनि आज विकासको उत्कर्षमा पुगेको छ । खगोल, रसायन, चिकित्सा र मनोविज्ञान, भौतिक विज्ञान जस्ता अनेक शाखामा विज्ञानको प्रगति अवर्णनीय छ । संसारमा मावनजातिले शासन चलाउनु र मानव जीवन पहिलाभन्दा सरल र सुखद हुनुको मुख्य कारण विज्ञान र प्रविधिको विकास नै हो । आधुनिक विज्ञानको विकास धर्मको उद्भवभन्दा पछि भयो । अझ ईशाई धर्म स्थापनाको १६०० वर्षसम्म त युरोप पूरै अन्कार युगमा बाँच्यो । ईशाई धर्मका स्थापनाहरूको सत्यापनको क्रममा विकास भएको विज्ञानले धर्मका कतिपय मान्यताको खण्डन गरेको छ । विज्ञान तथ्य र प्रमाणमा आधारित विषय भएकाले यसको निष्कर्षलाई प्रामाणिक मान्नुपर्ने हो तर विज्ञानले दिएका निष्कर्षलाई धर्मले संयोजन गर्न मानेको छैन । कतिपय धार्मिक मान्यता विज्ञानको कसीमा घोट्न

उनको पशुपति दर्शन (संस्मरणात्मक लेख)

म त्यो वेला विराटनगर बस्थें । कहिलेकाहीं कार्यालयको काममा काठमाडौं आउनुपर्थ्यो, आउन पाउँथें भनौं । काठमाडौंमा आएर गर्नुपर्ने केही व्यक्तिगत काम पनि हुन्थे, आफन्त र नातेदारहरूसँग भेटघाटको मौका पनि मिल्थ्यो, आवश्यक परे स्वास्थ्य जाँच पनि गराउँथे । संघीयता लागु भएको ८ वर्षपछि त काठमाडौंको महत्त्व कम भएको छैन, त्यतिवेला त काठमाडौं नआई नहुने काम कति थिए कति ! कार्यालयको काममा काठमाडौं आउँदा बाटो खर्च र भत्ता आउँथ्यो, त्यही वेला विदा थपेर व्यक्तिगत काम पनि मिलाउँथें । काठमाडौं आउने मौका मिलेपछि म काठमाडौं यात्राको दैनिक कार्ययोजना तयार पार्थें । बिहान फलानोको घरमा चिया, फलानो कहाँ खाना, दिउँसो त कार्यालयको काम भइहाल्यो, बेलुका त्यहाँ बास (कमलपोखरीको गेस्ट हाउसमा नबसेको अवस्थामा) । भरसक सबैलाई भेट्न चाहन्थें, बढी काम भ्याइयोस् भनेर विराटनगरबाट पहिलो जहाजमा आउँथे र काठमाडौंबाट अन्तिम वा सोभन्दा अघिल्लो जहाजमा फर्किन्थें । काठमाडौंबाट फर्किने दिन बिहान भरसक पशुपतिनाथ मन्दिर जान्थें । म कमलपोखरीको कार्यालयकै गेस्ट हाउसमा बसेको थिएँ । सायद विराटनगर फर्किने दिन थियो । म पशुपति जान निस्कें । बाटो काटें र बस चढें । बसको दुई सिट हुने पाटोमा एउटा सिट खाली नै रहेछ, बसें । अर्को सिटमा तराई मूलका जस्ता देखिने मानिस थिए । “यो बस पशुपति जान्छ ?” उनले मलाई हिन्दीमा सोधे । “जान्छ ।” मैले हिन्दीमा नै

अर्थतन्त्रको गफ

१. के नेपालको अर्थतन्त्र अहिले चाहिँ खराब भएको हो ? नेपाल गरिब मुलुक हो । थुप्रै नेपालीको जनजीविकाको आधार मानिएको कृषिको लागि आवश्यक पूर्वाधार (सिंचाइ, मल, बिउ र बजार) को अवस्था ठिक छैन । उत्पादन र उत्पादकत्व अपेक्षित मात्रामा भएको छैन । सरकारले दिने सुविधा टाठाबाठाको पोल्टामा परेको अनुमान छ ।  कृषिको अवस्था चिन्ताजनक नै छ भने उद्योग र सेवा क्षेत्रको अवस्था पनि राम्रो छैन । निर्वाध आयातले कृषि र उद्योग क्षेत्र सुरक्षित हुन सकेको छैन । कोरोनापछि पर्यटन लगायतको सेवा क्षेत्र पनि उकासिन सकेको छैन । देशको आर्थिक अवस्था ठिक नभएको प्रमाण रोजगारीका लागि विदेश जाने नेपालीको संख्या नै हो । नेपालमा गरीखाने वातावरणको अभावमा नै कैयौ नेपाली भारत, मध्यपूर्व र अन्य मुलुकमा रोजगारीका लागि जान्छन् । अध्ययनका लागि जानेहरूको अन्तर्य पनि धेरै फरक छैन । एक चिनियाँको वार्षिक औसत आय १२,५५६ अमेरिकी डलर, एक भारतीयको वार्षिक औसत आय २,२५६ अमेरिकी डलर हुँदा हाम्रो आम्दानी १,२०८ अमेरिकी डलर छ । नेपाल समाजवादउन्मुख मुलुक हो तर यो मुलुकमा पुँजीवादी मुलुक संयुक्त अधिराज्यभन्दा बढी र संयुक्त राज्य अमेरिकामा जत्तिकै आयमा असमानता छ । एक तिहाइ जनता गरिबीको रेखामुनि छन् । यही नै हाम्रो वास्तविक तस्बिर हो । भरखरै केही बाटा बनेका छन्, बिजुली पुगेको छ । यो देखेर हामी विकास भइसक्यो

ब्याच २०३९ को उदयपुरगढी भेला

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिकामा पञ्चावती माध्यमिक विद्यालय रहेको छ । त्यो नेपालकै पुरानोमध्ये एक माध्यमिक विद्यालय हो । राष्ट्रिय जीवनमा ख्याति पाएका धेरै महानुभावहरूले सो विद्यालयबाट शिक्षा लिनु भएको छ । म पनि सोही विद्यालयको विद्यार्थी रहन पाएकोमा गर्व गर्छु । सो विद्यालयमा २०३७ सालदेखि २०३९ सालसम्म क्रमशः ८, ९ र १० कक्षामा पढ्ने विद्यार्थीहरू यही २०८० साल वैशाख १ र २ गते सोही स्थानमा भेला भएर विद्यालयमा एउटा कार्यक्रमको आयोजना गर्‍यौं । त्यसको लेखाजोखा यस आलेखमा गरिएको छ । कसरी पुनर्गठित भयो ब्याच २०३९ उदयपुरगढीस्थित पञ्चावती माध्यमिक विद्यालयमा आजभन्दा त्रिचालीस वर्षअघि केही विद्यार्थीहरू कक्षा आठमा पढिरहका थिए । ती विद्यार्थीहरूमध्ये केही (७ जना) पञ्चावती मा.वि. मा नै अध्ययनरत थिए भने बाँकी छिमेकी निम्नमाध्यमिक विद्यालयहरूमा सात कक्षा पास गरेर आएका थिए । तीन वर्ष पढेपछि यो समूह २०३९ सालको एस.एल.सी. ब्याचको रूपमा प्रस्तुत हुँदै थियो । तर अघिल्लो वर्षको एस.एल.सी. नतिजा निकै निराशाजनक भएकाले एस.एल.सी. पास प्रतिशत बढाउन टेस्टको रिजल्टमा कडाइ गरियो र १८ जनामात्र पास हुन पुगियो । ती १८ जनामध्ये केवल २ जना मात्र दोस्रो दर्जामा उत्तीर्ण हुन सके ( म र बालकृष्ण भट्टराई) । जम्मा विद्यार्थी संख्यामा मलाई अलमल छ (जम्मा त्रिसठ्ठी जनामा १८ जना पास भएका हुन् भन्ने मलाई झझल्को लागेको छ, अरू साथीहरू ४५ जनाले

मन्दिरतिर घुम्दै जाँदा

यो ब्लग म लेख्न चाहन्नथें । धर्म, ईश्वर, देवता, भगवानका बारेमा मेरो ज्ञान एकदमै कम छ । फेरि यो अति संवेदनशील विषय पनि हो, यस विषयमा लेख्नु वा बोल्नु जोखिमपूर्ण छ । म जोखिम लिएर लेख्न चाहने व्यक्ति हैन, खोजिपसे जोखिम बिनै भन्न र लेख्न सकिने विषय अनेक भेटिएलान् । तर नलेखी बस्दा हात चिलाएको चिलाएकै गरेकाले यो लेखेको छु । पाठक बृन्दबाट जनाकारी पाउनासाथै म मेरा गलत जानकारी, धारणा र सोचलाई कुनै हिचकिचाहटबिना सच्याउन तयार छु । हाम्रो हिन्दू धर्म भनी नाम दिइएको सनातन धर्ममा धेरैवटा देवताहरू रहेका छन् । ब्रह्मा, विष्णु र महेश्वर त शीर्ष तीन देव भइहाले । गणेश, भगवती, लक्ष्मी, सरस्वती हामीले पुजिआएका अरू देवीदेवताहरू हुन् । सूर्य, जल, चन्द्रमा, शनिग्रह, बरपिपल र तुलसी जस्ता बोटबिरूवा पनि हाम्रा लागि देवताको रूपमा नै स्तुत्य छन् । गाई पशु भए पनि गौमाताको रूपमा पूज्य छ । ३३ कोटि देवताहरू छन् भनिन्छ, यसलाई कतिले ३३ किसिमको देवताको अर्थ लगाएको देखिन्छ, कतिपयले ३३ करोड देवताहरू भन्ने अर्थ लगाएका छन् । ईश्वर भनेको यी देवताहरूभन्दा उपल्लो स्तरको सत्ताको रूपमा मैले बुझेको छु । मानिसका रूपमा जन्मेका कृष्ण र राम पनि विष्णुका अवतार मानिएका छन् र भगवानका रूपमा पूजिएका छन् । मेरो विचारमा मन्दिरमा यिनै देवीदेवताहरूका मूर्ति प्रतीकको रूपमा रहेका हुन्छन् ।

अवकाशका पाँच वर्ष

२०४४ साल चैत १४ गते (आफ्ना समूहका अरू साथीहरूभन्दा ७ दिन ढिलो) बाट सुरू भएको मेरो नेपाल राष्ट्र बैंकको जागिर यात्रा २०७४ सालको चैत १४ मा टुङ्गियो । आज (२०७९ चैत १४) त्यो जागिर यात्राको अन्त्य भएको पनि पाँच वर्ष पुग्यो । यस लेखमा यी पाँच वर्षलाई समग्रमा सम्झने कोसिस गरेको छु । १. शिक्षा र सीपः ५० वर्षमा जागिर छुट्ने हुनाले त्यसपछि के गर्ने भन्ने प्रश्न मेरो मनमा रहनु स्वभाविकै थियो । त्यसैले कानुन पढिहेरौं, कतै कानुनी पेशा पो अपनाउन सकिन्छ कि भन्ने सोच जागिर छँदै राखेको थिएँ । त्यसैले अवकाशको समयमा म  कानुन संकायको तीन वर्षे स्नातक कोर्स पढ्दै थिएँ । अवकाशको केही समयपछि आएको अन्तिम परीक्षा पनि अरू दुइटा परीक्षा झै कुनै विषयमा फेल नभई उत्तीर्ण गरें । त्यसको अर्को साल नेपाल बार काउन्सिलको परीक्षामा पनि उत्तीर्ण भएँ र अधिवक्ताको प्रमाणपत्र प्राप्त गरें । म अहिले कानुनी पेशामा सक्रिय नै त छैन तर सकेको कानुनी सल्लाह र उपचारको बाटो खोज्नमा आवश्यक सहयोग भने गरिरहेकै छु । यसतर्फ अहिलेसम्मको संलग्नता सन्तोषजनक नै छ । अर्को सीपको भने ड्राइभिङसँग सम्बन्धित छ । मसँग चारपाङ्ग्रे मोटर हाँक्न इजाजतपत्र त थियो तर मोटर लिएर बाटोमा जाने आँट थिएन । कोरोना महामारीले सार्वजनिक यातायातलाई निकै असुरक्षित बनायो । अनि मैले ड्राइभिङ लाइसेन्समा

कायाकल्प

तिमी आकाशमा थियौ मैले केवल आकाश हेरें तिमी अलप भयौ आकाशबाट अनि मैले संसार देखें । तिमी अलप हुनु र मैले संसार देख्नु निराशाको त्यो सुरुङ र मैले प्रकाश भेट्नु त्यो निमेषको कुरा थिएन त्यो पलको कुरा थिएन त्यो वर्षको कुरा थिएन त्यो एउटा जुनीको कुरा थियो त्यो सिङ्गो जिन्दगीको सबाल थियो । तिमी अलप हुँदा म मरेझैं थिएँ संयोगले बाँचे र यो संसार भेटें । अहिले पो डर लाग्छ त्यो चोट, त तोड र त्यो वेदना कसरी सहें, कसरी बाँचे, कसरी बौरिएँ म लडेको भए त लडेको लडेकै हुने रहेछु म सडेको भए त सडेको सडेकै हुने रहेछु तिमीलाई प्रेम गरेर अन्धाधुन्ध फूललाई मन पराउन छोडेको रहेछु जूनलाई मन पराउन छोडेको रहेछु चराहरूको चञ्चल नजर मैले नजरअन्दाज गरेको रहेछु सुम्पेर सारा जिन्दगी तिमीलाई आफैंलाई हेला गर्न थालेको रहेछु तिमीलाई मात्र हेरेर संसारको सौन्दर्यबाट विमुख भएको रहेछु । कायाकल्पपछि म नयाँ जीवन बाँचिरहेछु बिना आलम्ब प्रेमको अजस्र धारा बगिरहेछु जिन्दगीका हरेक आयाम बाँचेर भरपूर यो धराको सौन्दर्य र सुवास पाइरहेछु । ShareTweet0 Shares

चोटहरूका लागि धन्यवाद

सधैंझैं मैले आज मेरो मुटुमा हात लगें खाटा बसेको पाप्रो फेरि चलाउन खोजें सानो खत छोडेर, घाउ निको भएछ त्यो चोटले खै कसरी, प्रेम साहित्यलाई चुनौती दिएछ । हातमा घाउको पाप्रो लिएर म सोचिरहेछु तिमी भविष्यद्रष्टा रहिछ्यौ म निष्ठुरी रहेछु म निष्ठुरी नभए कसरी निको भो ? दुनियाँले असाध्य मानेको  बिछोडको त्यो घाउ ? म निर्दयी पनि रहेछु नत्र कसरी गाड्न सक्थें ? आफ्ने मुटुमा चिहान खनेर तिमीलाई ! तिमीले वेलैमा नखसालेको भए कल्पनाको उडानबाट म कति माथि पुगेर खसालिन्थें होला कति चोट खान्थें होला, कति दुःख भोग्थें होला  तिमीले नदिएको भए बिछोडिनुको पीडा म कसबाट पाउने थिएँ होला ? एक पल्ट नखाएको भए धोका जिन्दगीमा सायद जिन्दगीभर खाइरहन्थे होला । कसरी बुझ्थे होला म दुखान्त प्रेम साहित्य फिलिम, नाटक र अरूका आँखाहरू मुना मदन पढ्दा रून नसक्ने म भावनाको गरिब हुन्थें होला । जिन्दगीका अनेक रङहरू चिन्न नसकेर म ‘कलर ब्लाइन्ड’ हुन्थें होला । अब मनमा कुनै रोष छैन, दुःख छैन, पिर छैन बरू साधुवाद छ, ती साना चोटहरूका लागि ! पीडाहरूमार्फत मेरो जिन्दगीको पूर्णताको लागि ! ShareTweet0 Shares