जिन्दगीको फेदतिर भावनाको मुहान फुट्दा अनि त्यही मौकामा हामी आपसमा भेट हुँदा हरेक कल्पना पवित्र लाग्थे हरेक सपना सुन्दर हुन्थे कामना नै सही वासना नै सही स्वार्थ नै सही प्रेममा मुछिएका ती भावना कति निर्मल लाग्थे ! कति कोमल लाग्थे ! कति पवित्र लाग्थे ! समयको हावाले उडाएको तिम्रो ओज सांसारिक बाध्यताले घटाएको तिम्रो तेज अहँ, मलाई कुनै हालतमा स्वीकार छैन समयको चक्रले यतिका चक्कर काटिसकेपछि मलाई मेरो भाग्यले यति धेरै ढाँटिसकेपछि रहलपहल जिन्दगीको यो ढल्दो साँझमा अब मलाई फेरि कहिले तिमी भेट्नु छैन । मेरो नाक बिमार भए पनि अझै महसुस गरिरहन्छ त्यो सुवास मेरो आँखा मलिन भए पनि अझै हुन्छ मलाई त्यो ज्योतिको आभास मलाई मेरो घाम उस्तै चम्किलो मन पर्छ मलाई मेरो जून उस्तै पूर्ण मन पर्छ । जम्काभेटबाट जोगिनु तिमी पनि मेरो हृदयको तस्बिर मलाई किमार्थ बदल्नु छैन मलाई तिमी गलेको हेर्नु छैन मलाई तिमी ढलेको हेर्नु छैन । तिमी गल्दै गए पनि मलाई शक्ति दिइरहनू तिमी दोधारमा रहे पनि मलाई बाटो देखाइरहनू तिमी बाँच्नू प्रकाशमा र मलाई पनि बाँडिरहनू सुख निस्संकोच भोग गर्नु र उदासीमा सम्झिरहनू दुःखमा साथ दिने मेरो बाचा यसैगरी पूरा गर्नू । ShareTweet0 Shares
चिया र कविता
म तिमीलाई सुन्न चाहन्थे म तिमीलाई सुनाउन चाहन्थे म तिमीलाई भेट्न चाहन्थे म तिमीलाई हेर्न चाहन्थे मलाई पछि थाहा भो म तिमीलाई मन पराउँथे । तिमी तर्किन खोज्यौ तिमी छलिन खोज्यौ तिमी अलमलिन खोज्यौ मैले तिम्रो बाध्यता ठानें पछि मात्र मलाई थाहा भो तिमी मलाई मन पराउन्नथ्यौ । हर बिम्बलाई आँखीझ्याल ठान्ने यस उमेरमा कहिले पर क्षितिजमा आफैं अस्ताइरहेको देख्छु कहिले पर क्षितिजमा आफैं उदाइरहेको सोच्छु बादलका टुक्राहरूमा म कतै कपाल देख्छु, कतै आँखा देख्छु त्यतै अलिकति ठाउँ निधारका लागि छुट्याउँछु र गालाको खोजी गर्छु । तिमीलाई पनि थाहा नदिइकन म तिमीलाई नै सम्झिइरहन्छु । कसैलाई कत्ति पनि चोट नपुर्याइकन म आफ्नो दिमागको दुरूपयोग गर्छु । मलाई अझै सम्झिरहेछ भनेर दुःख पनि नमान्नू मलाई अझै सम्झिरहेछ भनेर हर्ष पनि नमान्नू सिर्जनाका अनन्त विकल्पमा खेलिरहेको प्रकृतिले सायद हामी अलग्गिनु नै उचित ठान्यो तिमीले मेरो लागि एक कप चिया बनाउनुभन्दा मैले तिम्रो सम्झनामा एउटा कविता लेख्नु राम्रो मान्यो । ShareTweet0 Shares
भ्रष्टाचारको भविष्य
नयाँ पत्रिकाको पुस २९ को अङ्कमा भ्रष्टाचारका सम्बन्धमा केही महत्त्वपूर्ण समाचार छापिएका थिए । समाचारहरूको आशय मिश्रित थियो, केही सकारात्मक, केही नकारात्मक । सुशासनको नारा लगाइरेका वामपन्थी दलको ठुलो हिस्सा रहेको र त्यही नाराका आधारमा उल्लेख्य मत हासिल गरेका पार्टीहरूको सरकार गठनको केही समयपश्चात् नै आएका यी समाचार पढेर मनमा उठेका भावनाहरू यस ब्लगमा उतार्ने कोसिस गरेको छु । समाचार शीर्षक १- अवैध क्रसरविरूद्ध आक्रामक गृह प्रशासनः एक सातामै ६८८ क्रसर बन्द । यस शीर्षकमा २०७७ चैत ९ मा नै सर्वोच्च अदालतले मापदण्डविपरीत सञ्चालित क्रसर बन्द गर्न निर्देशन दिएको भए पनि सिंहदरबारसम्म पहुँच राख्ने व्यावसायीले स्थानीय प्रशासनलाई प्रभावित पारेर निरन्तर प्राकृतिक स्रोतको दोहन गरिरहेको अवस्थामा गृह मन्त्रालयबाट चालिएको कदमसम्बन्धी समाचार छापिएको थियो । यो समाचार सकारात्मक भए पनि अधिकांश क्रसरमा नेता र जनप्रतिनिधिको लगानी भएको जानकारीले गृहको यो कदम कति दिगो हुने हो भन्ने संशय उत्पन्न गराउन सक्थ्यो । भोलिपल्टको समाचारमा आफ्ना कुरा राख्न क्रसर व्यवसायीले प्रधानमन्त्रीको समय मागिरहेको समाचार आएको छ । समाचार शीर्षक २- विशेष अदालतको ऐतिहासिक फैसलाः अख्तियारकै पूर्वआयुक्त भ्रष्टचारी ठहर । यस शीर्षकमा नेपाल इन्जिनियरिङ कलेजसँग सम्बन्धित पदाधिकारीसँग घुस लेनदेन गरेको भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई ३ वर्ष कैद र रु. ३९ लाख जरिवाना तोकेको समाचार छापिएको छ । यस समाचारले भ्रष्टाचारमाथि कारवाही
सत्ता-स्वर्गको कथा
मंसिर ४ मा भएको चुनावभन्दा अघि र पछिका घटनाहरूका कारण मानिसको दिमाग अहिले पनि रन्थनिइरहेको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा व्यक्त भावना र विचारहरूबाट यही लख काट्न सकिन्छ । चुनाव मुख्यरूपमा नेपाली कांग्रेस नेतृत्त्वको सत्तारूढ गठबन्धन र नेकपा (एमाले) को बिचमा भएको थियो । एमालेले राप्रपासँग केही स्थानमा तालमेल गरेको थियो र चुनावको केही समयमात्र अघि सत्ता गठबन्धनमा रहेको जसपा पनि नाटकीयरूपमा एमालेसँग चुनावी तालमेल गर्न आइपुगेको थियो । चुनावमा भरखर स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, उन्मुक्ति पार्टी लगायतका पार्टीहरू पनि प्रतिस्पर्धामा थिए तर यी पार्टीहरूलाई कसैले पनि खास महत्त्व दिएको थिएन । सत्तारूढ गठबन्धन र एमाले आफैंले बहुमत ल्याउने बताइरहेका थिए । चुनावको परिणाम कसैले सोचेको वा भनेको जस्तो आएन । समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी भोट त ल्यायो तर ठुलो पार्टी चैं नेपाली कांग्रस बन्यो । सत्तारूढ गठबन्धनले बहुमत ल्याउन सकेन तर बहुमतको नजिक भने पुग्यो । राष्ट्रिय स्वतन्त्र पार्टीले कसैले अनुमान नगरेको नतिजा हासिल गर्यो । जनमत र उन्मुक्ति पार्टीले तराईमा सफलता हासिल गरे । राप्रपाले पनि स्थितिमा सुधार गर्यो । एमालेसँगको तालमेलको कारण जसपा केही सजिलो अवस्थामा रह्यो तर सत्ता गठबन्धनमा रहेको लोसपाको स्थिति खस्कियो । स्वतन्त्र पार्टीले ल्याएको चुनावी परिणाम सबैले सहजै पचाउन सकेका छैनन् । चुनावपछि केही दल र स्वतनन्त्र सांसदलाई
नबोकेको आइफोन
“भिनाजु, म नेपाल आउँदा हजुरलाई एउटा आइफोन ल्याइदिन्छु ।” सालीले अमेरिका उड्नुअघि यसै भनेकी थिइन् । “पर्दैन, पर्दैन । मलाई किन चाहियो आइफोन ? चाइनिज फोनले नै काम चलिहाल्छ नि !” मैले यसो भनेको थिएँ । भन्नै पनि पर्यो । बिहे गरेर अमेरिका उडेकी ती अब मेरी साली मात्र थिइनन्, कसैकी पत्नी र कुनै घरको बुहारी भइसकेकी थिइन् । उनको भिनाजुप्रतिको माया अब निर्बाध थिएन । ‘किन त्यो फुस्रालाई आइफोन ?’ घरतिरको कसैले यसो भन्न पनि सक्थ्यो ! आइफोनका लागि फुस्रिनुभन्दा यही नोकिया ठिक ! तर मान्छेको मन न हो, मेरो मनमा भने अर्को एउटा हात पलाइसकेको थियो र त्यो हातमा अर्को एउटा मोबाइल फोन थियो । भनिरहनु परेन त्यो मोबाइलमा आदमले टोकेको स्याउको चित्र थियो । साली अहिले के गर्दैछिन्, के सोच्दैछिन्, नेपाल कहिले आउँछिन् र भिनाजुलाई दिएको बाचा बिर्सिन् कि बिर्सेकी छैनन् मलाई थाहा छैन । तर हरेक पटक फोन उठाउँदा मेरो हातले नोकिया उठाउँछ र मनले आइफोन । उनको एकै बचनमा म साली कहिले नेपाल फर्केलिन् भनेर बाटो हेर्ने भइसकेको छु । एक त साली, त्यसमाथि आइफोन ल्याइदिने । तर यो हिउँदमा आएको सरकारी निर्णयले मेरो सपनामा चिसो पानी खन्याइदिएको छ । सरकारले अब विदेशबाट आउनेले आफूले प्रयोग गरेकोभन्दा अर्को मोबाइल ल्याउने नपाउने निर्णय गरेको छ रे
आधा शिर उचालेरः मेरो हेराइमा
कवि ज्योति जङ्गलको अर्को कविता संग्रह ‘आधा शिर उचालेर’ निकै पहिला हात पारेको थिएँ । किन कुरो लुकाउनु, विमोचन समारोहमा नै टुपुल्किएको थिएँ म। त्यही मेसोमा हात परेको थियो यो कृति । हातमा पर्दा सोचेको थिएँ, अब घर फर्केर यही पढ्ने हो । यस्तो उच्च प्राथमिकतामा परेका केही किताबको पातो अझै फर्कन पाएको छैन ।यसलाई पनि तत्काल पढ्ने मेसो मिलेन । कवि परिचित हुँदा त त्यस्तो नहुनुपर्ने हो, भयो । व्यवहार मिलाउँदा मिलाउँदै यतिका दिन भएछ । साग टिप्ने हतारोले फूल टिप्न छुटिरहेछ यस्तै सस्तो हतारोमै जिन्दगी बितिरहेछ । – – – कविताका विषयवस्तु यस संग्रहका कविताहरूबाट कविको मन अब भोक्ताबाट द्रष्टामा रूपान्तरित हुन लागेझैं प्रतीत हुन्छ । वियोग, बुढ्यौली र मृत्यु जस्ता मानवमनका कोमल अवयवहरूकलाई चिथोर्ने संवेगहरूलाई यस संग्रहका केही कविताहरूमा संसारको नियमको रूपमा आत्मसात गर्ने कोसिस भइरहेको पाइन्छ । ‘युगको अखबार’, ‘बिदाइ’, ‘जानेहरू’ र ‘मिलन’ जस्ता कविताहरूमा भावनात्मक समायोजन र स्थिरीकरणको बाटो रोजिएको छ । युगको अखबारमा मान्छेको अक्षर बनाएर समयको खबर छापिन्छ, बस अदृश्य चल्छ यसको सम्पादन तर अटुट चल्छ यसको यसको प्रकाशन । (युगको अखबार) बाँकी के हो र यो संसार आउनु जानु भेट्नु र छुट्टिनु । (जानेहरू) तिमी मेरा जन्मका साथी जीवनको अन्तिम साक्षी पनि हौ, मानिसहरू मृत्युको नाम दिंदा हुन यो मिलनलाई त्यो मैले
गठजोडदेखि गठछोडसम्म
‘अब यसपटक त मलाई प्रधानमन्त्री दिनुपर्छ सभापतिज्यू ।’ – अध्यक्षले बोलिहाले । सभापतिलाई अरू कसैलाई प्रधानमन्त्री दिन मन हुने कुरै थिएन । भरखर ठुलो लगानी लगाएर संसदीय दलको नेताको चुनाव जितिएको थियो । कतिलाई मन्त्री बनाउँछु भनेर भोट हाल्न लगाइएको छ, कतिलाई नोटको खाम थमाएर भोट हाल्न लगाइएको छ । तिनलाई मन्त्री पनि बनाउनु पर्यो, बाँडिएको खामबाट पुगेको क्षतिको पुर्ताल पनि गर्नुपर्यो । चुनावमा गरेको बाचा पनि त पूरा गर्नु पर्यो । प्रधानमन्त्री हुनेलाई भोट हाल्नु, हेलिकप्टर चढेर आउन सक्नेलाई भोट हाल्नु भनेर उनले पनि भोट मागेकी छन् । अहिले त बिर्सिसकें तर आफूले पनि त केही भने हुँला, चुनाव प्रचार गर्न गएको थिएँ । कसरी छोड्नु प्रधानमन्त्री ? ‘मने चुनावमा जानुअघिकै सल्लाह थियो, चुनावपछि म प्रधानमन्त्री बन्ने भन्ने ।’ – यो शून्यता अध्यक्षलाई मन परेको थिएन । उनले सहमति लिन बल गरे । ‘पार्टीमा छलफल गर्नुपर्छ ।’ – साह्रै थोरै बोल्ने सभापतिले यति बोले । ‘पार्टी’मा छलफल पनि भएको थियो । पार्टी अर्थात् पार्टनर, पार्टनर आर्थात लाइफ पार्टनर । राजीतिक संगठन त दल हो । संविधानले नै दल भनेको छ । दल मतलब दलदल । केटाहरू मिलेर फसाउन मात्र खोज्छन् । ‘बूढानीलकण्ठको घर मर्मत हुँदैछ । प्रधानमन्त्री छोडेर बस्न कहाँ जाने ? भाडाको घरमा ? बरू अर्को अढाइ वर्ष
दीक्षान्तको रन्कोः पुल्चोकको फन्को
हिजो (२०७९ मंसिर २३ गते) त्रिभुवन विश्वविद्यालयको अठचालिसौं दीक्षान्त समारोह सम्पन्न भयो । हाम्रो कान्छो छोरा आकृत आचार्यको दीक्षित हुने पालो पनि यसैपल्ट परेको थियो । यो जमानामा कोही स्नातक हुनु ठुलो कुरा त रहेन, तैपनि आफ्नो काखमा हुर्केको सन्तान दीक्षित हुँदा बाउआमाको मनमा गौरवको अनुभूति त भैहाल्छ नै ! त्रिभुवन विश्वविद्यालयले त फगत् एउटा विद्यार्थी दीक्षित भएको ठान्ला, बाउआमाको मनमा त एउटा सन्तानले कामचलाउ शिक्षा प्राप्त गर्यो, तन्नेरी भयो, गरिखाने बाटो बनायो, एउटा सपना साकार भयो भन्ने पनि लाग्छ । हामी पनि गएका थियौं, छोराको खुशीमा रमाउन, आफैं पनि खुशी हुन । दिनभर पुल्चोकको घाम तापेर फर्कियौं । दीक्षान्त समारोह प्राज्ञिक जगतको लागि सबभन्दा गरिमामय कार्यक्रम हो जस्तो लाग्छ मलाई । अझ, यो एउटा शैक्षिक चाड हो । यस समारोहमा भाग लिन थुप्रै युवाहरू आएका हुन्छन् । गाउन लगाइरहेका, स्कार्फ मिलाइरहेका, टोपी उडाइरहेका, फोटो खिचाइरहेका, साथीहरूसँग हाँस्दै गफिइरहेका युवाहरूले पुल्चोक परिसर भरिएको हुन्छ । अलि पछि अध्ययन गर्ने मौका पाएका प्रौढहरू पनि युवा जोशका साथ त्यहाँ हुन्छन् । सानो बच्चा च्यापेर पनि दीक्षान्त समारोहमा आएको देख्छु । उपलब्ध र अनुकूल भएसम्म आफ्ना अभिभावक र आफन्त पनि ल्याएका हुन्छन् । हामी पनि त गएका थियौं । हरेकको आँखा बोलिरहेको हुन्छ, मुहार खुलिरहेको हुन्छ । यो जोश र यो खुशीले सबैको
परिवर्तनको पक्षमा
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव संघारमा छ । स्थापित दलका अनुभवी शीर्ष नेताहरू पूरा समय काम गर्न नपाएको र आफू अनुभवी एवं योग्य समेत भएको हुनाले पुनः मौका पाउनु पर्ने दाबीका साथ मैदानमा छन् भने कतिपय उम्मेदवार आफू नयाँ र युवा भएको हुनाले मौका पाउनु पर्ने दाबा गरिरहेका छन् । पटक पटक चुनिएर शासनको मौका पाएका पुराना शीर्ष नेतालाई किन फेरि शासनको मौका दिन उपयुक्त छैन र नयाँ अनुहार किन चाहिन्छ भनेर यस टिपोटमा विश्लेषण गर्ने कोशिस गरेको छु । संविधानको अङ्गीकार र पूर्ण परिपालना नेपालको संविधान विशिष्ट किसिमको छ । तर विभिन्न दलहरूले यसलाई सम्झौताको दस्तावेजको रूपमा लिएका छन् र आफ्ना राजनीतिक अडानलाई पूर्ववत् राखेका छन् । यो संविधानको मूलमर्मलाई शीर्ष नेताहरूले आत्मसात गर्न सकेका छैनन् । संविधान विरोधी गतिविधि गरिरहेका छन् । सहमतिमा बनेको यस संविधान संशोधनका अनेक पुलिन्दा घोषणापत्रमा पस्किरहेका छन् । उनीहरूले भन्दै आएको कुरा संविधानमा लेखिन नसके पनि उनीहरूको मनबाट हट्न सकेको छैन । यसबाट संविधानको पालना, प्रभावकारी कार्यान्वयन र उपयुक्त आधारमा संशोधन हुन पनि सम्भव छैन । यस संविधानको दीर्घ जीवनको लागि यो संविधान बमोजिम आफ्ना गतिविधिलाई मोडेका वा मोड्न सक्ने युवा वा नयाँ अनुहारको खाँचो छ । सन्तुलित परराष्ट्र नीतिको अवलम्बन पुराना पुस्ताका नेताहरू कुनै देश विशेषको विश्वासपात्रका रूपमा चिनिएका वा चिनाइएका छन् ।
किन नयाँ, किन युवा ?
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव संघारमा छ । दलका र स्वतन्त्र उम्मेदवारहरू घरघरमा पुगेका छन् । स्थापित दलका अनुभवी नेताहरू पूरा समय काम गर्न नपाएको र आफू अनुभवी एवं योग्य समेत भएको हुनाले पुनः मौका पाउनु पर्ने दाबीका साथ मैदानमा छन् भने कतिपय उम्मेदवार आफू नयाँ र युवा भएको हुनाले मौका पाउनु पर्ने दाबा गरिरहेका छन् । पुराना नेताको इतिहासमा गरिएको योगदान बापत पद पाउनु पर्ने दाबी त यथावत् छँदैछ । यो चुनावमा पनि स्थापित दलहरूबाट पूर्वप्रधानमन्त्री र पार्टीका अध्यक्षहरू नै प्रधानमन्त्रीको दाबेदारको रूपमा चुनावमा होमिएका छन् । पुराना नेताहरूले पटकपटक मौका पाएको, ती मौकाको सही सदुपयोग हुन नसकेको र अब थप योगदान हुन नसक्ने प्रमाणित भइसकेको हुनाले एक पटक प्रधानमन्त्री भइसकेका उम्मेदवारलाई पुनः भोट दिन नहुने आग्रहका साथ नो, नट एगेन (No, not again) भन्ने अभियान पनि चलिरहेको छ । पुरानाको दाबी सर्वथा गलत छैन । अमेरिका बुढा वाइडेनले हाँकिरहेका छन्, पुटिनले रुस हाँकेको पनि धेरै भइसक्यो, भारतमा मोदी दोस्रो कार्यकाल चलाइरहेका छन्, चीनमा सी जिङपिङ तेस्रो कार्यकालका लागि भरखरै छानिएका छन्, मलेसियमा महाथिर सन्तानब्बे वर्षको उमेरमा चुनाव लडिरहेका छन्, सिङ्गापुरमा लि क्वान युले लगातार ३१ वर्ष शासन चलाएका थिए । नेपालमा किन बुढा र पुराना नेता नहुने, किन कसैलाई दोहोरिन, तेहरिन वा पाँचौ, सातौं पटकका लागि मार्ग प्रशस्त नगर्ने
