जग्गा हैन लुगा किन्यौं

विराटनगरमा जागिर थियो । विराटनगरकै जामुनगाछी आसपास सानो घर थियो । छोराहरू सानै थिए । त्यही घर नै हामीलाई पर्याप्त थियो । सुदूर भविष्यतिर उति मन नडुलाउने स्वभावको हुनाले म आफूलाई विराटनगरमा स्थापित (Settle) भएको ठान्थें । सम्पत्ति थोरै भएर के भो त ? आकांक्षा पनि त धेरै थिएन । प्राप्ति र आकांक्षाबिचको अन्तर नै अभाव हो भने म त्यतिवेला उति अभावग्रस्त थिइन । सबै ठिकठाक चलिरहेको थियो । तराईमा मधेश आन्दोलनको लहर चल्यो । विराटनगर पनि मधेश आन्दोलनको राप र तापबाट पिल्सिन्छ कि भन्ने आकलन गरिएकाले होला विराटनगरभन्दा बिसबाइस किलोमिटर उत्तरमा रहेको इटहरीमा घडेरीको कारोबारले उचाइ लिइरहेको थियो । राजमार्गमा ओहोरदोहोर गर्दा इटहरी आसपासका सबैजसो धान खेतहरूमा प्लटिङ भएको देख्थें । जति साथीहरू भेट्थें सबैजसोले ‘इटहरीमा एक टुक्रो किनेको छु’ भन्थे । विराटनगरको घरजग्गा बेचेको पैसाले अन्यत्र कुनै सहरमा घरजग्गा किन्न सक्ने अवस्था थिएन । यसै कारणले पनि मलाई विराटनगरबाट पनि राजविराज वा जनकपुरबाट जस्तो मानिसको पलायन हुन्छ भन्ने लागेको थिएन । तर विराटनगरमा घरबास हुनेले पनि इटहरीमा एउटा टुक्रो किनिरहेका थिए । एक दिन इटहरी घुम्दै गएको वेला प्लटिङको विज्ञापनमा आँखा पर्‍यो । प्लटिङ व्यवस्थित थियो र कुनै कम्पनीले नै गरेको प्लटिङ थियो । मुना पनि सँगै थिइन् । कम्पनीका कर्मचारीसँग गफ पनि गरियो । स्कुल, क्याम्पस, क्लिनिक,

निराशाको खाल्डोमा

आई. ए. पास गर्ने बित्तिकै दिएको नेपाल राष्ट्र बैंकको प्रधान सहायक पदको परीक्षा पास भएकाले मेरो खुट्टो भुइँमा थिएन । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा सहलेखापाल रहेको समयमा नै मैले त्यो परीक्षा पास गरेको थिएँ । सहलेखापालको चार्ज बुझाई जागिरबाट राजीनामा दिएर काठमाडौं प्रस्थान गर्दाको उत्साह अहिले लेख्न नै सक्दिन । सहलेखापाल खरिदार तहको पद थियो, म अब राष्ट्र बैंकमा नायव सुब्बा सरहको पदमा जाँदै थिएँ । सहलेखापाल छँदा तलब, दुर्गम भत्ता, लेखाभत्ता गरेर जम्मा नौसय बैसठ्ठी रुपैयाँ पचास पैसा तलब हुन्थ्यो, अब नेपाल राष्ट्र बैंकले त करिब चौध सय रुपैयाँ दिनेवाला थियो । मैले आई. ए. प्राइभेट जाँच दिएर पास गरेको थिएँ । मलाई क्याम्पसको मुख हेर्न मन थियो । त्यसैले सहलेखापाल छँदा नै मैले पढाइलाई अगाडि बढाउन काठमाडौं सरुवा मागेको थिएँ । महालेखा नियन्त्रक कार्यालयका हाकिमले साह्रै नमिठो मुखले मेरो आग्रहलाई तिरस्कार गरेका थिए । अब मेरो त्यो माग शानदार तरिकाले पूरा हुँदै थियो । काठमाडौंमा त गाउँका दाइहरू हुनुहुन्थ्यो, भेट्न पाउँथे, कुरा गर्न पाउँथे । यो अर्को राम्रो कुरा थियो । नेपाल राष्ट्र बैंक, बैंकिङ कार्यालय, थापाथलीमा हाजिर हुन काठमाडौं आएँ । नियुक्ति त पहिला नै लिएको थिएँ । बरबुझारथ गर्न र राजीनामा दिन बाँकी रहेकोले हाजिर भएको थिइनँ । केन्द्रीय सरकार भन्ने फाँट रहेछ । त्यही काम

गरीखाने मान्छे

तिहार सकिएको थियो तर मलाई अलिकति भएको करेसाबारी खनेर साग रोप्ने जाँगर आएको थिएन । यो त्यही डेंगी भएको साल पनि हुनसक्छ वा अरू कुनै साल । जे भए पनि म कमजोर भएको थिएँ जस्तो लाग्छ । कोदालो बिंड सम्झन मन लागिरहेको थिएन । बरन्डामा उभिएर हेर्दा बारीको झारले मलाई खिज्याउँथ्यो, म खिस्स हाँसेर टारिदिन्थें । झार मौलाइरहेका थिए, मेरो जाँगर मुर्झाइरहेको थियो । दिन त्यसैगरी दिन बितिरहेको थियो । “बहिनी, कोदालो दिनु त !” घरको भुइँतलामा बस्ने दिदीले मुना (पत्नी) सँग कोदालो माग्नु भयो । म त ओछ्यानबाट उठेको पनि थिइँन । “किन चाहियो कोदालो ?” कोदालो दिँदै उनले सोधेकी थिइन् । “गाउँबाट एक जना बहिनी आएकी छिन् । यो बारी खन्दिन्छु भन्दैछिन् ।“ पाहुनालाई कहाँ बारी खन्न दिनु त ! मेरो मनमा यो कुरो आएको थियो । मुखले चैं भनिन कि जस्तो लाग्छ । “खन्छु भनेकी छन्, खन्छिन् । गाउँको मिल्ने साथी हुन् । चिन्ता गर्नुपर्दैन ।“ मुनाको मुखमा पनि केही अस्पष्टता झल्किएको थियो क्यारे । त्यसलाई सम्बोधन गर्न दिदीले थप्नु भयो । म ओछ्यानमा बसेर सोचिरहेको थिएँ – को हुन् यी देवदूत ! हाम्रो बारी खन्न स्वर्गबाट आएकी ! मेरो जिन्दगीमा ओछ्यानबाट उठ्ने प्रेरणाको अभाव छ । जागिरबाट अवकाश पाइसकेको छु । अब साढे आठमा भात खाएर

खजमजिएको सिभी

नेपाल राष्ट्र बैंकबाट अवकाश पाएको केही समयपछि जागिर खाने विचार आयो र एउटा निकायमा सेवाको मौका पनि पाइएला जस्तो देखियो । त्यसका लागि मैले आफ्नो सिभी तयार पार्नुपर्ने भयो । “एउटा सिभी बनाएर इमेल गरिदिनु न त !” नयाँ जिम्मेवारीका लागि पहल गरिदिने व्यक्तिले मलाई भन्नुभयो । “भैहाल्छ नि” मैले भनें । सिभी अर्थात करिकुलम भिटाइ । नेपालीमा व्यक्तिगत विवरण भन्दा पनि हुने हो तर चलेको छ यही । बरू रिज्युमे पनि सुन्छु म कहिलेकाहीं सिभीको साटोमा । कुनै जन्म, शिक्षा, योग्यता, अनुभव, प्रकाशित कृति आदि जानकारी समेटिएको व्यक्तिगत विवरण । त्यस्तो गाह्रो के छ र सिभी बनाउन ? मलाई भने गाह्रो भयो सिभी बनाउन । जन्म, नाम, थर, ठेगानमा त केही अलमल हुने कुरै भएन । तर जब शैक्षिक योग्यता  अनुभवका विषयहरू आए, न नराम्रोसँग अलमलिएँ । शैक्षिक योग्यताको हकमा मैले नेपालीमा एम. ए. गरेको थिएँ, थेसिस लेखेर राम्रो अङ्क ल्याउने मौका नमिले पनि प्रथम श्रेणी ल्याउन सकेको थिएँ । नेपालीमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरे पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा कुनै काम गरेको थिइनँ । केही लेख रचना भए पनि ती सिर्जना अध्यवसायको परिणति हैन, लहडका परिणाम थिए । तिनको गुणस्तर त अर्को सवाल भइहाल्यो । कहिले यो किनारा चेपेर, कहिले अर्को किनारा चेपेर बग्ने तराई खोला

नाकैमुनि कमिसन

म सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा सहलेखापाल थिएँ । पुराना लेखापालले जागिर छोडेका र नयाँ लेखापालको सो कार्यालयमा सरूवा भइनसकेको हुनाले कार्यालयको खातापाता मेरै जिम्मामा थियो । २०४३ सालतिरको कुरो हो, जिल्ला प्रशासन कार्यालयको वार्षिक बजेट तीन लाख जति थियो, सवा दुई लाख त तलब भत्ता शीर्षकमा । टेलिफोन लाइन थिएन, पैसा तिर्नै परेन । बिजुलीबाट चल्ने कुरामा बल्बबाहेक अरू उपकरण पनि नभएकाले यो शीर्षकमा पनि खासै खर्च थिएन (पङ्खा पनि भए जस्तो लाग्दैन) । स्टेसनरी र अरू कार्यालय खर्च पनि जेनतेन चल्थ्यो । प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले चढ्ने ल्यान्डक्रुजर जिप पाल्न भने धौधौ नै थियो । कहिले सवारी इन्धनमा बजेट नपुग्ने, कहिले मर्मत सम्भारमा ! तैपनि जिल्ला प्रशासन कार्यालय न पर्‍यो ! शान्ति सुरक्षा कायम राख्‍न यो शीर्षकमा यति बजेट चाहियो भनेपछि नपाइने कुरो पनि थिएन । अलिकति नखरा पार्नुपर्थ्यो, त्यत्ति हो । यस पटक त टायर नै फेर्नुपर्ने थियो । बजेटको पनि व्यवस्था भएको थियो । दुइटा टायर किन्न आठ हजार निकासा भएको थियो जस्तो लाग्छ । ल्यान्ड क्रुजरले दुइटा टायर पाउने टुङ्गो भइसकेको थियो । “ड्राइभरले टायर किन्नुपर्ने छ भन्दै थियो । तिमीसँग केही कुरो गरेको छ ?”- कुनै कागजमा सही गराउन जाँदा सिडिओबाट सोधनी भयो । “ड्राइभरले त केही भनेका छैनन् । बजेट छँदैछ । काठमाडौं

उनको पशुपति दर्शन (संस्मरणात्मक लेख)

म त्यो वेला विराटनगर बस्थें । कहिलेकाहीं कार्यालयको काममा काठमाडौं आउनुपर्थ्यो, आउन पाउँथें भनौं । काठमाडौंमा आएर गर्नुपर्ने केही व्यक्तिगत काम पनि हुन्थे, आफन्त र नातेदारहरूसँग भेटघाटको मौका पनि मिल्थ्यो, आवश्यक परे स्वास्थ्य जाँच पनि गराउँथे । संघीयता लागु भएको ८ वर्षपछि त काठमाडौंको महत्त्व कम भएको छैन, त्यतिवेला त काठमाडौं नआई नहुने काम कति थिए कति ! कार्यालयको काममा काठमाडौं आउँदा बाटो खर्च र भत्ता आउँथ्यो, त्यही वेला विदा थपेर व्यक्तिगत काम पनि मिलाउँथें । काठमाडौं आउने मौका मिलेपछि म काठमाडौं यात्राको दैनिक कार्ययोजना तयार पार्थें । बिहान फलानोको घरमा चिया, फलानो कहाँ खाना, दिउँसो त कार्यालयको काम भइहाल्यो, बेलुका त्यहाँ बास (कमलपोखरीको गेस्ट हाउसमा नबसेको अवस्थामा) । भरसक सबैलाई भेट्न चाहन्थें, बढी काम भ्याइयोस् भनेर विराटनगरबाट पहिलो जहाजमा आउँथे र काठमाडौंबाट अन्तिम वा सोभन्दा अघिल्लो जहाजमा फर्किन्थें । काठमाडौंबाट फर्किने दिन बिहान भरसक पशुपतिनाथ मन्दिर जान्थें । म कमलपोखरीको कार्यालयकै गेस्ट हाउसमा बसेको थिएँ । सायद विराटनगर फर्किने दिन थियो । म पशुपति जान निस्कें । बाटो काटें र बस चढें । बसको दुई सिट हुने पाटोमा एउटा सिट खाली नै रहेछ, बसें । अर्को सिटमा तराई मूलका जस्ता देखिने मानिस थिए । “यो बस पशुपति जान्छ ?” उनले मलाई हिन्दीमा सोधे । “जान्छ ।” मैले हिन्दीमा नै

अवकाशका पाँच वर्ष

२०४४ साल चैत १४ गते (आफ्ना समूहका अरू साथीहरूभन्दा ७ दिन ढिलो) बाट सुरू भएको मेरो नेपाल राष्ट्र बैंकको जागिर यात्रा २०७४ सालको चैत १४ मा टुङ्गियो । आज (२०७९ चैत १४) त्यो जागिर यात्राको अन्त्य भएको पनि पाँच वर्ष पुग्यो । यस लेखमा यी पाँच वर्षलाई समग्रमा सम्झने कोसिस गरेको छु । १. शिक्षा र सीपः ५० वर्षमा जागिर छुट्ने हुनाले त्यसपछि के गर्ने भन्ने प्रश्न मेरो मनमा रहनु स्वभाविकै थियो । त्यसैले कानुन पढिहेरौं, कतै कानुनी पेशा पो अपनाउन सकिन्छ कि भन्ने सोच जागिर छँदै राखेको थिएँ । त्यसैले अवकाशको समयमा म  कानुन संकायको तीन वर्षे स्नातक कोर्स पढ्दै थिएँ । अवकाशको केही समयपछि आएको अन्तिम परीक्षा पनि अरू दुइटा परीक्षा झै कुनै विषयमा फेल नभई उत्तीर्ण गरें । त्यसको अर्को साल नेपाल बार काउन्सिलको परीक्षामा पनि उत्तीर्ण भएँ र अधिवक्ताको प्रमाणपत्र प्राप्त गरें । म अहिले कानुनी पेशामा सक्रिय नै त छैन तर सकेको कानुनी सल्लाह र उपचारको बाटो खोज्नमा आवश्यक सहयोग भने गरिरहेकै छु । यसतर्फ अहिलेसम्मको संलग्नता सन्तोषजनक नै छ । अर्को सीपको भने ड्राइभिङसँग सम्बन्धित छ । मसँग चारपाङ्ग्रे मोटर हाँक्न इजाजतपत्र त थियो तर मोटर लिएर बाटोमा जाने आँट थिएन । कोरोना महामारीले सार्वजनिक यातायातलाई निकै असुरक्षित बनायो । अनि मैले ड्राइभिङ लाइसेन्समा

दीक्षान्तको रन्कोः पुल्चोकको फन्को

हिजो (२०७९ मंसिर २३ गते) त्रिभुवन विश्वविद्यालयको अठचालिसौं दीक्षान्त समारोह सम्पन्न भयो । हाम्रो कान्छो छोरा आकृत आचार्यको दीक्षित हुने पालो पनि यसैपल्ट परेको थियो । यो जमानामा कोही स्नातक हुनु ठुलो कुरा त रहेन, तैपनि आफ्नो काखमा हुर्केको सन्तान दीक्षित हुँदा बाउआमाको मनमा गौरवको अनुभूति त भैहाल्छ नै ! त्रिभुवन विश्वविद्यालयले त फगत् एउटा विद्यार्थी दीक्षित भएको ठान्ला, बाउआमाको मनमा त एउटा सन्तानले कामचलाउ शिक्षा प्राप्त गर्‍यो, तन्नेरी भयो, गरिखाने बाटो बनायो, एउटा सपना साकार भयो भन्ने पनि लाग्छ । हामी पनि गएका थियौं, छोराको खुशीमा रमाउन, आफैं पनि खुशी हुन । दिनभर पुल्चोकको घाम तापेर फर्कियौं । दीक्षान्त समारोह प्राज्ञिक जगतको लागि सबभन्दा गरिमामय कार्यक्रम हो जस्तो लाग्छ मलाई । अझ, यो एउटा शैक्षिक चाड हो । यस समारोहमा भाग लिन थुप्रै युवाहरू आएका हुन्छन् । गाउन लगाइरहेका, स्कार्फ मिलाइरहेका, टोपी उडाइरहेका, फोटो खिचाइरहेका, साथीहरूसँग हाँस्दै गफिइरहेका युवाहरूले पुल्चोक परिसर भरिएको हुन्छ । अलि पछि अध्ययन गर्ने मौका पाएका प्रौढहरू पनि युवा जोशका साथ त्यहाँ हुन्छन् । सानो बच्चा च्यापेर पनि दीक्षान्त समारोहमा आएको देख्छु । उपलब्ध र अनुकूल भएसम्म आफ्ना अभिभावक र आफन्त पनि ल्याएका हुन्छन् । हामी पनि त गएका थियौं । हरेकको आँखा बोलिरहेको हुन्छ, मुहार खुलिरहेको हुन्छ । यो जोश र यो खुशीले सबैको

मैले बालाई भेटें

केही दिन आफू कार्यरत विद्यालयमा स्थानीय बिदा हुने भएकाले रसुवाको सिमबन्दी प्राथमिक विद्यालयका हामी चार जना शिक्षक बिदा बिताउने आआफ्नो तयारीमा व्यस्त र मस्त थियौं । महानन्द दाइ र लक्ष्मी दिदी काठमाडौं जाने, लीला जिबजिबेको आफ्नो घर जाने र म भने लोक सेवा आयाेगले लिने दुर्गमको खरिदारको परीक्षाको लागि धुन्चे जाने भएका थियौं । गएको भदौमा दिएको परीक्षामा असफल भए पनि र माघमा दिएको परीक्षाको नतिजा जेजस्तो भए पनि दुर्गमको लागि निर्धारित खरिदार पदको परीक्षा त पास गर्छु होला जस्तो लागेको थियो, मलाई । भदौमा परीक्षा दिँदाका कतिपय अज्ञानता र कमजोरी मैले थाहा पाइसकेको थिएँ र तिनलाई सच्याउन लागिपरेको थिएँ । यही उत्साहले मेरो यात्रालाई निकै रमाइलो बनाएको थियो । मेरो उत्साहलाई मौसमले पनि साथ दिइरहेको थियो । हिउँदको चिसो सिरेटो कम हुँदै गएको थियो । उत्तरायणतिर लागेका चैत महिनाका घामले क्रमशः शक्ति आर्जन गरिरहेका थिए । सिम्बन्दीकाे खोंचबाट देखिने साँघुरो आकासमा टुपुल्किने घामलाई हरदम ढाकिरहने बादल त्यो दिन खै कता गएको थियो ? घामको प्रकाश ढुङ्गाको गाह्रो र काठको छाना भएका घर, गोठ र बारीमा एकछत्र परेको थियो । सिम्बन्दीको त्यो बिहान निकै घमाइलो थियो । मेरो मन पनि छ्याङ्ग थियाे। हामी चार जनाको गन्तव्य एकै नभए पनि कालीकास्थानसम्म त बाटो एउटै पर्थ्यो । जिबजिबे पनि कालिकास्थानको छेवैमा थियो

लकडाउन डायरी

चैत १० गते बिहान अफिस गएँ । कोरोना भाइरसको डरले करिब ४/५ दिनदेखि सार्वजनिक यातायात चढ्न छोडेको थिएँ । छोराको क्याम्पस छुट्टी भएकाले म स्कुटीमै अफिस गएको थिएँ । अफिसमा उति चहलपहल थिएन । आवश्यक सेवामा नपरेको कार्यालय हुनाले ग्राहकको उपस्थिति थिएन । कर्मचारीहरू आफ्नो कोठामा खुम्चिएर रहेका थिए । न कामको चाप थियो, न काम गर्ने मुड । मैले केही पुराना डकुमेन्ट अध्यावधिक गर्न खोजें । केही ड्राफ्ट परिमार्जनको काम पनि थियो । मनमा अनेक कुरा खेलाउनुभन्दा काममा लाग्नु राम्रो भनेर म व्यस्त हुन खोज्दै थिएँ । यत्तिकैमा विदेशबाट नेपाल आइपुगेकी एक किशोरीमा कोरोना संक्रमणको पुष्टि भएको खबर आयो । मन चिसो भयो । नेपालमा पनि कोरोना आउँछ भन्ने थाहा त थियो र त्यो तथ्य महसुस भएको थिएन । थाहा हुनु र महसुस हुनुमा यही त फरक छ ! अपराह्न मौसम बदली भयो । चैतको महिना भए पनि बदली र झार्रझुर्र पानीले मौसम चिसै थियो । त्यो दिनको बदलीले त मनै अँध्यारो बनायो । मलाई अफिस बस्नै मन लागेन । सिनियर सरलाई एक्टेन्सन नम्बरमा फोन गरें । उहाँ एकछिनको लागि बाहिर जानु भएको रहेछ । फोन उठाउने साथीसँग अलि चाँडै घर जाने फैसला सुनाएर म झोला प्याक गर्न थालें । घरमा बस्दा चाहिन्छ भनेर अरू बेला अफिसमा छोड्ने गरेको