श्याम काकासँग विराटनगरमा भेट भएको थियो । उहाँ नरराज आचार्यको नजिकको नातेदार हुनुभएकाले विराटनगर आउँदा त्यहाँ निस्कनुहुन्थ्यो । हाम्रो घर पनि नजिकै भएकाले हाम्रो घरमा पनि आउनु भएको थियो । आफू सानै छँदा उदयपुरगढीका आचार्यहरू सबैजसो सिरहा र सुनसरीतिर बसाइँ सरिसकेका र आउजाउ कम भएकाले म बन्धुबान्धव कमै चिन्थे । श्याम काका र काकीसँग चिनचान भयो । उहाँहरूको माइलो छोरा विमल (लाभ) सँग पनि सायद विराटनगरमा भेट भएको थियो । अरू छोराहरूको बारेमा जानकारी लिएको थिएँ जस्तो लाग्छ, जेठा पेशल, माइला विमल र कान्छा ईश्वर । केही समयपछि उहाँहरू काठमाडौं आउनुभयो, भेटघाटको शृंखलामा विराम लाग्यो । समयले मलाई पनि काठमाडौं लिएर आयो । बन्धुबान्धवको भेट हुने धार्मिक सामाजिक काममा श्यामकाकासँग फेरि भेट हुन थाल्यो । पेशल आचार्य पनि समाजिक सञ्जालमा साथी हुनुभयो । प्रत्यक्ष भेट भने पेशल आचार्यकै छोरीको बिहेमा भयो जस्तो लाग्छ । प्रत्यक्ष भेटपछि सामाजिक सञ्जालमा खोज्ने र पढ्ने काम बढी गर्न थालें । उहाँ रामेछापको विद्यालयमा पढाउनु हुँदो रहेछ । साहित्यमा अभिरूचि र पकड रहेछ । ब्याक बेन्जर भन्ने निबन्ध संग्रह नै निकाल्नुभएको थियो । फेसबुकमा र अन्य पत्रपत्रिकामा लेख रचना आइरहन्थे । उहाँहरू मिलेर रामेछापबाट पनि कुनै स्थानीय पत्रिका निकाल्नु हुन्थ्यो कि जस्तो पनि लाग्छ । रामेछापमा बसेर सक्रियरूपमा शिक्षा र साहित्यमा सेवा गरिरहनुहुँदो रहेछ ।
Category: Views
मन्दिरतिर घुम्दै जाँदा
यो ब्लग म लेख्न चाहन्नथें । धर्म, ईश्वर, देवता, भगवानका बारेमा मेरो ज्ञान एकदमै कम छ । फेरि यो अति संवेदनशील विषय पनि हो, यस विषयमा लेख्नु वा बोल्नु जोखिमपूर्ण छ । म जोखिम लिएर लेख्न चाहने व्यक्ति हैन, खोजिपसे जोखिम बिनै भन्न र लेख्न सकिने विषय अनेक भेटिएलान् । तर नलेखी बस्दा हात चिलाएको चिलाएकै गरेकाले यो लेखेको छु । पाठक बृन्दबाट जनाकारी पाउनासाथै म मेरा गलत जानकारी, धारणा र सोचलाई कुनै हिचकिचाहटबिना सच्याउन तयार छु । हाम्रो हिन्दू धर्म भनी नाम दिइएको सनातन धर्ममा धेरैवटा देवताहरू रहेका छन् । ब्रह्मा, विष्णु र महेश्वर त शीर्ष तीन देव भइहाले । गणेश, भगवती, लक्ष्मी, सरस्वती हामीले पुजिआएका अरू देवीदेवताहरू हुन् । सूर्य, जल, चन्द्रमा, शनिग्रह, बरपिपल र तुलसी जस्ता बोटबिरूवा पनि हाम्रा लागि देवताको रूपमा नै स्तुत्य छन् । गाई पशु भए पनि गौमाताको रूपमा पूज्य छ । ३३ कोटि देवताहरू छन् भनिन्छ, यसलाई कतिले ३३ किसिमको देवताको अर्थ लगाएको देखिन्छ, कतिपयले ३३ करोड देवताहरू भन्ने अर्थ लगाएका छन् । ईश्वर भनेको यी देवताहरूभन्दा उपल्लो स्तरको सत्ताको रूपमा मैले बुझेको छु । मानिसका रूपमा जन्मेका कृष्ण र राम पनि विष्णुका अवतार मानिएका छन् र भगवानका रूपमा पूजिएका छन् । मेरो विचारमा मन्दिरमा यिनै देवीदेवताहरूका मूर्ति प्रतीकको रूपमा रहेका हुन्छन् ।
भ्रष्टाचारको भविष्य
नयाँ पत्रिकाको पुस २९ को अङ्कमा भ्रष्टाचारका सम्बन्धमा केही महत्त्वपूर्ण समाचार छापिएका थिए । समाचारहरूको आशय मिश्रित थियो, केही सकारात्मक, केही नकारात्मक । सुशासनको नारा लगाइरेका वामपन्थी दलको ठुलो हिस्सा रहेको र त्यही नाराका आधारमा उल्लेख्य मत हासिल गरेका पार्टीहरूको सरकार गठनको केही समयपश्चात् नै आएका यी समाचार पढेर मनमा उठेका भावनाहरू यस ब्लगमा उतार्ने कोसिस गरेको छु । समाचार शीर्षक १- अवैध क्रसरविरूद्ध आक्रामक गृह प्रशासनः एक सातामै ६८८ क्रसर बन्द । यस शीर्षकमा २०७७ चैत ९ मा नै सर्वोच्च अदालतले मापदण्डविपरीत सञ्चालित क्रसर बन्द गर्न निर्देशन दिएको भए पनि सिंहदरबारसम्म पहुँच राख्ने व्यावसायीले स्थानीय प्रशासनलाई प्रभावित पारेर निरन्तर प्राकृतिक स्रोतको दोहन गरिरहेको अवस्थामा गृह मन्त्रालयबाट चालिएको कदमसम्बन्धी समाचार छापिएको थियो । यो समाचार सकारात्मक भए पनि अधिकांश क्रसरमा नेता र जनप्रतिनिधिको लगानी भएको जानकारीले गृहको यो कदम कति दिगो हुने हो भन्ने संशय उत्पन्न गराउन सक्थ्यो । भोलिपल्टको समाचारमा आफ्ना कुरा राख्न क्रसर व्यवसायीले प्रधानमन्त्रीको समय मागिरहेको समाचार आएको छ । समाचार शीर्षक २- विशेष अदालतको ऐतिहासिक फैसलाः अख्तियारकै पूर्वआयुक्त भ्रष्टचारी ठहर । यस शीर्षकमा नेपाल इन्जिनियरिङ कलेजसँग सम्बन्धित पदाधिकारीसँग घुस लेनदेन गरेको भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई ३ वर्ष कैद र रु. ३९ लाख जरिवाना तोकेको समाचार छापिएको छ । यस समाचारले भ्रष्टाचारमाथि कारवाही
सत्ता-स्वर्गको कथा
मंसिर ४ मा भएको चुनावभन्दा अघि र पछिका घटनाहरूका कारण मानिसको दिमाग अहिले पनि रन्थनिइरहेको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा व्यक्त भावना र विचारहरूबाट यही लख काट्न सकिन्छ । चुनाव मुख्यरूपमा नेपाली कांग्रेस नेतृत्त्वको सत्तारूढ गठबन्धन र नेकपा (एमाले) को बिचमा भएको थियो । एमालेले राप्रपासँग केही स्थानमा तालमेल गरेको थियो र चुनावको केही समयमात्र अघि सत्ता गठबन्धनमा रहेको जसपा पनि नाटकीयरूपमा एमालेसँग चुनावी तालमेल गर्न आइपुगेको थियो । चुनावमा भरखर स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, उन्मुक्ति पार्टी लगायतका पार्टीहरू पनि प्रतिस्पर्धामा थिए तर यी पार्टीहरूलाई कसैले पनि खास महत्त्व दिएको थिएन । सत्तारूढ गठबन्धन र एमाले आफैंले बहुमत ल्याउने बताइरहेका थिए । चुनावको परिणाम कसैले सोचेको वा भनेको जस्तो आएन । समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी भोट त ल्यायो तर ठुलो पार्टी चैं नेपाली कांग्रस बन्यो । सत्तारूढ गठबन्धनले बहुमत ल्याउन सकेन तर बहुमतको नजिक भने पुग्यो । राष्ट्रिय स्वतन्त्र पार्टीले कसैले अनुमान नगरेको नतिजा हासिल गर्यो । जनमत र उन्मुक्ति पार्टीले तराईमा सफलता हासिल गरे । राप्रपाले पनि स्थितिमा सुधार गर्यो । एमालेसँगको तालमेलको कारण जसपा केही सजिलो अवस्थामा रह्यो तर सत्ता गठबन्धनमा रहेको लोसपाको स्थिति खस्कियो । स्वतन्त्र पार्टीले ल्याएको चुनावी परिणाम सबैले सहजै पचाउन सकेका छैनन् । चुनावपछि केही दल र स्वतनन्त्र सांसदलाई
नबोकेको आइफोन
“भिनाजु, म नेपाल आउँदा हजुरलाई एउटा आइफोन ल्याइदिन्छु ।” सालीले अमेरिका उड्नुअघि यसै भनेकी थिइन् । “पर्दैन, पर्दैन । मलाई किन चाहियो आइफोन ? चाइनिज फोनले नै काम चलिहाल्छ नि !” मैले यसो भनेको थिएँ । भन्नै पनि पर्यो । बिहे गरेर अमेरिका उडेकी ती अब मेरी साली मात्र थिइनन्, कसैकी पत्नी र कुनै घरको बुहारी भइसकेकी थिइन् । उनको भिनाजुप्रतिको माया अब निर्बाध थिएन । ‘किन त्यो फुस्रालाई आइफोन ?’ घरतिरको कसैले यसो भन्न पनि सक्थ्यो ! आइफोनका लागि फुस्रिनुभन्दा यही नोकिया ठिक ! तर मान्छेको मन न हो, मेरो मनमा भने अर्को एउटा हात पलाइसकेको थियो र त्यो हातमा अर्को एउटा मोबाइल फोन थियो । भनिरहनु परेन त्यो मोबाइलमा आदमले टोकेको स्याउको चित्र थियो । साली अहिले के गर्दैछिन्, के सोच्दैछिन्, नेपाल कहिले आउँछिन् र भिनाजुलाई दिएको बाचा बिर्सिन् कि बिर्सेकी छैनन् मलाई थाहा छैन । तर हरेक पटक फोन उठाउँदा मेरो हातले नोकिया उठाउँछ र मनले आइफोन । उनको एकै बचनमा म साली कहिले नेपाल फर्केलिन् भनेर बाटो हेर्ने भइसकेको छु । एक त साली, त्यसमाथि आइफोन ल्याइदिने । तर यो हिउँदमा आएको सरकारी निर्णयले मेरो सपनामा चिसो पानी खन्याइदिएको छ । सरकारले अब विदेशबाट आउनेले आफूले प्रयोग गरेकोभन्दा अर्को मोबाइल ल्याउने नपाउने निर्णय गरेको छ रे
गठजोडदेखि गठछोडसम्म
‘अब यसपटक त मलाई प्रधानमन्त्री दिनुपर्छ सभापतिज्यू ।’ – अध्यक्षले बोलिहाले । सभापतिलाई अरू कसैलाई प्रधानमन्त्री दिन मन हुने कुरै थिएन । भरखर ठुलो लगानी लगाएर संसदीय दलको नेताको चुनाव जितिएको थियो । कतिलाई मन्त्री बनाउँछु भनेर भोट हाल्न लगाइएको छ, कतिलाई नोटको खाम थमाएर भोट हाल्न लगाइएको छ । तिनलाई मन्त्री पनि बनाउनु पर्यो, बाँडिएको खामबाट पुगेको क्षतिको पुर्ताल पनि गर्नुपर्यो । चुनावमा गरेको बाचा पनि त पूरा गर्नु पर्यो । प्रधानमन्त्री हुनेलाई भोट हाल्नु, हेलिकप्टर चढेर आउन सक्नेलाई भोट हाल्नु भनेर उनले पनि भोट मागेकी छन् । अहिले त बिर्सिसकें तर आफूले पनि त केही भने हुँला, चुनाव प्रचार गर्न गएको थिएँ । कसरी छोड्नु प्रधानमन्त्री ? ‘मने चुनावमा जानुअघिकै सल्लाह थियो, चुनावपछि म प्रधानमन्त्री बन्ने भन्ने ।’ – यो शून्यता अध्यक्षलाई मन परेको थिएन । उनले सहमति लिन बल गरे । ‘पार्टीमा छलफल गर्नुपर्छ ।’ – साह्रै थोरै बोल्ने सभापतिले यति बोले । ‘पार्टी’मा छलफल पनि भएको थियो । पार्टी अर्थात् पार्टनर, पार्टनर आर्थात लाइफ पार्टनर । राजीतिक संगठन त दल हो । संविधानले नै दल भनेको छ । दल मतलब दलदल । केटाहरू मिलेर फसाउन मात्र खोज्छन् । ‘बूढानीलकण्ठको घर मर्मत हुँदैछ । प्रधानमन्त्री छोडेर बस्न कहाँ जाने ? भाडाको घरमा ? बरू अर्को अढाइ वर्ष
परिवर्तनको पक्षमा
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव संघारमा छ । स्थापित दलका अनुभवी शीर्ष नेताहरू पूरा समय काम गर्न नपाएको र आफू अनुभवी एवं योग्य समेत भएको हुनाले पुनः मौका पाउनु पर्ने दाबीका साथ मैदानमा छन् भने कतिपय उम्मेदवार आफू नयाँ र युवा भएको हुनाले मौका पाउनु पर्ने दाबा गरिरहेका छन् । पटक पटक चुनिएर शासनको मौका पाएका पुराना शीर्ष नेतालाई किन फेरि शासनको मौका दिन उपयुक्त छैन र नयाँ अनुहार किन चाहिन्छ भनेर यस टिपोटमा विश्लेषण गर्ने कोशिस गरेको छु । संविधानको अङ्गीकार र पूर्ण परिपालना नेपालको संविधान विशिष्ट किसिमको छ । तर विभिन्न दलहरूले यसलाई सम्झौताको दस्तावेजको रूपमा लिएका छन् र आफ्ना राजनीतिक अडानलाई पूर्ववत् राखेका छन् । यो संविधानको मूलमर्मलाई शीर्ष नेताहरूले आत्मसात गर्न सकेका छैनन् । संविधान विरोधी गतिविधि गरिरहेका छन् । सहमतिमा बनेको यस संविधान संशोधनका अनेक पुलिन्दा घोषणापत्रमा पस्किरहेका छन् । उनीहरूले भन्दै आएको कुरा संविधानमा लेखिन नसके पनि उनीहरूको मनबाट हट्न सकेको छैन । यसबाट संविधानको पालना, प्रभावकारी कार्यान्वयन र उपयुक्त आधारमा संशोधन हुन पनि सम्भव छैन । यस संविधानको दीर्घ जीवनको लागि यो संविधान बमोजिम आफ्ना गतिविधिलाई मोडेका वा मोड्न सक्ने युवा वा नयाँ अनुहारको खाँचो छ । सन्तुलित परराष्ट्र नीतिको अवलम्बन पुराना पुस्ताका नेताहरू कुनै देश विशेषको विश्वासपात्रका रूपमा चिनिएका वा चिनाइएका छन् ।
किन नयाँ, किन युवा ?
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव संघारमा छ । दलका र स्वतन्त्र उम्मेदवारहरू घरघरमा पुगेका छन् । स्थापित दलका अनुभवी नेताहरू पूरा समय काम गर्न नपाएको र आफू अनुभवी एवं योग्य समेत भएको हुनाले पुनः मौका पाउनु पर्ने दाबीका साथ मैदानमा छन् भने कतिपय उम्मेदवार आफू नयाँ र युवा भएको हुनाले मौका पाउनु पर्ने दाबा गरिरहेका छन् । पुराना नेताको इतिहासमा गरिएको योगदान बापत पद पाउनु पर्ने दाबी त यथावत् छँदैछ । यो चुनावमा पनि स्थापित दलहरूबाट पूर्वप्रधानमन्त्री र पार्टीका अध्यक्षहरू नै प्रधानमन्त्रीको दाबेदारको रूपमा चुनावमा होमिएका छन् । पुराना नेताहरूले पटकपटक मौका पाएको, ती मौकाको सही सदुपयोग हुन नसकेको र अब थप योगदान हुन नसक्ने प्रमाणित भइसकेको हुनाले एक पटक प्रधानमन्त्री भइसकेका उम्मेदवारलाई पुनः भोट दिन नहुने आग्रहका साथ नो, नट एगेन (No, not again) भन्ने अभियान पनि चलिरहेको छ । पुरानाको दाबी सर्वथा गलत छैन । अमेरिका बुढा वाइडेनले हाँकिरहेका छन्, पुटिनले रुस हाँकेको पनि धेरै भइसक्यो, भारतमा मोदी दोस्रो कार्यकाल चलाइरहेका छन्, चीनमा सी जिङपिङ तेस्रो कार्यकालका लागि भरखरै छानिएका छन्, मलेसियमा महाथिर सन्तानब्बे वर्षको उमेरमा चुनाव लडिरहेका छन्, सिङ्गापुरमा लि क्वान युले लगातार ३१ वर्ष शासन चलाएका थिए । नेपालमा किन बुढा र पुराना नेता नहुने, किन कसैलाई दोहोरिन, तेहरिन वा पाँचौ, सातौं पटकका लागि मार्ग प्रशस्त नगर्ने
सम्झनामा रत्न सर
रत्न सर (रत्नप्रसाद काफ्ले) को २०७९ कात्तिक १५ गते साँझ देहावसान भएको जानकारी भोलिपल्ट सामाजिक सञ्जालमा देखें । तिहारको समयमा उहाँलाई अस्पतालबाट उदयपुरगढी गाउँपालिकाको नेपालटारस्थित घर फर्काइएको थियो र त्यो समयमा म नेपालटारमै रहेको हुनाले उहाँलाई भेट्न सकेको थिएँ । मित्र बालकृष्णजी र सरका छोराहरू सन्तोष र प्रसन्नका अनुसार उहाँको मिर्गौला र मुटुमा गम्भीर समस्या थियो । उहाँमा होश थिएन । नाकमा लगाइने नलीबाट उहाँलाई झोल खुवाउने गरिएको थियो । उहाँ कोमाको अवस्थामा हुनुहुन्थ्यो । त्यसैले उहाँको देहावसान अकल्पनीय त कसरी भनौं र तर दुःखदायी भने निस्सन्देह नै रह्यो । उहाँका व्यक्तित्वका निश्चय नै अनेक आयाम थिए तर मेरो लागि उहाँ पञ्चावती माध्यमिक विद्यालयको साह्रै प्रेरणादायी र प्रतिबद्ध शिक्षक र साहित्यक प्रतिभा हुनुहुन्थ्यो । त्यही विद्यालयमा मैले कक्षा १ देखि कक्षा १० सम्म पढेको थिएँ । सुरूका केही कक्षा पढेको म राम्रो सम्झन सक्दिन तर जबदेखि सम्झन्छु रत्न सरलाई आफ्नो गुरुको रूपमा पाउँछु । रत्न सरले पिटी (फिजिकल ट्रेनिङ) गराउनु भएको, कक्षागत गीत गाउन सिकाउनु भएको, अंग्रेजीको उच्चारण र फोनेटिक ट्रान्सक्रिप्सन पढाउनु भएको, अंग्रेजी पाठ्यपुस्तकमा दिइएका संवादको अभ्यास गराउनु भएको सम्झना छ । हामी २०३९ सालमा कक्षा १० मा पढ्दा अंग्रेजी उहाँले नै पढाउनु भएको थियो । त्यस समयमा थप शैक्षिक योग्यता हासिल गर्न उहाँ आफैं प्रयत्शील हुनुहुँदो रहेछ तर
के दलहरू हामी सोचे झैं फरक छन् ?
नेपालको राजनीति अहिले चुनावको सँघारमा छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने गरी मिति तोकिएको छ । चुनावी राजनीति सत्ता गठबन्धन र नेकपा (एमाले) नेतृत्त्वको विपक्षी गठबन्धन गरी दुई केन्द्रमा ध्रुवीकृत भएको देखिन्छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चा गरी पाँच दल समावेश छन् भने विपक्षी गठबन्धनमा नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), राप्रपा, राप्रपा नेपाल, नेपाली कांग्रेस (बिपी) समावेश भएका छन् । सत्ता र विपक्षी गठबन्धनमा रहेका दलहरूको विगतलाई हेर्ने हो भने यी नितान्त फरक पृष्ठभूमि र सिद्धान्तका आधारमा विकसित भएका दलहरू हुन् । नेपाली कांग्रेस प्रजातन्त्रप्रति प्रतिबद्ध दल हो । संवैधानिक राजतन्त्रको हिमायती यस दलले २०६२/६३ को दोस्रो जनआन्दोलनपछि गणतन्त्र स्वीकार गरेको हो । यसको दस्तावेजमा प्रजातान्त्रिक समाजवाद पनि लेखिएको छ तर व्यवहारमा खुला र बजार अर्थतन्त्रको अभ्यास गरिरहेको छ । नेकपा (माओवादी) ले जनयुद्ध सुरू गर्दा यही दल सरकारमा थियो र माओवादी नेताहरूको टाउकाको मोल पनि यही दलको सरकारले तोकेको थियो । नेकपा (एमाले) को गठन २०३५ सालतिर भएको भए पनि यसले आफूलाई मुलुकको कम्युनिष्ट धारको मूल प्रवाह भएको दावा गर्छ । यसको पृष्ठभूमिमा २०२८ सालतिरको नक्सलवादी आन्दोलन छ । त्यसपछि नौलो जनवादको राजनीतिक सिद्धान्त लिएको यस दलले मदन भण्डारीको आगमनपछि जनताको बहुदलीय जनवाद
