आजभन्दा उनन्चालिस वर्षअघि बाको देहावसान हुँदा म अठार वर्षको थिएँ । त्यति वेलासम्म घरको सारा जिम्मेवारी बाले नै सम्हालिरहनुभएको थियो । खेतीपाती र गाईवस्तुको कामचाहिँ उहाँले केही वर्षअघिबाट छोड्नुभएको थियो । किनमेल गर्न लाहान जान पनि छोड्नुभएको थियो । तर घरको रिनधन उहाँकै थाप्लोमा थियो, परिवारको अन्तिम जिम्मेवारी उहाँकै काँधमा थियो । लाहानको कपडा व्यापारीसँग भएको उधारो खातामा पनि उहाँकै नाम थियो होला । उहाँ जति कमजोर हुनुभएको भए पनि हाम्रो लागि उहाँ दरिलो भर हुनुहुन्थ्यो । बालाई गुमाउनु पर्दा स्वाभाविकरूपमा नै हामी सबै पिरमा थियौं, चिन्तित बन्यौं, रोयौं, करायौं । बालाई गुमाएको केही समयपछि हामीले चित्त पनि बुझायौं । “बा पहिलादेखि नै कमजोर हुनुहुन्थ्यो, बुढो हुनुभयो, बिरामी पर्नुभयो, जानुभयो” भन्ने सोच्यौं । आज सम्झन्छु, त्यहाँ चित्त बुझाउने ठाउँ नै रहेनछ, बा बुढो हुनुभएको रहेनछ । आज म करिबकरिब बा स्वर्गवासी हुनुभएको उमेरमा छु र अझै समय छ भनेर सोचिरहेको छु । मेरो के कुरा, म भन्दा बीसपच्चिस वर्ष जेठा मानिसहरू हामी बुढा भएका छैनौ भनेर रेडियो टेलिभिजनमा बोलिरहेका छन् । बाको त के उमेर भएको रहेछ र ! उचित सह्यारबिनाको बाल्यकाल, संघर्षपूर्ण युवावय, कृषिकर्मका कहिले नसकिने परिश्रमले गाँजेको गृहस्थी ! यिनै अप्ठेरा र असजिलाहरूले बालाई असमयमा नै बुढो बनाइदिएको रहेछ । उसो त, सानो बच्चालाई त आफूभन्दा जेठो जति
Category: Views
बलिदानका कथाहरू पढ्दा
बोधकुमार घिमिरेको कथा सङ्ग्रह ‘बलिदानका कथाहरू’ पढें । नातामा दाजु भए पनि मित्रवत् सम्बन्ध भएकाले यो किताब उपहारस्वरूप नै पाएको थिएँ । साहित्य सिर्जनामा लामो समयदेखि तल्लीन रहेका लेखकको यो पहिलो पुस्तकाकार कृति हो । यसका लागि म लेखकलाई बधाई दिन्छु । यस कथा सङ्ग्रहमा एघारवटा कथा छन् । यी कथाहरूले नेपाली समाजको सजीव चित्रण गरेका छन् । जनमानसमा रहेको विश्वास प्रकट गर्ने मिथक पनि यस सङ्ग्रहमा छ । कथानक यी कथाका कथावस्तु मूलतः सामाजिक यथार्थवादमा आधारित छन् । समाजमा भएका र हुनसक्ने घटनाका आधारमा कथानक बुनिएको छ । कल्पनाभन्दा पनि सत्यघटनाको प्रस्तुतिमा कथाकारको जोड रहेको छ । ‘अधुरो चाहना’, ‘अन्तिम दृश्य’, ‘आस्थाको अवसान’ र ‘पल्लो घरको बत्ती’ शीर्षकका कथामा समाजमा माओवादी ‘जनयुद्ध’ क्रियाशील हुँदा त्यसले समाज र व्यक्तिमा त्यसले पारेको असर र प्रभावको विहङ्गम चित्रण रहेको छ । ‘सेतो लुगा’ले एकातिर आफूलाई द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छु भन्ने कथित क्रान्तिकारी व्यक्तिका रूढीग्रस्त मानसिकता र आडम्बर देखाएको छ भने अर्कोतिर सोच होइन बोली मात्र प्रगतिशील भएका कार्यकर्ताको दास मनोविज्ञान पनि उजागर गरेको छ । कथा संग्रहको शीर्षक ‘बलिदानका कथाहरू’ चयन गरेबाट लेखकले यिनै कथाहरूलाई प्राथमिकता दिएको देखिन्छ । ‘उदयचन्द्रको रथ’ र ‘दलमुखी’ मा उदयपुरगढी आसपास प्रचलित मिथकलाई कथाको आकार र स्वरूप प्रदान गरिएको छ । मिथक भए पनि पुस्तान्तरण हुन नसकेर
काजीमानको कायापलट
परिस्थितिले काजीमानलाई फेरि हर्कवीर साहुको आँगनमा पुर्यायो । काजीमानका पुर्खाहरू गोरखाबाट आएका हुन् । यिनका पुर्खा पृथ्वीनारायण शाहको फौजमा रहेछन् । अनि त्यो फौजले यहीँ गढी कायम गरेर बस्दा उनका पुर्खा पनि यतै बस्न थालेछन् । पहिला यिनीहरूको खेतीपाती प्रशस्तै थियो । भाइअंश लाग्दै गयो, खेतबारी बाँडिदै गयो, बिक्रीबट्टा हुँदै गयो । समयसँगै कुनै परिवार बलियो हुँदै जान्छ, कुनै परिवार कमजोर बन्दै जान्छ । काजीमानको परिवार कमजोर हुँदै गयो । हर्कवीरको आँगनमा पुग्नुको उद्देश्य पुरानै थियो, सापटी । साउँब्याज समयमा नै तिर्ने आश्वासन । गर्जो टार्नुपर्ने बाध्यता । समयले ठगेको बाहाना । बाइस वर्षको उमेरमा बिहे गरेर बाउसँग छुट्टिएपछि उसले गाउँमा होटल खोल्यो । अंशमा परेको एक कित्ता खेत बेचेर उसले होटल खोलेको थियो । गाउँमा बाटो खुलेको र मानिसको चहलपहल बढेकाले होटल चल्ने उसको आश थियो । बाहिरबाट आउने मानिसले यसो खाना खाजा खान्थे, जान्थे । बासै बस्नेगरी मानिस उति आउँदैनथे । बरू गाउँकै मानिसले उधारो खान्थे । बिस्तारै काजीमान आफू नै होटलको सबभन्दा ठुलो ग्राहक भयो । होटल सुक्दै गयो र बन्द भयो । “होटल चलेन, अब कुखुरा पालन गर्छु ।” काजीमानले नयाँ योजना ल्यायो । कुखुराको खोर बन्यो । गाउँपालिकाले कुखुराको खोरमा चाहिने चारो खुवाउने भाँडा लगायतका सामान अनुदान दियो । ज्वाइँले उद्यम गर्छन् भने सहयोग गरौं
हाम्रो यात्राको कथा
“सबै यात्रुहरू विमानमा आइसक्नु भएको छ । हामीले उहाँका सामानहरू पनि राखिसकेका छौं । अब यात्रुहरूले सिटको पेटी बाँध्नुहोला। हामी चाँडै आकासमा उड्दैछौं र लामो समयदेखि सोचिरहेको आफ्नो गन्तव्यमा पुग्दैछौं । यो नयाँ यात्राको लागि हामी सबैलाई बधाई छ।” सुमधुर सङ्गीतका बिच एयसहोस्टेसको यो उद्घोषले सबैलाई रोमाञ्चित बनायो। सबैले सिटको पेटी बाँधे।भुइँ छोड्ने वेला दुर्घटनाको सम्भावना धेरै हुने भएकाले सबै मौन प्रायः थिए।हुन पनि दक्षिणबाट कालो बादल उठेर केही अनिष्ट पो गरिहाल्छ कि जस्तो भइरहेको थियो। यो रोमाञ्चलाई मनमा समेट्न नसक्नेहरू मसिनो आवाजमा नजिकका यात्रु साथीहरूसँग गफ गरिरहेका थिए। “कहिले पुगिन्छ ? त्यहाँको मौसम कस्तो छ ? त्यहाँका घर कस्ता हुन्छन् ? खानेकुरा के हुन्छ ? यहाँ जस्तो दुःख त हुन्न होला नि ? त्यहाँ त छोराछोरी पढाउन र बिरामीको उपचार गर्न पनि पैसा लाग्दैन रे, हो ?” उत्तर पनि आइरहेको छ, मन गढन्ते, स्वर्गको बयान जस्तो । के पो पुगेको छ र, स्वर्गमा ? झट्ट हेर्दा नयाँ जस्तो देखिए पनि यो यात्रा पूरै नयाँ चाहिँ थिएन। जहाज कुन टिमले उडाउने भन्ने विवादको कारण यो जहाज केही समय रनवेमा रोकिएको थियो । रन वेमा कुद्ने र रोकिने क्रम पटकपटक चलेको थियो । केही पटक त उडेको जहाज पनि रनवेमा फर्काइएको थियो । यसपटक पाइलटहरूको नयाँ टिमले जहाज चलाउने भएका थिए।
आँसु खसाल्ने ठाउँ
कामका लागि विदेश जानु, उता कमाउनु, नेपाल पठाउनु र परिवार चलाउनु अहिलेको नेपालको मुख्य आर्थिक प्रवृत्ति भइसकेको छ। यसरी काममा जाँदा नेपालीहरूले पैसा कमाएका मात्र छैनन्, अनेकन दुःख, झन्झट, पीडा र अपमानको सामना गरेका छन्। ज्यान सलामत नेपाल आइपुगे भाग्य मान्नु परेको छ। केही विदेशको मोह, केही आफ्नै बाध्यताले वैध मात्र हैन अवैध यात्रा, बसोबास र कामकाजमा नेपालीहरू संलग्न भइरहेका छन्। यसै क्रममा लुकीछिपी अमेरिका पुगेका केही नेपाली पुगेकै दिनबाट कैदमा बसी निष्कासनमा परी भरखरै नेपाल आइपुगे।सुनौला सपनाको फुको खरानी टेक्दै उनीहरू नेपाल आइपुगेका थिए। ती प्रकारान्तरले मानव बेचबिखनका पीडित थिए।ती मानव बेचबिखनको कसूरबाट पीडित नेपाली नागरिकको पीडाको कारक तत्त्व पत्ता लगाउन नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले विमानस्थमा नै एउटा टिम पठाएको रहेछ। तर कुनै पीडितले पनि आफूलाई विदेश पठउने एजेन्टको नाम भन्न चाहेनछन्, कुनै दुःखको कुरा पनि गरेनछन्।उजरी दर्ता गर्न पछि आउँछौं भनेर विदा भई उनीहरू आफ्नो सामान बोकेर बाहिरिएछन्। बाहिर ‘तपाईंहरूको फोटो खिच्न मानिस बसेका छन्, यो बोरामा जरूरी र महत्त्वपूर्ण सामान छैन भने यो बोरा नलैजानुस्’ भनेर सुझाव दिँदा पनि पुरानो लुगा र टिस्युपेपर भएको बोरा बोकेरै बाहिर निस्केछन्। तर पछि पनि उनीहरू कुनै निकायमा उजुरीका लागि गएनछन्। सरकारवादी फौजदारी अभियोगमा पीडितलाई सरकारबाट धेरै सहयोग र सुरक्षा हुन्छ। पीडितले जाहेरी र अदालतमा बयान गरे पुग्छ। कसूरको
निष्ठा र वाचा
मन्त्रीको पद बहालीपछि मन्त्रालयमा नयाँ वातावरण थियो। नयाँ सत्ता गठबन्धनपछि पुराना मन्त्री हटेका थिए। अहिले नियुक्त भएका मन्त्री आफ्नो विचार, निष्ठा, सिद्धान्त र जनताप्रति प्रतिबद्ध मानिएका थिए। उनले सामाजमा भ्रष्टाचारविरोधी छवि बनाएका थिए। यी युवा मन्त्री अरू युवा नेताको लागि त एक मानक नै मानिएका थिए। पुराना नेताले यीजस्ता नेतालाई सत्ता हस्तान्तरण गरे देशले काँचुली फेर्छ भन्ने विश्वास जनमानसमा थियो।यसले गर्दा सारा जनमानस र इमानदार कर्मचारीमा उत्साह र सन्तोषको वातावरण बनेको थियो।बिचौलियाहरू भने असमञ्जसमा परेका थिए, अब के हुने हो भनेर। नयाँ मन्त्री आएपछि निजी सचिवालयमा परिवर्तन हुने भइहाल्यो। मन्त्रीले रोजेर सचिव ल्याए, सचिवले सहसचिव र सहसचिवले अरू कर्मचारीहरू। विभागहरूमा पनि सरूवा भयो।केही रहे, केही गए। एक महिनाजतिमा फेरि विवादग्रस्त कर्मचारी सरूवा मिलाएर आउन लागे। बिचौलियाहरू फेरि निजी सचिवालयतिर धाउन थालेको देखियो। मन्त्रीको कार्यकक्षमा पुरानै विवादित कर्मचारी र बिचौलियाको पहुँच बाक्लियो।यो देखेर नयाँ मन्त्रीबाट सकारात्मक परिवर्तनको आश गरेका कर्मचारीहरू छक्क परे।अलि निकै आशावादी त निराश नै बने। बिचौलियालाई त चाहिएकै यही थियो।केही बिचौलियाहरू मन्त्रीको शपथदेखि नै ‘भुँडी नभएको मान्छे हुँदैन, सबैले केही बेर तामझाम देखाउने हुन्, त्यसपछि उही ताल हो‘ भनेर रेस्टुराँमा गफ हानिरहेका नै थिए। उनीहरू नै ठिक देखिए।एक खाले कर्मचारी पनि खुशी हुने भइहाले।मन्त्रीको निष्ठाको समाचार र मन्त्रालयमा भ्रष्टाचार समान गतिमा फैलिइरहेको थियो। यी भष्ट्राचार विरोधी मन्त्री आएपछि
उदयपुरगढीमा वनभोज कार्यक्रमको आयोजना
पञ्चावती सद्भाव समाजले २०८२ वैशख २७ गते उदयपुरगढीमा वनभोज कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा संबिधान सभा सदस्य तथा श्री पञ्चावती माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक श्री नारायण बहादुर कार्की, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष श्री मानबहादुर केप्छाकी, उपाध्यक्ष श्री जीतबहादुर खड्का, वडा नं. ५ का वडाअध्यक्ष श्री कुमार अधिकारी, गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत श्री भक्तबहादुर राई तथा विद्यालय व्यवस्थापन समितका अध्यक्ष श्री पद्मराज कार्कीको उपस्थिति थियो। सो विध्यालयका पूर्व शिक्षकहरू सर्वश्री ईश्वरप्रसाद निरौला, भरतप्रसाद घिमिरे, नारायणप्रसाद काफ्ले र उमेश भण्डारी समेत वनभोज कार्यक्रममा सहभागी हुनुहुन्थ्यो। सर्वश्री ओमबहादुर राउत, मधुरमण आचार्य, मिथिला राउत, धनबहादुर थापा मगर, बुद्ध कुमार राई, दीनानाथ दाहाल, प्रेमराज कार्की, वीरधोज निरौला, बोधकुमार घिमिरे, बालकृष्ण पोखरेल लगायत ठुलो संख्यमा पूर्वविद्यार्थी तथा सर्वश्री डम्बर बहादुर कार्की, दीपक रोकाहा लगायतका स्थानीय अभिभावक र बुद्धिजीवीहरू समेत वनभोज कार्यक्रममा सहभागी हुनुभएको थियो।. स्थानीय सहभागी र उदयपुरगढीबाट अन्यत्र गई बसोबास गर्नुहुने महानुभावहरूको सक्रिय सहभागिता रहेको यस वनभोजमा करिब ८० जनाको सहभागिता रहेको थियो। पञ्चावती सद्भाव समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्य, उपाध्यक्ष द्वय श्री मिथिला राउत र श्री प्रदीप कुमार निरौला, महासचिव श्री केदार आचार्य, कोषाध्यक्ष श्री तेजमणि काफ्ले, सदस्य द्वय श्री सूर्यबहादुर के.सी. र श्री भेषराज खतिवडा वनभोज कार्यक्रममा सहभागी हुनुभएको थियो। उहाँहरू सबै श्री पञ्चावती माध्यमिक विद्यालयका पूर्वविद्यार्थी हुनुहुन्छ। सप्तकोशी टेलिभिजनसँग सम्बद्ध श्री पञ्चावती
विशाल रोकाहालाई सम्मान
पञ्चावती सद्भाव समाजबाट २०८२ साल वैशाख २६ गते आयोजित पुरस्कार वितरण कार्यक्रममा श्री पञ्चावती माध्यमिक विद्यालयका पूर्व विद्यार्थी श्री विशाल रोकाहालाई सम्मान गरिएको थियो। श्री रोकाहाले उच्च शिक्षा अध्ययनको सिलसिलामा नेपाल कमर्स क्याम्पसऽ मीनभवनबाट बी.वी.एस. तहको परीक्षामा सर्वोत्कृष्ट अङ्क हासिल गर्नुभएको र हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हुनाले सामजले उहाँलाई सम्मान गरेको हो। सम्मानपत्र समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्यले हस्तान्तरण गर्नुभएको थियो भने पूर्वअध्यक्ष श्री मधुरमण आचार्यले खादा लगाइदिनु भएको थियो। सम्मान पत्र प्राप्त गरेपछि श्री रोकाहाले आफ्नो अध्ययन र राजनीतिको यात्राबारे बताउनु हुँदै अध्ययनरत विद्यार्थी भाइबहिनीलाई प्रेरणादायी मन्तव्य समेत राख्नु भएको थियो । ShareTweet0 Shares
नमुना माध्यमिक विद्यालय, खाटडाँडामा पुरस्कार वितरण
पञ्चावती सद्भाव समाज र नमुना माध्यमिक विद्यालय, खाटडाँडाबाट २०८२ साल वैशाख २८ गते संयुक्त रूपमा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष श्री जीतबहादुर खड्का हुनुहुन्थ्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री उमेश कार्कीको सभापतित्वमा सञ्चालित सो कार्यक्रमा अतिथिहरूलाई प्रधानाध्यापक श्री देवीबहादुर राईले स्वागत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक श्री सूर्य पोखरेलले गर्नु भएको थियो। सो कार्यक्रममा समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्य, वडा अध्यक्ष श्री थिरबहादुर राउत,विद्यालयका पूर्व प्रधानाध्यापक एवम् लक्ष्मी स्मृति पुरस्कारका संस्थापक श्री दीनानाथ दाहाल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष श्री बोधकुमार घिमिरे, समाजका सदस्य एवम् प्रेमलाल-महमाया स्मृति अक्षयकोषका संस्थापक श्री भेषराज खतिवडा, समाजसेवी श्याम भुजेलले विभिन्न अक्षयकोष र पुरस्कार एवम् छात्रवृत्तिको बारेमा प्रष्ट्याउनु भएको थियो । समाजका पूर्वअध्यक्ष श्री ओमबहादुर राउत, उपाध्यक्ष द्वय श्री प्रदीप निरौला एवम् श्री मिथिला राउत, महासचिव श्री केदार आचार्य, कोषाध्यक्ष श्री तेजमणि काफ्ले, मनमाया आचार्य स्मृति कोषका संरक्षक श्री भरत प्रसाद घिमिरे र संस्थापक श्री तुलसा घिमिरे एवं भक्तबहादुर बिष्ट स्मृति अक्षयकोषका संस्थापक श्री उर्मिला देवी बिष्ट लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रममा यस समाजद्वारा संरक्षित लक्ष्मी स्मृति पुरस्कार २०८० सालको एसइई परीक्षामा सर्वाधिक अङ्क ल्याउने छात्रा इन्दिरा सुनुवारलाई प्रदान गरियो । सो पुरस्कारको प्रमाणपत्र पुरस्कारको संस्थापक श्री दीनानाथ दाहालले प्रदान गर्नुभएको थियो
पञ्चावती माध्यमिक विद्यालयमा पुरस्कार वितरण
पञ्चावती माध्यमिक विद्यालयमा मिति २०८२ साल वैशाख २६ गते पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो। सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्यले गर्नुभएको थियो। उदयपुरगढी गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष श्री कुमार अधिकारी प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। सो कार्यक्रममा समाजका पूर्वअध्यक्ष द्वय श्री ओमबहादुर राउत र श्री मधुरमण आचार्य अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। यसका साथै सो कार्यक्रममा उच्च अदालतका पूर्वन्यायाधीश श्री प्रेमराज कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पदमराज कार्की, वरिष्ठ इन्जिनियर श्री धनबहादुर थापा, पूर्वप्रहरी नायव उपरीक्षक द्वय श्री बुद्ध कुमार राई र बालकृष्ण पोखरेलले समेत आतिथ्य ग्रहण गर्नुभएको थियो। यसैगरी सो कार्यक्रममा समाजका उपाध्यक्ष द्वय श्री मिथिला राउत र श्री प्रदीपकुमार निरौला, विद्यालयका प्रधानाध्यापक श्री भक्तवहादुर राई, समाजका कोषाध्यक्ष श्री तेजमणि काफ्ले र सदस्य श्री सूर्यबहादुर के.सी. लगायत स्थानीय अभिभावक, बुद्धिजीवी, शिक्षक र विद्यार्थीहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री भक्तबहादुर राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने श्री ओमबहादुर राउत, श्री मधुरमण आचार्य, श्री मिथिला राउत, श्री प्रेमराज कार्की र श्री पद्मराज कार्कीले मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि श्री कुमार अधिकारीले प्रेरणादायी विचार र अध्यक्ष श्री डिल्लीरमण आचार्यको मन्तव्यका साथ कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन समाजका महासचिव श्री केदार आचार्यले गर्नुभएको थियो। सो कार्यक्रममा निम्नानुसारका पुरस्कार वितरण
