रणबहादुरको साँढे र नेपालको अर्थतन्त्र

राजा रणबहादुर शाह साँढेका सोखिन थिए । साँढेका नाममा गुठी र हेरचाहका लागि मान्छे राखेका थिए । उनी आफैं पनि साँढेको सह्यार गर्थे । एकपटक उनको एउटा प्रिय साँढे बिरामी परेछ । दरबारको प्राङ्गणमा नै त्यो साँढेलाई राखिएछ र उपचारका लागि वैद्यहरू बोलाइएछ । वैद्यहरू पनि साँढेको उपचारका लागि त्यहीं बसेर अहोरात्र खटेछन् । एकएक घण्टामा साँढेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिन राजासमक्ष पुग्नुपर्ने आदेश रहेछ र त्यसको लागि वैद्यहरू पालैपालो जाँदा रहेछन् । साँढे निको हुने अवस्थामा थिएन तर राजालाई साँचो कुरा सुनाउन सकिने कुरा पनि थिएन । ‘अवस्था स्थिर छ’, ‘खासै बिग्रन दिएका छैनौ’, ‘उपचारमा कुनै कसर बाँकी राखेका छैनौ’, ‘ म बाँचुन्जेल साँढेलाई केही हुँदैन’ जस्ता आश्वासनका कुराहरू भनेर वैद्यहरू फर्कंदा रहेछन् । यस्तैमा साँढे मरेछ । अब साँढे मरेको जानकारी लिएर राजाकहाँ कसरी जाने ? उनले तत्काल मृत्युदण्डको आदेश दिँदैनन् भन्ने आधार केही थिएन । उनको व्यवहार कसैले अनुमान गर्न सक्दैनथ्यो । रणबहादुरका काम र व्यवहारलाई हेरेर कतिपय इतिहासकारहरूले उनलाई लहडी भनेका छन् । राजा भएकाले लहडी कहलाइए, जनता भएका भए त बौलाहा ठानिन्थे होलान्  । तैपनि कसैले त जानै पर्थ्यो । जुन वैद्यको जानकारी दिने पालो परेको थियो उनी आफ्नो ज्यान माया मारेर राजाकहाँ पुगेछन् । राजालाई उनले भन्न सुरू गरेछन् – साँढेको आँखा, मुख,

बाउले राखेको लोटा र हाम्रो देशका मुद्दा

यो कुरा भने घरमा धारा र वास बेसिनको जन्म हुनुभन्दा अघिको हो । खाना खानुअघि हात धुन लोटामा पानी दिइन्थ्यो र खानापछि मुख चुठ्न पनि लोटामा पानी लिएरै बाहिर आइन्थ्यो । हात धोएर वा मुख चुठेर खाली भएको लोटा कता राख्ने भन्ने ठाउँ निश्चित हुँदैनथ्यो । आफूले उपयुक्त देखेको कुनै पनि ठाउँमा राख्न सकिन्थ्यो । त्यसरी राखेको लोटा भित्र र बाहिर ओहोरदोहोर गर्ने बाटोमा पर्‍यो भने चाहिं मानिस लोटामा अल्झिने र ठेस लाग्ने हुनसक्थ्यो । एक पटक छोराले राखेको लोटामा बाउ चाहिं अल्झिएछन् । अनि उनले छोरालाई गाली गरेछन्, ‘बाटोमा लोटा किन राखेको ?’ भनेर । भोलिपल्ट फेरि बाउले नै त्यही ठाउँमा लोटा राखेछन् र त्यसमा यो पल्ट चैं छोरो अल्झेछ । बाउले आफूले गलत ठाउँमा लोटा राखेको भनी गल्ती स्वीकार गर्लान् कि भन्ने छोरालाई लागेको रहेछ । हो पनि, अघिल्लो दिन त्यहीं लोटा राख्दा उसले गाली खाएको थियो । बाउले भने उल्टै ‘आँखा हेरेर हिंड्नु पर्दैन ?’ भनेर छोरालाई गाली गरेछन् । लोटा राख्दा पनि गाली, त्यही ठाउँमा अरूले राखेको लोटामा अल्झिँदा पनि गाली । अनि बाउले चाहिँ जहाँ लोटा राखे पनि उनकै डाको ठुलो । भनिरहनु नपर्ला, यस कथामा बाउ शक्तिमा रहेको पक्ष हो भने छोरो शक्तिहीन पक्ष । अचेल कसले गरेको काम गल्ती हो र कसले गरेको

भेनाको टेपरेकर्डर र खुर्कोटको बाटो

म सानै छँदा गाउँकी दिदीको बिहे भो । टाढाबाट आएका जन्ती नयाँ खालको बेन्डबाजा लिएर आएका थिए । बिहे पनि धुमधामले नै भएको थियो । त्यो वेला दाइजोमा टेपरेकर्डर दिने चलन थियो र त्यो दिनु वा पाउनु प्रतिष्ठाको विषय थियो । ती भेनालाई पनि टेपरेकर्डर दाइजो दिइएको थियो । केही दिनपछि दिदीभेना हाम्रो गाउँ अर्थात ससुराली आए । दुरान फर्काउन आएका रहेछन् । दुरान फर्काएर गए पनि । फेरि पन्ध/बीस दिनमा उनी ससुराली आए । नयाँ ज्वाइँ आए होलान् भनेर कसैले वास्ता गरेनन् । यसरी पटकपटक ससुराली आउन थालेपछि गाउँमा कुराकाट्ने पनि देखिन थाले । कतिले भन्न थाले- यिनको कमाइधमाइ केही रैनछ । टेपरेकर्डरको ब्याट्री फेर्न ससुराल आउँदा रहेछन् । नेपालका राष्ट्रिय राजमार्गहरू विभिन्न देशको सहयोगमा बनेका हुन् । यहाँ चर्चा गर्न खोजिएको खुर्कोटको बाटो अर्थात् बिपी राजमार्ग जापान सरकारको सहयोगमा बनेको हो । यो राजमार्गले काभ्रेपलान्चोक रामेछाप र सिन्धुली जिल्लाका दुर्गमस्थानलाई सुगम बनायो । पूर्वी नेपालतर्फको यात्रा पनि छिटो र सजिलो भयो । तर जब यो बाटो बिग्रिन्छ अनि हामीलाई आपत् पर्छ । बहत्तर सालको भूकम्पले बिगारेको यो राजमार्ग जापान सरकारले नै बनाइदिएको थियो । असोजको दोस्रो साता आएको बाढीले यो राजमार्गलाई फेरि बिगारेको छ । फेरि पनि हामीमा यो राजमार्ग आफैंले मर्मत गर्न सक्ने क्षमता छैन । हामी

किस्सा सोमरसको: उहाँको कहानी, मेरो जुबानी

भारतीय नाटक र सिनेकर्मी पीयुष मिश्राको “तुम्हारी औकात क्या है पीयुष मिश्रा” पढें । यो उनको औपन्यासिक आत्मकथा रहेछ । अनेक विशिष्ट प्रतिभा हुँदाहुँदै पनि विभिन्न कारण पछाडि परेका पीयुष आफ्नो कामले गति लिएको अवस्थामा रक्सीको नराम्रो लतमा पर्दारहेछन् । रक्सीको लतबाट परेको असर र त्यसबाट मुक्ति पाउन उनले गरेको प्रयास पनि यो किताबमा रहेछ ।  पीयुषले आफूलाई यो किताबमा कतै संताप र कतै हेमलेटको रूपमा प्रस्तुत गरेका छन् । रक्सी नेपालको राष्ट्रिय पेय भइसकेको छ । यसको रसपान गर्नेदेखि यसले ल्याउने भुक्तमान सहने नेपालीको संख्या दिनानुदिन बढिरहेको छ । हामीले रक्सी खाने कुरा गरे पनि कतिपयलाई त रक्सीले नै खाइदिन्छ । पिउने आदत भएका मानिसहरूको स्वास्थ्य, परिवार, सम्पत्ति र प्रतिष्ठा रक्सीको कारणले समाप्त हुँदै गरेको हामीले हाम्रो आँखाअगाडि देखेका छौं । रक्सीको नशामा डुब्न लागेका मानिसले गरेको मुक्तिको प्रयास रहेको आत्मकथाको अंश यथाशक्ति नेपालीमा उल्था गरेर यहाँ राखेको छु । यसबाट कसैलाई प्रेरणा मिले म आभारी हुनेछु । मदिराको नशाको पोखरीमा जो डुब्नु भएन, उहाँलाई नमस्कार छ; जो पौडिरहनुभएको छ, उहाँलाई सलाम छ; र, जो डुब्न लाग्नुभएको छ उहाँलाई किनारा मिलोस् भन्ने कामना छ । ***************************************************** उसले ओछ्यानमा सुतीसुती आँखा खोल्यो । डाक्टर भनिरहेका थिए – “धन्य, हड्डी भाँच्चिएको छैन । चोट पनि धेरै लागेको छैन । तर तीन

छानबिनमा प्राथमिकताको प्रश्न

त्यति वेला नेपाल राष्ट्र बैंकमा कार्यरत नै थिएँ । एउटा कलेजले आयोजना गरेको कार्यक्रममा बैंकको तर्फबाट जानु पर्‍यो । विषय त विद्युतीय व्यवसायमा उद्यमशीलताको अवसरसँग सम्बन्धित थियो । तर सवाल जवाफलको सेसनमा क्रिप्टो करेन्सीसँग सम्बन्धित प्रश्न आयो । मैले ‘नेपालमा क्रिप्टो करेन्सीको कारोबार अवैध हो’ भने । हुन त त्यो वेला क्रिप्टो करेन्सीको कारोबार नगर्नु भनेर सूचना मात्र जारी गरिएको रहेछ, क्रिप्टो करेन्सीको कारोबारलाई अपराध नै मानिने कानुन आइसकेको रहेनछ । मैले जानकारीमूलक सूचना र निषेधात्मक कानुनको भेद छुट्याउन नसकी अवैध भनेको रहेछु । हुन पनि मुद्रा निष्काशन गर्ने निकाय केन्द्रीय बैंकको प्रतिनिधि भएर गएको अवस्थामा समानान्तर मुद्रालाई छुट दिने कुरा भन्नु ठिक पनि थिएन । पछि त यससम्बन्धमा अध्ययन भएर यसको कारोबारमा रोक लगाउने प्रतिवेदन आयो, रोक पनि लगाइयो र केही व्यक्ति कारवाहीको दायरामा पनि आए । मैले नेपालमा क्रिप्टो करेन्सीको कारोबार अवैध हो भनेपछि हलमा हलचल जस्तै भयो । शायद सहभागीहरू नै त्यो कारोबारमा संलग्न थिए कि ! कसैले सोध्यो ‘के त्यसो भए प्रहरीले क्रिप्टो कारोबार गर्नेलाई पक्राउ गर्छ ?’  म राष्ट्र बैंकको मान्छे थिएँ । राष्ट्र बैंकको कुरो पो कनीकुथी भन्न सक्थें । अब प्रहरीको कुरा कसरी गर्नु ?  मैले भने ‘त्यो प्रहरीको प्राथमिकताको कुरा हो । समाजमा यति धेरै किसिमका अपराध छन् । ती अपराधमा संलग्न

शिक्षा, शिक्षक र विद्यालय

काठमाडौंलाई तोरीको फूल देखाएर शिक्षक आन्दोलनले विश्राम लिएको छ । शिक्षकहरूमध्ये कसैले माग पूरा हुने भए र कसैले माग पूरा हुन बाँकी रहे भने पनि आन्दोलन त अब अन्त्य भयो नै भनौं । यो आन्दोलनले नेपालको शिक्षा, शिक्षक र विद्यालयलाई चर्चाको केन्द्रमा ल्याएको छ । शिक्षा- शिक्षा ज्ञान आर्जनको सर्वस्वीकार्य आधार हो । तर कस्तो ज्ञान ? आत्माको बारेमा जानकारी दिने धर्मशास्त्र, जीवनको बारेमा जानकारी दिने दर्शन, कला र साहित्य कि संसारको बारेमा जानकारी दिने विज्ञान । जान्नुको आनन्दबाट सन्तुष्ट हुने झानका लागि ज्ञान कि जीविकाको लागि अर्थ उपार्जनको स्रोतलाई व्यवस्थित पार्ने ज्ञान । संसारमा मतमतान्तर होलान् । तर आजको नेपाललाई जीविकाको लागि अर्थोपार्जनको ज्ञान नै आवश्यक देखिएको छ । सबैको आकर्षण त्यसैमा छ । अभिभावक त्यही चाहिरहेका छन् । विद्यार्थी त्यही खोजिरहेका छन् । विद्यालय- शिक्षक र विद्यार्थीको साझा मिलनस्थल विद्यालय हो । यसले ज्ञान आदानप्रदानलाई सजिलो बनाउँछ । त्यसका लागि उपयुक्त पूर्वाधार, साधनस्रोत र उपकरण आवश्यक हुन्छ । विद्यालयमा ती कुरा जति बढी भयो उति राम्रो । रुखमुनि पनि ज्ञान आदानप्रदान हुनसक्ने कुरामा जसरी विमति हुँदैन त्यसैगरी आजको आधुनिक र वैज्ञानिक शिक्षाका लागि सुविधासम्पन्न विद्यालय आवश्यक पर्छ भन्नेमा पनि विमति नहोला । यसैले आज राज्यले विद्यालय/ महाविद्यालयको पूर्वाधार र साधनस्रोत व्यवस्थामा ठुलो धनराशी खर्च गरिरहेको छ । राज्य

हाम्रा बा

हाम्रा बा कमजोर हुनुहुन्थ्यो तर बलियो देखिनुहुन्थ्यो हाम्रा बा अभरमा हुनुहुन्थ्यो तर भरपर्दो देखिनुहुन्थ्यो हाम्रा बालाई चिन्ताले घेरेको थियो तर निश्चिन्त देखिनुहुन्थ्यो हाम्रा बा अँध्यारो लुकाउनुहुन्थ्यो केवल उज्यालो देखाउनुहुन्थ्यो । आफू बिँडी खानुहुन्थ्यो तर ‘तँ नखा’ भन्नुहुन्थ्यो स्कुल नगएका मेरा बा हामीलाई ‘स्कुल जा’ भन्नुहुन्थ्यो हाम्रा आँखामा हेरेर आफ्ना सपना भुल्नुहुन्थ्यो आफ्ना सारा दुःखहरू हाम्रो हाँसोले मेट्नुहुन्थ्यो । क ख चिनाउनु भो एक दुई गनाउनु भो एउटा सानो कोदालो खोज्नु भो र, बारी खन्न लगाउनु भो खोस्न सिकाउनु भएन चोर्न सिकाउनु भएन संसारमा यस्तै छ भनेर ढुक्न सिकाउनु भएन झुक्न सिकाउनु भएन । घाँस र झ्यास चिन्न सिकाउनु भो काठ र कुकाठ चिन्न सिकाउनु भो मान्छे सबै एकै हुँदैनन् सायद यसैगरी बताउनु भो । एक दिन बा अलप हुनु भो हावा, पानी र आकास हुनु भो प्रकाश हुनु भो, पृथ्वी हुनु भो चियामा बिलाएको चिनी हर घुट्कोमा भेटिएजस्तै सुख दुःखका हर घुम्तीमा भेटिइरहने हुनु भो । ShareTweet0 Shares

बाहुनबाट सिकौं सुशासन

आज रक्षाबन्धन र जनैपूर्णिमा । नजिकको मन्दिरमा गई आज सम्पादन भएका धार्मिक गतिविधिको अवलोकन गर्दा र धार्मिक सेवा प्राप्त गर्ने क्रममा सुशासन त बाहुनबाट पो सिक्नुपर्ने जस्तो लाग्यो । किन र कसरी ? तल पढौं न ! ShareTweet0 Shares

स्मृतिमा पेशल आचार्य

श्याम काकासँग विराटनगरमा भेट भएको थियो । उहाँ नरराज आचार्यको नजिकको नातेदार हुनुभएकाले विराटनगर आउँदा त्यहाँ निस्कनुहुन्थ्यो । हाम्रो घर पनि नजिकै भएकाले हाम्रो घरमा पनि आउनु भएको थियो । आफू सानै छँदा उदयपुरगढीका आचार्यहरू सबैजसो सिरहा र सुनसरीतिर बसाइँ सरिसकेका र आउजाउ कम भएकाले म बन्धुबान्धव कमै चिन्थे । श्याम काका र काकीसँग चिनचान भयो । उहाँहरूको माइलो छोरा विमल (लाभ) सँग पनि सायद विराटनगरमा भेट भएको थियो । अरू छोराहरूको बारेमा जानकारी लिएको थिएँ जस्तो लाग्छ, जेठा पेशल, माइला विमल र कान्छा ईश्वर । केही समयपछि उहाँहरू काठमाडौं आउनुभयो, भेटघाटको शृंखलामा विराम लाग्यो । समयले मलाई पनि काठमाडौं लिएर आयो । बन्धुबान्धवको भेट हुने धार्मिक सामाजिक काममा श्यामकाकासँग फेरि भेट हुन थाल्यो । पेशल आचार्य पनि समाजिक सञ्जालमा साथी हुनुभयो । प्रत्यक्ष भेट भने पेशल आचार्यकै छोरीको बिहेमा भयो जस्तो लाग्छ । प्रत्यक्ष भेटपछि सामाजिक सञ्जालमा खोज्ने र पढ्ने काम बढी गर्न थालें । उहाँ रामेछापको विद्यालयमा पढाउनु हुँदो रहेछ । साहित्यमा अभिरूचि र पकड रहेछ । ब्याक बेन्जर भन्ने निबन्ध संग्रह नै निकाल्नुभएको थियो । फेसबुकमा र अन्य पत्रपत्रिकामा लेख रचना आइरहन्थे । उहाँहरू मिलेर रामेछापबाट पनि कुनै स्थानीय पत्रिका निकाल्नु हुन्थ्यो कि जस्तो पनि लाग्छ । रामेछापमा बसेर सक्रियरूपमा शिक्षा र साहित्यमा सेवा गरिरहनुहुँदो रहेछ ।

मन्दिरतिर घुम्दै जाँदा

यो ब्लग म लेख्न चाहन्नथें । धर्म, ईश्वर, देवता, भगवानका बारेमा मेरो ज्ञान एकदमै कम छ । फेरि यो अति संवेदनशील विषय पनि हो, यस विषयमा लेख्नु वा बोल्नु जोखिमपूर्ण छ । म जोखिम लिएर लेख्न चाहने व्यक्ति हैन, खोजिपसे जोखिम बिनै भन्न र लेख्न सकिने विषय अनेक भेटिएलान् । तर नलेखी बस्दा हात चिलाएको चिलाएकै गरेकाले यो लेखेको छु । पाठक बृन्दबाट जनाकारी पाउनासाथै म मेरा गलत जानकारी, धारणा र सोचलाई कुनै हिचकिचाहटबिना सच्याउन तयार छु । हाम्रो हिन्दू धर्म भनी नाम दिइएको सनातन धर्ममा धेरैवटा देवताहरू रहेका छन् । ब्रह्मा, विष्णु र महेश्वर त शीर्ष तीन देव भइहाले । गणेश, भगवती, लक्ष्मी, सरस्वती हामीले पुजिआएका अरू देवीदेवताहरू हुन् । सूर्य, जल, चन्द्रमा, शनिग्रह, बरपिपल र तुलसी जस्ता बोटबिरूवा पनि हाम्रा लागि देवताको रूपमा नै स्तुत्य छन् । गाई पशु भए पनि गौमाताको रूपमा पूज्य छ । ३३ कोटि देवताहरू छन् भनिन्छ, यसलाई कतिले ३३ किसिमको देवताको अर्थ लगाएको देखिन्छ, कतिपयले ३३ करोड देवताहरू भन्ने अर्थ लगाएका छन् । ईश्वर भनेको यी देवताहरूभन्दा उपल्लो स्तरको सत्ताको रूपमा मैले बुझेको छु । मानिसका रूपमा जन्मेका कृष्ण र राम पनि विष्णुका अवतार मानिएका छन् र भगवानका रूपमा पूजिएका छन् । मेरो विचारमा मन्दिरमा यिनै देवीदेवताहरूका मूर्ति प्रतीकको रूपमा रहेका हुन्छन् ।