तडकभडक किन चाहिन्छ हामीलाई ?

नेपालको सार्वजनिक, सामाजिक र व्यक्तिगत जीवनलाई तडकभडकले गाँजेको छ । सरकारी बजेट महँगा विलासी मोटर, अनुत्पादक भ्रमण, देखावटी असारे विकास जस्ता काममा खर्च भइरहेको छ ।समाजमा पनि हुनेखानेले बिहेव्रतबन्धमा पैसाको खोलो बगाइरहेका छन् । पास्नी र न्वारानले पनि विस्तारै आफ्नो रौनक बढाउँदैछ । जन्मदिन मनाउने संस्कृतिले रुप फेरेर उधुम भएको छ । खासै यात्रा गर्नु नपर्ने भए पनि मोटर प्रतिष्ठाका लागि चाहिएको छ । घर अरुको भन्दा ठुलो नभई भएको छैन । सबैभन्दा ठुलो, सबैभन्दा राम्रो, सबैभन्दा महँगो । यही हाम्रो मूलमन्त्र भएको छ । हुनेखानेहरुको देखासिखीमा मध्यम वर्ग कुद्‍न खोजिरहेको छ । यी गतिविधिहरुका कारण निम्न वर्गमा अघोर निराशा उत्पन्न भएको छ । हुनेले खर्च गर्नु ठिकै पनि होला तर आर्थिक र सामाजिक व्यवस्थामा विचलन आउनु त राम्रो होइन । हाम्रो समाजमा भने यस्तै छुचुन्द्रे दौडका ‘कारण जगत के हो र जीवन के हो’ भन्ने प्रश्न निरुत्तर बनेका छन् । नेपालको अर्थतन्त्र, आम नेपाली जनताको जीवनस्तर, नेपालमा उपलब्ध आर्थिक तथा सामाजिक पूर्वाधार (सडक, यातायात, बिजुली, टेलिफोन, शिक्षा, स्वास्थ्य, बैंक, बीमा आदि) को उपलब्धताको हिसाबले हेर्ने हो भने अहिले नेपालमा देखिने तडकभडक हाम्रो क्षमताभन्दा माथिको हो । यसमा खर्च हुने साधनस्रोतलाई थप औचित्यपूर्ण प्रयोजनमा उपयोग गर्नु आवश्यक छ । यो देशको आवश्यकता हो । तर खर्चको यो क्रम रोकिएको छैन

के गर्दै हुनुहुन्छ, केदारजी ?

नेपाल राष्ट्र बैंकको जागिर सकिनुअघि मैले अवकाशको समयमा पर्नसक्ने समस्याको बारेमा केही पूर्वानुमान गरेको थिएँ । आम्दानी खर्चको तालमेल मिलाउनु पर्ने बारेमा म सचेत थिएँ । खाली समयको व्यवस्थापनको समस्यालाई पनि सम्बोधन गर्नुपर्थ्यो । साथीहरुको एउटा समूहबाट छुटेर अलग्गै जीवन चलाउनु थियो । समय र खर्चको व्यवस्थापनका लागि मिले काम गर्ने सोचमा त थिएँ तर त्यसलाई उति प्राथमिकता दिएको थिइन । काम पाए ठिकै, नपाए पनि ठिकै भन्ने मानसिकतामा थिएँ । आफ्ना यस्तै भावनाहरुलाई अवकाशप्राप्त जीवनको घोषणापत्रमा लेखेको पनि थिएँ । अवकाशपछिको समय व्यवस्थापन र आयआर्जनका लागि आफ्नै व्यवसाय सुरु गर्न मलाई मन छैन । त्यो मेरो योग्यता र क्षमताको विषय नै होइन । मैले आजसम्म नसोचेको कुरा म भोलि सुरु गर्न सक्दिन । मेरो विचारमा अर्को पुस्तामा हस्तान्तरण हुन नसक्ने व्यवसाय अब सुरु गरेर काम पनि छैन । व्यवसाय अर्को र झन् बलियो बन्धन हो । जागिरको बन्धन छुटेपछि अर्को झन् बलियो बन्धनको आरधना किन गर्नु ? अब त बन्धनहरुबाट विस्तारै फुत्कँदै जानुपर्छ होला । उमेर बढेसँगै केही अनुभव हासिल गरियो, केही योग्यता हासिल गरियो । तर मलाई लाग्छ केही ‘अयोग्यता’ पनि हासिल गरियो । अब जागिरको नाममा जहाँ पायो त्यहीँ पाइलो राख्न मन छैन । दुःखका अँध्यारा दिन त जसोतसो कटाइयो, अब धेरै कुरामा सम्झौता गर्न सकिन्छ जस्तो

अनि मैले घुस फिर्ता गरें

जिल्ला (प्रशासन) कार्यालय, चौतारामा सहलेखापाल भएपछि म निकै खुशी थिएँ । संसारमा मैले खुट्टा टेक्ने ठाउँ भेटेको थिएँ । अब जीवनले एउटा बाटो लियो जस्तो लागेको थियो । त्यस बेला पढाइ प्राइभेटमै सीमित थियो, जागिर थिएन र बुवाको छ महिनाअघि देहान्त भएको थियो । यसरी अँध्यारो सुरूङमा पसेको जिन्दगीले प्रकाश भेटेको थियो । अब सरुवा गराएर काठमाडौं जाऊँला र पढौला भन्ने सोचेको थिएँ । मेरा लागि अब सबै दुःख माटोमा मिलिसकेका थिए । 2043 सालको भदौमा जागिरे भएपछि ममा अर्कै आँट आएको थियो । मेरो सहलेखापालको जागिर थियो र जिल्ला कार्यालयमा लेखापालको दरबन्दी थियो ।यसो हुँदा मैले लेखापालले लाए अह्राएको काम गर्दा पुग्नुपर्ने हो । तर लेखापालले राजीनामा दिने सुर कसिसकेका रहेछन् र उनको कार्यालयमा उपस्थिति पनि नियमित रहेनछ । भक्तपुरका बूढा मान्छेलाई किन हो सिन्धुपाल्चोक पठाइदिएको रहेछ । त्यसैले उनी जागिर छोड्ने विचारमा रहेछन् । केही समयको सहकार्यबाट उनी रसिला बूढा हुन् भन्ने त थाहा भयो । तर राजीनामा स्वीकृत भएकाले उनी घर गइहाले । लेखापालको टुंगो नभएको हुनाले त्यहाँको लेखा फाँट भने एक जना खरिदारले चलाइराखेका थिए । सहलेखापाल पनि कोही थिएनन् । अब सहलेखापालको रुपमा म हाजिर भएपछि लेखा म एक्लैले चलाउनुपर्ने भयो । मैले उनै खरिदार साहेबबाट चार्ज बुझे, उनीबाटै काम सिकें । म नागरिकता बनाउन

अवकाश प्राप्त जीवनको वार्षिकोत्सव

आज चैत 14 गते । पोहोर आजैको दिन मैले नेपाल राष्ट्र बैंकको तीस वर्षे सेवा अवधि पूरा गरी अवकाश पाएको थिएँ । आजबाट त्यसको एक वर्ष पुग्यो र दुईमा टेक्यो । त्यसैले आज त्यसको वार्षिकोत्सव ! पहिलो वार्षिकोत्सव ! अवकाश पाएकेमा विदेशमा भएका साथीहरुले बधाई दिइरहेका छन् तर नेपाली परिप्रेक्ष्यमा अवकाश प्रिय शब्द होइन । फेरि पनि, जागिरे जीवनको लागि अभिन्नप्रायः शब्द हो । जीवनमा आउने सबै क्षणहरु जस्तै जागिरेको जीवनमा अवकाश पनि आउँछ । अवकाशले दैनिक दिनचर्यामा विचलन ल्याउँछ, आय घटाउँछ र शक्तिबाट हटाउँछ । बाँकी संसारसितको सम्पर्क पनि अवकाशपछि घट्दै जाँदो रहेछ र जीवन पनि एकाकी जस्तो हुँदो रहेछ । तर त्यसले दिने राम्रा कुरा पनि छन् । त्यसले फुर्सद दिन्छ । सरकारी जागिरेले पेन्सन पनि पाउँछन्, मैले पनि पाएँ । जागिर खाँदा जोगाएर विभिन्न कोषमा राखेका रकम र संस्थाले अवकाश पाए वापत दिने रकम पनि उपलब्ध हुन्छ । मलाई पनि भयो । गुमेका कुराको क्षतिपूर्ति पाएका कुराबाट गर्दै जीवनलाई अघि बढाउनु पर्छ क्यारे ! म पनि त्यसैका लागि प्रयास गरिरहेको छु । चैतमा मैले अवकाश पाएपछि वैशाखमा हामी बुढाबुढी (मुना र म) विदेश घुमघाममा निस्कियौं । मलेसियाको क्वालालम्पुर, सिंगापुर र इन्डोनेसियाको बाली हाम्रा गन्तव्य रहे । यी तीनै ठाउँ म पनि यसअघि गएको थिइन, मुनाको त पासपोर्टमा

संस्मरणः चौतारातिर

सिमबन्दीको स्कूलमा बर्खे बिदा भएपछि म घर आउनु पर्ने थियो तर पाकेको तलब नलिई के घर आउनु ? फागुनदेखि काम गरेको तलब असारमा पनि आएको थिएन । अरु कर्मचारीको तलब भए पो महिनैपिच्छ आउँथ्यो, शिक्षकले तलब खान त्यति सजिलो कहाँ थियो र ? त्यो समयमा शिक्षकको तलबको लागि पनि अलग्गै पापड बेल्नु पर्ने । समयमा निकासा नै नहुने । स्कूल लागुन्जेल पढायो, स्कूल छुट्टी भएपछि निकासाका लागि सदरमुकाम गएर जिल्ला शिक्षा कार्यालयमा धर्ना । त्यसैले म पनि प्रधानाध्यापक महानन्द दाइ र सहकर्मी लक्ष्मी दिदीसँग धुन्चे गएँ । तलब निकासा होला र लिएर घर फर्किउँला भनेर । केही दिन निकै असजिलो गरी धुन्चेमा बसेपछि तलब निकासा भयो । हामी काठमाडौं आयौं । म घर अर्थात नेपालटार आएँ । नेपालटार आएपछि त्यही बर्खा म फेरि काठमाडौं जानुपर्‍यो । हिउँदमा दिएको लोक सेवाको परीक्षामा खरिदार र सह-लेखापाल दुवैतिर नाम निस्केछ । अन्तर्वार्ताका लागि काठमाडौं गएँ । त्यस वेला कृष्ण दाइ रातो पुलमा बस्न थाल्नु भएको थियो, त्यहीं बसें । अन्तर्वार्ताको तयारी केही गरिएन । पत्रिका चाहिँ पढियो कि ? सिमबन्दीमा शिक्षकको अस्थायी जागिर त कायमै थियो तर स्कूल खुलिसकेको थिएन । त्यसैले अन्तर्वार्ता दिएर नेपालटार नै फर्कें । भदौको पहिलो हप्तातिर म काठमाडौंको लागि हिंडे । बुवा खस्नु भएको हुनाले त्यो सालको चाडवाड

संस्मरणः सिमबन्दीको मास्टर

एसएलसी पास गरेपछि घरगाउँ वरपरका विद्यालयमा पढाउन थालें । प्राथमिक विद्यालय जगरेटार, आफैंले अध्ययन समेत गरेको पञ्चावती माध्यमिक विद्यालय, उदयपुर गढी र निम्न माध्यमिक विद्यालय, बर्रेमा केही समय पढाएँ । पढाउँदै जाँदा परिस्थिति प्रतिकूल बनेको हुनाले एकपछि अर्को ठाउँ खोजेर जागिर खाइरहेको थिएँ । बर्रेपछि भने गाउँ वरपर त के आफ्नो जिल्लामा टाढा नै भए पनि ठाउँ पाइएन । अलि टाढाबाट पहिला त बोलाएका नै थिए, मेरो पढाइ राम्रो छ भनेर तर त्यो वेला म नै गइन । घरछेउमा काम पाइरहनुन्जेल के टाढा जानु भन्ने सोचें । घरछेउमा काम पाइन छोडेपछि टाढाको अवसरले पनि मलाई पर्खेर बसेन ।2039 मा एस.एल.सी. दिएर 2040 मा रिजल्ट आएपछि कहिले काम पाउने, कहिले नपाउने गरी समय कटाउँदै थिएँ । 2042 सालको मंसिरमा बर्रेको जागिर टुंगिएपछि भने म पूर्ण बेरोजगार भएँ । गाई चराउन गयो, आयो । प्राइभेट आइ.ए. पढ्दै थिएँ, किताब भए त्यही पढ्यो, बस्यो । दिन त यसरी नै बितिरहेको थियो तर जिन्दगी यसरी कट्नेवाला थिएन । दिन काट्नु र जिन्दगी कटाउनुमा धेरै फरक थियो ।अब कता जाने र के गर्ने भन्ने कुराले मनमा उकुसमुकुस उब्जाइरहेको थियो । आफ्नो जागिर नभएको त्यही समयमा बुवालाई बिरामीले च्याप्दै ल्यायो । उहाँ केही वर्षअघिबाट नै बिरामी हुन थाल्नु भएको थियो । उदयपुर गढी स्वास्थ्य चौकीका ‘डाक्टर’

कविता: मेरो काठमाडौं

साँघुरो गल्ली र अँध्यारा घरहरु संकीर्ण सोच र संकुचित मनहरु जहाँ मानिस चाउरिएर मरिच बन्छ जब धरती खुम्चिन्छ, अनि काठमाडौं बन्छ । चिसो हावा र ठिहिर्‌याउँदो पानी खुराफाती दिमाग र अविश्वासी मन जहाँ संवेदना चिसिएर निष्प्राण बन्छ जब धरती चिसिन्छ, अनि काठमाडौं बन्छ । आशाको दियो र निराशाको हुरी तीतो यथार्थ अनि असरल्ल सपना जहाँ सुन्दर भविष्य केवल चिहान बन्छ जब जिन्दगी निसासिन्छ, अनि काठमाडौं बन्छ । चोरिएका मुस्कान र चिरिएका मुटु लुटिएका सपना र थुतिएको हाँसो जहाँ उत्साह हरपल पराजित हुन्छ जब सत्य हार्छ, अनि काठमाडौं बन्छ । झल्कन्छ कतै र टल्कन्छ कतै पोतिएर चिल्लो, सुन्दर छ कतै जहाँ कृत्रिमता घसेर कुरूपता चम्कन्छ जब धरती बिग्रन्छ, अनि काठमाडौं बन्छ । कुटिल दृष्टि र लोभी नजर स्वार्थी सम्बन्ध, कृतघ्न व्यवहार रक्ताम्य खुकुरी, उम्मुक्तिको उद्‍घोष जब सभ्यता खिइन्छ, अनि काठमाडौं बन्छ । ShareTweet0 Shares

मेरो पहिलो काठमाडौं भ्रमण

यो २०४२ साल भदौको समय थियो । म उदयपुरगढीमा रहेको श्री पञ्चावती माध्यमिक विद्यालयमा पढाउँथे । मावली दाइ कृष्णप्रसाद दहालको प्रेरणाले मैले लोक सेवा आयोगमा खरिदारको पदमा फारम भरेको थिएँ । कृष्ण दाइले लोक सेवा आयोगको परीक्षा पास गरेर सरकारी जागिर खाएर काठमाडौ बस्नु भएको थियो । शिक्षकबाहेक अरु जागिर खाने उद्देश्य राख्न नसकेका र मौका नदेखेका म जस्ता मानिसलाई उहाँले लोक सेवा आयोगको ढोका अभेद्य होइन भन्ने सन्देश दिएर सरकारी जागिरमा लोभ्याउनु भएको थियो । उहाँले खरिदारमा पहिलो नम्बरमा नाम निकाल्नु भएको थियो र अध्ययन गर्न सुविधा हुन्छ भन्ने ठानी काठमाडौंबाहिर जानु नपर्ने सामान्य प्रशासन मन्त्रालय रोजेर त्यहीं काम गर्नुहुन्थ्यो । मैले पनि लोक सेवा आयोगको परीक्षा दिन अब काठमाडौं जानुपर्ने थियो । त्यो मेरो पहिलो काठमाडौं यात्रा थियो । त्यसभन्दा अघि दिवा सेवाको बस चढेको अनुभव थियो । उदयपुर जिल्लाको नेपालटारबाट आठ घण्टा हिँडेर पुगिने लाहान बजारबाट बस चढेर विराटनगर गएको थिएँ । विराटनगरबाट सोनापुर, इटहरी, इनरुवा ओहोरदोहोर गर्दा बस सञ्चालन प्रणालीको बारेमा केही जानकारी पाएको थिएँ । तर त्यो जानकारी दिवा सेवा र छोटो दूरीको बसको लागि मात्र थियो । चढ्यो, पैसा ति¥यो, ओर्लियो । अग्रिम टिकट, सिट बुकिङ र रात्रिबस सेवाका बारेमा केही थाहा थिएन । त्यो समयमा काठमाडौं त रात्रि बस चढेर नै आउनु पथ्र्यो

कविता: योद्धाको वाण

किसानबाट बाँस मागेर चर्मकारसँग ताँदो मागेर विश्वकर्मासँग ज्यावल मागेर योद्धाले वाण बनायो बलियो, तीक्ष्ण र अचूक । कहिले कुनै द्रोणाचार्य खोजेर कहिले आफैं एकलव्य बनेर कहिले चूकबाट सिकेर योद्धाले निशानेबाजी जान्यो बलियो, तीक्ष्ण र अचूक । एक बिहान घाम झुल्कनुअघि चरा जाग्नुअघि, दुनियाँ उठ्नुअघि पुरानै दिन बिहान बनेर जन्मनुअघि योद्धाले वाण हान्यो बलियो, तीक्ष्ण र अचूक । वाणको सरसराहटले चराहरु जागे पहेंलिएको घाम मुस्कुराउँदै झुल्क्यो गाउँलेहरु जागे, जागेकाले जगाए र हेरे, लक्ष्यभेदी वेगिलो वाण बलियो, तीक्ष्ण र अचूक । शक्तिका धरोहरहरु ढले सत्ताका कुर्सीहरु लडे दुर्भेद्य किल्लाहरु भेदन गरेर बढ्दै गयो अघि त्यो वाण बलियो, तीक्ष्ण र अचूक । एकाएक वाण दरबारको बगैंचामा पस्यो अनि एउटा पोथ्रामा अल्झियो खै कसरी निस्तेज बनेर एउटा स्याउसँगै खस्यो त्यो वाण बलियो, तीक्ष्ण र अचूक । कहाँ छन् ती बाँस दिने किसानहरु के गर्दैछन् ताँदो दिने चर्मकार अनि खै विश्वकर्मा र द्रोणाचार्यहरु स्याउ खाँदैछ योद्धा वाण सिरानी हालेर बलियो, तीक्ष्ण र अचूक । (युद्धप्रसाद मिश्रको १११ औं जन्मजयन्तीको अवसरमा रचित)   Share14Tweet14 Shares

पुस १ः नयाँ सन्दर्भ

आज २०७५ सालको पुस ५ गते । मंसिर २९ गतेबाट सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक चलिरहेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको महासमितिको बैठक पनि सोही दिनबाट सुरु छ । यी दुवै बैठकमा पार्टीभित्रका संस्थापन पक्ष र इतर पक्षका बीच चर्को विरोध र धारिलो घोचपेच भएको छ । विभिन्न नेताको विभिन्न गतिविधिलाई लिएर नर्मम आलोचना भएको छ । संघीयता कार्यान्वयनको क्रममा कर्मचारीलाई प्रदेश र स्थानीय निकायमा पठाउन ल्याइएको कर्मचारी समायोजन अध्यादेशको कर्मचारीले खुलेर विरोध गरेका छन् । स्थानीय निकायदेखि सिंहदरबारसम्म यसको प्रभाव परेको छ । सुशासनमा चुनौती कायम छ, अर्थतन्त्रमा समस्या छन् । यसैबीच केही दिनअघि पोखरा गएका पूर्व राजाको भव्य स्वागत भएको फोटो र समाचार फेसबुक र अनलाइन मिडियाले दिएका छन् । स्वागतको क्रममा राजतन्त्र पुनस्र्थापनाको माग राखिएको छ र गणतन्त्र र संघीयताको विरोध भएको छ । राजा र हिन्दूधर्मको पक्षधर पार्टी र व्यक्तिले पनि गतिविधि बढएका छन् । यसै सेरोफेरोमा ‘पञ्चायतकी आमा’ भनेर चिनिने डा. तुलसी गिरीको निधन (पुस ३ गते) भएको छ । तुलसी गिरीको निधनका सन्दर्भमा प्रकाशित समाचारले २०१७ साल पुस १ गतेलाई फेरि स्मरणमा ल्यायो । संविधान निर्माण गर्न राजाबाट गठित समितिले बेलायती संविधानविद् आइभर जेनिङ्सको सल्लाहमा तयार पारी २०१५ सालमा राजाले दिएको संविधान अनुसार निर्वाचित दुई तिहाइ बहुमत