(श्री पञ्चावती माध्यमिक विद्यालय र माध्यमिक विद्यालय भलायडाँडाका विद्यार्थी पुरस्कृत) पञ्चावती सद्भाव समाजले यही कात्तिक १६ गते श्री पञ्चावती माध्यमिक विद्यालय, उदयपुर गढी र माध्यमिक विद्यालय, भलायडाँडा, खाटडाँडामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी विभिन्न विद्यार्थीहरुलाई विभिन्न पुरस्कार वितरण ग¥यो । ती पुरस्कारहरु विभिन्न महानुभावले अक्षय कोष राखी पञ्चावती सद्भाव समाजको संयोजकत्वमा स्थापना गर्नु भएको हो । श्री पञ्चावती माध्यमिक विद्यालयमा आयोजित पुरस्कार वितरण समारोहको अध्यक्षता समाजका अध्यक्ष श्री मधुरमण आचार्यले गर्नु भएको थियो भने प्रमुख अतिथि उदयपुरगढी गाउँपालिकाका अध्यक्ष श्री मानबहादुर केप्छाकी मगर हुनुहुन्थ्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री धनबहादुर कार्की, पञ्चावती सद्भाव समाजका पूर्वअध्यक्ष श्री ओमबहादुर राउत, प्रा.डा. गीता शर्मा आचार्य, विद्यालयका प्रधानाध्यापक श्री भोला के.सी., स्थानीय नेता तथा बुद्धिजीवी श्री बोधकुमार घिमिरे, शिक्षा र सामाजिक समिति संयोजक श्री संगीता वि.क. समेतले मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा स्थानीय प्रबुद्ध व्यक्तिहरु, विद्यालयका शिक्षक र विद्यार्थीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । समारोहका अध्यक्ष श्री मधुरमण आचार्य, गाउँपालिकाका अध्यक्ष श्री मानबहादुर केप्छाकी मगर लगायतका अतिथिहरुले पुरस्कृत विद्यार्थीलाई पुरस्कार वितरण गर्नु भएको थियो । वितरित पुरस्कार र पुरस्कृत विद्यार्थीको विवरण यस प्रकार रहेको छः १. स्व. अनुज स्मृति पुरस्कार स्व. अनुज निरौलाको स्मृतिमा उहाँका पिता श्री टीकादत्त निरौलाद्वारा स्थापित एस.एल.सी.(प्रवेशिका) परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने पञ्चावती माध्यमिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिने २०७१ साल
Author: KP Acharya
देवकोटाको सम्झनामा
(देवकोटाको जन्मजयन्ती सन्दर्भ) दिन र रात, जाडो र गर्मी, हिउँद र वर्षा गरी समयको पाँग्रा घुम्दै जान्छ । यसरी घुमेको समयको पाँग्रा दसैंमा आइपुग्छ, तिहारमा आइपुग्छ र आइपुग्छ अरु चाडपर्व र सन्र्भहरुमा । यस्तै समयक्रमले सालिन्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६—२०१६) को जन्मजयन्ती पनि आउँछ । हरेक वर्ष लक्ष्मीपूजाको दिन मनाइने देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा देवकोटालाई पढेकाले फेरि पढ्छन्, देवकोटालाई सुनेकाले फेरि सुन्छन्, देवकोटाबारे लेखेकाले फेरि लेख्छन्, बोलेकाले फेरि बोल्छन् । भर्खर चेतना खुलेका किशोरहरुले पनि देवकोटाको व्यक्तित्व र कृतित्वको विराटस्वरुपको आभास पाउँछन् । देवकोटा नेपाली जनमनमा फेरि एकपटक आँधी, बिजुली र बाढी बनेर पस्छन् अनि नेपाली जनमानसलाई देवकोटामय बनाएर जान्छन् । घरमा अहोरात्र ट्युसन पढाउने देवकोटा परिवारका लागि सुनको फुल पार्ने कुखुरी थिए । उनले अहिले पनि पुस्तकको रोयल्टी कमाइरहेका छन । तर उनको घर मृत्योपरान्त उनको नामको देवकोटा संग्राहलयमा रुपान्तरित हुन सकेन । जहानियाँ शासनका विरुद्ध जन्मन लागेको नेपाली क्रान्तिको सुडेनी बन्न उनी वनारस गए । वनारसमा चारआनामा चारवटाका दरले कविता बेचे, चना खाएर गुजारा गरे । साहित्य अनुरागीका लागि उनी कविता लेख्ने मेसिन थिए । चुरोट कोसेलीमा कविता लेखेर उनले आफ्ना कैयौ आशामुखीहरुलाई सन्तुष्ट पारे । राजा महेन्द्रले उनलाई मन्त्री बनाए, करिब तीन महिना । घरमा बसेर पनि व्यवहारिक हुन नसक्नु, क्रान्तिका लागि घरबार त्यागे पनि क्रान्तिकारी नमानिनु, सत्तामा पुगे पनि शासकको कोपभाजन हुनु, प्रतिभासम्पन्न भए पनि पागल ठानिनु उनका
मेरा तीन स्वर्ण पदकः प्रसंग २
विराटनगरमै काम गर्दै थिएँ (राष्ट्र बैंकमा काम गर्ने कुरा र भा.रु. सटहीका बारेमा त पहिलो प्रसंगमा लेखिसकेको छु) । तिहारको छुट्टी थियो । लक्ष्मीपूजाको दिन थियो जस्तो लाग्छ । विराटनगरको गुदरी बजारमा मानिसको भीड सानो थिएन । म मोटरसाइकल मेनरोडतिरै छोडेर किनमेल गर्दै थिएँ ।“नमस्कार सर ।” भीडतिर नै हेरिरहेको वेला भीडबाट यो आवाज आयो । आवाजतिर आँखा दिएँ । नमस्कार गर्ने मानिस मैले चिने जस्तो नलागेको हुनाले मैले त्यसमा ध्यान पनि दिनुपरेन । आफ्नो दृष्टि समेटें र म पसलतिर नै अलमलिएँ । भीडलाई छिचोल्दै ती नमस्कार गर्ने मानिस मेरो छेउमा आइपुगेछन् । मलाई कोट्याएर उनले सोधे, “सर, मलाई चिन्नु भएन ?” उनको अनुहार मुस्कुराइरहेको थियो र त्यो मुस्कुराएको अनुहारले मलाई भने थप अप्ठेरोमा पारिरहेको थियो ।“हाम्रो भेट कहाँ भएको थियो ?” म उपायविहीन थिएँ । सोझै चिनिन त कसरी भन्नु र ?“सरकै अफिसमा हो नि ! सर राष्ट्र बैंकमा होइन र ?” उनले चिनेकै रहेछन् ।“हो नि ! तर मैले पो चिन्न सकिन । ” म लाचार थिएँ ।“म भा.रु. साट्न आएको थिएँ ।” उनले केही सुराक दिए । गफ लम्बिने देखिएकाले हामी बजारबाट हटेर यसो एउटा कुनामा उभिएका थियाँै ।“अनि मैले साटिदिएँ त ?” भा.रु. माग्न आउने कतिपयलाई उनीहरुको कामको औचित्य र आवश्यकता प्रमाणित नभएको अवस्थामा भा.रु. दिन
मेरा तीन स्वर्ण पदक: प्रसंग १
नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयमा काम गर्थे । सहायक व्यवस्थापकको पद थियो । आफ्नो फाँटको नियमित काम त गर्नु परिहाल्यो । मभन्दा माथिका अधिकृत द्वितीय तहका हाकिम विदा वा काजमा रही कार्यालयमा अनुपस्थित रहेको अवस्थामा भने मैले उनको काम पनि हेर्नुपथ्र्यो । उनले गर्नुपर्ने काम अरु त सामान्य थिए तर भारतीय रुपैयाँ माग गरी आएका निवेदन स्वीकार वा अस्वीकार गर्ने र सो निवेदन अनुसार कति भारतीय रुपैयाँ दिनु उपयुक्त होला भनी निक्र्यौल गर्ने काम भने झन्झटिलो थियो ।भारतीय रुपैयाँ उपलब्ध गराउनु तिनताक नेपाल राष्ट्र बैंकका लागि निकै चुनौतीको कुरा थियो । पहिले नेपालका सीमावर्ती बजारमा फालाफाल जस्तो हुने भारतीय रुपैयाँको अभाव हुन लागेको थियो । नेपालबाट हुने निकासी घट्नु, भारतबाट हुने पैठारी (अवैध समेत) बढ्नु र भारतीय रुपैयाँको आपूर्तिमा ठुलो भूमिका खेल्ने तेस्रो मुलुकबाट आयातीत समानको भारतमा हुने अवैध निकासी वा भारतीय नागरिकलाई गरिने बिक्रीमा कमी आएका कारण यस्तो अवस्था आएको थियो । नेपाली बजारमा जम्मा हुन आएको नोट नेपाल राष्ट्र बैंकले सटही गरी भारतीय बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्ने परम्परा रहेकोमा अब त कोलकाताबाट भारतीय नोट चार्टर प्लेनबाट काठमाडौं ल्याउने र त्यहाँबाट विभिन्न कार्यालयमा पु¥याई भारतीय रुपैयाँ माग गर्ने सर्वसाधारणलाई अड्कलेर दिन सुरु गरिएको थियो । राष्ट्र बैंकले भ्रमण तथा औषधोपचारका लागि सीमित मात्रामा मात्र भारतीय रुपैयाँ सटही
सार्वजनिक पदमा नियुक्तिः केही प्रश्नहरु
निर्वाचनपछि सरकार परिवर्तन हुन्छ । नयाँ संसद बन्छ, प्रधानमन्त्री फेरिन्छन्, मन्त्रीहरु नयाँ आउँछन् । त्यसपछि सरकारले गर्ने राजनैतिक नियुक्तिका हल्ला चल्न थाल्छन् । कुन पदमा को आउला, को जाला, कसले मौका पाउला, कसले बाजी मार्ला ? प्रबुद्धवर्गका बीचमा यसका बारेमा चर्चा हुन्छ । नियुक्तिका आकांक्षीहरुले दौडधूप पनि गर्लान् । सरकारले आफूलाई सहयोग गर्ने टिमको तयारी गर्नु स्वभाविकै पनि हो । यसरी नयाँ सरकारले नयाँ नियुक्ति गर्ने विशेष किसिमका पदहरु सबै मुलुकमा हुन्छन् । यति मात्र होइन निश्चित योग्यता, नियुक्ति प्रक्रिया र पदावधि तोकिएका संवैधानिक अंग र सरकारका विभिन्न निकायका पदाधिकारीका नियुक्ति पनि राज्यका संयन्त्रबाट नै नियमति रुपमा भइरहेका हुन्छन् ।नियमित र सामान्य प्रक्रिया भए पनि यी पदमा हुने नियुक्ति विवादबाट टाढा भने रहन सकेका छैनन् । विशेष दक्षता हुनुपर्ने पदमा समेत पार्टीगत संलग्नताको आधारमा नियुक्ति हुने, पार्टीमा पनि गुटगत संलग्नताले फरक पार्ने, नातागोता, कृपापात्र, भौगोलिक र जातीय सान्निध्य हेरिने र कतिपय अवस्थामा आर्थिक चलखेलका अधारमा नै नियुक्ति भएका कुरा पनि सार्वजनिक भएका छन् । जनताको जिउधनको भविष्य फैसला लेख्ने कलमको टुप्पोमा राखेर हिंड्ने न्यायाधीशको नियुक्तिको सिफारिस समेत दलगत आधारमा भएको सुनिएको छ । संवैधानिक पदमा नियुक्ति भई काम सम्हालेको लामो समय बितिसकेपछि योग्यता नपुगेको ठहर हुनु, संवैधानिक परिषदले गरेको नियुक्तिको सिफारिस संसदीय समितिबाट अस्वीकृत हुनु जस्ता घटना पनि हामी सामुन्ने
क्रोनी क्यापिटलिज्मको नालीबेली
क्रोनी क्यापिटलिज्म पदावलीको प्रयोग नेपालको अर्थ–राजनैतिक अवस्थाको विश्लेषणको क्रममा प्रयोग हुन थालेको छ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यो सरकारले ‘खाली आसेपासे र सानो स्वार्थ समूह पोस्ने क्रोनी क्यापिटलिज्मको पक्ष पोषण मात्र गरेको’ आरोप लगाएका छन् (छ महिनामा सरकारको उल्टो यात्रा, नयाँ पत्रिका २०७५ भदौ ३) । त्यसैगरी नेकपा (माले) का महासचिव सीपी मैनालीले ‘अहिले के भइरहेको छ भने नेताहरुले आफ्ना कार्यकर्ताहरुलई संरक्षण हुने किसिमको कानुनहरु बनाइदिने र नेताहरुले पुँजी कमाउने । … यो सरकार आसेपासे पुँजीको नेता हो । र क्रोनी पुँजीको नेता हो ।’ भनेको छन् www.onlinekhabar.com, २०७५ भदौ ३) । यसअघि पनि विभिन्न प्रसंगमा क्रोनी क्यापिटलिज्म बारे सुनिएकै हो । क्रोनी क्यापिटलिज्म भनेको के रहेछ त भनी म पनि खोजी पसें । गुगल गुरुको सहयोगले केही पत्ता पनि लाग्यो । आसेपासे पुँजीवाद (क्रोनी क्यापिटलिज्म) भनेको यस्तो अर्थ व्यवस्था रहेछ जहाँ व्यापार र व्यवसायमा सफलताको मुख्य कारक तत्व नै उद्यमी र व्यापारीको सरकारी अधिकारीहरुसँगको सम्बन्ध हुँदो रहेछ । यस व्यवस्थामा नाफा व्यवसायका लागि आवश्यक पर्ने जोखिम बहन गर्ने क्षमताको आधारमा होइन, राजनैतिक वर्गसँगको मिलेमतोमा भरपर्छ । यस अवस्थामा राजनैतिक साँठगाँठका अाधारमा नै राज्यको अधिकारक्षेत्रमा रहेको इजाजत वितरण, अनुदान प्रदान, करमा छुट र राज्यका अन्य सकारात्मक हस्तक्षेप गरिन्छ र आर्थिक अनियमितता गरी निश्चित
अवकाशप्राप्त जीवनको घोषणापत्र
सोह्र वर्षको उमेरबाट सुरु भएको मेरो जागिर–यात्रा २०७४ को चैतबाट पूर्ण भएको छ । मैले नेपाल राष्ट्र बैंकको सेवाबाट अनिवार्य अवकाश पाएको छु । नेपाल राष्ट्र बैंकमा २०४४ सालको चैतमा प्रवेश गरेको थिएँ र ३० वर्से सेवा अवधि पूरा गरी अवकाश पाएँ । राष्ट्र बैंकमा प्रवेश गर्नुअघि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा सहलेखापाल थिएँ । त्योभन्दा अघि विभिन्न आफ्नै गाउँ वरिपरिका तीन र रसुवाको एक गरी चारवटा विद्यालयमा थोरैथोरै समय पढाएको थिएँ । मैले अवकाशको लागि आफूलाई केही समयअघिबाट नै तयार गरिरहेको थिएँ । तर जागिरको अन्त्यमा तीस वर्षे सेवा अवधिको आधारमा हुने अनिवार्य अवकाशको प्रावधान खारेज हुने हल्ला व्यापक भयो । तीस वर्षे सेवा अवधि हट्ने हल्ला चले पनि नेपालको तरल राजनैतिक अवस्था र प्रशासनिक संयन्त्रले यति विवादास्पद विषयमा तात्विक निर्णय गर्न सक्ला जस्तो मलाई लागेको थिएन । फेरि, जागिरको समय बढ्नु मेरो लागि चाहिँ कति राम्रो हो भन्ने पनि दोधार नै थियो । मैले अफिसबाट पाउने सुविधा यही समयमा अवकाश लिँदा पनि पाउँथे । अब थप अवधि जागिर खाएर पाउने बढुवा पनि अवकाशको सुविधामा नै पाउँथे । जागिरमा रहँदा थप लाभ त हुन्थ्यो, विदेश जान पाउँथे, तलब भत्ता नै पनि पेन्सनभन्दा त बढी हुन्थ्यो । तर जागिर खानु जति राम्रो कुरा हो, उपयुक्त अवसरमा अवकाश लिनु पनि उत्तिनै महत्वपूर्ण
नेपाल महाभोज
केही वर्ष पहिला दक्षिण कोरिया जाँदा मैले एउटा पदावली सुनेको थिएँ, ‘कोरिया इन्कर्पोरेसन’ । अर्थात, कोरिया कम्पनी । विकासको एक चरणमा कोरिया देश नै एउटा कम्पनीको रुपमा परिणत भएको थियो । त्यो समग्र देश एउटा आर्थिक अवयवको रुपमा कार्यरत थियो । त्यो देश आर्थिक विकास, उत्पादन वृद्धि, निकासी वृद्धि, पूर्वाधारको विकास जस्ता काममा एकोहोरो भएर लागेको थियो । उसका आर्थिक बाहेक अरु एजेन्डा वा कार्यभार नभए जस्तै थियो । देश भए पनि यसको राजनैतिक चासो कम थियो । सामसुङ, हुन्डाइ, एलजी, लोट्टे, किया जस्ता कम्पनीको विकास र विस्तारमा मुलुककै चासो थियो । कोरियनहरु जापानको औपनिवेशिक थिचोमिचो, दोस्रो विश्वयुद्धको परिणतिस्वरुप भएको विभाजनको पीडा र दुई कोरिया बीचको युद्धको घाउलाई बिर्सेर नयाँ शिराबाट देशको विकास गर्न लागेका थिए । र ती प्रयासको सकारात्मक उपलब्धि पनि हासिल भएको थियो । साह्रै कम समयमा र सारा संसारलाई आश्चर्यमा पार्ने गरी कोरिया विश्वको गरिब देशबाट विकसित र धनी मुलुकमा रुपान्तरित भएको थियो । शायद यसै अवस्थालाई जनाउने पदावली थियो, ‘कोरिया इन्कर्पोरेसन’ । नेपालको लागि यस्तै नाम के होला ? कोरियाबाट फर्केपछि मैले आफैलाई सोधें । मेरो मनमा यस सम्बन्धमा लामो समयदेखि खुलदुली भइरहेको थियो । हामीले अहिले जे गर्दैछौं त्यसका लागि कुन नाम राम्रो होला ? कुन विशेषण उपयुक्त होला ? मन दशतिर सोचिरहेको थियो
मेड इन नेपाल कक्ष
नेपाल सानो बजार रहेन । यो संसारका १५५ देशको बजार भएको छ । संसारले सजिलै प्रवेश पाएको नेपाली बजार किन नेपाली उत्पादनको लागि अनुकूल हुन सकेको छैन ? विचार गर्नु आवश्यक छ ।
मेरो नयाँ ठेगाना
समय परिवर्तन हुँदै जाँदो रहेछ । प्रविधिमा परिमार्जन भइरहँदो रहेछ । मान्छेले पनि आफ्ना गतिविधि बढाउँदै रहेछ । बढाउन नसकेमा परिवर्तन गर्दोरहेछ । समय, प्रविधि र मानिसका गतिविधिसँगै उसका ठेगाना पनि परिवर्तन हुँदै जाँदा रहेछन् । ठेगानाका स्वरुपमा पनि परिवर्तन हुँदो रहेछ । मैले पनि आज नयाँ डिजिटल ठेगाना पाएको छु । अनि त्यसैको सन्दर्भमा लेखिरहेको छु । मानिसको बसोबास गर्ने घरद्वार भएको ठेगाना उसको स्थायी ठेगाना । मानिस गतिशील प्राणी हो । आफ्नो घरमा बसेर सधैं जीवन नधानिएला, विकास र प्रगति नहोला । त्यसैले कुनै प्रयोजनका लागि घरबाट टाढा गएर केही समयका लागि बसोबास गर्न थाले सो स्थान अस्थायी ठेगाना । मानिसको गतिलाई आत्मसात गर्दै सूचना प्रविधिले नयाँ ठेगानाको आविष्कार गरेको छ, डिजिटल ठेगाना । सधैं सधैं आफूसँग रहिरहने डिजिटल ठेगाना । यस ठेगानामा मानिस जहाँ पुगे पनि सम्पर्क हुनसक्ने । यो ठेगानाबाट जहिले पनि सम्पर्क गर्न सकिने । डिजिटल ठेगाना भएपछि कतै नभुलिने, कतै नछुटिने । अहिले त झन् स्मार्टफोनको जमाना छ । यो ठेगाना सधैं आफूले बोकेर हिड्न सकिने ।यसअघि मसँग इमेल ठेगानाहरु मात्र थिए, डिजिटल ठेगानाको नाममा । एउटा जिमेलमा आफूले खोलेको, अर्को म काम गर्ने संस्थाले म र संस्था दुवैका सजिलाका लागि खोलिदिएको । जिमेलमा व्यक्तिगत सूचना र खबर आदानप्रदान हुन्छन् । अफिसको मेलमा अफिस
