जगरेटार मेरो घरबाट करीव दस मिनटको दूरीमा रहेको साह्रै नजिकको टोल भए पनि यो टोल मलाई अत्यन्त रहस्यमय लाग्छ । मेरो बूढो मावली टोल भएकाले दसैंको टीका थाप्न वर्षमा एक दिन त अवश्य जगरेटार गइन्थ्यो तर अरु बेला पटक्कै आउजाउ नहुने । दसैंमा गएको बेला पनि त्यहाँको बाक्ला घर, थुप्रा केटाकेटी र फरक बनोटको सम्म परेको बारी मलाई अचम्मका लाग्थे । अरु तिरका भन्दा अग्ला र राम्रा घर त्यस टोलमा थिए । शायद क्यारेम बोर्ड मैले त्यहीँ देखेको थिएँ । यही अचम्मको भावनाले मनमा अत्यास ल्याएर होला त्यस टोलको पुछारमा रहेको जगरेटार प्राथमिक विद्यालयमा एक कक्षामा भर्ना हुँदा म हरेक दिन रुन्थेँ रे । केही दिन जगरेटार स्कूल गएपछि पनि रुने बानीमा सुधार नआएपछि म उदयपुर गढीस्थित पञ्चावती माध्यमिक विद्यालयमा एक कक्षामा पढ्न गएँ । तर जगरेटारको प्राथमिक विद्यालयसँगको निकटता मेरो भाग्यमा बाँकी नै रहेछ । एसएलसी पास गरेपछि म पढ्न क्याम्पस गइन । मेरो थप अध्ययन बारेमा घरमा कुरा नै भएन । राजविराजको क्याम्पसमा गएर पढाउने खर्च घरले धान्न नसक्ने कुरामा म ढुक्क थिएँ । मैले बुवालाई म पढ्न जान्छु भन्नसम्म पनि सकिन । घरमा रुपियाँपैसा राख्ने ट्याङ्काको साँचो मैले पनि चलाउन थालिसकेको थिएँ र त्यसमा के कति छ भन्ने मलाई थाहा थियो । बुवा बिरामी पर्न थाल्नु भएको थियो
Author: KP Acharya
मेरा हाकिम: बलराम कापर
गोजीमा करिब दुई सय रुपैयाँ, झोलामा एकसरो फेर्ने कपडा र आइ.ए.मा ब्याक बांकी रहेको ब्राइटर इंलिसको किताब हालेर काठमाडौ बसपार्कबाट सत्र रुपैंयाको टिकट काटेर म सिन्धुपाल्चोकको सदरमुकाम चौतारा पुगेको थिएँ, जागिर खान । त्रिचालीस सालको भदौरे झरीको समय थियो त्यो । साउनमा लोक सेवा आयोगको अन्तर्वार्ता दिएर काठमाडौबाट उदयपुर (घर) फर्केपछि फेरि भदौमा काठमाडौ जाँदा मनमा कौतूहल थियो । अन्तर्वातामा असफल भएर पुन: शिक्षकको जागिरमा रसुवा पुग्नुुपर्ने हो कि लोक सेवा आयोगको परीक्षा पास गरेर खरिदार वा सहलेखापाल हुन पाइने हो ? काठमाडौ पुग्दा खुशीको समाचार पाएँ, म सहलेखापाल भइसकेको थिएँ । गृह मन्त्रालयमा पोष्टिङ भएको थियो । गृह मन्त्रालय गएर बुझ्दा जिल्ला कार्यालय, सिन्धुपाल्चोकमा नियुक्ति लिन जानुपर्ने रहेछ । अहिले जिल्ला प्रशासन कार्यालय भनिने सिडिओ अफिसलाई त्यतिबेला जिल्ला कार्यालय भनिन्थ्यो । यसरी गृह मन्त्रालयबाट सिफारिस लिएर म सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारातर्फ लागेको थिएँ । पञ्चायतकालमा प्रमुख जिल्ला अधिकारीलाई शासन सत्ताको साक्षात प्रतिविम्ब मानिन्थ्यो । सर्वसाधारण जनमानस त्यो नाम र पद सुन्दै काहालिन्थ्यो । मैले पनि त्यतिन्जेलसम्म दुई पटक प्रजिअको मुख देखेको थिएँ, एक पटक एसएलसीमा र अर्को पटक नागरिकताको प्रमाणपत्र बनाउँदा । दुबै पटक म भयाक्रान्त भएको थिएँ । सिडिओको रोब नै अर्कै । समयले मलाई त्यस्तै प्रजिअको मातहतमा जागिर खाने बनायो । जागिरे भइसक्दा पनि त्यो डर र धक व्यवस्थापन गर्न मेरो कलिलो मनलाई गाह्रो
